04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

आर्थिक बिकास, समृद्धि र सुशासनका लागि नेतृत्व तहमा युवा हुनुपर्छ ।

25 - Dec-2021, Posted by: Yuwahunkar   |   COMMENTS: 0
यतिखेर सिंगो मुलुक राजनीतिमय भएको छ । साना ठुला बिभिन्न दलहरु आ आफ्नो महाधिवेशनमा जुटेकाछन । महाधिवेशन मार्फत आफ्नो पार्टीलाई नयाँ राजनीतिक दिशा दिने तयारी दलहरुले गरेकाछन । देशव्यापीरुपमा राजनीतिक दलहरुका सभा सम्मेलन, गोष्ठीहरु भएकाछन ।    सभा, सम्मेलन र गोष्ठीहरु हुनु राम्रो हो । किनकी यस्ता गोष्ठीह्रु मार्फत बिचारको मन्थन हुन्छ । राम्रो कुरा, राम्रो नेतृत्व र नीतिको पनि छनौंट हुन्छ । यसअर्थमा पनि गोष्ठी, सभा सम्मेलनहरु हुने गरेका हुन, भएका पनि छन र हुनुपनि पर्छ । तर अहिले भएका धेरैजसो गोष्ठीहरु राजनीतिक नेतृत्व भित्र पनि गुटगतरुपमा गोष्ठी, सभा सम्मेलनहरु भएकाछन । राम्रो नेतृत्व र बिचारका लागि भन्दा पनि यस्ता गोष्ठीहरु आफ्नो अनकुलका व्यक्तिहरुलाई अगाडि ल्याउनको लागि केन्द्रित भएकाछन । जुन नेपालको राजनीति, आर्थिक बिकास र समृद्धि दुबैको लागि घातक हो । देश र जनतालाई बेवास्ता गर्दे आफ्नै दलगत र गुटगत स्वार्थबाट प्रेरित भएर छानिएको कुनै पनि दलको नेता र नेतृत्वले मुलुकको बिकास गर्न सक्दैन । यो हामीले लामोसमय देखि देखेको र भोग्दै आएको कुरा हो ।    राजनीतिमा यस्तो हुन हुदैन । देश र जनतालाई नै केन्द्रबिन्दुमा राखेर नेता छान्नुपर्छ, नेतृत्व छान्नु पर्छ अनि नीति पनि छान्नु पर्छ । यसको लागि नेपाली राजनीतिको नेतृत्व तहमा युवा आउनुपर्छ, उनीहरुलाई आउन दिनै पर्छ । ६५ बर्ष नाघेका नेता र नेतृत्वबाट यो मुलुक आर्थिक, सामाजिक शैक्षिक, स्वास्थ कुनै पनिरुपमा अगाडि जान सक्दैन । यदि जान सक्थ्यो भने सायद अहिले हामी यो अवस्थामा हुने थिएनौं, देशको अवस्था यस्तो हुने थिएन । यसअर्थमा पनि अब हरेक राजनीतिक दलको नेतृत्व तहमा युवाहरु आउनु पर्छ । ६५ नाघेका नेताहरुले पनि युवाहरुलाई ठाउँ खालि गरिदिएर आफु अभिभावको भुमिकामा बस्नु पर्छ । आवस्यकता अनुसार आफ्ना बिचार, सुझाव र सल्लाहरु दिनु पर्छ । नीति निर्माण अनावस्यक हस्तक्षेपहरु गर्नुहुदैन । युवाहरुले पनि सिंगो मुलुकको आर्थिक बिकास र समृद्धिको लागि रचनान्तक ढंगमा काम गर्नुपर्छ  ।   बिकास र समृद्धिको लागि बिश्वमा प्रयोग भएका उत्कृष्ठ अभ्यासहरुलाई अवलम्वन गर्नुपर्छ । मुलुकलाई कुनै पनि कुरामा लामोसमयसम्म अनिर्णयको बन्दीमा राख्नु हुदैन । आम नागरिकलाई सबै किसिमबाट सुखी र समृद्ध बनाउनको लागि प्रभावकारीरुपमा काम गर्नपर्छ । त्यो काम भनेको अब युवाहरुले नै गर्नुपर्छ । यो भन्दा अर्को कुनै बिकल्प छैन ।   

Posted on: 2021-Dec-25

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar