03 May
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

देश बनाउछु भन्ने युवाहरुलाई राज्यले सम्मान गर्नसक्नु पर्छ ।

29 - Jul-2019, Posted by: Yuwahunkar   |   COMMENTS: 0
देशका कर्णधारहरु भनेका आखिर युवाहरु नै हुन । युवाहरुको काँधमा नै सिंगो मुलुकको भविस्य निर्भर रहेको छ । तर नेपालीहरु पछिल्लो समय स्वदेशमा श्रम र उचितको पारिश्रमिकको व्यवस्था हुन नसक्दा बिदेशिन बाध्य रहेकाछन । देशको ठुलो युवा जमात अहिले पनि बिदेशी भुमीमा आफ्नो श्रम पोखिरहेको छ । तर राज्यलाई ति युवाहरुलाई आफ्नो देशमा रोकेर उनीहरुको श्रमको सम्मान गर्न सकेको छैन ।   देश बनाउने भनेका युवाहरुले नै हुन । अनि देश बिर्गाने भनेका पनि युवाहरुले नै हुुन । जुन देशका युवाहरु सक्षम हुन्छन, सबै कुराले पुर्ण हुन्छन, मिहेनती हुुन्छन, त्यो देश सबै कुराले परिपुर्ण हुन्छ । त्यो देश आर्थिक सामाजिक, सास्कृतिक, भाषिक, बिकास र पुर्वाधार, शिक्षा, स्वास्थ सबै कुरामा अगाडि हुन्छ । बिश्वका महाशक्तिहरु राष्टहरुको बिकासमा युवाहरुले खेलेको भुमिकाबाट पनि यि सबै कुराको पुष्टि हुन्छ  । बिश्वमा आर्थिक, सामाजिक, शैक्षिक, प्रबिधी, बिज्ञान लगायतका सबै क्षेत्रमा अगाडि रहेका अमेरिका, जापान, चीन, रुस लगायतका राष्टहरुको बिकासमा पनि युवाहरुको निकै ठुलो भुमिका रहेको छ । यि राष्टहरुले युवाहरु सिप र क्षमतालाई बुझेर युवामैत्री नीति ल्याएर त्यसको सहीरुपमा कार्यान्वयन गरे कै कारण बिश्वमा यि राष्टहरु अगाडि आउन सफल भएका हुन ।    नेपामा भने अझै त्यस्तो हुन सकेको छैन । आर्थिक बिकास र समृद्धिका कुरा खाली नारामा मात्र सिमित रहेकाछन । यि नाराहरु जनतालाई भुलभुलैमा राख्नको लागि मात्र प्रयोग हुने गरेको छ । यदि यस्तो नहुदो हो त नेपाल आज होईन धेरै बर्ष पहिले नै समृद्ध बनिसक्थ्यो,  सबै नेपाली सुुखी भईसक्थे । आर्थिक बिकास र समृद्धिको नारा नेपालमा आज मात्र घन्किएको हो र ? बिसं २००७ सालमा राणा शासनको अन्त्य हुदा पनि त्यही नारा घन्किएको थियो । तर अहिलेसम्म पनि मुलुकले आर्थिक बिकास र समृद्धिको ठोस बाटो समेत पल्यिाउन सकेको छैन । अझै पनि समय बाँकी छ , समय घर्किएको छैन ।   समृद्ध नेपाल सुखी नेपाली को नारालाई सहीरुपमा कार्यान्वयनमा ल्याउने भने युवाहरुलाई राजीतिक उदेश्य प्राप्तीको लागि गोटीकोरुपमा उपयोग गर्ने नीति बन्द गरिनुु पर्छ । राज्यको जिम्मेवार तहमा बस्ने हिंजोका नेता आजका मन्त्रीहरुले खोला तर्यो लौरो बिस्र्यो भन्ने कथनलाई दोहोर्याउनु हुदैन । आम नेपाली युवाहरुको सिप र क्षमता अनुसार स्वदेशमा नै रोजगारको ग्यारेन्टी गर्नुपर्छ । स्वदेशमा नै आफ्नो सिप र क्षमता प्रस्तुत गरेर समृद्ध मुलुक निर्माण योगदान दिने सुनौलो अवसरबाट युवाहरुलाई बञ्चित गराईनु हुदैन । यदि गराईन्छ भन्ने मुलुक कहिले समृद्ध हुन सक्दैन, नेपाली कहिले सुखी हुन सक्दैन । यो सत्यलाई राज्यले बुझेर सोही अनुसार काम गर्न सक्नुपर्छ ।     


Posted on: 2019-Jul-29

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar