
बिपिन के.सी ।
हामी संग एउटा मास साईकोलोजी छ , हामी मेची देखि लिम्पियाधुरा सम्म ले एउतै सोच्छौ अनि यो मनोविज्ञानलाई बुजेर नेताले पंचायत देखि गणतन्त्र सम्म हामीलाई लाचार, पिछुवा अनि एस म्यान बनाए। हामी संग छोटो स्मरण शक्ति छ, हामी छिटो बिर्सिञ्छौ अनि हामी दयालु छौ छिटो माफ गर्छौ, यो आम नेपालीको मनोविज्ञान छौ। हामी ढिलो कुरा बुज्छौ, छिटो बहकिञ्छौ त्यो राजनीति र प्रेम दुवैमा ।
हिजो पंचायतलाइ सतोसराप गर्ने, पंचायत बिरुद्धमा उभिने,पंचायती अनि जनता आज पंचायंत ब्यबस्थाको बहस गर्दै छन्। १७ साले पंचायती ब्यबस्थालाई गीता मानेर, राजा देवता देख्ने हिन्दु मण्डले हरु आज गणतन्त्रको बहस गर्दै छन्, चर्च खोल्दै छन्, गीता च्यातेर बाइबल बोक्दै छन। महेन्द्र र बिरेन्द्रको फोटो सिरानी नहाली निन्द्रा नलाग्ने मनुवाहरु सामाजिक संजाल मा प्रचण्ड, ओली , देउबाको फोटो सजाएर पुजा गर्दै छन् ,भिडदै छौ, हामी नेताहरुको विचार र नीतिको सिन्दिकटमा बचेका छौ, हिजो बिरेन्द्र चोर भनेर रत्नपार्कमा जुलुस निकाल्ने हामि, बिरेन्द्र हत्या पछि उनलाई महान देख्यो, उनि जति महान कोहि पाएनौ, हामीले बिर्स्येऔ महेन्द्र भन्दा बिरेन्द्रले धेरै पंचायती ब्यब्यस्था लादे अनि धेरै जनता मरे, देश द्रोहको नाममा, देखावटी चुनाब गरे, सालिन व्यक्तित्व बाचेर, संगिन अपराध गरे पंचायत कालमा, अनि हामीले कपाल खौरीयु उनको मिर्तुमा, ठुलो बा र ठुलो आम को मिर्तु हुदा नबार्ने हामीले १३ दिन नै बारेयौ हामी छिटो बिर्सिञ्छौ। यहि बिर्सने बानीले हामीले राजाले गरेका गल्ति, नेताले गरेका गल्ति सबै बिर्सियौ, अहिले पेट्रोल पम्पमा कुपन लिएर, जानेर भन्दानि जाउनत भनेर,आयातित दुइ पांग्रेमा राजाआऊ देश बचाउ भन्दै हिड्ने हामीनै हौ। यहाँ दोष राजाको होइन प्रजाको हो ।
हिजो गणतन्त्रको लागि रगत दिने हामी, ज्ञानेन्द्रलाइ देश निकाला गर्न पर्छ भनेर नारा लाउने हामि, आज सुतेको नागार्जुनलाइ सपना देखाउदै छौ, नारायणहिटीमा संग्रालयमा राखिएको श्रीपेच सम्झेर निदाउना नसकेका हजुरबाले नाति केटोलाई राजा बनाउने सपना देख्दा, हो त नि राजै ठिक भन्ने हामी हिजोको संघर्ष बिर्सियौ। फेरी राजा आए, नेतै ठिक भन्छौ, जो आए पनि, हामी सजिला प्रजा , स्मरणशक्ति कमजोर भएका प्रजा, आजै पनि हामी केहि थान नेताहरुको इसारामा नाचेका छौ, उनीहरुको व्यक्तिगत स्वार्थमा बाचेका छौ, खुमलटार, बालुवाटार र देउबाटारको कोठे बैठकले हाम्रो मजाक उडाएको छ, नेताका छोराहरुको सेटिंगले प्रसाशन चलेको छ,स्वार्थको लागि गुट र उपगुटको बनाएका नेतालाइ सम्मान गरेकै छौ, भोट दिएकै छौ, त्यसैले यो पृथिवीकै सजिला प्राणी नेपाली जनता ।
हिजो एकआपसमा पानी बार्ने नेता, आज एक ठाउँमा बसेर, सहमति भन्दै छन् , हिजोका मीत नेताहरु आज पानी बार्दै छन्,अनि हामी सामाजिक संजालमा जनयुद्ध गर्दै छौ, हामीलाई १० बर्षेले पुगेन, नेताका कारणले व्यक्तिगत सम्बन्ध बिगार्दै छौ,आफ्नैलाई पछारेर कहिलेपनि आफ्नो हुन नसकेका नेतालाई अंगालो हाल्दै छौ। जनयुद्ध बखत प्रचण्डको फोटो देख्न आतुर हामि,आज उनको फोटो नभएको सामाजिक संजालको कल्पना गर्दै छौ, के पी वोलीको बोलि सुने पछि रेडियो र टिभी आफै बन्द होलान जस्तो छ,प्रतिपक्षी देउवा दाई अझै बर्ता बोल्दै छन् प्रधानमन्त्री हुन्छु भनेर, सधै बेखुसी बाबुराम प्राक्टिकल हुन सकेनन, बाउ भन्दा जेठा राजेन्द्र महतोहरु घिर्णाको राजनीतिमा दुबे,महिलाको नाममा रास्ट्रपति बनेकी बिद्यादेवी मदन भण्डारीको श्रीमती भईन तर उनका विचारहरुको श्रीमती बन्न सकिनन् ू एउटा राजा रहदा वा नरहदा तात्विक भिन्नता आउदिन जब सम्म सामन्तबाद समाप्त हुदैनू।
संसारकै धेरै नेताका धनि हामि,प्रति व्यक्ति आयका गरिब,चुनाब आउदा मासुभातको लोभी र कुपोषित प्रजा,नेता भने पछि हुरुककै हुन मन लाग्ने हामी प्रजाले अब राजनीति लाई कता लाने नागार्जुन, खुमलटार,देउबाटार, बालुवाटार कि बिप्लव टार तिर रुरु यो गम्भीर प्रश्नले आहिले को राजनीति रुमलिएको छ,बहुमत आएको सरकारको वर्तमान अवस्था, सरकारको असफलता सबै इनडेक्समा, नाताबाद र भरौटेहरुको चरम नियुक्तिले असफल सरकार, प्रतिपक्ष्यको मौनता र अस्पस्टताले देशलाई गतिहीन बनाएको छ, पूर्वराजाको लोभी,अवसर र बदलाको मानासिकताले उब्जाएका प्रस्नहरु, प्रचण्डको राजनैतिक स्खलनको सुरुवात, दोधारे मनोविज्ञानले बलियो पार्टी लाइ कम्जोर बनायो, प्रचण्डको राजनैतिक उचाईलाइ निस्तेज पर्न प्रयोग गरिएका माधव कुमार नेपाल र झलनाथ खनाल ले माछो माछो भ्याकुतो बनउने निश्चित छ, यहाँ प्रचण्ड बलिका बोका हुने छन् ,प्रचण्ड लाई बिचरा बनाएर प्रचण्ड राजनैतिक अवसान गरिने छ, त्यसैले यहाँ प्रचण्डलाई हेग पुराउने प्रयास हुने छन् र १० बर्षे जनायुद्धको बाकी रहेको केहि मुठी सासको दाहसंस्कार गरिने छ।
अनि जनयुद्धको अस्तु आफु संग मात्र भएको दाबी गर्ने विप्लबहरु नयाक्रान्तिको उदघोस गर्दै जंगलपसेका छन्, जनशक्तिको हिसाबले कमजोर भए पनि एउटा कुण्ठित आवाज बोकेका छन् तर उनको क्रान्ति विशेषता आफ्नै पुर्व कमरेडहरुमा लछित हुने छ, उनि संग व्यक्तिगत बदला र आबेसको एउटा फियुजन पनि छ,यता जातले,भाषाले ,भूगोलको अहम बोकेर बाचेका ३ करोड नेपाली जनताको वर्तमान मनस्थितिले देशलाई बर्बादी तर्फा डोराउने छ, बिदेशी चलखेल बढ्ने छ,यम सी सी बेल्ट र रोड ,भारतको कट्टरपन्थी हिन्दु सरकारको प्राभावले नेपाल को राजनीतिलाइ पक्कै अप्थार्यो पार्ने छ, दुइ डुंगा बिचको यो तरुल कुनै देशको परिकार नबनोस। हामीले हाम्रै तरिकाले बच्न पाउ,प्रचण्ड देउबा वोली गाली गर्न पाउ,गरिबीमा बाच्न स्वीकार्य छ गुलाम भएर किमार्थ स्वीकार्य हुने छैन, अब हामी मिलौ,जुटौ र सुन्दर सन्त र देश बनाऊ।
Posted on: 2020-Dec-4