शान्ति र समृद्धिको लागि माया नै पहिलो सर्त
21 - Feb-2019, Posted by: Yuwahunkar | COMMENTS: 0
जहाँ अभाव त्यहाँ तनाव, तर जहाँ मायाँ र सद्भाव हुन्छ नि त्यहाँ अभाव र तनाव केही पनि हुदैन । मुलुकको शान्ति र समृद्धिको लागि मायाँ, आपसी भाईचारा र शर्त पहिलो शर्त हो । यो संसार मायाँमा नै अडिएको छ । यदि मायाँ नहुदो हो, संसार आज यो अवस्थामा आउने थिएन । मायाँ कै कारण सिंगो प्रकृतिचलायमान भएको छ । मायाँ मानिसमा मात्र हुदैन । सबै चराचर जीवहरुमा एक आपसमा मायाँ हुन्छ, मायाँ गर्छन, आफ्ना भावना, सुखदुख साटासाट गर्छन ।फरक यति मात्र हो मानिसहरुले कुरा गरेर, आफ्ना भावनाहरु साटासाट गर्छन,अन्य प्राणीहरुले कराएर, हेरेर भावना साटासाटा गर्छन । खैर जे होस मायाँ सबैमा हुन्छ, फरक व्यक्त गर्ने तरिकामा मात्र हो ।
सिंगो अर्थमा भन्नु पर्दा साँचो मायाँ भनेको जीवनलाई सहज बनाउने बाटो हो । जहाँ मायाँ हुन्छ, त्यहाँ सबै कुरा हुन्छ, सबै कुरा राम्रा हुन्छ, जहाँ मायाँ हुदैन,त्यहाँ केही पनि हुदैन । सबै कुरा नराम्रा हुन्छन । आज बिश्वमा मानव मानवबिचमा जति पनि घटना, दुर्घटनाहरु भएका छन, ति सबै मायाँको अभावमा भएका हुन । वास्तवमा त्यहाँ मायाँ हुन्थ्यो भने, एउटा देशको नागरिकले अर्को देशकोनागरिकलाई सम्मान गथ्र्यो, एउटा जातीले अर्को जातीको मानिसलाई सम्मानगथ्र्यो, एउटा धर्मको मान्छेले अर्को धर्मको मान्छेलाई सम्मान गथ्र्यो । अहिलेबिश्वमा जति पनि द्धन्द्ध भएको छ, हत्या हिंसा भएको छ, मायाँको अभाव भएको हो, बिश्व बन्धुत्वको अभावमा भएको हो । यो अभावलाई चिर्नको लागिपनि मानव मानव बिच माया, हुनु आवयस्क छ, प्रेम हुनु आवस्यक छ । मानवमानव बिचमा प्रेम भएको खण्डमा हामीले सिंगो प्रकृतिलाई मायाँ गर्न सक्ने छौं,सिंगो चराचर जगतलाई मायाँ गर्न सक्ने छौ । वास्तवमा नै भन्नु पर्दा मायाँराम्रोको लागि हुनुपर्छ, समृद्धि र शान्तीको लागि हुनु पर्छ ।
जहाँ मायाँ छ, त्यो परिवार, साथीभाई, समाज अनि सिंगो देश नै शान्त र शौम्य हुन्छ । समृद्धिमा अगाडि जान्छ । जहाँ मायाँ हुदैन, त्यो परिमावार, समाज, देश द्धन्द्धमा जान्छ, अभाव र अत्याचार बढ्छ । हत्या, हिंसा, चोरी, डकैती, लुटपाटले समाजलाई अशान्त बनाउँछ । रोग, भोग र शोकले जरा गाड्छ । यस अर्थमा,सिंगो परिवार, समाज, देश हुदै सिंगो बिश्वलाई शान्त बनाउनको लागि माया चाहिन्छ, प्रेम चाहिन्छ, त्यही मायाँ र प्रेमबाट नै सिंगो बिश्व समुदायमा आपसी भाईचार र सम्वन्ध स्थिापित हुन सक्छ । बिश्वमा पछिल्ला बर्षहरुमा बढ्दै गएकाहत्या हिंसा र आतंकवादका दुशचक्रहरु सदाको लागि अन्त्य हुन सक्छ ।
Posted on: 2019-Feb-21
Posted on: 2019-Feb-21
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story