29 Apr
Mon

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अबको पाईला समृद्धितिर..................

3 - Jul-2019, Posted by: Yuwahunkar   |   COMMENTS: 0
हामीबाट बिसं २०७५ बिदा भएको छ । अहिले हामी बिसं २०७६ को पुर्व सन्ध्यामा रहेका छौ । नयाँ बर्षमा बिश्वकासबै देशका नागरिकहरुकोलागि महत्वपुर्ण हुन्छ । कारणनयाँ बर्षमा अधिल्लो बर्षमागरेका राम्रा नराम्रा कामहरुकोमुल्यांकन गर्दे नयाँ योजनाहरुबनाउने र त्यही अनुसार कामगर्ने गरिन्छ ।सिंगो नेपाल र नेपालीकोलागि पनि नयाँ बर्ष २०७६खुसी र समृद्धिको बोकेर आएकोअनुभव हामीले गरेका छौ ।यो बर्षले नेपालको प्रष्टरुपमाआर्थिक बिकास र समृद्धिकोखाका कोर्नु सकोस आमनेपाली नागरिक सबैले चाहेकोयही हो । नर्याँ बर्षको कुरा गर्दापुरानो बर्ष अर्थात बिसं २०७५सालमा भएका दुप्रै कामहरुलाईसम्झनु पर्छ । बिसं २०७५साल सिंगो नेपाल र नेपालीकोलागि धेरै अर्थमा महत्वपुर्णरह्यो ।   यो बर्षमा मुलुककोसबैभन्दा बढी प्रयोग भएकोशब्द आर्थिक बिकास र समृद्धिहो, सुखी नेपाली, समृद्ध मुलुकहो । यो यस्ता धेरै कामहरुभए जसले सुखी नेपाली,समृद्ध नेपालको बाटोलाई केहीहदसम्म सहज बनाउने प्रयासगरेको छ । अहिले नेपालमादुई तिहाको सरकार बनेकोछ । यो सरकारले चाहेकोखण्डमा धेरै कामहरु गर्न सक्छ । जनतालेगरेको अपेक्षा पनि यही हो । आम नेपालीजनताको हित र समुन्नतीको लागि योसरकारले धेरै काम गरोस, जनताई सुख,शान्ति र समृद्धि दिन सकोस । त्यो अनुसारसरकारले काम गर्न सकेको छैन होला अर्थातआवरणजनताको अपेक्षा अनुसार काम गर्न सकेकोछैन होला । सरकारको तर्फबाट यसमा थुप्रैकमिकमजोरीहरु भए होलान । तर जे जस्तोभएपनि बर्तमान सरकारले मुलुकको आर्थिकबिकास र समृद्धिको लागि प्रष्टरुपमा खाकाकोर्ने काम गरेको छ ।   यो आम नेपाली सबैकोलागि सुखद हो ।अबको पाईला सराजनीतिक बृतको कुरा गर्दा मधेशमाछुट्टै राज्यको माग गर्दे आएको सिके राउतसमुह बिसं २०७५ सालमा नै राजनीतिकमुलधारमा आएको छ । नेकपा नेतृत्वकोसरकारले सिके राउत समुहलाई राजनीतिकमुलधारमा ल्याउने काम गर्यो । सिकेराउतलाई राजनीतिक मुलधारमा ल्याउन गरिएको कामका बिषयमा धेरै टिका टिप्पणी भएपनि यसले मुलक बिखण्डनको कुरा गरिरहेको एउटा समुह राजनीतिक मुलधारमा आयो यो हामी सबैको लागि सुखद पक्ष हो ।   बिसं २०७५ सालमा भएको अर्को सुखपक्ष भनेको लगानी सम्मेलन २०७५ हो ।यो बर्ष अर्थमन्त्री डा. युवराज खतिवडाकोनेतृत्वमा लगानी सम्मेलन भयो । लगानीसम्मेलनमा सरकारले ३० खर्ब रुपैयाँबराबरको लगानीको प्रतिवद्धता आउने अपेक्षागरेको भएपनि झण्डै १७ खर्ब रुपैयाँ बराबरकोलगानीको प्रतिवद्धता आयो । बिश्व बजारमानेपाल जुनसुकै क्षेत्रमा पनि लगानीको लागिभर्जिन ल्याण्ड हो भन्ने सन्देश गयो । नेपालमालगानीको लागि कुनै पनिप्रकृयागत जटिलता नभएकोसन्देश बिश्व बजारमा जानुनिकै ठुलो कुरा हो । त्यो अर्कोसुखद पक्ष । यही बर्ष खोलौंबैंक खाता अभियान सुरुभयो । सबै नेपालीलाई बैकखाता खोलाउने अभियान सुरुभयो । यो अर्को सुखद पक्षहो । बिसं २०७५ को अर्कोसुखद पक्ष भनेको अन्तरिक्षमासानो भएपनि आफ्नै मिटीस्याटलाईन पठाउनु हो ।
यद्धापी २०७६ सालमा योनेपालको मिटी स्याटेलाईटअन्तरिक्षमा पठाईएकोभएपनि यसको आधार बिसं२०७५ सालमा नै तयारभएको थियो । सोही आधारमानयाँ बर्ष लगत्तै नेपाली मिनीस्याटेलाईट अन्तरिक्षमापठायो । यो अर्को सुखद पक्षहो । अरु पक्ष भनेको रेलमार्ग,जलमार्गको कुरा भएको छ। यि पुर्वाधारहरु निर्माणकोलागि डिपीआर तयारपार्ने काम भएको छ । हवाईमार्गको बिस्तारको लागिबिभिन्न क्षेत्रहरुमा एयरपोर्टबनाउने काम भएको छ ।बिभिन्न जिल्लामा फास्टट्«याक खोल्ने काम भएको छ। वास्तवमा आर्थिक बिकासर समृद्धिको खाका भनेकोयिनै हो । यिनै पाईलाहरुलाईपहिल्याएर हिड्न सकेकोखण्डमा बर्तमान सरकारलेभनेजस्तो समृद्ध नेपाल, सुखी नेपालीकोपरिकल्पना साकार हुन धेरै समय लाग्दैन ।यहाँ केही त्यस्ता सकारात्मक बिषयहरुकोबारेमा चर्चा गरिएको छ, जसले बिसं २०७५भविष्यमा सिंगो नेपाली जनताले सम्झनलायकको बर्षकोरुपमा लिनेछन ।
झण्डै तीन करोड जनता बैंक खाता
नेपालको जनसंख्या झण्डै तीन करोडको हाराहारीमा रहेको छ । त्यस मध्ये झण्डै बिभिन्न उमेर समुहका झण्डै २० लाख जनसंख्या बिदेशमा रहेको छ । यहाँ भएका जनताहरु जो अहिलेसम्म बित्तीय सकेका थिएनन ।
ति जनतालाई बित्तीय पहुंचको दायरामा ल्याउने काम अहिले भएको छ । अहिले संघीयता कार्यान्वयका क्रममा गठन भएका सात सय५३ स्थानीय तह मध्ये सात सय १३ स्थानीयतहमा बाँणिज्य बैकहरुको शाखा पुगिसकेकोछ । बित्तीय पहुंच बिस्तारको लागि केन्द्रियबैंकको यो कार्य निकै ठुलो हो ।अर्को पक्ष भनेको खोलौ बैक खाता अभियान२०७६ अन्र्तगत सबै नेपालीलाई बित्तीयपहुंचको दायरा ल्याउने कार्य अर्को सुखद पक्षहो । बिसं २०७६ मा सबै नेपालीहरुको बैकखाता खोलिसक्ने उदे्ेश्य अनुरुप राष्ट्र बैंकलेयो अभियान सञ्चालन गरेको हो । अभियानअन्र्तगत खाता खोल्ने ग्राहकहरुलाई सम्वन्धीतबैंक तथा फाईनान्स कम्पनीहरुले नै एक सयरुपैयाँ रकम खातामा जम्मा गरिदिने छ ।अहिले देशभर यो अभियान चलेको छ । आशाछ, यो अभियानले सिंगो मुलुकभर बित्तीयक्रान्ती ल्याउने छ । सबै नेपालीलाई बित्तीयपहुंचको दायरामा समेट्न । बित्तीय पहुंचमार्फत सिंगो मुलुकको अर्थतन्त्र बलियो हुने छ। ग्रामिण क्षेत्रका जनताहरु आत्मनिर्भर हुनेछन। स्वरोजगार हुनेछन । बैदेशिक रोजगारीमाजानेहरुको संख्या घट्ने । आफ्नै देशका रहेकोश्रोत र साधनको समुचित प्रयोग हुने छ ।व्यापार घाटा केहीहदसम्म भएपनि न्युनीकरणहुने छ ।अहिले नेपाली नेपाली बैंकिङ क्षेत्रमा अहिलेदुई करोड ५६ लाख ५८ हजार तीन सय ८७वटा निक्षेप खाता सञ्चालनमा रहेकाछन ।लघुबित्त संस्था बाहेकका २८ वटा बाँणिज्यबैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी ३३वटा बिकास बैंक र २४ वटा फाईनान्स समेतगरी कुल ८५ वटा संस्थामा उक्त परिमाणमानिक्षेप खाता सञ्चालनमा रहेकाहुन ।यस अवधिमा कर्जा खाताको संख्याभने १३ लाख ६०हजार तीन सय१४ वटा मात्ररहेको छ ।   कुल निक्षेप खातामध्ये बाँणिज्य बैकहरुमा मात्ररहेको खाता दुई करोड नौ लाख ७८हजार दुई सय ६१, बिकास बैंकहरुमा रहेकोखाता ४१ लाख २७ हजार आठ सय १८ वटार फाईनान्स कम्पनीहरुमा पाँच लाख ५२हजार तीन सय आठ वटा खाता सञ्चालनमारहेकाछन ।यसअवधिमा सञ्चालनमा रहेको कर्जा खातासंख्या भने बाँणिज्य बैंकहरुमा नौ लाख ८७हजार नौ सय ४२, बिकास बैंकहरुमा तीनलाख ३१ हजार दुई सय ३३ र फाईनान्सकम्पनीहरुमा ४१ हजार एक सय ३९ वटाखाता सञ्चलनमा रहेकाछन । यसैगरीशाखारहित बैकिङ सेवाग्राहीको संख्या भने एकलाख ११ हजार छ सय ७० जना रहेकाछन। सो मध्ये बाँणिज्य बैकमा रहेका शाखारहितसेवाग्राहीको संख्या एक लाख ११ हजार पाँचसय ४१ रहेको छ भने बिकास बैंकहरुमारहेको शाखा रहित सेवाग्राहीको संख्या एकसय २९ रहेको छ । फाईनान्स कम्पनीहरुमाभने यस्तो सेवाग्राहीको संख्या शुन्य रहेको छ ।यसैगरी मोवाईल बैंकिङ ग्राहकको संख्या भनेबाँणिज्य बैकहरुमा ५८ लाख ६६ हजार पाँचसय ३१, बिकास बैकहरुमा पाँच लाख नौहजार आठ सय ९७ र फाईनान्स कम्पनीहरुमा१८ हजार चार सय ८८ समेत गरी कुल६३ लाख ९४ हजार नौसय १६ रहेकोछ ।इन्टरनेट बैंकिङ ग्राहकको संख्या भनेयसवधिमा आठ लाख ५६ हजार छ सय९५ जना रहेकाछन । सो मध्ये बाँणिज्यबैंकहहरुमा आठ लाख ३५ हजार दुई सय ९३,बिकास बैकहरुमा १७ हजार चार सय ४४ रफाईनान्स कम्पनीहरुमा तीन हजार नौ सय५८ जना रहेकाछन । बिवरण       बाँणिज्य बैक        बिकास बैंक       फाईनान्स        कुल
संख्या            २८                      ३३                        २४                  ८५
निक्षेप खाता      २०९७८२६१      ४१२७८१८         ५५२३०८       २५६५८३८७
कर्जा खाता      ९८७९४२          ३३१२३३            ४११३९           १३६०३१४
शाखारहित सेवाग्राही    १११५४१     १२९                 ०               ११६७०
मोवाईल बैकिङ ग्राहक   ५८६६५३१    ५०९८९७     १८४८८       ६३९४९१६
इन्टरनेट बैकिङ ग्राहक ८३५२९३     १७४४४       ३९५८         ८५६६९४
 
(श्रोत नेपाल राष्ट्र बैंक)
 
सबै नागरिकलाई पुजी बजारमा प्रवेश गराउ“दै धितो बोर्ड 
नेपाल धितोपत्र बोर्ड पुंजी बजारको लागि नियमनकारी निकाय हो । नेपाली पुंजी बजारको कुरा गर्दा अहिले पनि पुंजी बजारमा केही सिमित व्यक्तिहरुको हातमा रहेकोछ । तर नेपाल धितोपत्र बोर्डको पछिल्लोएउटा निर्देशन जसले सबैलाई पुंजी बजारमाप्रवेश गराउने अवसर दियो । मुलुकको सिंगोअर्थतन्त्रलाई हेर्ने एैनाकोरुपमा रहेको पुंजीबजारमा आम नेपाली नागरिकको सहजपहुंच हुनु सबैको लागि खुसीको कुरा हो ।धितोपत्रको बोर्डको पछिल्लो निर्देशनले अबकम पुंजी भएका लगानीकर्तारु पनि सेयरबजार आउने पाउने भएकाछन ।
सार्वजनिकसेयर निष्काशनमा १० कित्तासम्मको सेयरखरिदको लागि आवेदन दिन पाउने भएकाछन। नेपाल धितोपत्र बोर्डका अनुसार सवैवर्गका लगानीकर्ताहरुको सहभागिता बढाउनउपलब्धभएसम्म सबै आवेदकहरुले १०कित्ता शेयर पाउने समावेशी वितरण प्रणालीर आस्वा व्यवस्था २०७३ साल देखि लागूभएपश्चात काठमाडौं बाहिर सहित देशैभरसाना तथा आमलगानीकर्ताको सहभागिताबढाउने उदे्श्य सहित सार्वजनिक सेयरनिष्काशनमा १० कित्तासम्म सेयर खरिद गर्नपाउने व्यवस्था कार्यान्वयनमा ल्याईएको हो।यसअघि सार्वजनिक निष्काशनमा हालकोकम्तिमा ५० कित्ता आवेदनगर्ने व्यवस्थामापरिवर्तन गरी अझ विद्यार्थी तथा स–सानापूँजी भएका वर्गको पूँजीबजारमा पहँुचबढाउने र यसलाई समावेशी वनाई यो बर्षकोएक नेपाली एक डिम्याट खाता अभियानलाईथप प्रभावकारी बनाउने उद्देश्यले बोर्डलेसार्वजनिक निष्काशनमा न्यूनतम १० कित्तापनि आवेदनगर्न पाउने व्यवस्था गरेको हो,बोर्डले भनेको छ ।
यो व्यवस्थालाई तत्कालकार्यान्वयन गर्न सम्बन्धित सबै निष्काशनतथा विक्री प्रबन्धक, मर्चेन्ट बैंकरहरुलाईपरिपत्र समेत गरिएको बोर्डले जानकारीदिएको छ ।बोर्डका अनुसार यो समावेशी व्यवस्थालेपूँजीबजारमा विद्यार्थी सहित स–साना पूँजीभएका वर्ग समेतको सहभागिता बढ्ने रयो बर्षको एक नेपाली एक डिम्याट खाताअभियानमा समेत व्यापक सहभागिता बढीपूँजीबजारको विकास तथा विस्तारमा थपटेवापुग्ने बोर्डको अपेक्षा गरिएको छ ।
 
कृषि कर्जामा व्यापक अनुदान
नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान निकै नै ठुलो रहेको छ । एक बर्षमा झण्डै १२ खर्ब रुपैयाँको हाराहारीमा व्यापार घाटा बेहोर्दे आएको हाम्रो जस्तो मुलुकलेबढ्दो व्यापार घाटा न्युनीकरण गर्ने हो,कृषिजन्य उत्पादन बढाउँदै पर्छ । यसकोबिकल्प छैन । सोही कारण बिसं २०७५ माकृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखियो।
न्युनतम पाँच प्रतिसतसम्मकोव्याजमा कृिषकृषि कर्जामा व्यापक अनुदानकर्जा दिने व्यवस्था कार्यान्वयनमा ल्याईयो ।कृषि क्षेत्रको बिकास र बिकासको लागि बिसं२०७५ मा भएको यो कार्य निकै नै सराहनीयरहेको छ ।नेपालको कृषि क्षेत्र परम्परागत रनिर्वाहमुखी नै रहेको अवस्थामा क ृ िष् ाक्षेत्रलाई सुधार गर्नकोलागि ठुलो परिमाणमा व्याज अनुदानदिने व्यवस्था गरिनुन बिगतको बर्षमाभएको उल्लेखनीय कार्य हो । कृषिलाईव्यावसायिकरण गर्न सकेमा कृषि तथावनजन्य उद्योगहरुको विकास र विस्तारभई औद्योगिक उत्पादनमा समेत यसलेमहत्वपूर्ण योगदान गर्ने छ । कृषिक्षेत्रको विकास र विस्तारबाट नै बढ्दो जनसंख्याको खाद्य आवश्यकतापुरा गर्न सकिनेमा दुईमत छैन् ।
सन१९७० देखि १९८७ सम्मको तथ्याङ्क हेर्दाहामीले चामल तथा अन्य कृषिजन्यउत्पादनहरु निर्यात गरेको देखिन्छ । तरत्यस अवधी पछी उत्पादनमा क्रमिक रुपमाह्रास, जनसंख्याको बढ्दो वृद्धि, कृषिपेशालाई व्यावसायिक भन्दा निर्वाहमुखीर परम्परागत पेशाको रुपमा लिने प्रवृत्तिएवं आयातित वस्तुको उपभोगमा रमाउनेपरनिर्भर नेपाली बानीले २०७४÷७५ सम्मआईपुग्दा खाद्यान्न जन्य आयात वार्षिक एकखर्ब नाघेको छ । आर्थिक वर्ष २०७४÷७५चामल मात्र २९ अर्बको आयात गरिएको छभने तरकारी र फलफूलको आयात अर्को२५ अर्ब हाराहारीको छ जुन यस आर्थिकवर्षमा डेढ गुणाले वृद्धि हुने देखिन्छ ।
नेपाली बैकिङ क्षेत्र 
बिसं २०७५ लाई नेपाली बित्तीय क्षेत्रले पनि निकै नै अविष्मरणीय बनायो । यो बर्ष नेपाली बित्तीय क्षेत्रमा खासै ठुला समस्या देखिएन । यो बर्ष नेपाली बैकहरुको निक्षेपसंकलन तथा कर्जा परिचालन निकै नै बढेकोदेखियो । बिं २०७५मा बैक तथा फाईनान्सकम्वनीहरुको कुल निक्षेप ३० खर्ब रुपैयाँ नाघ्दा कुल कर्जा रकम २७ खर्ब रुपैयाँ नाघ्यो ।
नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुककोलागि झण्डै दुई आर्थिक बर्ष बराबरको रकमकर्जा परिचालन हुनु सामान्य कुरा होईन ।बैंक तथा फाईनान्स कम्पनीहरुको बित्तीयबिवरणलाई आधार मान्ने हो भने लघुबित्तबित्तीय संस्था बाहेकका २८ वटा बाँणिज्यबैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी३३ वटा बिकास बैक र २४ वटा फाईनान्सकम्पनीहसंग अहिले ३० खर्ब ८४ अर्ब ९०करोड ६३ लाख २० हजार रुपैयाँ निक्षेपरहेको छ ।
यसबिचमा बैंक तथा फाईनान्सकम्पनीहरुले २७ खर्ब ६१ अर्ब ८४ करोड ३२लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेकाछन। यो अवस्थामा बैकिङ क्षेत्रमा झण्डै दुई खर्बरुपैयाँको हाराहारीमा नगद मौज्दात रहेकोदेखिन्छ । बैकिङ क्षेत्रमा रहेको कुल निक्षेपमध्येमा बाँणिज्य बैंकहरुमा २६ खर्ब ७६अर्ब ३४ करोड ३१ लाख, बिकास बैंकहरुमातीन खर्ब ४१ अर्ब १९ करोड १५ लाख ९०हजार र फाईनान्स कम्पनीहरुमा ६७ अर्ब ३७करोड १६ लाख २० हजार रुपैयाँ रहेको छ। यसैगरी कुल कर्जाको कुरा गर्दा बाँणिज्यबैंकहरुमा २३ खर्ब ८९ अर्ब १० करोड २२लाख ६० हजार, बिकास बैकहरुमा तीन खर्बआठ अर्ब ७९ करोड ४० लाख २० हजार रफाईनान्स कम्पनीहरुमा ६३ अर्ब ९४ करोड६९ लाख ५० हजार रुपैयाँ रहेको छ ।अहिले नेपाली बैकिङ क्षेत्रमा लगानीयोग्य रकम अभावको समस्याबाट सानाबैंक तथा फाईनान्स कम्पनीहरु भन्दापनि ठुला बैंकहरु बढी मात्रामा पिरोलिनेगरेकाछन । सोही आधारमा पनि लगानीयोग्यरकम अभावको समस्या बिकास बैंक रफाईनान्सको तुलनामा बाँणिज्य बैंकहरुमाबढी नै देखिने गरेको छ । राष्ट्र बैकले बैकिङक्षेत्रमा व्यक्तिगत तथा संस्थागत निक्षेपकोअनुपात ६०, ४० को हाराहारीमा तोकेकोछ ।
यसरी जम्मा हुने निक्षेपहरु अल्पकालीनहुने गरेकाछन बैकरुले गर्ने कर्जा लगानीदिर्घकालीन प्रकृतिका रहेकाछन । बैकिङक्षेत्रमा रहेको कुल निक्षेपमा अहिले चल्तीखातामा दुई खर्ब ५२ अर्ब २६ करोड १९लाख १० हजार रुपैयाँ, बचत खातामा नौखर्ब ८२ अर्ब ४३ करोड ४५ लाख ४०हजार रुपैयाँ रहेको छ भने मुद्धती खाताकोरहेको निक्षेप रकम १४ खर्ब ४१ अर्ब ४२करोड रुपैयाँ रहेको छ । यि बाहेक कलडिपोजिटमा तीन खर्ब ५४ अर्ब २१ करोड३० लाख रुपैयाँ रहेको छ भने अन्य खातामातीन खर्ब ६० अर्ब ६६ करोड रुपैयाँ रहेकोछ । यि खाता मुद्धती खातामा रहेको रकममात्र दिर्घकालीन प्रकृतिको रहेको हुन्छ। निश्चित समयमा लागि समय किटानगरेर राखिएको उक्त निक्षेपमा समयअघि नैझिक्नु पर्ने भएमा निक्षेपकर्ता ग्राहकहरुलेयस्तो निक्षेपमा उल्टो बैंकलाई व्याज दिनुपर्ने हुन्छ । वास्तवमा बैंकहरुले प्रवाह गर्नेकुल कर्जामा रकममा मुद्धती खातामा जम्माभएको रकमको हिस्सा निकै नै ठुलो हुनेगरेको छ ।
बहुप्रतिक्षित लगानी सम्मेलन 
कुनै पनि मुलुकको समग्र आर्थिक बिकासको लागि लगानी चाहिन्छ । लगानीले नै कुनैपनि मुलुकले आर्थिक बिकास र समृद्धिको आधार तयार गर्न सक्छ । हाम्रो देश आर्थिक बिकास रसमृद्धिमा पछाडि पर्नुको मुलकारण पनि लगानीको अभावहो ।
मुलुकको आर्थिकबिकास र समृद्धिकोलागि पर्याप्तलगानीको अभावभएकै कारणसरकारले बिसं२०७६ लाई लगानीबर्षकोरुपमा घोषणालगानी सम्मेलन गर्यो ।सम्मेलन मार्फतसरकारले झण्डै ३५खर्ब रुपैयाँ बराबरकोलगानी आउने अपेक्षा गरेकोभएपनि १४ खर्ब रुपैयाँ अर्थातमुलुकको एक आर्थिक बर्षेकोबजेट बराबरको रकम लगानीकोप्रतिवद्धता आयो । यो सबैको सामुहिकप्रयासबाट सम्भंव भएको हो ।लगानी सम्मेलनमा सरकारुले ३५ खर्बलगानी आउने अपेक्षा गरेको थियो ।
यो अपेक्षाको आधार थियो दुई वर्षअघि सम्पन्नयस्तो सम्मेलनमा सरकारले अपेक्षा गरेकोएक खर्बभन्दा १३ गुना बढी, १४ खर्बकोप्रतिबद्धता जनाइनु । सरकारको मूल्यांकनमात्यो भन्दा यो वर्ष वातावरण राम्रो छ भन्नेठानेर नै त्यसको दोब्बर हुने गरी अंककोअपेक्षा गरेको हुनुपर्छ । तर प्रतिबद्धताचाहिँत्यो दुई वर्षअघिको जतिकै आयो । यो भनेकोसरकारले गरेको अपेक्षाको आधाभन्दा कमहो । यसमा विदेशी लगानीकर्ताले १२ खर्ब१५ अर्ब रुपैयाँ लगानी गर्ने इच्छा जाहेर गरे। सम्मेलमा सरकारले ७७ वटा परियोजनाप्रस्तुत गरेको थियो । त्यसमध्ये मध्ये १७वटा परियोजनामा मात्रै विदेशी लगानीकर्तालेआवेदनदिए ।सरकारले लगानी सम्मेलनमा सार्वजनिकक्षेत्रका ५० र निजीका २७ गरी ७७परियोजनालाई सूचीकृत गरेको अर्थातलगानीका लागि बिक्रीमा राखेको थियो ।७७ मध्ये १७ वटा मात्रमा लगानीकर्ताकोप्रारम्भिक आँखा प¥यो । अरु त्यति लोभलाग्दादेखिएनन् होला र नै दुई दिनको सम्मेलनमायतिमा सीमित हुन परेको अवस्था देखियो ।
आवेदनको अन्तिम मिति भने वैशाख सातसम्मरहेको हुनाले सरकारले आप्mनोविश्वसनीयताको मूल्यांकनभइहाल्ने अवस्थाबाटटाउको लुकाउनेमौका पायो। लगानीसम्मेलनमा सहभागीविदेशी लगानीकर्तालेयातायातका ७, कृषिका ३,लजिस्टिकका १, शिक्षाका २ र ऊर्जाका४ परियोजनामा लगानीका लागि आवेदनदिएका थिए । यी परियोजनाको कुल लगानी१२ खर्ब १५ अर्ब रुपैयाँ (१० अर्ब ९५ करोडअमेरिकी डलर) छ । विदेशी लगानीकर्तालेनिजगढ अन्तर्राष्ट्रिय विमानस्थल,काठमाडौं बाहिरी चक्रपथ, काठमाडौंमेट्रो र बर्स यापिड ट्रान्जिट, पश्चिमसेती, तमोर, एकीकृत कृषि परियोजना,धुलिखेल मेडिसिटी, अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रलगायत परियोजनामा आवेदन परे ।यसमा विमानस्थल र दुई वटा जलविद्युत्आयोजना महत्वका छन् । सरकारलेपाँचहजार मेगावाटका परियोजना आउनेअपेक्षा गरेको थियो ।
 
पयर्टन नेपालको धन भन्ने परिमार्जत उखान सार्थक हुदै
मुलुकको सिंगो पयर्टन क्षेत्रको लागि पनि बिंस २०७५ निकै नै महत्वपुर्ण रह् यो । यो बर्ष मुलुकमा पयर्टक आगमनको संख्या त बढ्यो । थुप्रै संख्यामा पर्यटकीयपुर्वाधाहरुको पनि बिकास भयो अर्थात सानाठुला थुप्रै होटलहरु बन्यो । आन्तरिक तथाबाह्य पर्यटनको लागि नयाँ नयाँ पर्यटकीयगन्तव्यहरु सार्वजनिक गरिए । पछिल्लोतथ्यांकअनुसार सन् २०१९ को पहिलोदुई महिना अर्थात् जनवरी र फेबुअरीमहिनामा मात्रै दुई लाखभन्दा बढी विदेशीपर्यटकहरुले नेपालको भ्रमण गरेका थिए ।
त्यसरी अध्यागमन विभागले पछिल्लोपटकप्रकाशित गरेको तथ्यांकअनुसार सन् २०१९को फेबुअरी महिनामा मात्रै एक लाख २४हजार चारसय २१ जना विदेशी पर्यटकलेनेपाल भ्रमण गरे । यो भनेको गत वषर््ाकोसोही महिनाको भन्दा ३९ प्रतिशतले बढीरहेको छ । उता भारतीय पर्यटक मात्रै गतवर्षको फेब्रुअरी महिनामा भन्दा ९२. ५प्रतिशतले बढी आएका छन् । तर एक्लाएक्लैविदेशी पर्यटकहरुले नेपालको भ्रमण संख्याहेर्ने हो भने, यो फेब्रुअरीमा चिनियाँ पर्यटक१६ हजार दुईसय पाँच, श्रीलंकन पर्यटक१४ हजार आठसय ३१, भारतीय पर्यटक १४हजार पाँचसय ७१, थाई पर्यटक १४ हजारतीनसय २२ र अमेरिकन पर्यटक सातहजारएकसय ३३ जना रहेको देखिन्छ । यसरीसन् २०१९ को पेब्रुअरी महिनामा माथिकापाँच देशका पर्यटकहरु नेपाल घुम्न आउने‘टप फाइभ’मा दरिएका छन् । हाल सकिनलागेको मार्च महिनामा पनि निश्चय नैनेपाल घुम्न आउने विदेशी पर्यटकको संख्याबढेको होल भन्ने आशा गर्न सकिन्छ ।नेपाल पर्यटन बोर्डले अलि अघि जारीगरेको केही महिनाअघिको तथ्यांकअनुसारसन् २०१८ मा लगभग १२ लाख विदेशीपर्यटक नेपाल भ्रमणमा आएका थिए ।सो संख्या पनि गत वर्षभन्दा लगभग २५(२४.०८) प्रतिशतले नै बढी रहेको थियो।
सन् २०१७ मा बल्ल नेपाल घुम्न आउनेविदेशी पर्यटकको संख्या लगभग १० लाख(९ लाख ४० हजार २१८) पुगेको थियो ।भने सन् २०१८ मा ११ लाख नाघेको छ ।यसैगरी सन् २०१८ ११ लाख ७३ हजार ७२जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेकाथिए । यसरी हेर्दा नेपाली पर्यटनको लामोइतिहासमा सन् २०१८ को विदेशी पर्यटकआगमनको संख्याले छलाङ नै मारेको मान्नसकिन्छ । सन् २०१८ मा नेपाल भ्रमण गर्नआएका समग्र विदेशी पर्यटकहरुको तथ्यांकहेर्दा सन् २०१८ मा नेपाल भ्रमण गर्नेभारतीय पर्यटकको संख्या २ लाख ४ सय३८ जना रहेको छ । त्यस्तै नेपाल भ्रमणगर्ने चिनियाँ पर्यटकको संख्या १ लाख ५३हजार ६ सय २ जना रहेको छ । उता सन्२०१७ मा नेपाल भ्रमण गर्ने यी दुई छिमेकीदेशका पर्यटकहरुको संख्या हेर्दा सन् २०१७मा भारतबाट १ लाख ६० हजार २ सय ६८जना र चीनबाट १ लाख ४ हजार ६ सय ६४जना रहेको थियो ।होटलहरु भरिभराउ,पयर्टक आगमनको संख्याउल्लेख्यरुपमा बढ्दै सबै नेपालीलाई जलबिद्युतमा सेयर आवरणजलबिद्युत क्षेत्रको लागि पनि बिसं२०७५ धेरैहदसम्म उल्लेखनीय रह्यो ।उर्जा क्षेत्रको विकासका लागि सरकारलेयस वर्षदेखि नयाँ योजना ल्यायो, जनताकोजलविद्युत कार्यक्रम । हरेक नेपालीलाईजलविद्युत आयोजनाको सेयरधनी बनाउनेमहत्वाकांक्षाका साथ ल्याइएको योजनाउर्जा क्षेत्रको सबैभन्दा महत्वपूर्ण उपलब्धिमान्नुपर्छ । बंगलादेशसँग विद्युत आदान–प्रदानसम्बन्धी महत्वपूर्ण सम्झौता पनियसै वर्ष भएको छ ।
अन्तरदेशीय प्रशारणलाइन निर्माणमा सरकारको चासो देखियो ।कालान्तरमा विद्युत व्यापारका लागि आधारतय गर्ने काम यस वर्ष भएकै मान्नुपर्छ ।‘अहिले पनि विद्युत् मागपूर्तिका लागितीन सय मेगावाटभन्दा बढी भारतबाटआयात भइरहेको छ । तर, आन्तरिकखपतबाट बचेको उत्पादित ऊर्जा भारत,चीन र बंगलादेशको बजारमा निर्यात गर्नविशेष योजना कार्यान्वयन गरिनेछ,’ भन्नेघोषणापत्रमार्फत् गरिएको दाबी पूरा हुनेनहुनेमा प्रश्न गर्ने ठाउँ बाँकी छ ।अबको १० वर्षमा सम्पन्न हुनेगरी कर्णाली चिसापानी, बूढीगण्डकी,पश्चिम सेती, नलसिंह गाड उत्तरगंगा,नौमुरे, माथिल्लो झिमरूक, सुनकोशी(१,सुनकोशी(२, तमोर, तामाकोशी(३ लगायतकापरियोजनाको कार्यान्वयन तीव्र गतिमाअगाडि महात्वाकांक्षा पनि पूरा नहुने जस्तैसावित भइसकेको छ । सबैजसो आयोजनाअहिले विवादित छन् ।
नेपालको आफ्नै नानो स्याटलाईट अन्तरिक्षमा
 
जतिसुकै टिका टिप्पणी भएपनि पहिलो पल्ट नेपालले आफ्नो  न्यानो स्याटेलाईटअन्तरिक्षमा पठाएकोछ । यो स्याटेलाईटअन्तरिक्षमा तीन बर्षसम्मरहने छ । स्याटेलाईटप्रक्षेपण पछि प्रधानमन्त्रीकेपी शर्मा ओलीले मुलुकअब स्याटेलाईट क्षेत्रमापुगेको भनाई सार्वजनिकगरे ।खैर जे जस्तोभएपनि नेपालको आफ्न्रै मिनी स्याटेलाईटअन्तरिक्षमा पुग्ने हामीआम नेपालीको लागिगर्वको बिषय हो । अहिल् नेपाल सरकारलेस्याटेलाइटमा २० अर्ब रुपैयाँ खर्च गर्नेतयारी गरिरहेको छ ।
सञ्चारमन्त्री गोकुलबास्कोटाले केही समयअघि मात्र फ्रान्सकोएउटा कम्पनीसंग स्याटेलाईट खरिद गर्नेप्रकृया अगाडि बढाईसकेको छ ।नेपालले अन्तरीक्षमा पठाएको नानोस्याटेलाइट संयुक्त राष्ट्र संघको फेलोसिपमाजापानको क्युटेक यनिभर्सिटीमा भू(उपग्रहप्रविधि अध्ययन गरिरहेका विद्यार्थीले तयारपारेका हुन् ।
यसमा पीएचडीका विद्यार्थीआभाष मास्के र स्नातकोत्तरका विद्यार्थीहरिराम श्रेष्ठको योगदान छ । यसका लागिनेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको१ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ। नेपाल सरकारलेयो रकम जापानपठाइसकेको छ । योनानो स्याटेलाइटलाईअमेरिकाको भर्जि्िनयाबाट यानमार्फतअ न् त र ी क्ष् ा म ापठाइएको हो, जसमाश्रीलंकाको नानोस्याटेलाइट रावण(१ र जापानकोयुगुईसुसमेत छन् ।नेपालले अन्तरीक्षमापठाएको नेपालीस्याट(१ नामको यो नानोस्टाटेलाइटको तौलएक किलो ३३ ग्राममात्र छ ।
यस्ता नानोस्याटेलाइटहरु बढीमा १० केजी तौलसम्मकाहुन्छन् । यो स्याटेलाइट लोअर अर्बिटमाबस्छ र पृथ्वीलाई फन्को मार्छ । यसको आयुबढीमा ३ वर्ष सम्म अनुमान गरिएको छ ।नानो स्याटेलाइट नेपालको आकाशमा दैनिकपाँचदेखि १० मिनेटसम्म रहने र इमेज डाटाखिचेर पृथ्वीमा पठाउने छ ।
सिके राउतको सहज राजनीतिक अवरण
 
मुलकमा गणतन्त्र आएसंगैं संघीयतामा गएको मुलुकमा अहिले राजनीतिक अस्थिरताको एउटा अध्याय समाप्त भएको छ । केही अपवाद बाहेक बिभिन्न किसिमकाराजनीतिक बिषयहरु अघि सारेर आन्दोलनगरिरहेका सबै राजनीतिक आन्दोनहरुमा पुर्णबिराम लागेको छ ।
यो अवस्थामा मधेशमा छुटै राज्यकोमाग गर्दे बिभिन्न किसिमका गतिबिधीहरुसञ्चालन गरि रहेको सिके राउत समुहअहिले राजनीतिक मुलधारमा आएको छ ।गृहमन्त्री रामबहादुर थापाको पटक पटककोबार्ता र संवाद पछि राउत समुह राजनीतिकमुलधारमा आएको हो । यसमा प्रधानमन्त्रीकेपी शर्मा ओलीको भुमिका पनि निकै ठुलोरहेको छ । प्रधान मन्त्री र गृहमन्त्रीको यहीभुमिकाका कारण राउत समुह मुलुककोगणतन्त्र र संविधानलाई स्वीकार गर्देराजीतिक मुलधारमा आएको छ ।
अब मुलुककोएउटै समस्या भनेको बिप्लक नेतृत्वकोमाओवादीलाई पनि राजीतिक मुलधारमाल्याउनु हो । बिप्लक हरेक क्रियाकलापलाईप्रतिवन्ध लगाएको सरकारले बिप्लक संगपनि बार्त र संवाद गर्नुपर्छ । जतिसक्दो चाँडोयो समुहलाई पनि राजनीतिक मुलधारमाल्याउनु पर्छ । पछिल्लो पटक राप्रपाले पनिधर्मनिरपेक्षाको व्यवस्था खारेज गर्न माग गर्देसडक आन्दोलन गरिरहेको छ । यो समुहकोजायज मागलाई पनि सरकारले पुरा गर्नुपर्छ। अर्को तर्फ प्रतिपक्ष दल नेपाली काँग्रेसलेउठान गरेका बिषयहरुलाई पनि सत्ता पक्षकोनाताले सहीरुपमा निर्णय गरेर कार्यान्वयनगर्नु पर्छ ।फर्केर हेर्दा बिसं २०७५ मुलुकको लागिनिकै नै महत्वुर्ण रह्यो । बो बर्षअर्थतन्त्रमामौद्रिक नीति, बढ्दो व्यापार घाटा, घट्दो रेमिट्यान्स, संघीयतासँगै आर्थिकविकेन्द्रीकरण, र बजेट कार्यान्वयनकोसकसलगायतका विषय चर्चामा रह्यो ।सिंगो सानो अर्थतन्त्रको आकार सानो भएपनिमुलुकमा संघीयताको आर्थिक व्यवस्थापनराजनीतिक बहसको बिषय बन्यो ।
बित्तीयक्षेत्रको चुक्तापुँजी वृद्धि, तरलता अभाव रप्रतिस्पर्धी ब्याजदर जस्ता विषयले बैंकतथा वित्तीय क्षेत्रलाई चर्चामा ल्याईरह्यो ।यसैगरी विदेशी लगानी भित्र्याउन सरकारलेआयोजना गरेको लगानी सम्मेलन बर्ष निकैनै चर्चामा रह्यो ।
 


Posted on: 2019-Jul-3

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar