एउटा पृथक अभियन्ताः डोल्पो बुद्ध
2017-03-20 05:46:08 | Comments: 0
शास्त्र र चलन चल्तिमा भन्ने गरिन्छ मानिस परमात्माको एउटा अंश हो । मानिसमा एउटा देवत्व क्षमता छ अर्थात ऋषिमुनिहरुले बताएका छन की हरेक मानिसमा भगवान अर्थात बुद्ध बन्ने क्षमता छ । त्यहि परम आत्मिक शक्ति त्यागि दृढताले यो संसारमा कोहि न कोहि धार्मिक वा सामाजिक अभियन्ताको पहिचान बन्न पुग्दछ । अनि देवता सरह स्थान पाउँछन । त्यस मित्रका एउटा पात्र हुन डोल्पा बुद्ध हुन । उनले वि.स.२०६१ सालमा यात्सेर गुम्बाबाट हराएका २८ बहुमुल्य मुर्ति तिब्बतमा फेला पारि मुद्धा लडेर उहाँले फिर्ता ल्याउनु भयो । डोल्पावासीले उहाँको भब्य स्वागत र जयजयकार गरे । उहाँको तुम्बो उपचारबाट दशौ हजार जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।
अलविदा मणिबावु ईतिहाँसले सधै संम्झि रहने एउटा युगपुरुष -भुवन के. सी.
2017-03-21 01:29:37 | Comments: 0
नेपाली पत्रकारिता जगतको जिउँदो ईतिहाँसकोरुपमा रहेका मणिराज उपाध्यायको २०७३ पुस २७ गते गंगालाल अस्पतालमा निधन भयो । उहाँको उमेर ९४ वर्षको थियो । नेपाली पत्रकारिता क्षेत्रको नयाँ पुुस्ताले सायद उहाँको नाम त्यति सुुनेका छैनन होला । तर पुरानो पुस्ता, जो राजनीति, कुटनीति वा पत्रकारिका वा अन्य कुनै पनि क्षेत्र किन नहोस उहाँको नाम नसुुनेका व्यक्ति सायद छैनन । पुरानो पुस्ताले उहाँलाई नेपाली पत्रकारिता जगत कै जिउँदो ईतिहाँसकोरुपमा लिदै आएको थियो, सम्मान गर्दे आएको थियो ।
कुकुरहरुसंग जोडिएको एउटा साइनो
2015-08-11 03:56:26 | Comments: 0
मानिस चेतनशिल प्राणी हो, यसले सबैसंग मिल्न, बोल्न, हाँसखेल गर्न, शुखदुख साटा–साट गर्न सक्छ । संसारको सबै भन्दा राम्रो र बिबेकशिल प्राणी नै मानिस हो । यहीकारण पनि यो संसार आज यो अवस्थामा आईपुगेको हो, अर्थात यति राम्रो भएको हो । तर यो संसारमा सबै भन्दा खराव प्राणी पनि मानिस नै हो । यही मानिस कै कारण सिंगो पृथ्वी,जलवायु तथा अन्य परिवर्तनको नाउँबाट खिंईदै छ, नांँसिदै छ । आज मानिस कै कारण सिंगो पृथ्वी असान्त भएको छ । सुर्यले समयमा घाम लाग्न बिर्सिएको छ, आकासले समयमा नै पानी पार्न बिर्सिएको छ, सबै उल्टो हुदै गएको छ । मानिसमा बिवेक हराँउदै गएको छ, मानिस सधैै नै भौत्तिक शुखको खोजीमा मात्र दौडिन थालेको छ । त्यहीकारण पनि सबै भएर पनि मान्छेको भीडमा मैले एक्लो महुसस गरेको छु । तर अहिले म एक्लो छैन, मैले धेरै बेसाहारा कुकुरहरुलाई सहारा दिएको छु, खान नपाएको भोका कुकुहरुलाई उनीहरुको बासस्थानमा नै गएर खान दिएको छु, बिरामी कुकुरहरुलाई मेरो आप्mनो क्षमताले भ्याएसम्म औषधी उपचार गरेको छु । वास्तवमा यो सब गर्दा मलाई आनन्द आउँछ, मनलाई शान्ती मिल्छ ।
<<<1>>>
Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story