
दीनबन्धु अर्याल ।
शाह वंशीय राजाका गुरु अर्याल थिए । पदम नाम केशरी अर्याल पछि पाण्डे राज गुरु भए । गुरु बदलिए पनि विष्णुको अंश ग्रहण गरेका राजा प्रति अरु जनताको आस्ता र भक्ति सरह अर्यालहरुको भक्ति पनि अटुट रुपमा जारी रह्यो । विश्व परिवेशमा युद्ध तथा अन्य सामाजिक, वैज्ञनिक परिवर्तित उपलब्धले विभिन्न देशमा राजाका ठाउँमा निर्वाचित राष्ट्रपतिले काम गर्न लागेको परिवेश र नेपालमा २०१७ साल पौष १ गते पछि श्री ५ महेन्द्रले संसदीय ब्यवस्थाको विकल्पमा निर्दलीय पञ्चायती ब्यवस्थाको संबिधान ,२०१९ तयार गराउदा विरोधी गतिविधि गर्ने प्रजातन्त्रवादी लाई श्री ५ को सरकारले अराष्टिय तत्व सम्म भन्ने दुस्साहस गरेको हो । नेपाली जनताका नेता नेपाली काग्रसका सभापति विपि कोइराला ८ वर्ष जेलमा र ८ वर्ष निर्वासनमा बसेर २०३३ साल पौष १६ गते गणेशमान सिंह, शैलजा आर्चाय, रामबावु प्रसाई समेत स्वदेश फर्कनु भयो ।
स्वादेश फर्कनु सामान्य कुरा थिएन वी.पी. समेतलाई फासी हुन सक्ने ८ वटा संगीन मुदा थिए । दक्षिण एसियामा भएको राजनितीक उथल पुथलमा विदेशीको हात रहेको ले सिक्किम र बंगला देशमा भएको भारतिय डिजाइन नेपालमा हुन नपावस् । राष्टिय एकताका लागि नेपाली काग्रेस लगायतका प्रजातान्त्रिक शक्तिले श्री ५ लाइ साथ सहयोग दिने, निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध संघर्ष जारी राख्ने, यसरी प्रजातान्त्रिक राष्टिय शक्ति मिलेर नेपालको न्यायपूर्ण सर्वाङ्गिण विकासमा योग दान पु¥याउने आशयको अपील वी.पी. कोएरालाबाट जनताका नाममा प्रसारित गरिएको थियो ।
वी.पीले निरन्तर सर्घष गरेको इतिहासले वीपीलाई संवैधानिक राजाको पक्षधर बनाउन वहाँको गहिरो अनुभूती, परिवर्तित सहि परिपक्व थियो भनेर मनिषा कोइरालाले स्पष्ट गरेकी छन् । भारतमा समेत ठूलो प्रभाव पारेका वीपी जस्ता महान क्रान्तिकारीलाई एसियाका लेनिन ठान्ने यूरोपका राजनीतिज्ञलाई पनि आश्चार्य लाग्ने गरी वीपी राजावादी हुनुमा वीपीको निजी सुख सुबिधाको कुरा थिएन । प्रधानमन्त्री हुदाँ नेपालमा न्यायपूर्ण क्रान्तिकारी करम चालेर जनप्रिय हासिल गरेर पनि वहाँले काठमाडौंमा एउटा घर सम्म पनि बनाउनु भएन । यसैले नेपालको भूगोल, नेपालका थरी थरीका बासिन्दा, विभिन्न बोलिचाली भाषा भेद, संस्कृती रुप रंग आकृति सोचाई समेतले अनेकतामा एकता राज संस्थाबाट मात्र हुन सक्छ, त्यस माथि श्री ५ बडा महाराज पृथ्वी नाराणय शाहको आहवानमा हाम्रा पुर्खाहरुले साथ दिएर नेपालको एकीकरण भयो । वीरता बहादुरीको प्रसंगमा गोरखा भपनए पनि देशको नमा नेपाल रहनुमा नेपालको संस्कृतिलाई जगेर्ना गर्ने चार जात छतिस वर्णको साझा पूmलवारी माने मदामना बडा महाराज पृथ्वी नाराणय शाहको वंशजमा राष्ट्रियता सुदृढ राख्ने इच्छा प्रवल हुने र देशभित्र साझा देश बाहिर तटस्थ रहन सक्ने राज शक्तिमा विश्वास गर्ने कैयन आधार देख्नु भयो रुग्ण शरीरको आपूm धेरै न बाच्ने बुझे पनि नेपालीलाई नेपनल चाहिन्छ, शान्त सुन्दर, समृद्ध, न्यायपूर्ण नेपाल भनेर वहाँले आप्mना पार्टीका कार्याकर्तालाई र पञ्चायतमा लागेका पञ्चहरुलाई एवं आपूmले भनेर मान्ने मेघनाथ लम्साल जस्ता कैयन वामपन्थी नेतालाई समेत संम्झाउन थाल्नु भयो ।
२०३९ सालमा वीपी मृत्यु शैयामा पर्दा पनि राजा फाल्ने उधम कदापि गर्नु हुदैन भनेर आफ्नो स्वास्थ्यको भन्दा नेपाल अर्थात आफ्नो देशको स्वास्थ्यको चिन्ता व्यक्त गर्ने नेपालमा राजा नरहे देश रहदैन , प्रजातन्त्र पनि रहदैन राष्टियता कमजोर हुर्दै जान्छ सम्प्रदायिक विद्धोह बढ्छ भ्रष्टाचार मौलाउछ भन्दै प्राण विर्सजन गर्नुभयो । आज हेर्दा त्यतै लाग्छ ।
वीपी पथमा रहेर संयुक्त आन्दोलनको आग्रह गराउने गरी २०४६ सालमा गणेशमान सिंहको सर्वमान्य नेतृत्वमा जनआन्दोलन भयो । विदेशी प्रभाव र दवाव बेहोरेर निर्दलिय व्यवस्था कायम राख्नु भन्दा वीपी विचारमा रहेर गरिएको आन्दोलनलाई साथ दिएर नेपालका जननेता संग मेल मिलाप गर्नु नै श्रेयस्कर छ भने स्व. वीरेन्द्र महाराजले आन्दोलनलाई सहज अवतरण दिनुभयो । १ वर्ष भित्र अन्तरिम सरकारका प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा नेपाल अधिराज्यको संविधान २०४७ पनि तयार भयो नयाँ व्यवस्थाको चुनाव पनि सम्पन्न भयो । २०६२ ÷०६३ मा जनयुद्ध भनौ वा दोस्रो जनआन्दोलन स्वदेशी तयारीमा भएको हाइन । प्रणव मुखर्जी भारतीय काग्रेसका नेता पछि राष्ट्रपति बनेका व्याक्तिले समेत भारतमा साउथ ब्लकको राय बाट भएको कुरा भारतीय मिडियाले उल्लेख गरे । आन्दोलन रत नेपाली नेताहरुले त्यस्को खण्डन गर्ने सकेका छैनन् । पाश्चात्य देश खास गरी ईसाइ सम्प्रदाय प्रवर्धन गराउने युरोपीय यूनियन समेतको डिजाइनमा १२ बुदे सहमति गरि तेसैको बलमा तत्कालिन राजा श्री ५ ज्ञानेन्द्र संग संम्झौता गरिएर पनि राजालाई धोका दिएर राजनीतिक परिवर्तन गराइएको हो । हुन सक्छ विदेशी डिजाइन कारक रहेर श्री ५ विरेन्द्रको वंश हत्या भएको पनि । यो धेरै ठूलो अनुसन्धानको विषय हुन सक्छ । २०४७ सालको संविधानमा पञ्च थरी थरीका कम्युनिष्ट र नेपाली काग्रेस एवं अन्य प्रजातान्त्रिक शक्ति समेटिएकै थिए । संविधान जनताका प्रतिनिधि विशेषज्ञले जनपक्षीय आधारमा बनाएको धारा ३५ (२) ले राजाको त्यस्तो कुनै विशेष अधिकार नभए बाट पनि बुझ्न सकिन्छ ।
२०६२ मा नेपालका आन्दोलन रत नेता हौ भन्ने हरुले राजा एक्लिदै छन् भनेर भाषण गरेका बेला मैले छैनन् राजा संग जनता छन आन्दोलनमा देखिएको भीड मात्रै जनता होइन । करोड भन्दा बढी जनताले जो हिमाल, पहाड र तराईमा रहन्छन । राजालाई आफ्नो हृदयमा स्थान दिइ रहेका छन् भन्ने उल्लेख गरेको थिए । यतिखेर राजाको पक्षमा जनलहरको पनि यो कुरा सिद्ध भएको छ । संविधानको दायरा बाहिर गएर नेताको माग स्वीकार नगर्ने प्रतिनिधिसभा पुनस्थापना गरे पनि ८ दलको मार्ग चित्त जनताको समक्ष राखेर जनमत लिने र राजकीय शक्ति परित्याग नगर्ने सल्लाह चढाएको थिए । उदार मना श्री ५ ज्ञानेन्द्रले आन्दोलन मा जनताको ज्यू ज्यानको खतरा हुनसक्ने भन्ने ठानेर होला उनीहरुका सबै माग स्वीकृत गरीदिनु भयो ।
राजासंग सपथ ग्रशण गरेर प्रधानमन्त्री बन्ने, पुनस्थापित संसदमा सामेल हुने अनि अन्तरिम संविधानमा राजाको छोटी पनि राजा हुन सक्ने प्रावधान राख्ने गर्दै अन्तरिम संविधान २०६३ को पनि संशोधन गरेर गणतन्त्रमा पुग्ने कुरा जनादेश पनि थिएन, युक्तियुक्त र न्याय संगत थिएन् भन्ने मेरो तर्क रह्यो । जनयुद्धका बलमा परिवर्तन भएर धर्मनिरपक्षे गणतन्त्र भएको भए २०६३ बैशाख ११ गते नै गणतन्त्र घोषित हुनु पथ्यो । राजाको कुनै आदेश सहमति चाहिने थिएन । राजाले संविधान उल्लघन गरे भनेर आन्दोलन गर्नेले कुन जनादेशमा संघिय गणतन्त्र र धर्म निरपक्षे धोषण गरे । संविधान उल्लेधन गर्न राजाले पनि हुन्न जनप्रतिनिधिले पनि हुन्न राजाले २०५८ माघ १९ गते गल्ती गरेको मान्ने हो भने पनि त्यो गल्ती त २०६३ बैशाष ११ गते सुधारेको मानेर राजासंग संम्झौता गरेका हुन । त्यस पछि राजा र नेताहरुका वीचमा टक्कर परेको छैन । २—२ पटक संविधान सभा निर्वाचन हुदा पनि राजाले टुलुटुलु हेरी बसे देश भित्रै बसे पत्रकार सम्मेलन गरे जनताको नासो भनेर श्रीपेच दिए । यति खेर भ्रष्चार अनाचार डाण्चार व्यक्तिचार किरन्तर चली रहने विपभले उपचार नपाउने किसानले मल विउ नपाउने साना व्यापारीले राज्यबाट न्याय नपाउने रोगिले उपचार नपाउने भ्रष्टचार मौलाउने ज्यू ज्यानको सुरक्षा नहुने भोकाले खाना नपाउने ततै भद्रगोल र राष्ट्रिय अस्मिता माथि आच आइरहेको छ र भने २०४७ को संविधानमा कुनै संशोधनको प्रस्तावै नल्याइ एकाएक पूरै संविधान खारेज गर्ने ले हिजो २०४७ को संविधान अनुसार किन चुनावमा गएको ? किन सत्ता सम्हालेको प्रतिनिधि सभा पुनस्थापनाको माग किन गरेको ? गणतन्त्रक्तक राज्य घोषणा गरिए पछि पूर्व प्रधानमन्त्री श्री कृष्ण प्रसाद भटटराईले नेपाली काग्रेस परित्यग गर्नु भयो ? वीपी पथ त्याग्न खोजेको भनेर सर्वमान्य नेता गणेशमान सिंहले पनि नेपाली काग्रेस त्याग्नु भयो जिम्मेवार नेपाली काग्रेसले सुधे्रर देश सम्हाल्नु पर्ने वेला हो यो ।
वीपी कोइरालालाई लोक नायक भन्ने महामानव भन्ने वहाँले देखाएका मार्ग अवलम्बन नगर्ने शक्तिलाई के भन्ने ? नेपाली काग्रेसले सोच्नु पर्छ । स्थापन काल देखि विधान वमोजिम संवंधानिक राजा र धार्मिक स्वतन्त्रताका पक्षमा रहेको काग्रेस संघिय गणतन्त्र आए पनि जनताले सुरक्षा न्याय आय शान्ति पाएको भए जनताको ढाड सेके कर रजौटा नेताहरुले भोग नगरेको यतिका युवा राजसंस्था पुनस्थापनाको प्रयासमा लाग्ने थिएनन । विभिन्न संस्था सनातान मर्यादामा रहेर विभिन्न पेशाका इमान्दार व्यक्ति राज संस्थाको पक्षमा लागेको ले हिमाल, पहाड र तराई मा यतिविधि ठूलो जनलहर देखाएको हो । जहानिया शासनको झल्को दिने वर्तमान व्यवस्था अलोकतान्त्रिक छ ।
यस्तो जन आवाजको कदर गरी नेकपा, नेपाली काग्रेस र निर्वाचित अरु विभिन्न दल र स्वतन्त्र हैसियतका प्रतिनिधिले संसदमा बहस गर्दै संविधानमा आवश्यक संशोधन गरे राजसंस्था सहितको सनातन धर्म राज्य को स्थापना गर्नु जनहितमा हुन्छ । ९० प्रतिशत जनताले हिन्दु राज्यको संशोधन प्रस्ताव पेश गर्दा पनि आवाज दवाइयो । तेति खेर जनता सडकमा थिएनन । अहिले त सडकमा देखिएका छन । अहिले आएको र देखिएको जनआवाजलाई कदर गरिएन भने नेताहरु प्रतिको जन आस्था घट्ने कुरामा शंका छैन । जनताले भ्रष्ट पञ्च संग यतिखेरका नेताको समानता देखाइ रहेका छन । जनसेवी निष्ठावान पंञ्च पनि थिए त्यो छुटटै कुरा हो । वीपी कोइरालाका छोरा प्रकाश कोइराला, बुहारी सुष्मा कोइराला, नातिनी मनिषा कोइराला वीपीका निकटस्थ रहेका रामवाबु प्रसाईले राजसंस्था सहितको संसद नै वीपीको अभिष्ट थियो भनेर छर्लङ्ग पारेकाले नेपालका राजनीति बिश्लेषक मानवधिकारवादी ग्रेथकार मुकुन्द रेग्मी, अर्जुन खड्का, लोकेश ढकाल, गोविन्दराज जोशी, नारायण कोइराला, लक्ष्मण घिमिरे र देवेन्द्र नेपाली जस्ता कैयन नेताहरु सनातन धर्म र शाहवंशिय राजसंस्थाका पक्षमा निखे्रर लागेका थिए । नेपाली मुसलवानहरु पनि नेपालमा हिन्दु अधिराज्य भए हाम्रो रक्षा हुन्छ भनै छन । देश मै रहे देश र देशवासी लाई हौ आम भावकत्व दिन तयार भएको राजा को त्याग धैर्य संयम र मर्यादा पनि उल्लेखनिय छ । राजाको सामयिक सन्देश पछि अनेकौ जन ¥याली द्धारा हजारौ लाखौका संख्यामा जनताले राजसंस्था पुनस्थापनाको आवाज बुलन्द गरी रहेका छन ।
२०६३ मा राजाले जनक्रान्ति हो भनेर जनताको नासो बुझाएका ती नेता संग नासो फिर्ता माग्नु अगाबै नेताहरु सजगभ एर देश र जनतालाई न्याय दिन तत्पर भ एभने नेताहरुको घटेको शाख फर्कन सक्छ । जनमत र जनादेशको उपेक्ष ागर्ने नेताहरुको भविष्य छैन । राजाले राजपरिवारले गरेका जनसेवा, संयम, धैर्य र निष्ठाहरु अहिलेको समय जटिल छ । राजसंस्था भएका देशहरु पनि छन । राजा मर्यादित हुँदै आएका पनि छन । निर्दलिय स्कुलिङ्गको आग्रह मात्र बोकेर दल विहिन व्यवस्था संगै राजा ल्याउने भ्रम बोकेका तथा कथित बुद्धिजीवी सफल हुने होइनन । उनिहरुले केशव बहादुर विष्ट धेरै सिक्नु र उदाहरण वनन उनिहरु देश जनतालाई होईन राजा आए आफुले केहि पाउला भन्ने आशा बोकेका हुन सक्छन ।
राजाले दिने शुख आनन्द युगपत् हो जसरी सूर्यले एकै चोटी धेरैलाई न्यानो प्रकाश दिन्छ तसै गरी राजाले सवै जात वर्ग पेशा व्यवसायमा लागेका सवै क्षेत्र भोकका जनतामा न्यानो आय पुगोस् भनेर आमभाव कत्व स्वीकार गर्छन । वीपी चिन्तन बोकेका नेपाली काग्रेसका तमाम कार्यकर्ताले आफ्ुना नेताहरुलाई निवेदन, अनुरोध दवाव संग प्रस्ताव राख्न सक्नुपर्छ की नेपाल र नेपालीको माया गर्ने राजसंस्था सहितको सनातन धर्म सापेक्ष नेपाल हुनुपर्छ भनेर ।
Posted on: 2020-Dec-4