03 May
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

आर्थिक विकास र समृद्धिको पहिलो शर्त राजनीतिक स्थिरता

20 - Dec-2021, Posted by: Yuwahunkar   |   COMMENTS: 0
मुलकको नेतृत्व यतिखेर पाँच दलीय गठबन्धनले गरिरहेको छ । गठबन्धन सरकारको नेतृत्व नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरिरहेकाछन । यसअघि ओली नेतृत्वले गरेका कार्यबाट जनता आजित भएका थिए । सोही कारण अहिले गठबन्धन सरकारबाट नेपाली जनताले निकै नै आशाा गरेकाछन । यसअर्थमा गठबन्धन सरकार अहिले सिंगो मुलुकवासीको आसा र भरोसाको केन्द्र बनेको छ । बिगतमा सरकारले गरेको कामकारवाहीबाट असन्तुष्ट रहेको समुहले अहिले देउवा नेतृत्वको सरकारबाट धेरै नै अपेक्षा गरेको छ । 
जसरी जनताले देउवा नेतृत्वको सरकारबाट धेरै नै अपेक्षा गरेकाछन, देउवा नेतृत्वको सरकारलाई पनि जनताको अपेक्षा पुरा गर्ने नैतिक जिम्वेवारी रहेको छ । बिगतका गल्ती, कमजोरी र असन्तुष्टीहरुलाई पन्छाउँदै यो नेतृत्वले जनताको मन मस्तिकमा अमिट छाप छोड्नु पर्ने छ । तर यसको लागि सरकारले गर्नुपर्ने भनेको जनताको दैनिक जीवनसंग प्रत्यक्ष वा अप्रतक्ष्य सरोकार राख्ने कामहरु नै हुन । बाटोघाटो, पुर्वाधार, रोजगारी, महंगी नियन्त्रण, महामारी नियन्त्रण तथा रोकथाम, सुरक्षा र न्याय, राज्य शक्तिको सबैको समान पहुंच, शिक्षा, स्वास्थ र रोजगारीलाई सबैको पहुंचमा पुर्याउनु नै हो । यसको लागि सरकारको नेतृत्व गरिरहेका व्यक्तिहरुले व्यक्तिगत, समुहगत र वा राजनीतिक स्वार्थबाट निकै माथि उठेर देश र जनतालाई सर्वोपरी ठान्दै काम गर्नुपर्छ । यसको लागि सरकारमा काम गर्ने दृण इच्छाशक्ति हुनुपर्छ । यो इच्छाशक्तिलाई कंही कतैबाट पनि कमजोर बनाउनु हुदैन । आन्तरिक वा बाह्य हस्तक्षेपको दुष्चक्रबाट माथि उठेर आम नेपाली जनताको हितको लागि काम गर्नुपर्छ । आम नागरिकले अपेक्षा गरेको पनि यही नै । यो अपेक्षालाई युगयुगान्तरसम्मको लागि पुरा गर्ने दायित्व गठबन्धन सरकारमा रहेको छ । यो सरकारले सदिंयांैंसम्म जनताको हित हुने गरी काम गर्नपर्छ । तर अहिले यो सरकारलाई पनि काम गर्न नदिने अनेकौं षणयन्त्रहरु हुदै आएकाछन ।   गठबन्धनलाई भत्काउने, कमजोर बनाउने, काम गर्न नदिने, भाँजो हाल्ने लगायतका गतिबिधिहरु सुरु भएकाछन । नेपाली राजनीतिको इतिहाँसमा पहिलो पटक भएको बजेट होलिडे यसको गतिलो उदाहरण हो । देश बिकास गर्ने कार्य, नेपाली जनताको भलो हुने कार्य जसले गरेपनि हुन्छ । यसमा आग्रह, पुर्वाग्रह हुनु हुदैन । बिकासको गतिलाई अवरुद्ध हुने गरी सरकारको काममा भाँजो हाल्ने कार्य कुनै पनि  दलले गर्नु हुदैन । राजनीतिक आस्था, पुर्वाग्रह भन्दा माथि उठेर जनताको लागि काम गर्नुपर्छ । व्यक्ति, पात्र र राजीतिक दल फरक हुदैंमा अथवा फरक राजनीतिक दलको सरकार बन्यो भन्दैमा सिंगो मुलुकको आर्थिक बिकास र समृद्धिलाई नै अबरुद्ध पार्ने गरी  गतिरोध उत्पन्न गर्नु कुनै पनि राजनीतिक दलको धर्म होईन र हुदैन पनि । बदलिंदो परिस्थितीमा राजनीतिक दलका नेताहरुले अब यस कुराको हेक्का राख्नु पर्छ । आफ्नो दलीय स्वार्थभन्दा माथि उठेर र देश र जनताको लागि काम गर्नुपर्छ । यसबाट नै सिंगो मुलुकले दिगो आर्थिक बिकास र समृद्धि प्राप्त गर्न सक्नेछ ।

Posted on: 2021-Dec-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar