27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

देशमा नै उदाहरणीय काम गर्नेहरुलाई राज्यले सम्मान गर्नसक्नु पर्छ

1 - Apr-2019, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 देशको भविष्य हाम्रै काँधमा रहेको छ । यही काँधले हामीले आफ्नो देश बोकी रहेका छौं । यो काँध कमजोर भएको खण्डमा हामीले देशको भविस्य बोक्न सक्दैनो । पछिल्लो समय आफ्नो काँधलाई कमजोर बनाएर नेपालमा केही छैन भनेर बिदेशिनेको जमात पनि निकै ठुलो रहेको छ । तर जमाजको बिचमा स्वदेशमा नै केही सकिन्छ भनेर दिनराज एक भएर काम गर्नेहरुकोसंख्या पनि पछिल्लो समय बढेको छ ।
बिगतमा मुलुकमा धेरै राजनीतिक उथलपुथलहरु भए । प्रजातन्त्र, बहुदल, राजतन्त्र, गणतन्त्र आएपनि ठोसरुपमा भन्नु पर्दा पनि कुनै पनि क्षेत्रमा सम्झन लायकको कुनै त्यस्तो ठोस काम गरेको छैन । नेपाल बिद्युत प्राधिकरणको महाप्रवन्धकमा कुलमान घिसिड नियुक्ती भएसंगैऊर्जाको सहीरुपमा उत्पादन, व्यवस्थापन, चुहावन नियन्त्रण र बितरण प्रणालीलाई प्रभावरीबनाउँदा आज सिंगो मुलुक लोडसेडिड मुक्त भएको छ । वास्तवमा नेपाल जतिसुकै राजनीतिकपरिवर्तन भएपनि जलबिद्युत क्षेत्रमा जस्तै कुनै पनि क्षेत्रमा त्यस्तो परिवर्तन भएको छैन ।
वास्तवमा नेतृत्वमा पुग्ने व्यक्ति एउटा मात्र राम्रो भएपनि त्यसको सकारात्मक असर सिंगोमुलुकवासीलाई पुग्छ भन्ने कुराको बलियो उदाहरण बिद्युत प्राधिकरणका महानिर्देशक घिसिडहुन । वास्तवमा गर्न चाहेको खण्डमा सबै कुरा पुरा हुंदो रहेछ भन्ने कुराको पनि घिसिड बलियोउदारण हुन । यि बाहेकका मुलुकको अन्य क्षेत्रहरुको अवस्था भने अहिले पनि खराव रहेको छ ।नेपाल राष्ट बैंकले चालु केही समयअघि मात्र सार्वजनिक गरेको मुलुकको आर्थिक तथा बित्तीयअवस्था सम्वन्धी पछिल्लो सात महिनाको तथ्यांकलाई मात्र हेर्ने हो भने मुलुकको अर्थतन्त्र निकैनै कमजोर रहेको प्रष्ट हुन्छ । यसअवधिमा मुलुकले झण्डै ५३ अर्ब रुपैयाँको हाराहारीमा सामाननिर्यात गरेको छ भने आठ खर्ब २३ अर्ब रुपैयाँको हाराहारीमा सामान आयत गरेको छ । सोहीआधारमा चालु आवको पछिल्ला सात महिनामा सात खर्ब रुपैयाँ भन्दा बढीको व्यापार घाटाभएको छ । यसअवधिमा मुलकले झण्डै पाँच खर्ब रुपैयाँको हाराहारीमा रेमिटेन्स भित्रिएको छ ।
यो अवस्थामा जसले देशको दुरावस्थाको बारेमा बुझेको छ, त्यो देश छोडेर गईरहेको छ ।जसले देशको बारेमा बुझेको छ त्यो नागरिक नर्फिकने गरी बिदेश भासिएको छ भने जसलेदेशको बारेमा कम बुझेको छ, त्यो नागरिक केही पैसा कमाएर स्वदेश फकिर्ने गरी दुवई,कतार लगायतका खाडी मुलुकहरु गईरहेको छ । तर त्यहाँपनि उनिहरुको अवस्था सहजछैन । त्यहाँ कमाउने पैसाको तुलनामा उनिहरुको दैनिक खटाई निकै नै बढी छ । अहिलेकोअवस्थामा आफ्नो जिवनस्तर सहज बनाउनु नै अन्तिम उद्ेश्य सम्झेर झण्डै ५० लाख नेपालीयुवायुवतीहरु बिदेश पलायन भएकाछन । झण्डै तीन करोडको हाराहारीमा जनसंख्या रहेको योमुलुकमा ५० लाख युवा शक्ति बिदेशीदा देशमा बालबालिका, महिला र बुढाबुढी मात्र रहेकाछन। अर्थात देश नै बृद्धाआश्रम जस्तो बनेको छ ।यो बिचमा केही त्यस्ता युवाहरुछन ।
जसले तमाम अध्याँरा पक्षहरुको बिचमा पनि आफ्नैदेशमा केही गर्न सकिन्छ भने दिन रात कुनै कुनै रुपमा काममा लागेकाछन । आफ्नै देशमाबसेर आफ्नै परिवार संग बसेर आफ्नै देशको लागि काम गरिरहेकाछन । यहाँ अभाव छ, तनावछ, कामको सही मुल्या छैन, निराशा छ तर यि तमामा निराशाको बिचमा पनि केही युवाहरुमुलुकप्रति निकै आसावादी छन । मुलुकको लागि आफ्नो क्षेत्रबाग योगदान दिईरहेकाछन ।यस्ता नागरिकलाई राज्यले सम्मान गर्नसक्नु पर्छ । उनीहरुको योगदानको कदर गर्न सक्नुपर्छ ।


Posted on: 2019-Apr-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar