आफ्नै श्रोत र साधनले भ्याउने क्षेत्रमा बिदेशी लगानी ल्याउनु हुदैन
3 - Jul-2019, Posted by: Yuwahunkar | COMMENTS: 0
कुनै पनि मुलुकको बिकास र समृद्धिको लागि लगानी पहिलो सर्त हो । लगानीले नै हरेक कुरालाई चलायमान बनाउछ । चाहे त्यो सिंगो मुलुकको अर्थतन्त्र होस वा उत्पादन र रोजगारी नै । यस अर्थमा हाम्रो जस्तो बिकासको गतिमा हिड्दै गरेको मुलुकको लागि लगानीको निकै नै ठुलो आवस्यकता रहेको छ । चाहे त्यो आन्तरिक श्रोत र साधननबाट परिपुर्ती हुने लगानी होस वाबैदेशिक लगानी नै ।
नेपालमा पनि पछिल्लो समय आर्थिक बिकास र समृद्धिको लागि बैदेशिक लगानी ल्याउने बिषयमानिकै ठुला सभा–गोष्ठी, चर्चा परिचर्चाहरु भए । त्यस मध्ये एक थियो शैक्षिक परामर्श क्षेत्रमा बिदेशीलगानी ल्याउने कुरा । चालु आर्थिक बर्षको बजेट कै कुरा गर्दा यो बर्ष बजेटको आकार झण्डै १३खर्ब रुपैयाँको हारारीमा रहेको छ । त्यो कुल बजेटमा झण्डै तीन देखि चार खर्ब रुपैयाँ बराबरकोयोगदान रेमिटेन्स रहेको छ । त्यो रेमिटेन्समा पनि प्रत्यक्ष वा अप्रतक्ष्यरुपमा शैक्षिक परामर्श क्षेत्रकोमाध्यमबाट आउने रेमिटेन्सको हिस्सा निकै ठुलो छ । आज जतिपनि बिकसित राष्ट्रहरुमा नेपालीबिद्यार्थीेहरु अध्ययनको लागि पुगेकाछन, त्यो सबै शैक्षिक परामर्श संस्था कै कारण संभव भएको हो। नेपाली बिद्यार्थीहरु उच्च शिक्षाको लागि अहिले जापान, अमेरिका, क्यानडा, नर्बे, जर्मनी, अष्टेलियालगायतका मुलुकहरुमा पुगेकाछन ।
त्यहाँ पुगेका नेपाली बिद्यार्थी म्यानपावरको माध्यमद्धारा त्यहाँपुगेका होईनन्, उनीहरु शैक्षिक परामर्श संस्थाको माध्यमद्धारा नै त्यहाँ पुगेका हुन । ति देशहरुमानेपाली बिद्यार्थीले अध्ययन संगसंग काम पनि गरिरहेकाछन । आफुलाई आत्मनिर्भर बनाई रहेकाछन। त्यहीबाँट केही पैसा जोहो गरेर आफ्नो देशमा रहेका आफन्तहरुलाई पठाईरहेका हुन्छन, जसलाईहामी रेमिटेन्स भन्छौं । वास्तवमा यही रेमिटेन्सले अहिले मुलुक चलेको छ अर्थात मुलुकको अर्थतन्त्रचलायनमा भएको छ ।
तर अहिले दुई तिहाईको सरकारले सिंगो परामर्श क्षेत्रलाई धरासायी बनाउने गरी यो क्षेत्रमा बैदेशिकलगानी ल्याउने तयारी गरेको छ । वास्तवमा बैदेशिक लगानी त्यो क्षेत्रको लागि ल्याउनुपर्छ, जुनक्षेत्रमा हाम्रो आफ्नो श्रोत, साधन, दक्षता र लगानी अपुग हुन्छ । जस्तो कि ठुला ठुला, पुलहरु, सुरुंगमार्गहरु, जलबिद्युत आयोजनाहरु, रेलमार्ग आदि । यि क्षेत्रहरुमा लगानी गर्नको लागि एउटै प्रोजेक्टमाखर्बो रुपैयाँ लगानी आवस्यक पर्छ, त्यहीकारण यस्ता क्षेत्रहरुमा बैदेशिक लगानी आवस्यक पर्छ,र यि क्षेत्रहरुमा बैदेशिक लगानी ल्याउनु पनि पर्छ, बैदेशिक लगानीको लागि अन्तराष्टिय अभ्यासपनि यही हो । तर शैक्षिक परामर्श क्षेत्र सानो सेवामुलुक क्षेत्र हो । यो क्षेत्रमा लगानी गर्नको लागि,काम गर्नका्े लागि स्वदेशी, श्रम, सीप, दक्षता र लगानी नै पर्याप्त रहेको छ । दक्ष जनशक्तिलाईसाथमा लिएर १५ देखि २५ लाख रुपैयाँसम्ममा हामी नेपालीले नै यो व्यवसाय सञ्चालन गर्न सक्छौं। त्यही भएर पनि होला अहिले सबै क्षेत्रमा गरी २८ सयको हाहारीमा शैक्षिक परामर्श केन्द्रहरुखोलिएकाछन ।
जसमध्ये १४ सय ७३ वटा संस्थाहरु शिक्षा मन्त्रायलमा दर्ता रहेकाछन ने बाँकीरहेको संस्थाहरु दर्ताको लागि सम्पुर्ण प्रकृयाहरु पुरा गरेर पालो कुरिरहेकाछन । अहिले पनि १४सय भन्दा बढी संस्थाहरु दर्ताको लागि पालो कुरेर बसिरहेकाछन । तर सकारले अहिलेसम्म नदर्ता भएको शैक्षिक परामर्श केन्द्रहरुलाई नविकरण गर्न सकेको छ, न तथा दर्ताको लागि सम्पुर्णकागजपत्र बुझाएका कम्पनीहरुलाई स्वीकृती दिन नै सकेको छ । जब राज्यले यहीं भएका परामर्शसंस्थाहरुलाई नियमन र व्यवस्थीत गर्न सकेको छैन, भने यो क्षेत्रमा बिदेशी ल्याउने कुरा हास्याँस्पदरहेको छ ।
सरकार यदि साँच्चै नै शैक्षिक परामर्श क्षेत्र व्यवस्थित होस भन्ने चाान्छ, यस क्षेत्रमार्फतमुलुकले आर्थिक बिकास र समृद्धिको बाटो पहिल्याओस भन्ने चाहन्छ भन्ने यस क्षेत्रमा भएकोबिकृति बिसंगतीहरुलाई हटाउनको लागि समय सापेक्षरुपमा ऐन नियमहरु ल्याउनु पर्छ । ति ऐननियमहरुलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्छ । अनिमात्र यो क्षेत्रको लागि बैदेशिक लगानीकोआवस्यकता नै परेको भने त्यसको लागि बाटो खुल्ला गर्नु पर्छ । होईन भने हचुवाको भरमा कसैकोउक्साहटमा परेर केही सिमित व्यक्तिहरुको स्वार्थको लागि आफ्नै नागरिक सक्षम भएको यो क्षेत्रमाकिन बैदेशिक लगानी ल्याउनु पर्यो ।
Posted on: 2019-Jul-3

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story