आजकल काठमाडौँमा गिद्धहरु कम अनि बिचौलियाहरु बढी देखिन थालेका छन्
6 - Nov-2020, Posted by: Yuwahunkar | COMMENTS: 0

काठमाडौं ।
काठमाडौँ गिद्धै गिद्धको शहर होइन , यो बिचौलियाहरु शहर हो। पंचायतकालका शिशु बिचौलियाहर,प्रजातन्त्र आएपछि जवान भए अनि गणतन्त्र पछि शब्द शब्दहरुमा, घरघरमा, मन्दिरदेखि चर्च सम्म,चिया पसल देखि सिंहदरबार सम्म, फार्मेसी पसल देखि अस्पतालसम्म, पानी देखि मदिरा सम्म, बन्दगोवी देखि गुलाब सम्म, भाषा देखि भेष सम्म, सारंगी देखि गितार सम्म, बढुवा देखि सरुवा सम्म, पत्रकार देखि अखबार सम्म,मास्टर देखि पास्टर सम्म, मयलपोस देखि बर्दी सम्म, तराईका हरिया फाट देखि कित्ता काट सम्म,सेट्टिङ्ग देखि नेप्सेको रेटिंग सम्म,आदि आदि सम्म बिचौलियाहरु देखिने गरेर र नदेखिने गरेर छापिएका छन्। दलाल पुजिबादका अनुयायीहरुले कार्ल मार्क्सलाई मारे, बि पी लाइ झुण्डयाए, माओंलाई कैदी बनाए, जनतालाई भेडा बनाए र हामी खोज्छौ साम्यबाद, पुजिबाद अनि बिकाश त्यसैले यो सहर बिचौलियाहरु उपनिवेश हो। मन्दिर गए भगवानको बिचौलिया पुजारी, लाईन बस्नुपरे सुर सुरक्षा गार्ड बिचौलिया, वि आई पी गए सरकार बिचौलिया, त्यसैले यी मन्दिरहरु बिचौलियाहरुको मन्दिर अनि सबै भेटि, भाकल, अनि आस्था सबै बिचौलियाहरुको ।
आजकल काठमाडौँमा गिद्धहरु कम अनि बिचौलियाहरु बढी देखिन थालेका छन्। यहाँ आमाको सौदा गर्नेहरुले, देशलाई केछाडलन, यहाँ घर घरमा बिचौलिया, प्रेम देखियौन सम्म सबै बिचौलिय। यहाँ चिया पसलमा बसेर चुरोट सल्काउदै र दुध चियाको चुस्की लाउदा, दुधमै बिचौलिया, गाई देखि दुध चियासम्म हजार बिचौलिया अनि बिचौलियाले जुठो हालेको दुध पिउने यहाँ सबै बिचौलिय। त्यसैले म भन्छु, “गाई" देखि “सिंह" सम्म अनि “चियापसल" देखि “दरबार“ सम्म सबैबिचौलिया । अज्ञातहरुको लाइसन झुण्डाएर सिटामोल बेच्नेहरु राजनैतिक आडमा आस्पताल खोल्नेहरु, नक्कली शैक्षिक प्रमाणपत्र बोकेर सुइ हाल्नेहरु, PCR देखि RDT भित्राउनेहरु अनि गोविन्द केसी मर्न खोज्नेहरु कोहि पनि बिचौलिया होइनन ! पानीको बोतलमा सुद्ध लेखेर मुत्र मिसाउनेहरु ,मिनरल वाटर भनेर इनार उघौनेहरु ,नेपालको पानी बैगुनी छ भनि, प्रधानमन्त्रीको भान्सामा बिदेशी पानी पुराउनेहरु , कोदोको भनेर लादीको पिलाउनेहरु, पिलाईसके पछि हस्ताक्षर गराउनेहरु , दशैंमा “सर“ भनेर कालो निलो मदिरा बोक्नेहरु, “म्याम“ भनेर वाईन बोक्नेहरु, अन्तशुल्कको स्टिकर नक्कली टासेर मदिरा पार्नेहरु, हजारको पिलाएर लाखको बिल मिलाउनेहरुको यो शहर, जाली शहर, यो शहर बिचौलिया को शहर। कालिमाटीमा ३ बजे मेला लगाउनेहरु,किलोको ९ रुपैयामा गोभी बेचेर घर फर्कने किसानहरु अनि ट्रकको पछि बसेर, नाम्लोले पसिना पुछ्नेहरु अनि घर नपुग्दै ४९ रुपैयाभएको समाचार सुन्नेहरु, भोलिको लागि सहर पाल्नेहरु मर्दै छन् अनि मार्दै छ बिचौलियाहरु। सरकारी कृषि अनुदान खानको लागि सर्प पाल्नेहरु, गोठ हाल्नेहरु, ओर्गानिक भनेर बिषाधि मिसाउनेहरु, जनकपुरको माछा भनेर बंगलको माछा बेच्नेहरु, मलेखुमा धादिंगकै भनेर आयातित गोलभेडा बेच्नेलोकल बिचौलियाहरु ले मार्दै छन् किसानहरु । प्रेममा सम्झौता गर्नुपर्छ भन्नेहरु, आफ्नो मुटु बेच्नेहरु ,आमाको औषधि बिर्सेर गुलाब दिनेहरु, फूलहरु चुडेर बगैचा मार्नेहरु,निस्वार्थ प्रेम गर्छु भन्ने मेरी पूर्व प्रेमिकालाइ जबरजस्ती डिवी वाला अङ्कलसंग बिहे गराउने उसका जस्ता धेरैका आमा बावुहरु यहाँ सबैबिचौलिया हुन्, यहाँ सम्बन्धहरु मा बिचौलिया छन्, घर घरमा बिचौलिया छन्, गुलाब देखिकाडा सम्म सबै बिचौलिय। अंग्रेजी नजाने पाखे भन्नेहरु, नमस्ते भन्दा हेलो भन्नेहरु लोकगीत सुन्दा गाउदा गाउले भन्नेहरु, सारंगी सुन्दा,बजाउदा छिः भन्ने हरु गितारको धुन मा फिरकनेहरु यी सबै भाषा रसंस्कृतिका बिचौलिया हुन्, मार्दै छन् गीतहरु,मार्दै छन् भाषाहरु ।भन्सारमा जान तछाड मछाड गर्ने प्रहरीहरु, फुली थप्न ब्रिफकेस बोक्नेहरु , फुली थपिए बिचौलियाको ,नथपिए राजनैतिक पार्टी छदै छन् सम्मान गर्न, को के भन्ने भनेर “फूडलैंड“ बसेर नक्सा कोर्नेहरु, पैसा,पदर शक्ति को लागि बिचौलियाहरुको तलुवाचाट्नेहरु, बिद्यानस्ट आहिले सम्म कोहि जन्मेको छैन । नक्कली प्रेस कार्ड बोकेर लकडाउनमा हिड्ने हरु,आफ्नो व्यक्तिगत स्वार्थको लागि समाचार बनाउनेहरु, बार्गेनिंग मिले ठिक छ नमिले समाचार लेख्नेहरु,कलम छ भन्दैमाअस्लिल लेख्नेहरु यी सबै बौद्धिक बिचौलिया हुन। यो शहरको मसि मसिमा पनि बिचौलियाहरु छन्।टुक्रा टाक्रि जग्गाको ब्यापार गर्ने मास्टरहरुले दिने स्कूलिंगहरु, हिजो प्रचण्डले दिएका स्कूलिंगहरु अनि बाइबल हातमा राखेर गरिबी किन्नेहरु पास्टरहरु , धर्म बेचेर धर्मनिरपक्ष्यता किन्नेहरु, बिध्यर्थिलाई कक्ष कार्य दिएर झन्डा बोक्ने मास्टर देखि पास्टर सम्म कोहि पनि बिचौलिया होइनन , यी त फगत दलाल पुजिबादका अनैतिक सम्बन्धबाट जन्मेका मनोविज्ञान र सन्तान हुन् । टनकपुर देखि सुस्तासम्मा,बुढीगण्डकी देखि कर्णाली सम्म बिजुली निकाल्नेहरु, झोलमा ६००० हजार खोला बोक्न सक्ने झोलेहरु,इलेकट्रिक गाडीमा भन्सार बढाउनेहरु,सम्धी देखि भान्दाई सम्मटिके बनाउनेहरु , कुलेहरुलाइ बेरोजगार बनाउनेहरु अनि गणतन्त्रमा राजा फालेर “युबराज“ भित्राउनेहरु यी ठेकदार हुन् बिचौलियाहरुका। धान झुल्ने खेतहरुमा गिटी मिसाउनेहरु,मालपोतमा कित्ताकाट मिलाउनेहरु दशैंमा गाउ जादा टिकट मिलाउनेहरु , पिच गर्दा इन्च मिलाउनेहरु,बिमानस्थलमा सेटिङ्ग देखि सेयार बजारको रेटिङ्ग मिलाउनेहरु,वहाहरु बिचौलिया होइन सौचालय हो। भो अब त अति भो , यी बिचौलियाहरु खण्ड काव्य लेख्न सक्दीना अनि म बिबसछु , भागेर जाउ कुन ठाउँ जाउ बिचौलिया नभएको शहर हुदैन।
Posted on: 2020-Nov-6

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story