25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन

1 - Sep- 2016, Posted by: Yuwahunkar

धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश

Somendra Singh



 शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन 

—प्र.ना.उ. सोमेन्द्र सिंह राठोर, महानगरीय प्रहरी वृत, लैनचोर
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश 
 
यहाँले महानगरीय प्रहरी वृत, लैनचोरको जिम्मेवारी सम्हालल्न थाल्नु भएपछि प्रमुख पर्यटकिय केन्द्र भएकाले पनि शान्ति सुरक्षाको दृष्टिकोणले अति नै स.वेदनशिल क्षेत्र ठमेलमा त्यस्ता असमाजिक तथा अपराधिक गतिविधिहरुमा निकै कमि आएको स्थानिय बासिन्दाहरुबीच चर्चा हुन थालेको छ, यहाँ स्वयमले त्यसलाई कसरी हेर्नु भएको छ ?
विश्वभरका मानिसहरुको चहलपहल र आवत जावत हुने हाम्रो जिम्मेवारी क्षेत्रमा शहिले विभिन्नखाले हसमाजिक गतिविधि तथा अन्य जघन्य अपराधहरुमा कमी आएको महशुस गरिएको छ । विशेष गरी यस क्षेत्रमा निमट्यान्न पार्न नसकिएको लागु औषध दुव्र्यशन रोक्न हामीले कडा अपरेशन थालेका छौं । त्यस बाहेक छिटपुट रुपमा घट्न सक्ने अन्य अपराधिक गतिविधि रोक्ने हाम्रा जनशक्ति पूर्ण रुपमा क्रियाशिल अवस्थामा रहेका छन् ।
 
म यहाँको जिम्मेवारी सम्हाल्न आएपछि मात्रै यहाँ थ्यस्ता अपेरेशनहरु सञ्चालन गरिएका होइनन् । यस अघिका प्रहरी प्रमुखको पनि यस्तै भूमिका रहँदै आएको हो । पहिले देखि नै उजुरीहरुमाथि कार्वाही गर्ने काममा हामीले पनि तदारुकता देखाउँदै आएका छौं । अपराध गरेर फरार रहेका अपराधिहरुलाई खोज्ने र कानुनी कठघरामा ल्याउने काममा हामीले अलिकति पनि कन्जुस्याई गरेका छैनौं । कुनै अपराभबाट पीडित बन्न पुग्नु भएका सर्वसाधरणको ज्युधनको सुरक्ष ागर्ने प्रह्ीको जिम्मेवारीबाट हामी कदापी पछाडी हटेका छैनौं । हामीले आफ्नो कार्यक्षेत्र भित्रका विभिन्न परिवार, संस्था वा सरोकारवालाहरुसंग साप्ताहिक वा पाक्षिक रुपमा अन्तर्कृया कार्यत्रलमहरु सञ्चालन गरेर कुनै भागमा कसैलेविनकारण झै झगडा गर्ने र निर्दोष सर्वसाधारणलाई दुःख दिने कुनजै व्यक्ति वा समुह देखिने वित्तिकै तुरुन्त प्रहरीलाई खबर गरेर नियन्त्रणमा लिनका लागी सहयोग पुग्दै आएको छ । कुनै पनि शंकास्पद गतिविधिहरुमा संलग्नलाई छानविन गर्ने र पिडितलाई राहत पुरयाउने काममा हाम्रो मिसन लागि परेको छ ।
 
चर्चित पर्यटकीय क्षेत्र र व्यवसाहिक केन्द्रको रुपमा समेत परिचित कार्यक्षेत्र भित्र शान्ति सुरक्षा कायम राख्न यहाँहरुको पछिल्लो गतिविधिहरुको बारेमा बताईदिनु होस् न ? 
ठमेल क्षेत्रमा बढी रात्री जीवनको चहलपहल हुनु रत्यसमा रमाउन आउने बढी जसो किशोर किशोरी र युवा युवतिहरु नै हुने समुहलाई नियन्त्रण गर्नु पर्ने हामीमा दबाब रहेको छ । यसका लागी हामी आवश्यक जनशक्ति र अन्य साधन श्रोतहरु जुटाएर सन्तुलन राख्ने काम गरिरहेका छौं । स्थानिय पर्यटन व्यवसायी र रात्री बजार व्यवस्थापन पक्षसंग मिलेर हामीले यस्ता गतिविधिहरु नियन्त्रण गर्न आवश्यक सहकार्य गर्दै आएका छौं । त्यसका लागी हामीले यस्ता संवेदनशिल क्षेत्रमा सिसि क्यामेरा जडान गर्ने र रात्रीको समयका लागी बत्ति जडान गर्ने अभियान जारी राखेका छौं ।
 
स्थानिय बासिन्दाहरुसंगको सहकार्य कस्तो रहेको छ ?
शान्ति सुरक्षा कुनै पनि सम्भावित प्रकोपसम्बन्धि जनचेतना जगाउन सहगोग पुरयाउने काममा सामाजिक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौं । घरदैलोमा पुगेर शान्ति सुरक्षाको विषयमा सुझाव संकलन गर्ने कार्यक्रम देखि लिएर नागरिक सुनुवाई जीता कार्यक्रम सञ्चालन गर्दै आएका छौं । यसबाट स्थानिय सर्वसाधारणहरु निकै उत्साहित हुने गरेका छन् । समाजमा नकरात्मक असर पर्ने किसिमका लागुऔषध सेवन र बेश्यावृत्ति जस्ता कृगाकलाप रोक्ने काममा पनि हामी स्षनिष् बासिन्दाहरु संग सहकार्य गर्दै आएका छौं ।
 
यस कार्यलयमा पछिल्लो समयमा उजुरी आउने क्रम कतिको बढेको छ ? 
पहिले पहिले बढी जसो झैझैगडाका उजुरीहरु आउने गरेकोमा अहिले यस्ता घटनाहरु कमै आउने गरेको छन् । यहाँ पहिले पहिले आउने किसिमको उजुरीहरु अहिले छैनन् । यसबाट अपराधको संख्यामा न्युनिकरण भएको अनुभुति भईरहेको छ । डुयुटिमा रहेका सुरक्षा जनशक्तिहरु अपराधिक घटना नियन्त्रण गर्न कटिबद्ध रहेका कारण यो स्थिति आएको हौ । अहिले आउने बढी जसो उजुरीहरु घरायसी समस्याका छन् । त्यो पनि नगन्य अवस्थामा रहेका छन् । आफ्ना छोराछोरीहरु लागु औषध सेवन गरेर घरभित्र दुःख दिएको जस्ता सामान्य किसिमका  उजुरीहरु मात्रै आउने गरेका छन् ।
 
कानुनी कारवाहीमा परेकाहरुलाई छाड्न कत्तिको दबाब आउँछ ?
दबाब भन्ने पारदर्शि कार्यशैली र आफ्लो अडानमा भर पर्छ । मैले अपराधिम गतिविधिमा संलग्न भएमाहरुलाई छाड्ने वा कानुनी कारवाही नगर्ने सन्दर्भमा कसैसंग सम्झौता गर्दिन । यो मेरो प्रहरी संगठनमा प्रवेश गर्दैदेखिको प्रतिवद्धता हो । म चुनौतिसंग सामाना गर्न चाहन्छु । प्रहरी संगठनमा प्रवेश गरेदेखी आजसम्म मलाई जहाँ जहाँ पोष्टिड रह्यो, त्यहाँ त्यहाँ दबाब नआएको पनि होइन तर मैले त्यस्ता दबाबलाई कहिल्यै टेरिन, आफ्नो विवेकले जे देख्छु, त्यहि गर्छु । प्रहरी भनेको बर्दीधारी नागरीब हुन्, नागरिक भनेको बर्दीबीनाका प्रहरी भन्ने मान्यतालाई अँगाली रहेको छु । त्यसैले पनि कुैले जानेर वा अन्जानमा सामान्य गल्ती गर्यो भन्दैमा उसमाथि थुनेरै कारवाहि प्रकृया अगाडी बढाएर सजायँ दिनैपर्छ भन्ने भन्दा पनि उसलाई, उसका परिवारजनलाई काउन्सिलीड गरेर भविष्यमा त्यस्ता गल्ती नदोहोर्याउन तर्फ सचेत रहेने परिपाटी बसाल्दैछु । यसो हुन सकेमा सामाजिक अपराधमा कमि आउने छ भन्ने मेरो बुझाई हो ।
 
 
 
 
 

Interview


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar