26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मुलुकलाई समृद्धिको दिशामा लाने एकमात्र पार्टी भनेको राप्रपा नै हो

28 - Apr-2021, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 वैशाख १५, काठमाडौं । यतिखेर नेपालको राजनीति गलत दिशातर्फ गएको छ । आम नागरिक यो देशमा उत्पन्न भएको पछिल्लो बिशम राजनीतिक अवस्थाप्रति निकै नै चिन्तित रहेकाछन । यो चिन्ता दिने काम अहिलेको बर्तमान राजनीतिक दल अर्थात भनौं सरकार कै नेतृत्वबाट भएको हो । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादीले कहिले पनि आम नेपाली जनतालाई शान्ती, सुरक्षा र अमन चैन दिन सकेका छैनन । हामी यि दलहरुको हिजो इतिहास हेरौन, न हिंजोका दिनहरुमा यि दलहरुले नेपाली जनतालाई शुख शान्ती र समृद्धि दिएका थिए, न आजको दिनमा दिएकाछन, न भोलिका दिनमा नै दिनेछन । 
यि दलहरु भनेको खाली आफ्नो पार्टीगत, व्यक्तिगत, गुटगत र पारिवारिक स्वार्थको लागि मात्र आएका हुन । त्यहीअनुुरुप शत्ता र शक्तिको दुरुपयोग गरिरहेकाछन । अहिलेको सन्र्दभमा राष्ट्र प्रमुुख, कुनै सिंगो, राष्ट्र, सिंगो नेपाली जनताको नभएर र एउटा पार्टी त्यसमा पनि एउटा व्यक्तिको राष्टप्रमुख जसरी भुमिका निर्वाह भएको छ । जब राष्ट्र प्रमुखबाट नै यस्तो किसिमको भुमिका निर्वाह हुन्छ भने हामी आम नेपाली नागरिकले कसरी आफ्नो लागि सरकार छ, राज्य छ भनेर अनुभुती गर्न सक्छौं ? नेपालको राजनीतिलाई पल्टाउने हो भने नेपाली काँग्रेस, नेकपा, एमाले, नेकपा माओवादीले कहिले पनि यो देश र जनताको लागि राम्रो गर्न सकेनन् । यि नै पार्टीको नेतृत्वमा बनेको सरकारले गरेको हो, टनकपुर सन्धी, महाकाली सन्धी, लाउडा काण्ड आदि घटाएको हो । यि पार्टीको नेतृत्वमा बनेको सरकारले हो, नेपालमा धर्मको नाउँमा द्धन्द निम्ताउन खोजेको । क्रिश्चिन्यानिटीलाई प्रशय दिएको हो ।

जुन घरमा घन्ट बज्छ, जुन घरमा शंख बज्छ,

जुन घरमा आफ्नो धर्म,

सस्कृती र संस्कार छ,ति सबैं हिन्दु हुन, राप्रपा हुन,

जसले छाती फुलाएर आफ्नो

देश र जनताको लागि काम गर्छ । 

राजनीतिक दलले जुनसुकै कार्यक्रम गर्दा पनि बिपी कोईराला, माओत्सेङ आदिको तश्विर अगाडी राखेर कार्यक्रम गर्छन । तर नेपालको इतिहाँसमा राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र एउटा त्यस्तो पार्टी वा जसले देश, जनता र आफ्नो जन्मभुमीको लागि काम गरेको छ, संदियौसम्म गर्ने छ । राप्रपाले गर्ने हरेक कार्यक्रममा राष्ट्रपिता जसले बाईसी चौविसी राज्यमा छरिएर रहेको राज्यलाई एकीकरण गरेर सिंगो, समुुन्नत र बिशाल नेपाल बनाए, त्यो राष्ट्रपुरुषको तस्बिरमा फुल चढाएर हामी कार्यक्रम सुरु गर्छोें । वास्तवमा भन्नु पर्दा राप्रपा र अरु राजनीतिक दलहरुबिचको फरक नै यही हो । राप्रपा जहिले पनि आफ्नो देश र जनताको लागि काम गर्छ ।    आजको दिनमा कुनै पनि नागरिक त्यस्तो छैन, होला ? जसले घन्ट बजाउँदैन, घन्टीको आवाज सुन्दैन, मन्दिर देख्दा शिर झुकाउँदैन । जुन घरमा घन्ट बज्छ, जुुन घरमा शंख बज्छ, जुन घरमा आफ्नो धर्म, सस्कृती र संस्कार छ, ति सबैं हिन्दु हुुन, राप्रपा हुन, जसले छाती फुलाएर आफ्नो देश र जनताको लागि काम गर्छ । देशमा दिगो शान्ती, समृद्धि, बिकास अपरिहार्य रहेको छ, बिकासको नाउँमा कुनै पनि किसिमको बिनास सह््य हुदैन । यो सबै गर्ने भनेको नेपालको लागि राप्रपा नै हो । यहाँका अन्य राजनीतिक दलहरुको गलत रबैयाले गर्दा अहिले आम नेपाली जनताले सिंगो मुलुकको रक्षाको लागि काम गर्ने पार्टी को हो भनेर बुझेकाछन, अनभुती गरेकाछन । आम नेपाली जनताको यही बुझाई र यही अनभुतीले राप्रपालाई आगामी दिनहरुमा अर्थात भनौं आगामी निर्वाचनमा बिजय गराउँछ ।   किनकी अहिलेको यो अवस्थामा देशलाई चरम राजनीतिक अस्थिरताबाट सहि निकास दिएर देशमा दिर्घकालीन आर्थिक बिकास र समृद्धिको दिशामा लाने एकमात्र पार्टी भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी नै हो, राप्रपा नै हो, जसले सिंगो नेपाली जनतालाई साथमा राखेर स्वर्गीय बडामहाराधिराज पृथ्वी नारायण शाहको दिव्य उपदेश नेपाल चार जात छत्तिस वर्णको साझा फुलवारी हो भन्ने मान्यतालाई आत्मसाथ गरेर अगाडि बढेको छ । प्रत्येक नेपाली जनताको घरदैलोमा पुगेको छ, प्रत्येक नेपाली जनताको दुखसुख बुझेको छ ।  


Posted on: 2021-Apr-28

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar