27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

शान्त र समुन्नत नेपालको लागि हतियार शुन्य समाज

1 - Feb-2019, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 शान्त र भयरहित समाजमा बाँच्न पाउनु आम नागरिकको नैर्सगिक अधिकार हो । यदि कसैले कुनै पनि बहानामा हतियार उठाउँछ, समाजलाई त्रसित बनाउँछ, कानुनले बन्देज गरेको हतियार सम्वन्धीत निकायको ईजाजत बिना नै राख्छ भने, त्यसले आम नागरिकको शान्तिपुर्ण र भयरहित समाजमा बाँच्न पाउने अधिकार हनन गर्छ ।
यस्ता व्यक्ति वा समुहलाई राज्यले कसुर अनुसार कारवाही गर्छ रगर्दे आएको छ ।तर पनि राज्य वा सरकारको आँखा छलेर राजधानी बाहिर तथा भित्र ठुलोपरिमाणमा हतियार राख्ने व्यक्ति तथा समुह अहिले पनि यथावत रहेकाछन ।शान्तिपुर्ण समाज निर्माणको लागि अहोरात्र खटिईरहेको नेपाल प्रहरीको लागियि हतियार, हतियार राख्ने व्यक्ति तथा समुह सुरक्षाका दृष्टिकोणले चुनौतीबनिरहेकाछन । यद्धापी यो चुनौतीलाई चिर्दे प्रहरीले हतियार राख्ने थुप्रै व्यक्ति तथासमुहलाई पक्राउ गरी आवस्यक कारवाहीको लागि सम्वन्धी निकायमा पठाउँदैआएको छ ।
तर पनि अहिलेसम्म हतियार शुन्य समाजको निर्माण हुन सकेको छैन। नेपाल र भारतबिचको खुल्ला सिमानका कारण अवैधरुपमा हतियारको किनबेचबढिरहेको छ । यसले समाजलाई बिकृत बनाईरहेको छ । समाजलाई आपराधिकदिशातर्फ लगिरहेको छ । समाजमा अपराध बढ्नुको धेरै कारणहरु हन्छन । भनिन्छजहाँ अभाव हुन्छ, त्यहा तनाव हुन्छ, झै झगडा अनि त्यसको लागि सुरु हुन्छ,हतियार राख्ने होडवाजी, अनि हतियारको किनबेच । मानिस जतिजति सभ्यताकोचरम उत्र्कसमा पुग्दै जान्छ त्यति नै उसप्रति हतियारको मोह, हतियारको उन्मादबद्दै ।
यही कारण पनि पछिल्लो समय नेपाल प्रहरीको लागि सबै भन्दा ठुलोचिन्ताको बिषय बन्दै गएको, अव्रैधरुपमा हतियार राख्नु, हतियारको कारोवारहुनु र आम नागरिकलाई हतियार देखएर तर्साएकै भरमा आफ्ना सााजिक ,आर्थिक लगायतका बिभिन्न अभिष्ट पुरा गर्नु । यही कारण पनि राजधानीकोपछिल्लो समय अवैध हतियारको कारोवार र प्रयोग बढ्दै गएको छ । बिशेषगरीठेक्कापटामा संलग्न व्यक्तिहरु गुण्डागर्दीमा संलग्न व्यक्तिहरु, बैदैशिक रोजगारीमासलग्न व्यक्तिहरुले हतियार राख्ने गरेकाछन ।प्रहरीले राजधानीमा हुने अवैध हतियारको बारेमा केही ठोस प्रमाणहरु समेत फेलापारेको थियो । उक्त प्रमाण अनुसार काठमाडौंमा कटुवा पेस्तोल १५ देखि २०हजार रुपैयाँ, सिक्सर ५० देखि ६० हजार रुपैयाँ र अन्य आधुनिक पेस्तोल एकलाख रुपैयाँसम्मको रेटमा कारोबार हुने गरेको देखियो ।
वास्तवमा यि हतियारहरुसबैको लागि चुनौती बनिरहेको छ । शान्त समाज निर्माणको लागि कुनै पनिबहानामा हतियार राख्नु हुदैन, बोक्नु हुदैन र प्रयोग पनि गर्न हुदैन । सेना र प्रहरीबाहेक आम नागरिकले अपराधीक मनोवृतिले हतियार राख्नु समाजलाई दुषितबनाउनु हो । यस्तो कार्यमा जो कोही संलग्न भएको भएतापनि रोकिनु पर्छ । शान्तर समुन्नत नेपालको लागि हतियार शुन्य समाजको निर्मासण गर्नुपर्छ ।


Posted on: 2019-Feb-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar