26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

६० लाख भन्दाबढी नेपालीहरु कुनै न कुनै किसिमको मनोसामाजिक समस्याबाट ग्रसित छन्

6 - Dec-2020, Posted by: Yuwahunkar   |   COMMENTS: 0
गोपाल ढकाल (मनोविद्)  विश्वभरमा नै मानसिक स्वास्थ्य समस्या जटिल र चुनौती पुर्ण बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट प्रभावित छन् । नेपालमा पनि ६० लाख भन्दाबढी नेपालीहरु कुनै न कुनै किसिमको मनोसामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धानपरिषद्ले हालै मात्र सार्वजनिक गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा ४.३ प्रतिशत वयस्कहरुमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ।सर्वेक्षणले १० प्रतिशत वयस्कमा आफ्नो जीवन कालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्यामा रहेको देखाएको छ। सर्वेक्षणमा किशोरकिशोरीमा मानसिक स्वास्थ्यको अवस्था हेर्दा ५ दशमलब २ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या भएको पाइएको छ।मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भएका समस्या, चुनौती एवं उपलब्धिका विषयमा छलफल तथा पैरवी गर्ने जस्ता विविध उद्देश्यका साथ प्रत्येक वर्ष १० अस्टुबरका दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै अइरहेकोछ । विश्व मानसिक स्वास्थ्य संघको अगुवाइमा सन् १९९२ देखि विश्व भरि नै यो दिवस मनाउन थालिएको हो ।
यो वर्षको विश्व मानसिक दिवसको नारा“ सबैको लागिमानसिक स्वास्थ्य  प्रर्याप्त लगानी , व्यापक पहुँच । जसलाई पनि , जहाँ पनि “ रहेको छ । नेपालमा मानसिक स्वास्थ्यको अबस्था नेपालमा मानसिक स्वास्थ्यको क्षेत्र अझै पनि ओझेलमा परेको छ । मानसिकरोगीलाई अपहेलना गर्ने, उपचारबाट बन्चित गराउने , बाँधेर वा थुनेर राख्ने, खान नदिने,काम र जिम्मेवारी तथा अधिकारबाट बञ्चितगराउने, भुत–प्रेत वा बोक्सी लाग्यो भनेर उपचारको नाममा तातो पन्युले डाम्ने जस्ताअमानवीय व्यवहार गर्ने गरेको समेत देखिन्छ ।हाम्रो समाजमा मानसिक स्वास्थ्य प्रति व्यक्तिको बुझाई, धारणा, सोच बिचार अझै पनि सकारात्मक हुन सकेको छैन। मानसिक स्वास्थ्यलाई कलंकको रुपमा हेरिन्छ। मानसिक स्वास्थ्य समस्या देखापर्दा कुल विग्रेको, देउता चढेको, माता चढेको, बोक्सी लागेको, धामी उत्रेको भन्दै नजर अन्दाज गर्ने परिपाटी हाम्रो समाजमा अझै पनि बिधमान रहेको छ ।
एक पटक मानसिक रोग लागे पछी निको नै हुदैन भन्ने सोच पनि रहेको पाईन्छ ।जैविक तथा रासायनिक, सामाजिक एव मनोबैज्ञानिक कारणले मानसिक समस्या देखापर्ने गर्छ । बदलिदो समाजिक परिवेश, बैदेशिक रोजगारी, वेरोजगारी, गरीबी, आधुनिकरण,सामाजिक सञ्जालको प्रभाव, लागु पदार्थको सेवन, पारिवारिक झमेला, लैङ्गिक हिंसा,घरेलु हिंसा, यौन शोषण, बलत्कार,लाञ्छना, लैङिगक विभेद,अन्धबिस्वास , गलत प्रथा,राजनीतिक अस्थिरता जस्ता कारण तत्वले नेपालमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको देखिन्छ । शिक्षा (चेतनाको कमी,मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यमान अन्धविश्वास, दक्ष जन शक्तिको कमी, सरकारी उपेक्षा, बजेटको कमि, दातृ निकायको यस क्षेत्रमा आँखा पर्न नसक्नु, राष्ट्रिय मानसिक स्वास्थ्य नीति नहुनु, जस्ता कारणबाट मानसिक स्वास्थ्यको क्षेत्रमा सोचे जस्तो प्रगति हुन सकेको छैन ।नेपालमा विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा अझै पनि पठन पाठन हुन सकिरहेको छैन।यथापी हालै मात्र प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले विद्यालयस्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्न सरकारलाई निर्देशन दिएको छ ।नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा प्रयाप्त लगानी हुन सकिरहेको छैन ।मानसिक स्बास्थ्यको क्षेत्रमा काम गर्ने मनोचिकित्सक, मनोविद , मनोपरामर्शदाता ,साइक्याट्रिक सोसल वर्कर,साइक्याट्रिक नर्स जस्ता जनशक्ति अत्यन्तैन्यन छन । जति पनि जनशक्ति छन ति पनिशहर केन्द्रीत मात्र छन । दुर दराज र स्थानीयतह सम्म यसक‍ो पहुँच पुग्न सकिरहेको छैन ।नेपाल जस्तो विकासोन्मूख देशमात ५ जना मानसिक रोगी मध्ये ४ जनाले उपचार नै नपाउने अबस्था रहेको छ ।कोरोनाको कहरले निम्त्याएको मानसिक स्वास्थ्य समस्या कोरोनाको प्रकोपले बिश्व नै अहिलेआक्रान्त बनेको छ । कोरोना भाइरसको महामारीले विश्वव्यापी रुपमा गम्भीर मनोसामाजिक असर सिर्जना गरेको छ।
महामारी सुरु भएपछि मानसिक स्वास्थ सेवाको माग अत्यधिक बढेको छ।आफन्त सँगको वियोग, आइसोलेसन,आयमा भएको ह्रास र त्रासका कारण मानसिक स्वास्थ्य प्रभावित भएको छ।कतिपय मानिसहरु अध्यधिक मदिरा पान,लागु औषध सेवन, अनिद्रा तथा छटपटी जस्ता समस्याले प्रभावित भएका छन ।कोभिड–१९ले विश्वको ९३ प्रतिशत राष्ट्रमा सघन मानसिक स्वास्थ सेवा अवरुद्ध भएको विश्व स्वास्थ्यसंगठनको एक सर्वेक्षणले देखाएको छ। विश्वका १ सय ३० राष्ट्रमा गरिएको अध्ययनले महामारीका कारण मानसिक स्वास्थ सेवाको पहुँच नराम्ररी प्रभावित भएको र विश्वले तत्काल थप लगानी गर्नुपर्ने  खाएको छ।उक्त सर्वेक्षणमा ६० प्रतिशत राष्ट्रमा मानसि कस्वास्थ सेवा प्रभावित रहेको र विशेषगरी बालबालिका, किशोर र पौढ बढी प्रभावित रहेको देखिएको छ। यसै गरी, ६७ प्रतिशत जनसंख्याले काउन्सिलिङ तथा साइकोथेरपी सेवा नपाएको देखिएको छ।नेपालमा पनि टिपिओ नाम कसंस्थाले लकडाउनको अबधिमा गरेको सर्वेक्षणमा करिब ५० प्रतिशत मानिसमा कुनैन कुनै प्रकारको मानसिक समस्याको लक्षणदेखिएकोछ ।स्वास्थ्य अनुसन्धान परिषद् नेपाललेगरेको एक अनुसन्धानमा कोरोना भाइरसमहाव्याधिका कारण नेपालमा फ्रन्टलाइनमा खटिने २९ प्रतिशत चिकित्सक, नर्स रल्याबमा काम गर्ने स्वास्थ्यकर्मीमा डिप्रेसनको लक्षण देखिएक‍‍ो छ । उक्त अनुसन्धानमा ३५.७ प्रतिशतमा एन्जाइटी र १७.१ प्रतिशतमा साइको लोजिकल डिस्ट्रेस रहेको पाईएको छ ।
मानसिक स्वास्थ्यको सम्बर्द्धन उपाय (शारीरिक रोग झै मानसिक स्वास्थ्य समस्यालाई पनि सहज रुपमालिनु पर्छ।मानसिक रोग निको हुने रोग हो। औषधीको सेवन, मनोपरामर्श तथा पूर्नस्थापना जस्ता उपचार विधीद्वारा यो रोगको उपचार सम्भवछ ।धर्म परिवर्तन गरेर, भाकल गरेर, धामीझाक्री लगाएर, मानसिक रोग निको हुदैन। बेलैमा यसका विज्ञलाई देखाउनु पर्छ ।(मानसिक रोग , आत्माहत्या प्रतिको गलत धारणालाई हटाउन यस विषयमा चेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्छ । यस बिषयमा अभियान नै संचाल नगर्नु जरुरी देखिन्छ ।(मानसिक स्वास्थ्यको बजेट नगन्नेछ यसलाई बृद्धि गर्नु जरुरी छ ।मानसिक स्वास्थ्यमा एक अमेरिकी डलर बराबरको लगानीले चार अमेरिकी डलर बराबरको प्रतिफल दिन सक्ने एक अध्ययनले देखाएको छ ।(मानसिक स्वास्थ्यको क्षेत्रमा कामगर्ने जनशक्तिको कमीलाई बृद्धि गर्नुपर्छ ।
मानसिक स्वास्थ्य कार्यकर्ता निर्माण गर्नुपर्छ। स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा पुराउन जरुरी देखिन्छ । (प्रकृतिक बिपत्ति आईपर्दा , रोगव्याधि फैलिदा, दूव्यवहार, अन्याय, विभेद रलान्छना जस्तो जीवनमा कठिन अबस्थामा मानसिक समस्यामा पर्ने सम्भावना बढी हुने भएकाले प्रभावित ब्यक्ति र समुदायलाई बेलैमा मनोसामाजिक सेवा (सहयोगको ब्यबस्था राज्यले तत्काल गर्नुपर्छ ।(विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा पठन पाठन तत्काल शुरु गर्नुपर्छ ।विद्यालयहरु बालमैत्री बनाउनु पर्छ।विद्यार्थीलाई जीवन उपयोगी सीप सिकाएर मनोसामाजिक समस्याको जोखिमलाई कम गर्न सकिन्छ ।(वैदेशिक रोजगारीमा जाने युवाहरुको लागी मानसिक स्वास्थ्य तालिम, तनाव व्यवस्थापन सम्बन्धीसिप सिकाउन अत्यन्तै जरुरी देखिन्छ।(आफनो मानसिक स्वास्थ्य अवस्थाप्रति ब्यक्ति स्वयं पनि सचेतर चनाखो हुनुपर्छ । आत्माहत्या रमानसिक रोगको बारेमा खुलेर कुरा गर्नु पर्छ ।
मानसिक स्वास्थ्यलाई सवल बनाउनआफ्नो दैनिक रहन सहन, खानपान,जीवन शैलीमा सुधार ल्याउनु पर्छ, जीवनमा अप्ठेरो अवस्था आइपर्दा आफन्त, साथीभाइर विज्ञको आबस्यक सहयोग लिन ढिला गर्नुहुदैन । (मानसिक स्वास्थ्यको सम्बर्द्धन रप्रबर्द्धनका लागि सबै निकायबीच सहकार्यहुनु जरुरी देखिन्छ। सबै सरोकारबाला ब्यक्ति,निकाय संघसंस्थाहरु बिच ऐक्य वद्धताको जरुरत छ । (मानसिक स्वास्थ्यको सम्बर्धनर प्रवर्धन तथा आत्महत्याको रोकथाममा सञ्चार माध्यमाको महत्वपूर्ण भुमिका रहन्छ ।यसमा सञ्चार माध्यमहरुले संवेदनशील भइ सकारात्मक भुमिका खेल्नु पर्छ ।


Posted on: 2020-Dec-6

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar