08 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

युवाहरुलाई शारीरिक तथा मानसिकरुपमा बलियो बनाउ

4 - Mar-2020, Posted by: Yuwahunkar   |   COMMENTS: 0
नेपाल चालु आर्थिक बर्षको छ महिनाको अवधिमा चार खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ बैदेशिक रोजगारीबाट प्राप्त आय (रेमिटेन्स) भित्र्याएको छ । नेपाल राष्ट्र बैंकको भनाईलाई आधार मान्ने हो भने यो रेमिटेन्स शुन्य दसमलव नौ प्रतिशतले बढेर उक्त अनुपातमा पुगेको हो ।   अघिल्लो आर्थिक बर्षको सोही अवधिमा यस्तो रेमिटेन्स ३० दसमलव दुई प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकको भनाईलाई नै आधार मान्ने हो भने अन्तिम श्रम स्वीकृति अन्र्तगत संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरणका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या चालु आवको पछिल्लो छ महिनामा १७ दसमलव सात प्रतिशतले बढेको छ ।   अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७ दसमलव तीन प्रतिशतले घटेको थियो । चालु आवको छ महिनामा कुल वस्तु निर्यात २६ दसमलव एक प्रतिशतले बढेर ५७ अर्ब २८ करोड पुगेको छ ।  यस अवधिमा मुलुकको कुल वस्तु आयात चार प्रतिशतले घटेर छ खर्ब ९४ अर्ब ६९ करोड कायम भएको छ । सोही आधारमा चालु आवको पछिल्लो छ महिनामा मुलुकको कुल वस्तु व्यापार घाटा छ दसमलव एक प्रतिशतले संकुचन भई छ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँमा सिमित रहेको छ । वास्तवमा यि तथ्यांकहरु ठोकिने भनेको युवा संग नै हो । नेपाली युवाहरुले दुर्बइ, कतार, मलेसिया, लगायतका राष्ट्रहरुमा गएर कडा परिश्रम गरी कमाएर स्वदेश पठाएको रकम नै रेमिटेन्स रकम हो ।    जुन चालु आवको छ महिनामा चार खर्ब रुपैयाँ भन्दा बढी रहेको छ । वास्वतमा युवा भनेका देशका कर्णधारहरु हुन । देशको समग्र आर्र्थिक बिकासको लागि चाहिने दक्ष श्रमशक्ति नै युवाहरु हुन । युवाहरुलाई कुनैपनि अर्थमा कमजोर बनाईनु हुदैन ।    युवाहरु कमजोर पनि हुनुहुदैन । तर अहिले मुलुकको समग्र आर्थिक बिकास गर्ने युवा शक्तिहरु मानसिकरुपमा बिचलित रहेकाछन । उच्च शिक्षा पाए पनि रोजगारी नपाउने, रोजगारी पाए पनि राम्रो पारिश्रमिक नपाउने, असुरक्षित भविस्य लगायतका बिभिन्न समस्याहरुले पीडित रहेकाछन । यहीकारण नेपालको युवाशक्ति पछिल्लो समय मानसिकरुपमा कमजोर बन्दै गएकाछन । यो कमजोर युवाहरुलाई शारीरीक तथा मानसिकरुपमा बलियो बनाउनु पर्छ । यसरी मानसिकरुपमा युवाहरुलाई बलियो बनाउने दायित्व राज्यको हो । यो दायित्व पुरा गर्न राज्य कहिले पनि पछि हट्नु हुदैन । युवालाई जहिले पनि शारीरीकरुपमा तथा मानसिकरुपमा बलियो बनाउनु पर्छ ।   

Posted on: 2020-Mar-4

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar