07 May
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<123>>>
Show:
  • पैसाको लागि यस्तो पनि अपराध
    2017-10-25 01:15:39   |   Comments: 0

    पैसाको लागि कृतिम दुुर्घटना गराएर ३५ लाख रुपैयाँ ठग्न खोज्नेहरु अन्तत प्रहरी खोरमा पुुगेकाछन । नक्कली कागजातका आधारमा बीमा रकम लिन खोजेको आधारमा उनीहरु प्रहरी खोरमा पुगेका हुन । बनावटी दुर्घटना गराई बियर र ट्रक वापतको बिमा रकम ठगी गर्न खोज्ने चार जना व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौडाले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका चार जनाको साथबाट नौ सय ६० कार्टुुन बियर बरामद भएको छ । पक्राउ पर्नेहरुका मकवानपुर मनहरी गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ३० को उज्वल कडेल, हे.टौंडा उपमहानगरपालिका ११ बस्ने वर्ष २८ को सन्तोष खत्री, मकवानपुर कै हेटौडा उपमहानगरपालिका १९ बस्ने वर्ष २२ को निर्मल सुबेदी र सोही नगरपालिका १३ बस्ने वर्ष २४ को मणी लामा रहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ परेका मध्ये कँडेलले ट्रक दुुर्घटना गराएको, खत्रीले योजना बनाएको, सुवेदी नक्कली साहुु बनेको र लामाले बियरहरु बिभिन्न व्यक्तिहरुको घरमा स्टोरेज गर्न लगाएको खुुलेको छ । यस्तो थियो योजना

  • पक्रियो प्रहरीले ईतिहासको सबैभन्दा धेरै सुन ?
    2017-10-10 01:44:59   |   Comments: 0

    नेपाल प्रहरीले हालसम्म कै ठुुलो परिमाणमा अवैधरुपमा ल्याईएको सुन पक्राउ गर्न सफल भएको छ । अपराध महाशाखाबाट खटिएको टोलीको सोमबार राती दुुई बजेतिर ८८ केजी सुन २४ बर्षिय मनोज अधिकारीलाई पक्राउ गरेको हो । काठमाण्डौ उपत्यका भित्र केही व्यक्तिहरुले भन्सार छलि अवैध रुपमा सुन चोरी पैठारी गरी रसुवाको केरूङ नाकाहुदै काठमाण्डौमा भित्र्याई सुनको अवैध कारोवार गरेका छन् भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको टोेलीले उक्त परिमाणको सुन सहित अधिकारीलाई पक्राउ गरेको हो, महाशाखाका प्रहरी उपरिक्षक नरेन्द्र प्रसाद उप्रेतीले भन्नुुभयो

  • शुक्रबार नै किन हुन्छ धेरै अपराध ?
    2017-10-10 01:43:15   |   Comments: 0

    राजधानी काठमाडौमा शुक्रबार सबै भन्दा बढी आपराधीक घटनाहरु हुुने गरेकाछन । मानिसहरु हप्तादिनको कामबाट तनाव मुक्त हुन एक दिन गुड फ्राइडे मनाउन रेष्टुरेण्ट वा अन्य कतै पुगेका हुन्छन तर सन्जोगवश त्यसैदिन अपराधीहरुले पनि आफ्नो समयलाई रेष्टुरेण्ट वा त्यस्तै शान्त स्थानलाई अखडा बनाउछन् । जसको कारण दुइ पक्षवीच सामान्य विवाद हुदा पनि अपराधमा परिणत हुन्छ । प्रहरीको विश्लेषण हेर्ने हो भने पनि शुक्रबार र शनिवार धेरै अपराध कर्महरु हुने गरेका छन् । आइतबार र सोमबार भने अरु बारको तुलनामा कम अपराध भएको छ । महानगरीय प्रहरी आयुक्ता कार्यालयले दिएको तथ्यांक अनुसार शुक्रबार र शनिवार सय प्रतिशतमा १६–१६ प्रतिशतका दरले अपराध भएको पाइएको छ भने बिहिबार, बुधबार र मंगलबार १४–१४ प्रतिशतका दरले आइतबार र सोमबार १३–१३ प्रतिशतका दरले अपराध भएको पाइएको छ

  • उपत्यकामा एक बर्षमा झण्डै छ हजार अपराध
    2017-08-30 04:58:09   |   Comments: 0

    काठमाडौ उपत्यकामा एक बर्षमा साना ठुला समेत गरी झण्डै छ हजार वटा अपराधिक घटना भएकाछन । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक गरेको एक आर्थिक बर्षको अपराध सम्वन्धी तथ्यांक अनुसार गत एक वर्षमा उपत्यकामा पाँच हजार नौ सय २४ वटा अपराधिक घटनाहरु भएकाछन । प्रहरीका अनुसार गत एक वर्षमा काठमाडौंमा चार हजार पाँच सय ८२, ललितपुरमा आठ सय ५९ र भक्तपुरमा चार सय ८४ वटा अपराधिक घटनाहरु भएकाछन । समयलाई विश्लेषण गर्ने हो भने छ बजेदेखि १२ बजेसम्म सबैभन्दा बढी घटना हुने गरेको डिआइजी बम बहादुर भण्डारीले जानकारी दिएकाछन ।

  • भिओआईपी बिरुद्धको अपरेशनमा प्रहरी सक्रिय
    2016-12-07 02:49:25   |   Comments: 0

    भिओआईपी प्रकरण बिरुद्धको अभियानमा प्रहरी शक्रियरुपमा लागेको छ । हालसम्म प्रहरीले भिओआईपी प्रकरणमा स्वदेशी तथा बिदेशी समेत गरी दर्जनौं व्यक्तिहरु पक्राउ गरिसकेको छ भने संयौको संख्याको यस्तो प्रकरणमा प्रयोग हुने उपकरणहरु पक्राउ गरिसकेको छ । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले भिओआईपी बिरुद्धको अपरेशन कै क्रममा पछिल्लो पटक नेपाल टेलिकमको अप्टिकल फाइबरजडित ई–वान पीआरआई प्रविधिलाई दुरुपयोग गरी अन्तर्राष्ट्रिय गिरोहसँग मिलेमतो गरी अवैध कल बाइपास गर्ने सञ्चालक काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने रविराज सिंहलाई पक्राउ गरेको छ । सिंहले श्रीलंकन नागरिकसँग मिलेमतो गरी नेपालमा लाइन फोनबाट अवैध कलबाइपास गर्ने गरेको तथ्य खुलेपछि सिआईबीले सिंहलाई पक्राउ गरेको हो ।




<<<123>>>
Show:
download

 

Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar