21 Jun
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल

28 - Jun- 2022, Posted by: Yuwahunkar

एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।

एसएसपी पोखरेल



स्थानीय तहको निर्वाचनको मिती नजिंिकदैं गर्दा नेपाल प्रहरीले पनि सोही अनुसारको सुरक्षा योजना बनाएर काम सुरु गरिसकेको छ । बिशेष गरी निर्वाचन अघि, निर्वाचनको समयमा र निर्वाचन पछि हुन सक्ने कुुनै पनि किसिमको हुल हुज्जत र अवान्छित गतिबिधिहरुलाई नियन्त्रण गरी शान्ति सुरक्षा र अमन चयन कायम गर्नको लागि प्रहरीले सोही अनुरुप सुरक्षा योजना बनाएर काम गरेको हो । 

आम नागरिकहरुलाई सुरक्षाको प्रत्याभुति दिएर निर्धक्कसंग कुनै पनि व्यक्ति, संस्था वा संगठनको डर, त्रास र धम्कीमा नपरी भएरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु नेपाल प्रहरीको प्रमुख दायित्व हो । यो दायित्व पुरा गर्नको लागि नेपाल प्रहरी अहोरात्र खटिएको छ, संधै खटिने छ । जहाँसम्म जिल्ला प्रहरी कार्यालय ललितपुरको कुरा छ, हामीले आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा र अमन चयन कायम राख्न कुनै कसर बाँकी राखेका छैंनौ, ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख यज्ञ बिनोद पोखरेल भन्छन । एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् । 

ललितपुर जिल्लाको लागि दरबन्दी कायम भएको कुल प्रहरी संख्या भने एक हजार तीन सय २५ जना रहेको छ । सो मध्ये अहिले यहाँ कार्यरत रहेको प्रहरी संख्या भने एक हजार एक सय ९५ रहेको छ, एसएसपी पोखरेल भन्छन । निर्वाचनलाई नै लक्षित गरेर ललितपुर जिल्लाको लागि एक हजार दुई सय पाँच जना म्यादी प्रहरीको भर्ना लिने तयारी भएको छ । अहिले यसको लागि छनौट प्रकृया सुरु भईसकेको छ । यो सबै जनशक्ति कायम गरेर हामीले तत्कालको लागि निर्वाचन लक्षित सुरक्षा योजना बनाएर  काम सुरु गरिसकेका छौं, उनी भन्छन । सोही योजना अनुुरुप अहिले प्रहरीको मोविलीटी र मुभमेन्ट दुबै बढाएको र सिंगो जिल्ला भरीको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल भन्छन । 

प्रहरीको प्रमुख जिम्वेवारी भनेको शान्ति सुरक्षा कायम राख्नु हो, अहिले निर्वाचनको मिती नजिकिए संगै सुरक्षा चुनौतीहरु पनि थपिन्छ नै तर त्यसलाई जिम्वेवारी पुर्वक निर्वाह गर्न ललितपुर प्रहरी सक्षम छ, उनी भन्छन् । मन्त्री क्वार्टरहरु सबैजसो ललितपुरमा रहेका छन्, यस अर्थमा भिआईपीको सुरक्षाको जिम्वेवारी त छंदैं आम नागरिककको सुरक्षा र अमन चयनलाई मुख्य प्राथमिकतामा राखेर हामीले काम गरेका छौं, प्रहरी प्रमुख पोखरेल भन्छन । अहिले हामीले आम जनतालाई निर्धक्क संग आफ्नो मताधिकार प्रयोग गर्न सुसुचित गर्ने समेतका क्रियाकलापहरु सञ्चालन गरिरहेको जानकारी पनि एसएसपी पोखरेलले दिएका छन् ।


Interview


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGY SCIENCE Anautho Sansar ECONOMY Editorial INDUSTRY CRIME Banking AGRICULTURE LITERATURE PERSONALITY MANAAB DHARMA BOOK ANALYSIS POLITICS EDUCATION BEEMA KHOJ BOLLYWOOD BUSINESS SAARC SUMMIT Beauty tips NEWS COVER STORY REPORT BICHAR ARTICLES BANK-BANKERS PRABAS ENTERTAINMENT OUR SOCIETY HEALTH SPORTS OTHER FEATURES OFF THE BEAT
INTRODUCTION EDITORIAL BACKGROUND FEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILY CAREER WITH US
All rights reserved. 2011. yuwa hunkar