16 Sep
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

EDITORIAL

दलीय हिलोमा मुछि“दै नेपाली प्रेस


शका राजनीतिक दलहरूले मिलेर आज सुख र शान्तिको नाममा विश्वमा चिनिएको देश "नेपाल" लाई जर्ीण्ा रोगी बनाइदिएका छन् । आपसी भागबन्डाको नाममा यिनीहरूले "आमा र बाबु" समेत भाग लगाउँला जस्तो गरे । ठेक्कापट्टामा, यिनी कर्मचारी भर्ना र सरुवाबढुवामा यिनै परराष्ट्रसेवामा यिनै भागबन्डामा झुम्मिएर देशमा अपराधीकरणलाई प्रोत्साहित गरे । आज राष्ट्रको कुनै अंग यिनको पीडाबाट मुक्त छैन । मुक्त हुन यिनकै दलमा छिर्नु पर्दछ र यिनीले ठोकेका मादलको तालमा नाच्न सक्नर्ुपर्दछ । यसरी लोकतन्त्रको सबै अंगलाई यिनीहरूले मिलेर अपांग बनाइदिए । जसले गर्दा आज देशमा बेइमानी, ठगी, अन्याय, चोरीजस्ता अपराधलाई पनि कोही "हा" भन्न नसक्ने अवस्थामा पाइनन् । सबै भित्रभित्रै त्रसित छन् । देशमै लथालिंगको भुँमरीमा परेको छ । राजनीति भनेकै झूट र बेइमानीको कला हो भन्ने पाठ दिन नेपाल विश्वमै सक्षम भएको छ । अरु प्रत्येक कुरामा असफल भए पनि । राष्ट्र साँच्चै भन्ने हो भने असफल भइसकेको छ खाली अन्तर्रर्ााट्रय प्रमाणपत्र पाउन मात्र बाँकी छ । जुन देशले आर्थिक वर्षो पूरा बजेट ल्याउन सकेको छैन त्यो देश कुन हिसाबले कसरी चलेको छ अनुमान लगाउन नै कठिन छ तर नेपाल हो चलेको छ ।

पार्टर्ीीेताहरू खुलेआम "प्रशासनका कर्मचारीदेखि लिएर प्रशासनबाट गरिने देशका निर्माण आदि कार्यको ठेक्कापट्टामा समेत भागबन्डाको कुरा गर्दछन् र प्रेससितको वार्तामा "हामी दलहरूबीच भागबन्डामा सहमति भएको छैन त्यसकारण यो कार्य ढिलो भएको" भन्न अलिकति पनि लाज मान्दैनन् र त्यो कुरा जनतालाई सूचित गर्ने आधिकारिक राष्ट्रको चौथो अंग केवल सूचना गरेर मौन रहन्छ । त्यस देशलाई असफल हुनुबाट अर्थात् भीरबाट गुड्नुबाट बचाउने कस्ले -
 
लोकतन्त्रले दलका नेताहरू स्वार्थी हुन सक्छन् दलको हितका लागि राष्ट्रिय हित, जनहित पनि बिर्सन सक्छन् भनेर नै राष्ट्रको चौथो अंगको रूपमा प्रेसलाई स्थान दियो र मान्यता पनि । त्यसैले धेरै विद्वानहरूले यसलाई लोकतन्त्रको पहरेदार पनि नामकरण गरे । लोकतन्त्रको संरक्षक भन्न पनि जाने । तर यो देशको दर्ुदशा आज यस्तो प्रेस नेपालमा आफैं दलीय हिलोमा मुछिएको छ । पञ्चायतकालमा सरकारको दबाब र पञ्चहरूको दबाबले प्रेस दूषित तुल्याउने क्रममा जुन भूमिका खेल्यो, एउटा मात्र पत्रकार संगठनलाई मान्यता दिने नाममा आफ्ना भाइहरूलाई भेला गरेर पत्रकार संघको नाम दिएको थियो र अरूलाई संघ स्थापना गर्न जम्मा हुन नदिने नीति लिएको थियो त्यसलाई त्यतिबेलाका स्वतन्त्र पत्रकारहरूले जुन रूपले चिरे र सरकारी धम्की जेलनेलको पर्वाह नगरी नेपाल पत्रकार संघ स्वतन्त्र रूपमा खडा गरी छोडे । नतिजा नक्कली र सक्कलीको दौडमा नक्कली अर्थात् बनावटीबाट अलग पत्रकार संघ आफ्नो रूपमा आयो । दर्ुइ वर्षै यसले महासंघको रूपमा आफूलाई घोषणा गर्‍यो । त्यो पत्रकार संघ आज फेरि "बाउन्न" हुन थालेको छ । आफ्नो कर्तव्यबाट बिमुखहुँदै देश र जनताको आवाज प्राप्त बहिरो हुँदै गइरहेको छ ।
 
हिजोभन्दा आजभोलि प्रेसको विकास भएको छ । पत्रपत्रिकाहरू सयौं नियमित रूपमा आउँछन् । सजावट राम्रो देखा पर्दछ । विज्ञापनको ओइरो छ । जसरी प्रकाशन गृहहरू बढेका छन् । पत्रकारहरू पनि उत्तिकै बढेको पाइन्छन् । पत्रकारिताको स्कुलहरू छन्, विद्यालयले मान्यता दिएर पाठ्यक्रम तयार गरेको छ । यसरी स्थल रूपमा राम्रो प्रगति भएको पाइन्छ । तर शैशव अवस्थादेखि नै यसलाई पनि देशका राजनीतिक दलहरूले आपसी भागबन्डामा पारेर आज राष्ट्रमा स्वतन्त्र र निष्पक्ष पत्रकारिताको खडेरी पार्न थालेको छ । देशका पत्रकारहरू जुन कि राज्यको चौथो अंग हुन् आज, यो एमालेको ३, मालेको ३, माओवादीको उनी त माओवादी वैद्य पक्षको । ती, तीन नेपाली कांग्रेसको त्यसमा पनि सुशील पक्षको । ऊ त हेड व्यापारीको भनेजस्ता कुरा सुनिन्छन् । यसरी विभाजित छन् । पत्रिकाहरू र संघसंस्थाहरू नतिजा प्रत्येकको स्वार्थ अनुकूलको संगठन पनि छन् - कहाँ गयो पत्रकारिता र यसको लक्ष्य र उद्देश्य -
 
अहिले सरर्सर्ती हर्ेदा र पार्टर्ीीको गतिको कसीमा घोट्दा यो साधारण कुरा लागे पनि राष्ट्रको निम्ति न त राम्रो कुरा हो न लोकतन्त्रको निम्ति नै क्षम्म कुरा हो । पत्रकार संघ, पत्रकारितामा लागेका युवा समाज यसरी बाँधिन थाल्यो र जन एवम् राष्ट्रहितको भन्दा बढी दलीय हिततिर लाग्यो भने कालान्तरमा राष्ट्रले नराम्रो क्षति बेहोर्न पर्ने कुरा समयमै बुझ्न सकेन भने देश दर्ुघटनामा पर्न सक्छ । राष्ट्रिय राजनीतिक र राजनेताहरूलाई त्चबअप -लिग) मा राख्ने शक्ति प्रेस नै स्वयम् विभाजित भयो, सत्य र तथ्यबाट अलग आजकै रूपमा पार्टर्ीीीति पछि लाग्न थाल्यो भने राष्ट्रको भविष्य अन्धकारमा धकेलिने निश्चित छ । यसलाई समय छँदै बुझ्ने शक्ति अगाडि आउन अब ढिलो हुनु देशको निम्ति घातक हुन सक्दछ । आफूलाई पत्रकार भन्ने र पत्रकार नै रहन चाहने शक्तिले आज पत्रकारिताको दायित्व र महत्व अनुरूप आफूलाई खडा गरेर राष्ट्रप्रतिको ऋणबाट मुक्त हुनेतिर लाग्न जरुरी छ ।

 



download

 

Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar