01 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

निर्मला हत्या प्रकरणमा गल्ती गर्ने जो कोहीलाई पनि कारवाही गर्छौं ।

3 - Jan-2019, Posted by: Yuwahunkar   |   COMMENTS: 0
  आम नागरिक र प्रहरी एकै सिक्काका दुई वटा पाटा हुन । आम नागरिक छन र त प्रहरी छन । प्रहरी छन र त आम नागरिकको जीउधनको सुरक्षा भएको छ । सिमित श्रोत र साधनका बावजुत पनि प्रहरीले आमनागरिकको जीउधनको सुरक्षा गर्न, सिंगो समाज र राष्टलाई भए रहितर शान्त बनाउन जुन कार्य गरेको छ । त्यो निकै उदाहरणीय रहेको छ। प्रहरी संगठन भित्र पनि एकाध केही व्यक्तिहरु हुन सक्छन ।   जसकोकारण सिंगो संगठनलाई हेर्ने आम नागरिकको दृष्टिकोण फरक भएकोहुन सक्छ । तर त्यसो गरिनु हुदैन । हाम्रो हातको औला त बराबर छैननभने सिंगो प्रहरी संगठन भित्र असल नै असल व्यक्ति होलान भन्न सक्नेस्थिती नहुन सक्छन । संगठनका केही व्यक्तिहरुले बदमासी गरे भनेत्यस्ता व्यक्तिहरुलाई प्रहरी संगठनले कारवाही गर्छ । कारवाही गर्नेअन्य निकायहरु पनि छन । बिगतमा नराम्रा काम गरेका व्यक्तिहरुलेकारवाही पनि भोगेकाछन । यस अर्थमा केही व्यक्तिहरुले नराम्रो गरेभन्दै सिंगो संगठनलाई नराम्रो दृष्टिकोणले हेर्नुहुदैन । प्रहरीले शान्तर भयरहित समाज निर्माणको लागि समुदाय साझेदारी कार्यक्रम सुरुगरेको पनि आम नागरिक र प्रहरी एकै सिक्काको दुईवाटा पाटा हुन। आम नागरिकको जीउधनको सुरक्षाको लागि प्रहरी र आम नागरिकहातेमालो गरेर जानु पर्छ, भन्ने भावना स्थिापीत गर्नु हो ।   यि नै कुराहरुलाई आधार बनाएर युवा हुंकार मासिकले प्रहरी महानिरीक्षकसर्वेन्द्र खनालसंग लिएको अन्र्तवार्ताको संपादित अंश ।   प्रहरीको पछिल्लो समयको कामकारवाीहरुको बारेमा के भन्नु हुन्छ ?शान्ति सुरक्षा, अपराध अनुसन्धान लगायत नीतिगत एवं प्रशासनिकगतिविधिमा उपलब्धीमूलक कार्य गर्न प्रहरी संगठन दृढ रहँदै आएकोछ ।प्रहरी प्रधान कार्यालयद्वारा सोमबार प्रहरी प्रधानकार्यालयमाआयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षकखनाललेउक्त कुरा बताउनुभएको हो । पछिल्लो समय शान्ति सुरक्षामाप्रहरीको गतिशीलता बढेको छ ।   अपराध अनुसन्धानतर्फ प्रगतिभएका छन । नेपाल प्रहरीकाप्रशासनिक गतिविधि, तालिम कार्यक्रम,कार्वाही तथा पुरस्कार, नीतिगत कार्यहरु, संरचनागत कार्यहरु, वजेटतथा आर्थिक नियमितता, आर्थिक नियमितता तथा खरिद वन्दोवस्ती,भौतिक पूर्वाधार, द्विपक्षीय तथा वहुपक्षीय अन्तर्रा्ष्ट्रिय समझदारी,अन्तर्रा्ष्ट्रिय उपलब्धी हाँसिल भएकाछन ।   समुदाय प्रहरी साझेदारी कार्यक्रम किन ल्याईयो ?   यो कार्यक्रममा आम सर्वसाधारणको लागि शान्त र भयरहित समाजनिर्माणको लागि ल्याईएको हो । कार्यक्रम सञ्चालन भएको छोटोसमयमा नै यो अभियान जनताको माझमा निकै नै प्रभावकारी भएकोछ ।   शान्त र भयरहित समाज निर्माणको लागि जनता र प्रहरीहातेमालो गरेर काम गरिरहेकाछन । अहिले बिभिन्न क्षेत्रहरुमा प्रहरी रसमुदायको गतिबिधी हेर्दा पनि हामीले यो कार्यक्रमको प्रत्यक्ष फाईदाआफैले महसुस गर्न सक्छौं ।   निर्मला हत्याकाण्ड र प्रहरीकोअनुसन्धानको बारेमा के भन्नुहुन्छ ?     निर्मला हत्याकाण्ड घटना अनुसन्धानमा नेपाल प्रहरीको इमानदार प्रयास रहेको छ । अनुसन्धानमा विज्ञ समूह प्रयोग गर्ने लगायत सबै प्रयास जारी रहेको छ । छिटो र सही अनुसन्धान होस् भन्ने चाहना पुरा गर्न सबैकोसहयोग आवश्यक रहेको छ । पन्त हत्या प्रकरणमा हतारमा नतिजाखोज्दा केही त्रुटी भएको हो । प्रहरीका केही अधिकृतले काम देखाउनेबहानामा हतारमा नतिजा खोज्दा अनुसन्धानमा त्रुटी भएको हो ।अहिले पनि उक्त घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ, प्रहरीकोआवश्यक स्रोत परिचालन गरी अनुसन्धान भइरहेको छ, गल्ती गर्ने जोकोहीलाई पनि कारवाही गर्छो । प्रशासनिक कारवाही गर्न सिफारिसभएकाहरुलाई त्यहि अनुसार कारबाही र आवश्यक भए फौजदारीसंहिता अनुसार पनि कारवाही गर्छों ।   पछिल्लो समय प्रहरीभित्र साधन र श्रोतको दुरुपयोग हुने गरेको बारेमापनि टिकाटिप्पणी भए नि ?   नेपाल प्रहरीमा सम्पूर्ण साधान श्रोत आवश्यकताको आधारमा उपयोगहुने गरेको छ । संगठनको नीति अनुरुप संगठन र नागरिकको हितमामात्र साधन र श्रोतको उच्चतम प्रयोग हुदै आएको छ । कतिपयनियमसंगत कार्यको गतिविधि बाहिर आएका अनुसन्धानमा असरपर्ने भएकोले त्यस्ता समाचार सम्प्रेषणमा आम सञ्चार माध्यम सजगहुनुपर्छ । संघीय प्रहरी ऐनको चर्चा पनि ,पछिल्लो समय चलेको छ नि ?   संघीय प्रहरी ऐनको लागि प्रहरीले विगत तीन वर्षदेखि नै सहभागीहुँदै तहगत रुपमा समिति बनाई त्यसैको आधारमा सरकारमा सुझावसिफारिस गरिएको छ । संगठनलाई अझै गतिशील बनाउन हरेक कामपरिस्कृत र परिमार्जन भइरहेको छ । नेपाल प्रहरीमा प्रविधिको विकासगर्न विशेष ध्यान दिई हालै डाटा सेन्टर, साइबर ब्यूरोस्थापनाको साथैसिसिटिभि आदिको प्रयोगमा जोड दिइएको छ । प्रहरी जनशक्ति रयुनिट थप गर्ने जनस्तरको मागतर्फ नेपाल प्रहरीले ध्यान दिई प्रकृयाअगाडी बढाएको छ । संगठनका बारेमा भएका टिकाटिप्पणीका बारेमा के भन्नु हुन्छ ?   प्रहरी संगठनले गर्नुपर्ने मूलभूत कामतर्फ संगठन सदैव दृढ भएरलागिरहेको छ । कानुनको अगाडि सबै बराबर हुन्छन् । प्रहरी संगठनसँगसम्बन्धीत नीतिगत कुराहरुमा संगठनले आफ्ना दृष्टिकोण राम्ररीराखेको छ । यसमा सरकारबाट उचित निर्णय हुने अपेक्षा राखिएको छ। संगठनको बृत्ति विकास, नीति निर्माण लगायतका काममा हाल सबैतहका प्रहरी कर्मचारीको सहभागिता रहेको छ । ‘मैले त्यसरी कुनै पनिगाडी दुरुपयोग गरेर चढेको छैन । संगठन निर्माण र बृत्ति विकासकालागि गाडी खरिद गरिएको हो । पुराना गाडीलाई मर्मत गरिएको छ। प्रदेशदेखि लिएर सबै युनिटमा पनि गाडीको व्यवस्था गरिएको छ ।’कुनै पनि प्राइभेट नम्बर राखेर गाडी दुरुपयोग गरेको छैन । भइरहेकागाडीहरुको उच्चतम सदुपयोग गरेका छौ ।सरकारले दिएको बजेट अनुसार नै प्रहरीले आवश्यक सामानहरु खरिदगर्नेदेखि भवन निर्माणतर्फ लागिएको हो । म स्वंम प्रहरीको चेन अफकमाण्डप्रति दृढ रहेको छु । म आएपछि प्रहरीको सरुवा र बढुवालाईपारदर्शी ढंगले सम्पन्न गरी बृत्ति विकासमा उल्लेख्यनियरुपमा कामगरेको छ । अहिलेसम्म पनि बिसं २०१२ सालमा बनेको भबनमाप्रहरीको बिभिन्न कार्यक्रम हुदै आएको छ । जहाँ पाँच सय पनिअट्दैनन् । १६ करोडको भवन र दुई करोडको गाडी मैले घर लैजानेहो र ? उक्त भबन त बन्द्रै मैले अवकास पाईसक्छु ।  


Posted on: 2019-Jan-3

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar