26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कालोबजारी कहिलेपनि कुनैपनि हालतमा क्षमायोग्य हुनै सक्दैन

1 - Dec-2020, Posted by: Yuwahunkar   |   COMMENTS: 0
आम नेपाली नागरिकको सबैभन्दा ठुलो चाड दशैं, तिहार र छठ हामीबाट एक बर्षको लागि बिदा भईसकेको छ । यो बर्ष यि सबै चाडहरु हामीले दुखै दुखका बिचमा मनाएका छौं । एकातिर बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को महामारी । अनि त्यही महामारीको बिचमा परेका यि ठुला चाडबाडहरु । सायद कुनै पनि नेपाली नागरिकले यो बर्ष यि चाडहरु खुसीले मनाएनन, हो ।    यो महामारीले सिंगो  बिश्व नै आक्रान्त बनेको छ । यो महामारी बिश्वका अरु देशहरुमा जस्तै नेपालमा पनि पछिल्लो समय बढ्दै गएको छ । यो महामारीकाकारण लाखौं नेपालीहरुको रोजीरोटी र रोजगारी गुमेको छ भने आर्थिक अभाव कै कारण कंयौं नागरिकहरु बेघर भएकाछन ।   तर यो महामारीको बिचमा पनि एकाध व्यक्ति तथा व्यवसायीक समुहहरु कालोबजारी गरी करोडौं रुपैैयाँ कमाउन लागि परेकाछन । कोभिड १९ का कारण शारीरीक, मानसिक तथा आर्थिकरुपमा बिक्षिप्त भएको तिनै नागरिकहरुको पीडामा खेल्दै केही गैरकानुनीरुपमा सम्पती आर्जन गर्न जुटेको छ । अभाव र महामारी कै बिचमा दशैंको पुर्वसन्ध्यामा बसेका नेपाली नागरिकहरुलाई गुणस्तरहिन खाद्य तथा अन्य सामाग्री बिक्री गरेर करौडो रुपैयाँ कुम्ल्याउन त्यो समुह लागिपरे । बजारमा गुण्स्तरहिन खाद्य सामाग्री देखि गुणस्तरहिन औषधी समेतका भेटिएका दर्जनौं घटनाहरु सार्वजनिक भए । स्वास्थ क्षेत्र आम नागरिकको पहुंचबाट निकै टाढा भयो, जुन अहिलेसम्म पनि रहेको छ । आम नागरिकको दैनिक जीवन निकै नै कष्टकर बन्यौं ।   कोभिड १९ कै कारण लाखौं नेपाली नागरिकको रोजीरोटी, गाँस बास, कपास, खुसी खोसियो । यसको लेखाजोखा सायद कसैसंग पनि छैन हो । तर यही बिचमा केही व्यापारी, केही व्यक्ति, केही उद्योगी एवं केही समुहरुले यो महामारीलाई अर्थ आर्जन गर्ने सुनौलो मौकारुमा ग्रहण गरे । त्यहीकारण बजारमा कालो बजारी बढ्यो ।    कोभिड १९ लाई देखाउँदै बजारमा नुन देखि सुनसम्मको भाउ बढ्यो । सामान्य बस्तु तथा सेवाको खरिदमा पनि लाखौं नेपालीहरु ठगिए । कोरोना काल अर्थात कोरोना महामारीको समयलाई पैसा कमाउने सुनौंलो अवसरकोरुपमा परिभाषित गर्ने निकै ठुलो गिरोह पर्दा पछाडि देखियो । त्यहीकारण बजारमा हरेक बस्तु तथा सेवाको मुल्य उच्चरुपमा बढ्यो । तर संकटको बेलामा भएका यि सबै कालोबजारीका दोषीले राज्यले कारवाही गर्नुपर्छ । कालोबजार कहिले पनि कुनैपनि हालतमा अक्षम्य हुदैन, अथवा हुन दिनु हुदैन ।     


Posted on: 2020-Dec-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar