15 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

कथा हवाई यातायातको

11 - Nov-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 – भुवन केसी (जेरोम्) काठमाडौं,
विश्व इतिहासमा सन् १९०३ देखि शुरु भएको हवाई यातायातको एक शताव्दी भन्दा लामो इतिहासमा आजको अवस्थामा आइपुग्दा यस क्षेत्रको अधिकतम विकास भएको मान्न सकिन्छ । सन् १९४८ मा बिच बनया नामक वायुयानलाई बेलायती नागिरक एच वेडर्लन ले काठमाडौंको गौचरणमा सफलतापूर्वक अवतरण गरेको नै नेपालको सन्दर्भमा हवाईयातायातको शुरुवात भएको पाइन्छ  । त्यस पछि सन् १९४९ मा पहिलो पटक काठमाडौं गौचरणमा डकोटा—३ वायुयान अवतरण भयो । सो पश्चात वि.स. २००७ मा भारतको पटना बाट ईण्डियन नेशनल एयसवेजले पहिलो वाणिज्य उडान गर्यो । त्यसपछि क्रमश नेपालमा पनि हवाईयातायातको आवस्यकता महसुस गरियो । सोही आधारमा सन् १९५४ मा गौचर विमानस्थल पक्की बनाईयो ।  सन् १९५४ शाही नेपाल वायुसेवा निगमको स्थापना पश्चात यस क्षेत्रमा व्यवस्थित विकास गर्न गैह्र—सैनिक हवाई उडान ऐन २०१५ लागु गरियो । सन् १९५७ मा तत्कालिन निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत हवाई विभागको विधिवत स्थापना भएपछि सन् १९६० मा नेपालले अन्तराष्ट्रिय नागरिक उड्डयन सङ्गठनको सदस्यता प्राप्त गरेको देखिन्छ ।
  सन् १९८३ मा पर्यटन मन्त्रालय स्थापना भएपछि यसै अन्तर्गत हवाई विभाग राखी सन् १९९८ दिसेम्बर ३१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणको रूपमा सञ्चालनमा ल्याईयो । सन् १९५७ मा तत्कालिन श्री ५ को सरकार निर्माण सञ्चार तथा यातायात मन्त्रालय अन्तर्गत हवाई विभागको स्थापना भएको थियो । गैर—सैनिक हवाई उडान ऐन २०१५ बाट नेपालमा हवाई यातायातको विकास एवं नियमनको व्यवस्था  सस्थागत भएको हो । नेपालले सन् १९६० मा हवाई सेवाको लागि सदस्यता प्राप्त गरेको हो । हवाई यातायाताको बिश्व ईतिहाँसलाई हेर्ने हो भने बिश्वमा १९०३ देखि हवाई सेवा सुुुर भएको देखिन्छ । तर नेपालमा भने आजभन्दा झण्डै ६८ बर्षअघि अर्थात सन् १९४८ मा बिच बनया नामक वायुयानलाई वेलायति नागरिक वेड् लरले काठमाडौंको गौचमा परीक्षण स्वरुप अवतरण गराएका थिए । यो नै नेपालको भुमिमा पहिलो पटक अवतरण भएको हवाई जहाज हो । सो पश्चात गौचरणमा डकोटा–३ नामक भारतीय वायुयान सन् १९४९ मा अवतरण भयो । त्यसपछि वि.स. २००७ मा भारतको पटनाबाट इण्डियन नेशनल एयरवेजले काठमाडौंमा वाणिज्य उडान सुरु गरेको थियो । नेपालमा सन् १९५४ मा शाही नेपाल वायुसेवा निगमको स्थापना भए पछि हवाई मैदानको पनि क्रमिक रुपमा विस्तार हुन थाल्यो । अहिले नेपालमा कुल ४८ स्थानमा हवाई मैदान रहेकाछन । यिक मध्ये केही जिल्लाहरुमा भएका हवाई मैदानको नियमित मर्मत नहुुंदा कुुनै पनि जहाजहरु ल्याण्ड गर्न नसक्ने अवस्था रहेको छ ।   पि.जे. शाह जसले बिताए, आकासमा २५ हजार घण्टा ।   पृथ्वीजंग शाह नेपाली हवाई क्षेत्रमा निकैं नै स्थापित नाम हो । पेशाले पाईलट रहेका शाहसंग २५ हजार घण्टा भन्दा बढी उडान भरेको अनुुभव रहेको छ । पुख्र्योली थलो जाजरकोट भएपनि बिगत लामोेसमयदेखि काठमाडौंमा बस्दै आएका शाहले हवाई सेवामा आवद्ध रहँदा बिदेशमा समेत निकै लामो समय बिताए । सेन्टजेभियर्स स्कुुल जावलाखेलमा पढेका शाहले एसएलसी परिक्षा भने जेपी हाईस्कुुलबाट दिएका थिए । बिसं २०१८ सालमा शाहले एसएलसी परिक्षामा बोर्ड फष्र्ट ल्याएका थिए । त्यसपछि काठमाडौं कै त्रिचन्द्र क्याम्सपमा पढेका शाहले आईएस्सी परिक्षामा पनि बिसं २०२० सालमा डिष्टिङसन ल्याएका थिए । सो पश्चात भने छात्रवृति पाएर उच्च शिक्षाको लागि बेलायत पुुगेका शाहले बेलायतमा कर्मसियल पाईलटको अध्ययन पुरा गरेका थिए ,त्यसपछि भने व्यवसायीक पाईलट बनेका शाहसंग अहिले २५ हजार घण्टा भन्दा बढी उडान भरिसकेको अनुुभव रहेको छ । अनुुभव नै अनभुुवले खारिएका शाहले डिसी—३, एचएस— ७४८, बोईङ—७४७, एयरबस—३००, बोईङ— ७७७ लगायतका जहाजहरु उडाईसकेका छन । पाईलटकोरुपमा नेपालमा २१ बर्षसम्म काम गरे पश्चात सन् १९८७ मा दुुवई ईमिरेट्स एयरलाईन्समा आवद्ध भएका शाह अहिले भने रिटायर्ड लाईफ बिताउँदै आएकाछन । तर कामले भने उनी अझै रिटार्यड भएका छैनन । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय हवाई उड्यनको क्षेत्रमा उनको अनुुभवले निकै नै महत्व राख्ने गरेको छ । सोही कारण पनि शाह हवाई सेवाको बिकास र बिस्तारको लागि बन्ने बिभिन्न योजना तथा नीति निर्माणमा हवाई बिज्ञकोरुपमा रहने गरेकाछन । हवाई सेवालाई सिरियस पेशा मान्दै आएका शाह अन्य यातायात क्षेत्रको तुुलनामा हवाई सेवा निकै नै सुरक्षित भएको बताउँछन । अन्य देशमा हवाई दुुर्घटनाको घटनाहरु कम हुुने गरेता पनि पछिल्लो समय नेपालमा हवाई दुुर्घटना बढ्नुको प्रमुुख कारण भौगोलिक कारण र यो सेवा संग आवद्ध व्यक्तिहरुमा पर्याप्त मात्रामा सैद्धान्तिक एवं व्यवहारिक ज्ञानको अभाव रहनुु उनको बुुझाई छ । नेपालको सिंगो आर्थिक क्षेत्रको बिकासमा हवाई सेवाको निकै ठुुलो योगदान रहेको बताउने शाह यो क्षेत्रको बिकास र बिस्तारबाट मात्र मुुलुकको आर्थिक समृद्धि हासिल गर्ने धारण व्यक्त गर्छन । तर यसको लागि अझै धेरै काम गर्न बाँकी छ, उनी भन्छन ।    कसरी स्थापना भयो, नेपाल नागरिक उड्यन प्राधिकरण ?   नेपालमा हवाई सेवालाई सञ्चालन तथा नियमित गर्नको लागि बिसं २०५५ साल मंसिर २७ गते नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालनमा आएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल) अन्न्र्तगत रहने यो निकायमा पुर्णरुपमा सकारको स्वामित्व रहेको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ अनुसार तत्कालिन हवाई विभाग खारेज भई नेपाल सरकारको पूर्ण स्वामित्व भएको एक स्वशासित सस्थाका रूपमा ई सं १९९८ दिसेम्वर ३१ मा नागरिक उड्यन प्राधिकरणको स्थापना गरिएको हो ।   नागरिक उड्डयनको विकास तथा विस्तार गर्न र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय हवाई सम्पर्कको लागि हवाई उडान हवाई सचार हवाइ पथ प्रदर्शन र हवाई परिवहन सेवाको सञ्चालन सुरक्षित नियमित स्तरीय र प्रभावकारी बनाउनु प्राधिकरणको प्रमुुख उद््ेश्य हो । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ अनुसार संस्थाले प्रचलित कानुन बमोजिम इजाजत प्राप्त वायुसेवा सञ्चालन संस्थाहरूलाई वायुसेवा सञ्चालन गर्न तोकिए बमोजिम अनुमति तथा प्रमाणपत्र प्रदान गर्ने, निलम्वन गर्ने वा रद्द गर्ने, प्रचलित कानुन बमोजिम इजाजत प्राप्त हवाई उडान सम्बन्धी प्रशिक्षण संस्थाको सञ्चालन गर्न तोकिए बमोजिम अनुमति तथा प्रमाणपत्र प्रदान गर्ने निलम्वन गर्ने वा रद्द गर्ने, प्रचलित कानुन बमोजिम इजाजत प्राप्त वायुयान तथा वायुयानको पार्टपूर्जाहरूको उत्पादन मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत ओभरहल गर्ने संस्थाहरूलाई तोकिए बमोजिम अनुमति दिने तथा त्यस्तो संस्थामा काम गर्ने प्राविधिज्ञलाई तोकिए बमोजिम इजाजत कार्य क्षमताको स्तरीकरण रेटिङ्ग तथा प्रमाणपत्र दिने नवीकरण गर्ने रद्द गर्ने स्थगित गर्ने फिर्ता गर्ने तथा त्यस्तो इजाजत कार्य क्षमताको स्तरीकरण रेटिङ्ग र प्रमाणपत्र दिने सम्बन्धमा आवश्यक योग्यता तोक्ने तथा परीक्षा लिने काम गर्दछ ।   यसैगरी वायुसेवा सञ्चालनसँग सम्बद्ध तोकिए बमोजिमको योग्यता प्राप्त व्यक्तिहरूलाई तोकिए बमोजिम इजाजत कार्य क्षमताको स्तरीकरण रेटिङ्ग तथा प्रमाणपत्र दिने नवीकरण गर्ने रद्द गर्ने स्थगित गर्ने फिर्ता गर्ने तथा त्यस्तो इजाजत कार्य क्षमताका स्तरीकरण रेटिङ्ग र प्रमाणपत्र दिने सम्बन्धमा आवश्यक योग्यता तोक्ने र परीक्षा लिने कार्य पनि प्राधिकरण कै रहेको छ । अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठनको सदस्य राष्ट्र वा त्यस्तो राष्ट्रबाट अधिकार प्राप्त सङ्घ संस्थाबाट वायु सेवा सञ्चालनसँग सम्बन्धित विषयहरूमा प्रदान गरेको इजाजत कार्य क्षमताको स्तरीकरण रेटिङ्ग तथा प्रमाणपत्रहरू र वायुयान मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत ओभरहल गर्ने संस्थालाई नेपाली वायुयानको मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत ओभर हल गर्न मान्यता दिने अधिकार पनि प्राधिकरण कै रहेको छ । यि बाहेक वायुयानको तोकिए बमोजिम दर्ता रजिष्ट्रेशन गर्ने र चिन्ह आदि मार्किङ्ग गर्ने, वायुयानको तोकिए बमोजिम उडान योग्यताको प्रमाणपत्र सर्टि्फिकेट अफ एयरवर्दिनेश दिने नवीकरण गर्ने र खारेज गर्ने, वायुयानको उडान वायुयानबाट यात्रु डाँक तथा मालसामान ओसार्ने र अन्य औद्योगिक व्यवसाय सम्बन्धी कामको निमित्त वायुयानको प्रयोग गर्न पाउने अवस्थाहरू तोक्ने, वायुयान वायुयान राख्ने स्थान वायुयान उडान तथा वायुयान सेवा साचालन सम्बन्धी व्यवस्था र वायुयान मर्मत तथा परीक्षण सहितको विस्तृत मर्मत ओभरहल गर्ने स्थानको निरीक्षण गर्ने, प्रचलित कानुन बमोजिम नेपाल सरकारले निषेध गरेको क्षेत्र तथा स्थान बाहेक नेपाल अधिराज्यभित्र वायुयान प्रवेश गर्ने नेपाल अधिराज्यबाट वायुयान प्रस्थान गर्ने नेपाल अधिराज्यमाथि उडान गर्न पाउने अवस्था हवाई मार्ग र वायुयान अवतरण गर्ने स्थानहरू तोक्ने, विमानस्थल तथा विमानस्थल क्षेत्रभित्र अग्नि निवारण तथा जीवनोद्धार सेवा उपलब्ध गराउने र खोज तथा उद्धार कार्यमा समन्वय गर्ने, विमानस्थलमा भूमिस्थ सेवा ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन गर्ने गराउने, दृष्टिगत र यान्त्रिक उडान भिजुयल एण्ड इन्टुस्मेण्ट फ्लाईट गर्ने तथा हवाई मानचित्र एरोनटिकल चार्टस्को आवश्यकता तोक्ने त्यस्तो मानचित्र तयारगर्ने तथा प्रचलन गर्ने र उडानको लागि मौसम सम्बन्धी सूचना आदान प्रदान गर्ने, हवाई यातायात सेवा तथा सो सम्बन्धी विषयको प्राविधिक जाँचबुझ गर्न प्राधिकरणले आफ्नो वायुयान राख्ने र प्रयोग गर्ने अधिकार दिने काम पनि प्राधिकरणले नै गर्दे आएको छ ।   हवाई उडान सेवा एयर ट्राफिक सर्भिस हवाई उडान सूचना सेवाहरु जस्तै लाईट इन्फर्मेशन सर्भिस सचेत गर्ने सेवा एलर्टिङ्ग सर्भिस हवाई उडान सल्लाह सेवा एयर ट्राफिक एडभाइजरी सर्भिस हवाई उडान नियन्त्रण सेवा एयर ट्राफिक कन्ट्रोल सर्भिस र हवाई पथ प्रदर्शन सेवा तथा सुविधा एयर नेभिगेशन सर्भिस तथा फेसिलिटिज क्षेत्र नियन्त्रण सेवा एरिया कन्ट्रोल सर्भिस पहुँच क्षेत्र नियन्त्रण सेवा एप्रोच कन्ट्रोल सर्भिस तथा विमानस्थल नियन्त्रण सेवा एरोड्रम कन्ट्रोल सर्भिस उपलब्ध गराउने, हवाई सञ्चार सम्बन्धमा प्रयोग गरिने नापको एकाइ तोक्ने वायुयानद्वारा वा वायुयानमा सन्चारको निमित्त प्रयोग गरिने संकेत र त्यस्तो संकेत दिँदा प्रयोग हुने यन्त्र तोक्ने, वायुयानको आवाज नियन्त्रण गर्ने र वायुयान सञ्चालनबाट वायुमण्डल तथा वातावरणमा हुने प्रदूषणमा रोक लगाउने, खतराजन्य वस्तु तथा पदार्थहरूको वायुयानद्वारा ओसार पसार गर्न निषेध तथा नियन्त्रण गर्ने र परिमाण तोक्ने, हवाई उडान अनुमति प्रदान गर्ने र वायुयानका चालकहरूको काम कर्तव्य उडान तथा विश्राम समय तोक्ने र हवाई यातायात सेवा सञ्चालनमा लाग्ने यात्रु तथा मालसामानको ढुवानीको भाडा दस्तूर निर्धारण गर्ने सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने काम पनि प्राधिकरणले गर्ने गरेको छ ।   तर पछिल्लो समय भने प्राधिकरणको कार्यकलाई पनि दुुई भागमा बर्गिकरण गर्ने तयारी भएको छ । यस अन्र्तगत पहिलोमा नियनकारी निकायकोरुपमा कार्य गर्ने छ । जसअनुुरुप बायुुसेवा सञ्चालनको लागि अनुुमती दिने, नियमसंगरुपमा काम गरेको छ, छैन नियमन गर्ने, नियमसंगतरुपमा काम नर्गने संस्थाको अनुुमती खारेज गर्ने लगायतका कार्यहरु गर्दछ । दोस्रोमा भने प्राधिकरणले सेवा प्रदायक संस्थाकोरुपमा काम गर्ने छ । यस अन्र्तगत एयरपोर्टको निर्माेण, मर्मत संहार आदि पर्दछन ।    किन आवस्यक भयो ? नेपालमा हवार्इ यातायात 
नेपालमा जल यातायातको संभावना निकै नै कम रहेको छ । सिंगो मुुलक नै भुुपरीबेष्टित भएकाले यहाँ सबैभन्दा सजिलो र भरपर्दो यातायात हवाई यातायात नै हो । उच्च हिमाल, पहाड जस्ता जटिल भू बनौटले सडक यातायात समेत अपेक्षित रूपमा विकास हुन नसकी यस वाट समेत जनताहरू लाभान्वित हुन सकिरहेका छैनन् । यो अवस्थामा सुगम यातायातबाट बञ्चित क्षेत्रका जनताका लागि न्यूनतम आधारभूत आवश्यकताहरु खाद्यान्न, ओषधि ओसार पसार गर्न र आवागमनको निम्ति हवाई यातायातको आफैमा बढी महत्व रहन गएको छ । एक स्थानबाट अर्को स्थानमा छिटो पहुच हुने, खोज तथा उद्धार, दैवी विपत्ती एव व्यापारिक प्रयोजनका साथै यात्राहरूको श्रङ्खलामा हवाईयात्रा सुरक्षित, आरामदायी ,छिटो र रोमाञ्चक यात्रा भएबाट यसको महत्व अझैबढी भएको देखिन्छ । प्राकृतिक सौन्दर्य, पुरातात्विक महत्व, जैविक विविधता, अनुपम दृष्यावलोकन, साहसिक पर्यटन क्षेत्रको विकास मार्फत राष्ट्रिय अर्थतन्त्र अभिबृद्धि गर्न समेत यसको विशेष भूमिका रहन्छ । 
 
चुस्त दुरुस्तत हवार्इ सवोका लागि यस्ता छन ऐन नियमहरु 
नेपालमा हवाई सेवालाई चुुस्त दुुरुस्त बनाउनको लागि झण्डै एक दर्जन ऐन, नियमहरु सञ्चालनमा रहेकाछन । यसले हवाई सेवाको नियमित उडान देखि, सञ्चालन अनुुमती, नयाँ एयरर्पोटको निमार्ण तथा सञ्चालन, सञ्चालनमा रहेका बिमानस्थलको स्त्तरोन्ती तथा मर्मत संम्हार, कर्मचारीहरुको सेवा सुुबिधा तथा अवधि आदि समेतलाई व्यवस्थीत गर्ने गर्दछ । यस अन्र्तगत नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३, नेपाल नागरिक उड्यन प्राधिकरण कर्मचारीहरूको सेवाका शर्त र सुविधा सम्वन्धि नियमावली २०५६, गैह्र—सैनिक हवाई उडान ऐन २०१५, नागरिक उड्डयन नियमावली २०५८, विमानस्थल दस्तूर नियमावली २०३८, हवाई सुरक्षा (व्यवस्था) नियमावली २०४६ र हवाई नीति २०६३ रहेकाछन । यि ऐनहरुलाई आवस्यकता अनुसार सरकारले समयसापेक्षरुपमा परिमार्जन समेत गर्दे आएको छ ।    नेपालमा हवाई सेवा सञ्चालन सम्वन्धी ऐन नियमहरु क्र.स   १ नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ २ प्राधिकरण कर्मचारीहरूको सेवाका शर्त र सुविधा सम्वन्धि नियमावली २०५६ ३ गैह्र—सैनिक हवाई उडान ऐन २०१५ ४   नागरिक उड्डयन नियमावली २०५८ ५ विमानस्थल दस्तूर नियमावली २०३८ ६ हवाई सुरक्षा (व्यवस्था) नियमावली २०४६ ७ हवाई नीति २०६३   नेपालको पहिलो पाईलट श्रेष्ठ     नेपालको हवाई यातायातको ईतिहाँस सगै पाईलटको ईतिहाँस कोट्याउने हो भने नेपालको पहिलो पाईलटकोरुपमा बिके श्रेष्ठलाई लिने गरिएको छ । पहिलो महिला पाईलटकोरुपमा रक्षा राणालाई लिने गरियता पनि नियमित उडान गर्ने पहिलो महिला प ा र्इ  ल ट क ा े रु प म ा भने सोनी राणालाई लिने गरिएको छ । नेपालमा तत्कालीन शाही नेपाल वायुसेवा निगमको स्थापना हुनुुअघि भारतको कलिगा एयरमा पहिलो नेपाली पाईलट बिके श्रेष्ठ सहित रमेशचन्द्र पोखरेल र केके श्रेष्ठले व्यवसायीयक पाईलटकोरुपमा काम गर्दे आएका थिए । नेपालमा भने शाही नेपाल वायुसेवा निगमको स्थापना भएपछि पश्चात श्रेष्ठ सहितका तीन जनाले काम सुरु गरेका थिए । सो पश्चात पनि थप तीन जना पाईलटले पाकिस्तानको कराँचीमा तालिम लिएका थिए । नेपालका हवाई उडानको लागि अनुुमती पाएपछि नियमितरुपमा ४८ बर्षसम्म उडान भर्न सक्ने व्यवस्था रहेको छ । पाईलट कै ईतिहाँस हेर्दा नेपालमा  सन १९९२ देखि १९९५ सम्म दक्ष पाईलटको निकै नै अभाव रहेको थियो ।   त्यसको ठिक १५ बर्ष पछि भने हवाई यातायातको लागि पर्याप्त मात्रामा पुर्वाधारको बिकास हुुन नसक्दा पाईलटहरु बेरोजगार हुुनुुपरेको थियो । स्न १०९५ सम्म पनि नेपालका पाईलटहरुले भारतमा पाईलट कै रुपमा काम गर्दे एवं पढ्दै आएका थिए । हालको समयमा भने नेपाली विद्यार्थीहरु पाइलट पढ्नका लागि फिलिपिन्स, अमेरीका र दक्षिण अफ्रिकामा जान गरेकाछन । हजाई उडान सम्वन्धी प्राविधिक, व्यवहारिक एवं सैद्धान्तिक शिक्षा लिन कै ला झण्डै ३१ लाख रुपैयाँ खर्च लाग्ने गर्छ । पाईलटहरुको पारिश्रमिक आर्कषक हुुने र सामाजिक प्रतिष्ठा पनि उच्च हुुने हुंदा पछिल्लो समय हवाई सेवामा महिलाहरुको आर्कषण पनि बढ्दै गएको छ । तत्कालीन समयमा नेपाल वायुसेवा निगमकी क्याप्टेन सोनि राणाले सन १९९१ बाट नेपालमा जहाज उडाउन सुरु गरे सगैं हवाई क्षेत्रमा महिलाहरुको आर्कषण पनि बढ्न थालेको हो । नेपाल नागरिक उडयन प्राधिकरण अन्तर्गतको हवाइ उडड्यन सुरक्षा विभागका अनुसार हाल नेपालमा ५० जना महिलाले पाइलटको इजाजत लिएका छन् । जसमध्ये सन २००८ पश्चात् कमर्सिएल पाइलट लाइसेन्स अर्थात् तर रोजगारी नपाएका महिलाका ेसख्ंया २९ जना रहेको छ ।   बुद्ध एयरकी क्याप्टेन भावना पन्त विगत १३ बर्षदेखि जहाज उडाउँदै आएकी छिन् । छ वर्ष नेकोन एयरमा कोपाइलटका रुपमा कार्यरत पन्तले कार्यदक्षताकै आधारमा बुद्ध एयरमा प्रवेश गरेको एक वर्षमा नै क्याप्टेनको जिम्मेवारी पाएकी  हुुन । नेपालमा पाइलट पेशामा कार्यरत महिला मध्ये चार जना क्याप्टेन रहेका छन । क्याप्टेन महिला पाइलटमा नेपाल वायुसेवा निगमकी सोनी राणा, बुद्ध एयरकी भावना पन्त, यती एयरकी सविना श्रेष्ठ र प्रसंसा श्रेष्ठ रहेका छन् ।   नेपालमा कार्यरत महिला पाइलटमध्ये बुद्ध एयरमा झण्डै आठ जना, यती एयरमा झण्डै सात जना, अग्नी र नेपाल एयरलाइन्समा २÷२ जना, काष्ठमण्डप र सीता एयरमा १÷१ जना महिला पाइलट रहेकाछन । यसमध्ये केही एयरलायन्सले पछिल्लो समय आफ्नै कारणले उडान बन्द गरेको छ, जस्तै अग्नि एयरलायन्स । नेपालमा सन १९९१ मा सोनी राणाबाट सुरु भएको महिला पाइलट पेशामा २७ जना पुगेकोे भएपनि  दुई जनाले दुर्घटनमा परि ज्यान गुमाए पश्चात चार जनाले पेशा नै परिवर्तन गरेको हवाई क्षेत्रमा काम गर्ने व्यक्तिहरु बताउँछन । यति एयरलायन्समा १६ वर्षदेखि जहाज उडाउँदै आएकी वरिष्ठ क्याप्टेन सविना श्रेष्ठ नेपालको पहिलो महिला प्रशिक्षक पाइलट बन्न सफल भइन । यसलाई उडयनको भाषामा आईपी रेटेड क्याप्टेन भनिन्छ । नेपाली महिला पाइलटका लागि यो ठूलो उपलब्धि हो । नागरिक उडड्यन प्राधिकरणका अनुसार अहिलेसम्म झण्डै पाँच सय ८३ जनाले एयरलायन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स लिएका छन । यसमध्ये करिब ३० जना महिलाहरुले उडान भरिरहेकाछन् ।   नेपालको हवाई सेवा कम्पनीहरु    नेपालमा हवाई यातायाताको निकैं नै ठुुलो संभावना रहेको छ । नेपाल पहाडी मुुलक भएकाले यातायात सबैभन्दा सजिलो र भरपर्दो साधन हवाई यातायात नै हो । भौगोलिक बिकटताका कारणले सडक यातायात निकै खर्चिलो र जोखिम पुुर्ण हुुने र जलयातायातको संभावना नभएकाकारण पनि हवाई यातायातको महत्व चुलिएको हो । मुुलुुकले पछिल्लो समय पर्यटन उद्योगलाई आर्थिक समृद्धिको आधार मान्दै आएको छ । यसअर्थमा पर्यटन उद्योगको बिकासका लागि पनि हवाई यातायातको निकै नै ठुुलो महत्व रहेको छ । सरकारले भिजन २०—२० मा मार्फत २० लाखको संख्याको बिदेशी पर्यटक मुुलक भित्र्याउने लक्ष्य लिएको छ । यो लक्ष्य तव मात्र संभव हुुन्छ, जव नेपालले पर्याप्त मात्रामा हवाई यातायाताको बिकास गर्न सक्छ । अर्को तर्फ पछिल्लो समय आम नेपाली जनताको आम्दानी बढेसंंगै घुुम्ने सस्कृती बढेकाकारण पनि नेपालमा हवाई यातायातको निकै नै ठुुलो संभावना रहेको देखिन्छ । यही संभावनालाई ध्यानमा राखेर पछिल्लो समय नेपालमा सरकारी तथा नीजि समेत गरी झण्डैं एक दर्जन कम्पनीहरुले हवाई सेवा सञ्चालन गर्दे आएकाछन । यस अन्र्तगत सरकारी स्वामित्वको नेपाल बायुुसेवा निगम रहेको छ भने नीजि क्षेत्रद्धारा सञ्चालित हवाई सेवा प्रदायक संस्थाहरुमा यती एयरलाईन्स,  बुुद्ध एयर, कस्मिक एयर,  अग्नि एयरलाईन्स, सिता एयर आदि रहेकाछन ।  सन १९५७ मा नेपालमा हवाई विभाग र १९५८ मा वायुसेवा निगम स्थापना भएको हो । त्यसपछि काठमाडौंको त्रिभुवन बिमानस्थललाई १९६४ मा अन्तर्रा्ष्ट्रिय विमानस्थल घोषणा गरिएको थियो । हवाई सेवाको माग बढ्दै गएपछि सरकारले १९९२ बाट आन्तरिक उडानमा निजी क्षेत्रको पनि प्रवेश भएको हो । नेपालमा नेपाल सरकार, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई मात्र हवाइसेवा सञ्चालनको इजाजत प्रमाण दिने अधिकार छ । हालसम्म मन्त्रालयले ८४ कम्पनीलाई विभिन्न किसिमका वायुसेवा सञ्चालनको लागि लाइसेन्स उपलव्ध गराएको छ । तर लाइसन्स पा्रप्त कम्पनीहरु मध्य ३५ प्रतशत मात्रल हवार्इ उडान गर्द आएका छन । त्यसगैरी आन्तरिक उडानतर्फ लाइसन्स पाएकामध्य नौ वटा मात्र विमान सञ्चालनमा छन ्। अकार्तेर्फ १८ वटा हेिलकप्टर कम्पनील अनमुति पाएकामो हाल पाचँवटाले मात्र उडान भर्दै आएका छन ।    नेपालमा हवाई सेवा सञ्चालन गर्ने सरकारी तथा नीजि संस्थाहरु क्र.स संस्थाको नाम १ नेपाल वायुसेवा निगम २ यती एयरलाईन्स ३ बुद्ध एयर ४ कस्मिक एयर ५ अग्नी एयरलाईन्स ६ सीता एयर ७ गोरखा एयरलाईन्स ८ श्री एयरलाइन्स ८ हिमालयन एयरलाइन्स       हवार्इ यातायातको बिकासले खोल्यो होस्टेसको ढोका   तत्कालीन समयमा पाइर्लट कासेर्को लागि बिदशे गए सग ैएयर हास्ेटसे तालिमको लागि पनि बिदशे जानपुर्न ेबाध्यता नपोलमा रहको ेथिया े। आधिकारिक रुपमा सन् २००० सालदेिख नपोलमा एयर हास्ेटसेका ेतालिम दिन थालिएक ेहा े। सा ेपश्चातबिस ंसन् २००४ सालमा स्थापना भएका ेबानश्ेवरका ेएयर हास्ेटसे ट«िेनङ इन्स्टिच्यटुल ेतालिम दिइरहको ेछ । सन २०१४ देिख भननेपोलमा एयर हास्ेटसे अध्ययन गरको विद्याथीर्ल ेविदशेी एयर लाइन्स कम्पनी तथा ग्राउन्ड एयर हास्ेटसेमा राजेगारी पाउन थालपेछि तालिम लिनहेरुका ेसख्ंयामा बृद्वि हदु ैगएका ेछ ।   एयर हास्ेटसेल ेनपोललगायत विदशेमा पनि राम्रा ेअवसर पाउन थालको छन । नपोली एयर हास्ेटसेल ेकतार एयरवजे, एयर इमिरडे, गल्फ एयर, आमेन एयरवजे, फ्लाइट दवुइर्, एयर अरबिया, एयर एसिया, राख अल खमौ एयरवजेमा राजेगारी पाउन ेगरको छन । त्यसगैरी, यरुाेिपयन तथा अमेिरकन हवाई जहाज कम्पनीमा पनि राजेगारी पाउन थालपेछि या ेपशोमा धरेै म  िह ल ा ह रु आकषिर्त हनु थालको छन । एयर हास्ेटसेका रुपमा काम महिला र परुुष दवुलै ेकाम गर्न े प्रचलन छ । यस पसोमा काम गर्न े एयर हास्ेटसे आकषर्क हनुपुर्छ । एयर हास्ेटसे बन्नका लागि न्यनूतम प्लस टसुम्म अध्ययन गरकेो हनुपुर्छ । एयर हास्ेटसेलेअगंजे्री भाषा अनिवार्य रुपमा जानको ेहनुपुर्छ। अगंजे्री भाषासगं  हिन्दीसहित अन्य भाषा पनि बाल्न जानकेो खण्डमा राजेगारीको सभांवना अझ बढी हनुुेगदर्छ ।   नेपालमा भएका हवाई दुुर्घटनाहरु   हवाई सेवाको बिकास संगै नेपालमा हवाई दुुर्घटना पनि बढ्दै गएको छ । पहाडी धरातलको उडान, मौसमी परिवर्तन,प्रयाप्त सूचनाको को लागी विमानस्थलमा आधुनिक उपकरणको अभाव र पुराना मोडेलका हवाई जहाजको कारणले पनि हवाई दुुर्घटनाका संख्याहरु बढ्दै गएकाछन । हालसम्म नेपालमा झण्डै ७५ बटा हवाई दुर्घटना भईसकेकाछन । यसबाट स्वदेशी तथा बिदेशी नागरिक समेत गरी सात सय ५० को हाराहारीमा मानिसहरुको मृत्यु भईसकेको छ । पछिल्लो समय पोखराबाट जोमसोमको  लागी उडेको नेपाल वायुसेवा निगमको ९—एन एबिओ विमान जोमसोम विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना भयो ।   यसअघि काठमाण्डौ बाट सोलुखुम्वुको लुक्लाको लागी उडेको सीता एयरको नाइन एन एचए डोर्नियर विमान अन्तराष्ट्यि विमानस्थल नजिक मध्यपुर ठिमी नगरपालीका–१६ मनोहरा खोलामा दुर्घटना भयो । सो दुुर्घटनामा परी १९ जनाको मृत्य भयो । सन् १९५५ मा नेपाली भुुमिमा कालिंगा एयरको बिमान दुुर्घटना भयो । त्यसको ठिक एक बर्षपछि अर्थात सन् १९५८ मा कालिंगा एयर कै गर्छन । पारिश्रमिकको अपर्याप्तता र समयमै भुक्तानीको व्यवस्था नहुँदा पनि पाइलटलाई मानसिक रूपमा तनाव हुने र त्यसले उडानमा समेत असर पार्न सक्ने देखिन्छ ।    तर भौगोलिक रूपमा नेपालमा उडान कार्य कठिन भए पनि आवश्यक संरचनाको पर्याप्त व्यवस्था भएमा दुर्घटना कम हुँदै जाने उड्डयनसँग सम्बन्धित विज्ञको भनाइ छ । मौसम र भूगोलभन्दा पनि मानवीय त्रुटिलाई सक्दो कम गराउँदै जाने हो भने भविष्यमा नेपालले ठूला दुर्घटनाबाट सुरक्षित रहन सक्ने बिज्ञहरु बताउँछन । हवाई दुर्घटनापछि गठन गरिएका छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने अर्को जहाज ललितपुरको टिकाभैरवमा दुुर्घटना भयो ।  सन् १९६२ मा नेपाल एयरलाइन्सको विमान ढोरपाटनमा दुर्घटना भयो । यसैगरी सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाडामा दुर्घटना भयो  । सन् १९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लीमा दुर्घटना भयो । पछिल्लो समय हवाई जहाज दुुर्घटनाको संख्या झन बढ्दै गएको छ । नेपालमा हवाई इतिहासको झण्डै ६८ वर्ष झण्डै ७५ हवाई दुर्घटनामा सात सय ५० को हाराहारीमा मानिसहरुको मृत्य भईसकेको छ ।   नेपालमा हवाई दुुर्घटनाको प्रमुुख कारणकोरुपमा प्राकृतिक, भौगोलिक संगै मानवीय त्रुुटी नै महत्वपुर्ण रहने गरेको छ । हवाई कम्पनीले सीमित सङ्ख्यामा मात्र पाइलट राख्ने भएकाले पनि एउटै पाइलटलाई त्यसको बोझ बढी परिरहेको क्याप्टेन परोल अधिकारी बताउँछन । कम्पनीहरूले विकल्पमा अर्को चालक दल नराख्ने र एउटै समुहले उडान गरिरहँदा पर्याप्त आराम नपाउने जस्ता समस्या नेपालमा छ’ अधिकारीले सञ्चारमाध्यमहरुसंग भनेकाछन । एउटै चालक दलले उडान गर्नुपर्दा एउटा उडान पुरा नहुँदै अर्को उडानको चिन्ता रहने भएकाले पनि पाइलट मानसिक रूपमा तनावमा रहने  नेपालमा भएका हवाई दुुर्घटनाहरु लागी उडेको नेपाल वायुसेवा निगमको ९—एन एबिओ विमान जोमसोम विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना भयो । यसअघि काठमाण्डौ बाट सोलुखुम्वुको लुक्लाको लागी उडेको सीता एयरको नाइन एन एचए डोर्नियर विमान अन्तराष्ट्यि विमानस्थल नजिक मध्यपुर ठिमी नगरपालीका–१६ मनोहरा खोलामा दुर्घटना भयो । सो दुुर्घटनामा परी १९ जनाको मृत्य भयो । सन् १९५५ मा नेपाली भुुमिमा कालिंगा एयरको बिमान दुुर्घटना भयो । त्यसको ठिक एक बर्षपछि अर्थात सन् १९५८ मा कालिंगा एयर कै गर्छन । पारिश्रमिकको अपर्याप्तता र समयमै भुक्तानीको व्यवस्था नहुँदा पनि पाइलटलाई मानसिक रूपमा तनाव हुने र त्यसले उडानमा समेत असर पार्न सक्ने देखिन्छ ।     तर भौगोलिक रूपमा नेपालमा उडान कार्य कठिन भए पनि आवश्यक संरचनाको पर्याप्त व्यवस्था भएमा दुर्घटना कम हुँदै जाने उड्डयनसँग सम्बन्धित विज्ञको भनाइ छ । मौसम र भूगोलभन्दा पनि मानवीय त्रुटिलाई सक्दो कम गराउँदै जाने हो भने भविष्यमा नेपालले ठूला दुर्घटनाबाट सुरक्षित रहन सक्ने बिज्ञहरु बताउँछन । हवाई दुर्घटनापछि गठन गरिएका छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने अर्को जहाज ललितपुरको टिकाभैरवमा दुुर्घटना भयो ।  सन् १९६२ मा नेपाल एयरलाइन्सको विमान ढोरपाटनमा दुर्घटना भयो । यसैगरी सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाडामा दुर्घटना भयो  । सन् १९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लीमा दुर्घटना भयो । पछिल्लो समय हवाई जहाज दुुर्घटनाको संख्या झन बढ्दै गएको छ । नेपालमा हवाई इतिहासको झण्डै ६८ वर्ष झण्डै ७५ हवाई दुर्घटनामा सात सय ५० को हाराहारीमा मानिसहरुको मृत्य भईसकेको छ ।    गरेको पाइएको छ । सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक— पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिश गर्ने गरेको छ । तर प्रतिवेदन कार्यान्वयन गर्ने तर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ । अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले पनि हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिदैं दुर्घटनाको जोखिम कम गर्न सहजीकरण गर्न गर्दे आाएको छ । समस्या न्यून हुनुको साटो बढ्दै गएको छ । समस्या लगातार बढ्दै गएका कारण कुनै न कुनै रुपमा समाधानको दीर्घकालीन नीति लिनुु आवस्यक भएको छ ।      समृद्धि र विकासका लागि निजगढ बिमानस्थल   बिकास भनेको जनताको लागि हो । बिकासबाट नै सिंगो मुुलुुकले आर्थिक समृद्धि हाँसिल गर्न सक्छ । यसमा कसैको दुुई मत छैन । तर बिकासले कहिले पनि बिनास निम्त्यताउनु हुुदैन । बिकास प्रकृतिमा रहेको श्रोत र साधनको संरक्षण गरेर हुुनुुपर्छ । अहिले निजगढमा दोस्रो अन्तराष्ट्रिय विमानस्थल बनाउने बिषयलाई लिएर सतहमा आएको बिवाद पनि यही नै हो ।  िब क ा स क ा े नाउँमा लाखौं हेक्टर जंगल मास्नुु हुदैन भन्ने आवाज नेपाल वातावरण पत्रकार समुह तथा वातावरणबिदहरुले उठाईरहेकाछन । यो बिषयमा संस्कृति तथा पर्यटन मन्त्रालयले  िब म ा न स् थ ल क ा े लागि काटिएका रुख बराबरको पुन बृक्षारोपण गर्ने भनेपनि त्यो कुरालाई पत्याई हाल्न वातावरण बिदहरु तयार छैनन । यही अर्थमा वातावरणबिदहरुलाई केहीले बिकास बिरोधी पनि भनेकाछन । तर यसो भन्नुु गलतपनि हुुन सक्छ । बिकास भनेको मानिस कै लागि आवस्यक छ । तर सिंगो मानव समाज र जलचर प्राणिको बासस्थान नै नष्ट गर्ने प्राकृतिक चक्र नै अवरुद्ध हुुने गरी गरिने बिकासले कुुनै पनि अर्थ राख्दैन, त्यसले अन्तत्गोता बिनास नै निम्ताउँछ । अहिले विमानस्थलका लागि कति जग्गा चाहिन्छ, कति रूख काट्ने, कहिले काट्ने, जंगल मासेर एयरपोर्ट बनाउने वा नबनाउने भन्नेमा धेरै प्रश्न उठेका छन् । पर्यटन मन्त्रालयले २५५६ हेक्टर जमिनका रूख काट्न वन मन्त्रालयमा परिपत्र गरे पनि निजगढ विमानस्थल निर्माणको अध्ययन गरेको कोरियन कम्पनी ल्याण्ड मार्क वर्ड वाइडले एयरपोर्टका लागि पहिलो चरणका लागि १०८४ हेक्टर र दोस्रो चरणको विस्तार  गर्दा पनि जम्मा १३०० हेक्टर जमिन भए पुग्ने उल्लेख गरेको छ । निजगढ एयरपोर्टका लागि पर्यटन मन्त्रालयबाट २५ सय हेक्टरभन्दा धेरै क्षेत्रफलको रूख कटानीका लागि पत्राचार गरिसकेको छ ।   तर यसलाई सजिलै संग स्वीकृती दिने पक्षमा बनमन्त्री शक्ति बहादुर बस्नेत तयार छैनन । यस बिषयमा पर्यटन मन्त्रालयलयले प्रधानमन्त्रीसंग पनि आवस्यक परामर्श गरिरहेको बताउँदै आएको छ । यही बिषयलाई लिएर बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको निजगढ बिमानस्थल बनाउनको लागि बनले छेक्दैन भन्ने भनाई सार्वजनिक भईसकेको छ भने रुख काट्ने कुुराई अतिरञ्जित नगर्न पर्यटन तथा नागरिक उड्यन मन्त्री रबिन्द्र अधिकारीले आग्रह गर्दे आएकाछन । नेपाल बन प्राविधिक संघका अध्यक्ष कुुमुुद श्रेष्ठले भने बन मासेर स्मार्ट सिटी बनाउनुु हुुदैन भन्दै आएकाछन । यता बनबिज्ञ डा. केशवराज कडेँलले भने बिमानस्थललाई बन दिदैंमा नेपाल मरुभुुमी नबन्र्ने बताउँदै आएकाछन । खैर बारा बिमानस्थल निर्माणको सरकारी तथा गैर—सरकारी क्षेत्रबाट जतिसुुकै टिका टिप्पणी भएपनि बारा बिमानस्थल बन्नुु पर्छ । नेपालको आर्थिक बिकास समृद्धिको लागि नयाँ बिमानस्थतल पनि चाहिन्छ, बन पनि चाहिन्छ । यसको लागि सबै निकायहरुले आफुले व्यक्त गरेको प्रतिवद्धता पुरा गर्नुुपर्छ । बिमानस्थल निर्माणको लागि जति रुख काटिन्छ, त्यही संख्यामा रुख रोपिनुु पर्छ ।    के छ, कोरियन कम्पनी ल्याण्डफिलको प्रतिवेदनमा    बिमानस्थलको दोस्रो चरणको विस्तार भैसक्दा पनि निजगढ विमानस्थलले १३,०० हेक्टर जमिन मात्र ओगट्ने ल्यान्डमार्कको प्रतिवेदनमा उल्लेख छ । दोस्रो चरणको विस्तारमा विमानस्थलसँगै नयाँ सहर बसाल्ने हो भने थप ६०० हेक्टर जग्गा चाहिने ल्यान्डमार्कले जनाएको छ । यसरी १३०० हेक्टरको विमानस्थल र ६०० सय हेक्टरको सहर बसाल्ने हो भने ठूला तथा मझौला गरी ४ लाख ६८ हजार ४ सय ९८ रूख काट्नुपर्ने इआइए प्रतिवेदनमा छ । ल्यान्डमार्कले प्रस्ताव गरेको यो नयाँ सहर विमानस्थलको उत्तरपट्टि हो, जहाँ घना जंगल छ । बहुमूल्य जंगल मासेर नयाँ सहर बसाउने कि नबसाउने ? विमानस्थल निर्माणसँग जोडिएको एउटा महत्वपूर्ण प्रश्न यो पनि हो ।   आयोजनाले निजगढ विमानस्थल निर्माणको लागि एउटा रुख काटे वापत २५ वटा रुख रोप्ने प्रतिवद्धता व्यक्त गरेको छ । त्यो प्रतिवद्धता पुुर्णरुपमा व्यवहारमा लागुु हुनुुपर्छ। त्यो रुख रोपेर मात्र हुुदैन, हुुर्काउनुु पनि पर्छन । त्यहीको पर्यावरण बन क्षेत्रमा पाईने जलचरको पनि संरक्षण र जीवन रक्षा गरी पुुर्नस्थापित गनुुर्पछ । बिमानस्थल निर्माणको लागि जति पनि जमिनहरु आवस्यक पर्छ, जति नागरिकको घरजग्गा उक्त बिमानस्थलमा पर्छ, ति नागरिकरुले उचित क्षतिपुुर्ति पाउनुु पर्छ । बिमानस्थल निर्माण भई सञ्चालनमा आएपछि पनि योग्यताका आधारमा  ति क्षेत्रका स्थानीय जनताहरुलाई रोजगारी दिनुु पर्छ ।   कति लाग्छ, बिमानस्थल बनाउन ?   नपोल सरकारल ेनिजगढ एयरपार्टे निमाणर््ा गर्न ेनिणर्यसगँ ै२०६४ सालमा काेिरयाको निमाणर््ा कम्पनी वलडर््वाइड ल्यान्डमाकर्लार्इ विस्ततृ सम्भाव्यता अध्ययन (डिएफएस) गर्न ेजिम्मा दिएका ेथिया े। उक्त कम्पनील े२०६८ सालमा आफन ेप्िरतवदेन नपोल सरकारलार्इ बझुाएको थिया े। त्यही प्िरतवदेन र नपोलमा भएका ठलूा एयरपाटेर्का ेआकार हरेरे निजगढमा एयरपार्टे बनाउन २५५६ हक्ेटर (३८३४ बिघा) जग्गा चाहिन ेनागरिक उडय्यन पा्रधिकरणल ेनिष्कर्ष निकालको ेहा े। पा्रधिकरणल ेया ेएयरपार्टे बनाउन एक खर्ब २१ अर्ब रुपयौ ँलाग्न ेअनमुान गरको ेछ । वलडर््वाइड ल्यान्डमाकर्ल ेत्या े बिस ं२०६४ सालमा न ैया ेएयरपार्टे बनाउनको लागि ९१ अर्ब लाग्न ेजानकारी दिएका ेथिया े। साहेी आधारमा पा्रधिकरणल ेअहिल ेबिमानस्थल निमाणर््ाका ेलागि निमाणर््ााधीन आयाजेना लागत, भाैितक पवूार्धार र बजार मल्ूयका आधारमा निजगढ एयरपाटेर्का ेलागत १ खर्ब २१ अर्ब आकलन गरको ेछ ।   


Posted on: 2018-Nov-11

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar