15 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सुस्ताको सुसाइ र सरकारको सुताइ

11 - Nov-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
सुरेश रानाभाट, पोखरा 
मेरो पवित्र पानीमा वैरी पाउन्न पौडिन मेरो पवित्र छातीमा वैरी पाउन्न दौडिन यी माथिका हरफहरू कवि नुमराज बरालले ‘ माटो र पसिना’  कविता सङ्ग्रहको अमरसिंह ‘म’ कवितामा अभिव्यक्त गरेका भावना हुन् । देशको माटो र पानीप्रति कविको कति धेरै माया छ । यस्तै माया मुलुक हाँक्ने नायकमा भइदिए जनता किन देशका गायक हुन्थेनन् र ? राष्ट्रियताको मुद्दा कहिल्यै बासी र पुरानो हुँदैन । विगतको कालापानी होस् या वर्तमानको सुस्ताको सुसाइ, घाऊ उस्तै हो तर सरकारको सुताइ र सुस्तताले छातीमा देशको माया टाँसेकाहरूलाई दुख्छ नै । वि.सं. २०१८ सालमा पूर्वको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर नवलपरासी जिल्ला बनाइए पनि फेरि २०७४ सालमा अलग्याइ छुट्टाछुट्टै नवलपुर र परासी जिल्ला बनाइएको छ । बर्दघाट सुस्ता पूर्वतर्फ नवलपुर र पश्चिमतर्फ परासी जिल्ला नयाँ नेपालको नयाँ मानचित्रमा रेखाङ्खन भएका छन् ।
भारतले अतिक्रमणको खेलबाट नै २२ हजार विघाभन्दा बढी जमिन आफ्नो मातहतमा लिइसकेको छ । पछिल्लो पटक मात्रै १२ सय विघा जमिन भारतले हडपेको छ । यसघडी सुस्ताको अस्तित्व नै धरापमा परेको छ ।  तत्कालीन त्रिवेणी सुस्ता गाविस वडा नं.४ हालको सुस्ता गाउँपालिकाको वडा नं. ५ मा पर्ने सुस्तामा कूल ३ हजार १ सय ३३ जनसंख्याको बसोवास छ । जसमा दुईसय ५६ जनाको मात्र नागरिकता छ । नागरिकता हुनेहरूको पनि अधिकांश जन्मका आधारमा छन् तिनीहरूका सन्तान अनागरिक जस्ता छन् । नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित छन् माटो र पानीको माया गर्ने सुस्तावासीहरू । न त नागरिकता छ न त माटोको लालपूर्जा छ, लालपूर्जा हुनेहरूको पनि माटो छैन् तर पनि सुस्तावासीहरू यो देशका नेपाली हुन् । सिंहदरवार कहिले पुग्ला सुस्तामा लामो सुस्केरा हाल्नुपर्ने अवस्था सिर्जना भइसकेको छ ।  सुस्ताको सुसाइ र दुखाइ सुस्तासँग मात्र सम्बन्धित छैन । यो राष्ट्रियताको प्रश्न बनेर ठिङग उभिएको छ । सत्ता र सरकारलाई सुस्ताको चासो र चिन्ता पटक्कै छैन् । राष्ट्रियताको गफ  
गर्दै भारतको तारिफ र तालुकदारी गर्दैमा ठिक्क छ । मुलुकभित्रका सानातिना समस्याको गाँठो फुकाउन पनि भारतको सहयोग लिने सनातन संस्कारले संस्कृतिकै रूप धारण गरिसकेको छ । भारतले सीमा क्षेत्रमा पटक पटक अतिक्रमण गर्दा राष्ट्रियतामात्र होइन नेपाली नागरिकको मन दुखाएको छ । खुला सिमानाको फाइदा उठाउने नाउमा भारतले नेपालप्रति अमर्यादित व्यवहार गरेको छ । इतिहास पढियो कुनै समय, विक्रमाब्द १८६३ सम्म नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म थियो रे । सुगौली सन्धि भयो वि.सं.१८७२ चैत्र १ गते, नेपालको सिमाना कायम भयो पूर्वमा मेची र पश्चिममा महाकाली । यतिबेला मेची महाकाली नै मिचिन लागेको छ । लडे वीर पूर्खाले साम्राज्यका सामू छाती खोलेर तिनैका सन्तती हामी नेपाली समर्पण गरिरहेका छौं घुडा टेकेर । पटक पटक पढियो नेपाल दुई ढुंगाबीचको तरुल हो भनेर । दायाँ वायाँका ढुंगाहरू फुक्दै जाने तर तरुल सुक्दै जाने नियती देख्दा विज्ञान र उखानको तालमेल नमिले जस्तो लाग्छ ।    एक समय देशमा एउटा नारा खुब घन्कियो, ‘जसको जोत ऊसको पोत ।’ यतिबेला रातारात भारतीयहरू सुस्तामा आएर जमिन जोतिरहेका छन् र भनिरहेका छन् जोते पछि यो भूमि हाम्रो हो । विहारमा चुनावका बेला सुस्ताको जग्गा गरिब किसानहरूलाई बाँड्ने भाषण हुन्छ तर नेपालको भूमि सुस्तामा दुई तिहाइकोे जग बलियो हुँदा पनि भारतीयहरूले अतिक्रमण गरिरहेका छन् । सरकार चुपचाप र मौन छ । राजनीतिक दलका भातृ संगठनहरू विरोधको आवाज घन्काइरहेका छन तर पनि नेताहरू सुनेको नसुन्यै गरि बसिरहेका छन् । यसका लागि आम सचेत युवाले हस्तक्षेप र हुङ्कार गर्न ढिलो गर्नु हुँदैन् । भारतसँग सिमाना जोडिएका नेपालका २७ जिल्ला छन् । ती मध्ये २२ जिल्लाका ५४ ठाउँमा भारतले सीमा अतिक्रमण गरेको छ । यो सरकारलाई थाहा नभएको विषय होइन । तर समस्या समाधानको पहल भने भएको छैन् ।    तराईको समथर भूभागमा रहेको हराभरा जंगल र अविरल बग्ने नदीनालामा भारतको गिद्दे दृष्टि शताब्दी अघिको हो यो सत्य जगजाहेर नै छ । सीमा विवादको समस्या शताब्दी पुरानो हँुदासम्म पनि समाधानको खोजी भएन । ०४६ सालपछि सीमाको विषय चर्चामा आयो । कालापानीमा भारतीय अतिक्रमण र महाकाली सन्धिलाई लिएर पार्टी समेत फुट्यो । राष्ट्रियताको मुद्दामा चर्को आवाज उठाउने नेताहरू पनि सुस्ताएको भान हुन्छ सुस्ताको सुसाइमा ।  भारत सुस्तामा संयुक्त सीमा रेखाङ्कन गर्न चाहदैन । नक्साङ्कन गरेमा भारतलाई घाटा हुने कुरा घामजस्तै छर्लङ्ग छ । वैज्ञानिक नक्सा तयार भएको लगत्तै रातारात भारतीयहरूले सुस्ताको जमिन जोते । सुस्ताको विवादित क्षेत्रलाई ‘स्टाटस–को’ मा राख्ने भारतीय प्रस्तावलाई नेपालले सहमति जनाएको छ । जसका कारण भारतीय पक्षको हात माथि परेको छ । पहिला जति मिचियो मिचियो अहिलेकै अवस्थालाई यथास्थितिमा राखौं भन्ने भारतीय पक्षको दृष्टिकोण छ । सरकार अनुमोदन गर्न लाचार छ । बकुल्लाले माछा ढुके झै भारतले एउटा दाउ हेरिहन्छ । जबजब नेपालमा राजनीतिक अस्थिरता र उतारचढाव बढ्दै जान्छ त्यसघडी नै सीमा क्षेत्रमा अतिक्रमण हुँदै जान्छ । भारतीय सेना र प्रहरीले सुस्तावासीलाई दैनिक रूपमा सास्ती र गोता दिइरहेका छन् । लुटपाट र  बलात्कारको कुनै गणित नै छैन् । आफ्नै लालपूर्जा भएको जमिनमा लगाएको बाली पनि भारतीय नागरिकले हड्पेका छन् । सुस्तावासीलाई विस्तापित गरेर विस्तारवादी शैली अप्नाउँदै आएको छ भारतले । भारतीय सीमा सुरक्षा बलका सेनाहरू नेपाली भूमिमा परेड खेल्दा नागरिकहरूले स्थानीयस्तरमा विरोध जनाए पनि राष्ट्रिय तहमा अडान लिने दायित्व सरकारको हो । सीमा सुरक्षा सरकारको प्रमुख मुद्दा बन्न आवश्यक छ । नत्र कुनै दलले दुई तिहाइको पकड जमाए पनि देश भने हार्ने छ । अब राजनीतिक दलले राष्ट्रवादको मुखुण्डो लाएर मात्र देशको सीमा सुरक्षित हुन सक्दैन् । विदेश मामिलाका विशलेषकहरू कुटनीतिक र प्राविधिक पहलमा समस्याको समाधान खोज्नुपर्नेमा जोड दिइरहेका छन् । भारतीय जनता पार्टीका कार्यकर्ताहरूले टनकपुरपुल तरि नेपालको भूमिमा प्रवेश गरेर नेपाल विरोधी नारा घन्काउँदै भारतीय झण्डा हल्लाउँदै डण्डा देखाए । महेन्द्रनगरमा आउँदासमेत नेपाली प्रशासनले रोक्न र छेक्नका लागि कुनै पहल र प्रयास समेत गरेन । प्रतिकारमा स्थानीय जनताले भारतीय दादागिरी विरुद्ध नारावाजी गरे । सीमा क्षेत्रका 

Posted on: 2018-Nov-11

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar