04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

युवाहरुलाई दिने रोजगारी दिगो र स्थायी हुनुपर्छ

7 - Jul-2019, Posted by: Yuwahunkar   |   COMMENTS: 0
अहिले नेपालमा दुई तिहाई बहुमतको सरकार छ । यो सरकारको नेतृत्व नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । उनै व्यक्ति अहिले देशको प्रधानमन्त्री बनेका छन् । पछिल्लो समय उनको एउटा भनाई सार्वजनिक भयो, त्यो थियो कोही भोकले मर्दैन, कोही बेरोजगार बस्नु पर्दैन । यसको सिधा अर्थ हो सबैले आफ्नै नै रोजगारी पाउँछन, सबैनागरिकको खाद्यन्न माथिको अधिकार सुरक्षित हुन्छ । यसै लगि प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीस्वरोजगार कार्यक्रमको घोषणा गरे । बिभिन्न क्षेत्रमा भएका ति कार्यक्रमहरुमा प्रधानमन्त्रीओली स्वंमबाट रिवन काट्ने काम पनि भयो ।तर अहिले त्यो कार्यक्रम रिवन काट्नै लागि भएको जस्तो देखिन्छ, जनताको आँखामा भ्रम छर्नकै लागि भएको जस्तो देखिन्छ । यस्तो देखिनुको प्रमुख कारण थियो, देशको पछिल्लो अवस्था ।बाहिरबाट सहज जस्तो देखिएपनि मुलुकको पछिल्लो अवस्था निकै नै कमजोर रहेको छ ।
नेपालराष्ट्र बैंकले देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्थालाई केन्द्रबिन्दुमा राखेर सार्वजनिकगरेको तथ्यांक अनुसार चालु आवको १० महिनामा कुल वस्तु निर्यात १८ दसमलव एकप्रतिशतले बढेर भई ७८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा कुल वस्तु आयात भने१९ दसमलव छ प्रतिशतले बढेर ११ खर्ब ७८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । सोही आधारमाचालु आवको १० महिनामा कुल वस्तु व्यापार घाटा १९ दसमलव सात प्रतिशतले बढेर १०खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्सभने १९ दसमलव छ प्रतिसतले बढेर सात खर्ब २५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । तररेमिटेन्सको यो बृद्धि बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बढेर नभई डलरको मुल्यमाभएको बृद्धिको कारण गर्दा भएको छ ।
पछिललो समय बैदेशिक रोजगारीमा जाने नेपालहरुकोसंख्या ३८ दसमलव छ प्रतिसतले घटेको छ ।यो तथ्यांकले पनि मुलुकको आर्थिक अवस्था सहज देखाउँदैन । तर यही अवस्थामा सरकारलेयुवाहरुको रोजगारी दिने नाउँमा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च गरेको छ । त्यो पनियुवाहरुलाई रोजगारी दिने नाउँमा सडक र खुल्ला चौरको घाँस उखालेको भरमा । युवाजनशक्ति भनेको मुलुकको आर्थिक बिकास र समृद्धिका आधारमा हुन । तर बर्तमान सरकारलेयुवालाई रोजगारी दिने नाउँमा अल्झाउन गरेको छ ।
दिगो र स्थायी किसिमको रोजगारी दिनेभन्दा पनि दैनिक ज्यालादरमा काममा लगाएको जस्तो गरी सरकारले युवाहरुको भबिष्यलाईकमजोर बनाउँदै । यदि साँच्चै सरकारले युवाहरुलाई रोजगारी दिने हो भने यही नै उद्योगकलकारखानाहरु खोल्नु पर्छ, व्यवसायहरु सञ्चालन गर्नुपर्छ । बर्षभरि नै काम दिन गर्नुपर्छ ।महिनामा तीन चार दिन काम दिएको जस्तो गरेर युवा जोस र जाँगरलाई निरुत्साहित पार्नुहुदैन ।


Posted on: 2019-Jul-7

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar