15 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

समृद्धिका संवाहकहरु

5 - Sep-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
भुवन केसी (जेरोम्)   काठमाडौं, भाद्र । युवाहरु भनेका देशका कर्णधारहरु हुन, बिकास र समृद्धिका आधारहरु हुन । जुन देशमा दक्ष युवा जनशक्ति हुन्छ । त्यो देशले आर्थिक,सामाजिक, पुर्वाधार, पयर्टन लगायतका सबैक्षेत्रमा छिटै नै समृद्धि हासिल गर्न सक्छ । हामी बिकास र समृद्धिमा अन्य राष्टको तुलनामा निकैनै पछाडि छौं । यसको ठोस कारण हो, देशभित्र उपलब्ध रहेको दक्ष, अर्धदक्ष्य तथा अदक्ष युवा शक्तिलाई मुलुकको बिकास र समृद्धिमा लगाउन नसक्नु हो ।अहिले सम्म पनि सरकारले युवा जनशक्तिलाई लक्षित गरी ठोस नीति तथा कार्यक्रम ल्याउन नसक्नुले पनि नेपाल आर्थिक बिकास रसमृद्धिका पछाडि परेको हो ।   देशको प्रमुख नीति नै आन्तरिक उत्पादन र रोजगारी बृद्धि भन्दापनि रेमिटेन्समा रहेको छ । देशका दक्ष, अदक्षतथा अधै दक्ष्य युवा शक्तिहरुलाई सस्तो मुल्यमा खाडी राष्टहरुमा बैदेशिक रोजगारी शिर्षकमा काम गर्न पठाएर रेमिटेन्स भित्रियो भन्दै मख्खपर्ने सरकारी नीति कै कारण मुलकले समृद्धि हाँसिल गर्न नसकेको हो । अहिले सबै राष्टहरुमा गरी २० लाख भन्दा बढी नेपाली युवायुवतीहरु बैदेशिक रोजगारीका क्रममा रहेकाछन । आफ्नै देशका रोजगारी पाएको भए सायद त्यो युवा पुस्ता केही रुपैयाँ कमाउनको लागि बिदेशीनु पर्नेथिएन होला ।अहिले मुलकमा दैनिक जसो ठुलो संख्यामा युवाहरु बिदेशीई रहेकाछन ।   बिशेगरी दुवई,कतार, मलेसिया लगायतका राष्टहरुमा ठुलोसख्यामा नेपाली युवतीहरु कार्यरत रहेकाछन। तिनैले पठाएको रेमिटेन्सका कारण अहिले मुलुकको अर्थतन्त्र चलायमान भएको छ । तर अहिलेसम्म पनि सरकारले रेमिटेन्सको महत्व बुझन सकेको छैन । रेमिटेन्सलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्न सकेको छैन। रेमिटेन्सको प्रयोग, टिभि, फ्रिज, मोटरसाईकल,मोवाईल, सुन किन्न प्रयोग भईरहेको छ । यसले गर्दा जुन देशबाट रेमिटेन्स आयो अन्तत त्यही देशमा नै रेमिटेन्स फर्किने क्रम बढ्दै गएको छ। यसले गर्दा मुलकका लाहुरे अर्थतन्त्रको बिकास भईरहेको छ । सिंगो मुलुकको आर्थिक बिकास र समृद्धिको लागि लाहुरे अथतन्त्र निकै ठुलो बाधकहो । बैदेशिक रोजगारीमा जाने अनि बेदेशिक रोजगारीबाट प्राप्त रकमले उतैको बस्तु तथा सेवागर्दा मुलुकको अर्थतन्त्रमा खासै योगदान पुग्दैन। पछिल्लो आर्थिक बर्षको बैदेशिक व्यापार घाटाउच्चरुपमा बढ्नुको कारण पनि यही नै ।   नेपालराष्ट बैंकको तथ्यांकलाई आधार मान्ने हो भनेआर्थिक बर्ष २०७४, ०७५ मा मुलुकले झण्डै ११खर्ब रुपैयाँको हाराहारीमा व्यापार घाटा बेहोरेकोछ । कुल १३ खर्ब रुपैयाँको बार्षिक बजेट भएको यो मुलकको एक बर्षको व्यापार घाटा नै ११ खर्बरुपैयाँ पुग्नु भनेको सामान्य कुरा होईन । राष्ट बैंकको उक्त तथ्यांक अनुसार आव २०७४, ०७५ मा बिभिन्न राष्टहरुमा ८९ अर्ब रुपैयाँ बराबरको सामान निर्यात भएको छ भने १२ खर्ब रुपैयाँ बराबरका्े बस्तु तथा सेवा आयात भएको छ। यस बिचमा नेपालले झण्डै आठ खर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्र्याउन सफल भएको छ । मुलुकको आर्थिक अवस्था सम्वन्धी बिभिन्न निकायबाट प्राप्त प्रतिवेदन लाई आधार मान्दा पनि मुलुकको अवस्था सहज छैन ।   मुलुकमा  ठुलो सख्या आश्रित जनसंख्या रहेको छ ।यसले अर्थतन्त्रलाई चलायनमान बनाउन सक्दैन। तर यही बिचमा पनि मुलुकमा केही त्यस्ता युवाहरु रहेका छन । जस प्रति सिंगो मुलुकले आशा गरिरहेको छ । यो पुस्ताले सिंगो मुलुकको आसा र निराशालाई चिर्दे यहाँ केही गर्न संकिदैन,नेपालमा केही हुदैन भन्नेहरुको लागि केही गरेर देखाई रहेको छ । खाने मुखलाई जुंगाले छ्ेक्दैन भन्दा पनि काम गर्ने क्षमता र ईच्छा शक्ति भएकै कारण यो पुस्ताले दिन दुई गुणा रात चौ गुणा सफल हुने गरी काम गरिरहेको छ । शिक्षा,स्वास्थ, प्रहरी प्रशासन, सेना, सुरक्षा, समाजसेवा,उद्योग, व्यवसाय राजनीति, कृषि, सञ्चार माध्यम सबै क्षेत्रमा यो समुहले काम गरिरहेको छ,सफलता हाँसिल गरिरहेको छ ।   चाहे त्यो न्युज २४ को सिधा कुरा जनता संगका सञ्चारकर्मी रबि लामिछाने हुन, चाहे त्यो खाली सीसी की प्रवन्ध निर्देशक आयुषा केसी हुन वा प्रदेश नम्वर ३ का युवा सांसद दिपेन्द श्रेष्ठ नै किन नहुन । यि प्रति सिंगो मुलुकले आशा गरेको छ ।युवा शक्ति विना विश्वका कुनै पनि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण र क्रान्ति सफल भएका छैनन् । त्यसैले युवा शक्ति समाज परिवतर्नका संवाहक शक्ति हुन् । युवामा निहित साहस, सिर्जनशीलता रउच्च आत्मविश्वासका कारण यो शक्तिलाई राष्ट्रनिर्माणको प्रमुख स्रोतसमेत मानिन्छ । युवा अवस्थालाई विभिन्न मुलुकले फरकफरक तरिकाले परिभाषित गरेको पाइन्छ । अधिकांश देशमा युवाको उमेर १५–३५ वर्षका बीचमा कायम गरिएको छ भने संयुक्त राष्ट्रसङ्घ र विश्व बैङ्क जस्ता अन्तर्रा्ष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको पाइन्छ । नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । नेपालको जनसङ्ख्याको १६ देखि ४०वर्ष उमेर समूहलाई हेर्दा यो कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत हुन आउँछ । युवा अवस्था आँट, क्षमता र उच्च मनोबलले भरिएको जीवनको उर्जाशील अवस्था हो ।आप्नो समग्र जीवनलाई कतातर्फ लैजाने रकस्तो जीवन जिउने भन्ने विषयमा महत्वपूर्ण निर्णय र फैसाला गर्ने अवस्था नै युवा अवस्था हो। यो अवस्थामा सही निर्णय लिन सकिएन भनेसमग्र जीवन नै बर्बादीको खाडलमा पर्न सक्दछ । जीवनमा जोखिम बहन गर्न सक्ने क्षमता भएकार आप्नो उद्देश्यमा दृढ रहेका युवाहरुले नै आप्नो जीवन बदल्न सक्दछन्, समाज बदल्न सक्द छन्, देश बदल्न सक्दछन्, विश्व बदल्न सक्द छन् । नेपालका अधिकांश युवामा आज विभिन्न कारणले जोखिम बहन गर्नेे क्षमतामा क्रमश ह्रास आउँदै गएको पाइन्छ, जसका कारण नेपाली युवाहरुमा उद्यमशीलता तर्फ भन्दा पनि अरुको नोकरीतर्फ आकर्षित हुने मनोविज्ञान बढ्दै गएको पाइन्छ । त्यसकै परिणाम स्वरुप फलस्वरुप आज दैनिक १५०० बढी युवाहरु आप्नो घर परिवार र मातृ भूमि छोडेर विदेशको भूमिमा पसिना बगाउन एयरपोर्टमा लामबद्ध छन् । पढेलेखेका सचेत युवाहरु पनि नेपाली नागरिकता परित्याग गरी विदेशी ग्रिनकार्ड र पीआर प्राप्त गर्न लालायित देखिन्छन्, आखिर किन ? आज यसको जवाफ खोज्नुपर्ने आवश्यकता भएको छ ।                यस्तो छ,  नेपालमा युवा उद्यमशीलताको वर्तमान अवस्था     नेपाल विश्व युवा विकास सूचकाङ्कमा १४५औं स्थानमा रहेको छ । दक्षिण एसियाका मुलुकसँग तुलना गर्दा पनि नेपालको युवाविकास सूचकाङ्क सबैभन्दा कमजोर देखिन्छ । सरकारी तथ्याङ्कमा नेपालमापूर्ण बेरोजगार युवाको दर २.३ प्रतिशत मात्र देखाइए पनि अर्ध बेरोजगार युवाको दर करिब ३६ प्रतिशत छ । अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ का अनुसार पूर्ण बेरोजगारी दर १९.२ प्रतिशत र अद्र्ध बेरोजगारी दर २८.३ प्रतिशत छ । अर्ध बेरोजगारीमा रहेको नेपालको करिब ३६ प्रतिशतयुवा शक्ति आर्थिक उत्पादन र सीपसँग जोडिन सकेको छैन । सीमान्तकृत,अ ल् प स ङ्ख ् य क ,आदिवासी, अपाङ्गताभएका युवामा बेरोजगारी दर उच्चरहेको छ ।युवा श्रमशक्तिको झण्डै आधा भाग अझै गुजारामुखी कृषिमा आश्रित छ । वैदेशिक रोजगारीमा जाने वार्षिक पाँचलाख ३८ हजार युवामध्ये ७४ प्रतिशत अदक्ष छन्् । सेवाक्षेत्रमा रोजगारीको अनुपात केही बढेको देखिए पनि बहुराष्ट्रिय कम्पनीको दबदबाका कारण औद्योगिक तथा उत्पादन मूलक क्षेत्रमा भने यो अनुपात घट्दो छ । विप्रेषण गार्हस्थ उत्पादनको २९ प्रतिशत पुगेको भए पनि यसको निकै सानो अंश मात्र उत्पादनको क्षेत्रमा प्रवाह भएकोछ । विप्रेषणबाट भित्रिएको अधिकांश पुँजी विलासितामा खर्च भएको छ त्यसबाट बचेको पुँजी अनुत्पादक क्षेत्र घर, घडेरी र जग्गामा खर्च भएको छ । नेपालका अधिकांश युवाहरु आज आप्नो जीवनको ऊर्जाशील समय विदेशी भूमिमा बिताउन बाध्य छन् । नेपालभित्र रहेका युवाहरुमा केही पढेलेखेका र सचेत युवा एनजीओ आईएनजीओ तथा विभिन्न निजी एवम् सार्वजनिक निकायको सेवामा संलग्नछन् भने अधिकांश युवा गुजारामुखी कृषि पेसामा संलग्न भएका छन् । उद्यमशीलताको क्षेत्रमा नगन्य युवाहरु मात्र लागेको पाइन्छ । वास्तवमा नेपाली युवाहरुले काम गर्न नसक्ने होईनन ।    यहाँ त सरकारी ऐन,नियम, प्रोत्साहन कै अभाव कै कारण युवाहरु कमजोर देखिएका हुन । यदि नेपाली युवाहरु साँच्चै कमजोर थिए भने नेपाली बैज्ञानिक लुजेन्द्र ओझाजो अमेरिकामा बसेर मंगल ग्रहमा पानीको अवसेस छ भनेर पत्ता लगाउन सक्ने थिएनन होला। नेपाल प्रहरीका डिएसपी बशुन्धरा खड्काले सिंगो प्रहरी प्रशासनको शिर उंचो हुने गरी काम गर्न सक्ने थिईनन होला,नेपाली सेनाको पहिलो महिला गुल्म पति मेजर सृष्टि खड्काले गुल्म सम्हाल्न सक्ने थिईनन होला । वास्तमा यि त्यस्ता उदाहरणहरु हुन,जसबाट नेपाली युवाहरु कुनै पनि कुरामा कम छैनन, भन्ने प्रष्ट देखिन्छ ।  अहिले पनि धेरैजसो महिलाहरुको क्रियाकलाप चुलाचौको र घरायसी धन्धाबाट माथि उठन् सकेको छैन । शिक्षा लगायतका बिभिन्न दृष्टिकोणले ति महिलाहरु अहिलेप नि पछाडि नै रहेकाछन । तर यही भिडमा बसुन्धरा खड्का माथि उठेकी छन । नेपाल प्रहरीमा शसक्त महिला प्रहरीको छवि बनाएकी खड्का सिंगो नेपाल प्रहरीले समेत गर्व गर्नल ा य क क ा ेमहिला डिएसपीहुन भन्ने आमन ा ग  िर क क ा ेबुझाई छ ।अ ा मन ा ग  िर क क ा ेमनमा यो बुझाईत्यसै आएको भने होईन । खड्काको जुनजुन ठाउँमा सरुवा भयो  त्यो ठाउँमा उनले आमन ा ग  िर क क ा ेनजिक बसेर ति नागरिहको साथदिईन । आफ्नो जिउज्यान स्वस्थको समेत ख्याल नगरी तिनै नागरिको सुरक्षाको लागि दिन रात खटिईन । त्यही भएर नै होला अहिले ख्डकाको बिगतमा जुन जुन ठाउँमा सरुवा भएको थियो, त्यो ठाउँमा त्यस क्षेत्रमारहेका सर्वसाधारण नागरिकलाई अहिले पनि खड्काको अभाव महसुस हुन्छ । खड्काले त्यो क्षेत्रको शान्ति सुरक्षा र अमन चयन कायम राख्ने खेलेको भुमिकाको चर्चा हुन्छ । डिएसपी खड्का जव सरुवा भएर म्याग्दी जसको कामले सिंगो प्रहरीको शिर उचो बनाएगईन म्याग्दीलाई शान्त र सुरक्षित बनाउन उनले निकै नै सक्रिय भुमिका निर्वाह गरिन । त्यहाँको जनताको भावन बुझेर काम गरेको हुंदा अहिले पनि उक्त क्षेत्रका आम सर्वसाधारणले डिएसपी खड्कालाई निकै नै ठुलो सम्मानको साथ हेर्ने गरेका छन । म्याग्दीको इतिहासमा उनले पहिलो पटक महिलाले प्रहरी प्रमुखको जिम्मेवारी लिएकी थिइर्एन । सुरक्षा जस्तो संवेदनशिल क्षेत्रमा महिलाको उपस्थितिलाई समाजले अझै पनि सहजै स्विकार गरेको पाइदैन तर म म्याग्दीमा काम गर्ने शाहसका साथ आएको हुँ।’ उनले त्यतिबेला भनेकी थिईन। बिस २०६१ जेठ १५ मा नेपाल प्रहरीमा प्रहरी निरिक्षकका रुपमा प्रवेश गर्नुभएकी खड्का दुइवर्ष अघि प्रहरी नायव उपरिक्षक पदमा पुग्नु भएको हो । खड्कासँग कामको अनुभव धेरै छ । महिला भएर मात्र होइन क्षमतावान भएरनै प्रहरी नायब उपरीक्षक पदमा पुग्नुभएको हो ।उहाँले राजधानीको सोह्खुट्े,लैनचौरर इन्टरपोलमा जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ। उनले सम्पुर्ण नागरिकहरुलाई एउटा आग्रह छ,नागरिक पनि बर्दी विनाको प्रहरी हुन,समाजमा घट्नेहरेक प्रकारका हिंसा न्युनीकरण गर्न अग्रसर हुनुपर्छ ।    आयुषी केसी तीन व्यक्ति हुन, जसले फोहोरमा आफ्नो शुन्दर जिन्दगी खोज्नेहरुको भिडमा एउटा नयाँ आयाम थपिन । ति नागरिकहरुलाई सम्मान दिलाईन अनि सम्पुर्ण सुख सुबिधा र जागिर छोडेर आफनै केहीकाम गरौं भन्ने सोच बोकिन र काम गरिन खाली सिसी अभिवानको लागि ।अ  िह ल ेयो अभियानले राष्टिय तथा अन्तराष्टिय रुपमानिकै नै चर्चा पाईरहेको छ। बिगतमा नेपाल उद्योग बाँणिज्य महासंघ,गोर्खा ब्र अरी लगायतका बिभिन्नक म् प न ी ह रु म ाकाम गरिन । यिकामहरुमा उनको मन लागेन ।आफैले केही कामगर्ने सोभ बनाईन ,जुन कामले आफुमात्र होईन, ंिसगोसमाज अनि त्यसक्षेत्रत्रका स्थानीय वासीहरुले म मेतगर्वको महसुस गर्नसकुन । ‘मेरो कामले समाज,समुदाय तथा देशलाई पनि केही योगदान दियोस् भन्ने लाग्छ, केसी भन्नुहुन्छ। सिनामंगलकी स्थानीय आयुसीले शुभतारा स्कुलबाट एसएलसी, रातो बंगालाबाट प्लसटु र काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट बिबिएमा स्नातक गरिन । बिबिए पढ्ने बेलै साथीहरू सँग मिलेर उनले कलेजमै क्यानटिन चलाएकी थिइन । उनले विद्यालय पढ्दै देखिबाटो तिर फोहोर देखिरहेकी हुन्थिन । त्यति बेलै उनी सोच्थिन । ‘कुनै दिन फोहोर व्यवस्थापनको कार्य गर्नेछु । त्यही सोचका साथ उनले कम्पनी दर्ता गरिन । खाली सिसी म्यानेजमेन्ट खाली सिसीमा भरिएको जिम्वेवारी प्रालिको नाउँमा उनले कम्पनी खोलिन । ‘कवाडवाला लेखेको प्रमाणपत्र घरमा देखाउँदा सबैजना हासेँ,’ उनले सुनाइन्, ‘घरमा हाँसेर त केही थिएन, छरछिमेक वरपरकाले फलानाकी छोरी वा बुहारी बौलाही भन्ने हुन् कि भन्ने डर बढी भयो । आयुसी आप्नो उद्देश्यमा अडिग रहिन्। उनले वेबसाइट पनि खोलिन। खाली सिसी डट कम। अनलाइनमै पुनःप्रयोग हुने सामग्रीको अर्डर लिन थालिन्।सम्पर्कमा आएको सामग्री उठाउन उनले’खाली सिसी, पुराना कागज, फलाम बन्दै’टोलटोलमा साइकल लिएर डुल्ने दाजुभाइकोसहयोग लिइन् । ‘कवाडीका सामान उठाउनेदाइहरू दिनभरि साइकल र्डोयाएर हिँड्नुहुन्छ।कहिले रित्तै फर्किनुहुन्छ त कहिले सामग्रीलिएर,’ आयुसी भन्छिन । क ‘अनलाइनबाट सम्पर्कमा आएको कवाडी सामान उठाउन तिनै दाइहरूको सहयोग लिएँ । कवाडी सामान उठाउन झन्डै एक सय जना अहिले आयुसीको सम्पर्कमा छन्। ‘उहाँहरुले नियमित आप्नो काम पनि गरिरहनु भएको छ,’ उनले भनिन्,‘मैले दिएको काम उहाँहरूलाई एक्स्ट्रा रोजगार भएको छ।’ आयुसीको कम्पनी मार्फत काम गर्दा भने साइकल र्डोयाएर टोलटोलमा घुम्नुपर्दैन।बोलाइएको ठाउँमा गएर सामान ल्याउने हो । आयुसीको सम्पर्कमा आएको सामान उठाउन जाँदा भने उनीहरूलाई १५ प्रतिशत बढीपर्न जान्छ। उनीहरू जति मूल्य बराबरको सामान उठाउँ छन्,त्यसको १५ प्रतिशत आयुसीको कम्पनीलाई दिनुपर्ने हुन्छ ।अ ा य ुस ी क ा ेकम्पनीलाई कवाडी सामान दिँदा मूल्यलिएर वा दान स्वरूप पनि दिन सकिन्छ । वेबसाइटमै मूल्यवा दान भनेर खुलाउन मिल्छ।’कसैले दान गरेको सामान छ भने त्यसलाई कवाडी सामान उठाउने दाइहरूले बेच्नसक्नु हुन्छ,’ उनले भनिन्, ‘वातावरण जोगाउन उहाँहरूको ठूलो योगदान छ । तर हाम्रो समाजमा उहाँहरु लाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन । उनको योजना  कवाडी सामान उठाउनेलाई सम्मान दिलाउने।पुनः प्रयोग हुने फोहोर डम्पिङ साइटमा नपुगोस् भन्ने उनको चाहना हो। विभिन्न तथ्यांक अनुसार पुनः प्रयोग हुने करिब ७० हजार टन फोहोर वार्षिक रुपमा डम्पिङ साइटमा जाने गर्छ ।   दिपेन्द्र श्रेष्ठ तीन नम्वर प्रदेशका सांसद हुन ।  नेपाली कांग्रेसका तर्फ बाट सांसद कोटामा निर्वाचित श्रेष्ठ युवा राजनीतिज्ञ हुन। नेपाली काँग्रेसमा आसा लाग्दा युवाहरु मध्येका एक भित्र उनी पर्छन । समसामयिक राजीतिको बारेमा कुरा गर्दा यो बाम सरकार,दुई तिहाईको दम्भमा सिंगो राज्य सत्ता नै कव्जा गर्न तल्लिन रहेको उनको बुझाई छ । पछिल्लो समय नेपालमा बिधिको शासनको अन्त्य भएको, पैसाको आडमा न्याय किनबेच हुने गरेको आरोप उनको रहेको छ । सरकारले जनताको लागि काम गरेको भनेपनि त्यो जनताको हितमा नभएको उनी बताउँछन ।सरकरले पछिल्लो समय जनताको आम्दानीको स्तर बढाउनु भन्दा पनि करको दर मात्रबढाएर जनताको ढाड सेक्ने काम गरेको छ दुई तिहाईको बाम सरकार राज्य सत्ता कव्जा गर्न केन्दित रहेको छ। कर नबढाउ भनेर हामीले भनेका होईनौं हाम्रो माग भनेको करको दायरा बढाउ कर कोदर होईन भन्ने रहेको छ । जताततौ बेथिती बढेको छ । भर्खरको कञ्चनपुरको निर्मला पन्त बलात्कारको मुद्धामा पनि स्वंम एसपीको छोरार एउटा मेयरको भतिजोको संलग्नता रहेको भन्ने कुरा बजारमा आएको छ । सरकारले सत्य तथ्य कुरा पत्ता लगाउन सकेको छैन । सरकारले केही समय अघि मात्र हत्या अभिगोगमा जेल परेका बालकृष्ण ढुंगेललाई रिहा गर्यो । गणतन्त्र दिवसको अवसरमा पनि पैसा कै लेनदेनमा गंम्भिर अपराधमा संलग्न भएकाहरुरु मध्ये सजाँए भुक्तान गरीरहेका आठ सय १३ जनालाई छोडियो । त्ससमा पनि निकै नै ठुलो पैसाको चलखेल भएको हामीले सुनेका छौं । बाटो, सडक, जताततै खाल्टा खुल्टी रहेको छ । आम नेपाली नागरिकले सरकार भएको अनुभुती गर्न सकेका छैनन। ३० लाख जनताको लगानी रहेको पुंजीबजार लगभग ध्वस्त रहेको छ । पुंजी बजारमा आएको लगातारको गिरावटले लगानीकर्ता निरास भएका छन । सरकारले पुंजी बजार सुधारको लागि ठोस काम गर्न सकेको छैन। व्यापार घाटा बढेको छ, मुलुकको अर्थतन्त्रकमजोर रहेको छ । यि तमाम कुरामा सुधारल्याउनुको साटो सरकार जनतालाई उल्टैन्युनतम सुबिधाबाट पनि बञ्चित गरी ढाढ सेक्ने गरी कर लगाई रहेको छ । यसको हामी बिपक्षमा छौं । नेपाली जनताको पहिला आयस्तर बढाउ, करको दायरा बढाउ, करको दर नबढाउ हाम्रो माग यही रहेको छ ।          प्रवल साखः  किरण साखः का छोरा हुन प्रबल । बुबाले सुरु गरेको स्टिल व्यवसायलाई छोराले अघि बढाइरहेका छन् । तर हजुरबुबाले गरेको बिजने सबाट अलग्गिएर प्रबल साखले अनलाइन बिजनेस चलाइरहेका छन् । प्रबलले हाम्रो बजारडटकम बाट आप्नो व्यावसायिक यात्रा सुरु गरेका छन् ।‘हजुरबुबाको बिजनेस सँग पटक्कै मेल नखाने व्यवसाय सुरु गर्दा केही अप्ठ्यारो हुनेरहेछ,’ प्रबल भन्छन, ‘तर, मान्छेहरु सूचना जसले जन्माए हाम्रो बजार डट कम प्रविधिसँग अभ्यस्त भइसकेकाले सोचेभन्दा धेरैछिटो व्यवसाय सफल भयो ।’ हरेक मानिसको आवश्यकता बन्दै गएको सामग्री प्रबलले अनलाइन मार्फत उपलब्ध गराउँदै आएका छन्। घर, गाडी, जग्गा लगायत सम्पूर्ण सामग्री हाम्रो बजारडटकममा सहजै उपलब्ध छ ।  खासगरी, एकल तथा सामूहिक रुपमा व्यवसाय गर्ने युवाको जमात बढ्दै गएकोछ । एक अर्का ‘बिजनेस म्यान’ छोरा बीच सहकार्यमा होस् वा आफैं होस, नयाँ व्यवसाय सुरु गरिरहेका छन् । यो व्यवसायले उनलाई स्थायीपत गरिदिएको छ । हामीले उल्लेख गरेका यि युवाहरु त प्रतिनिधी पात्र मात्र हुन । जसले नेपाल मा नैबसेर धेरै नै काम गरिरहेकाछन । आफु मात्र होईन । अन्य व्यक्तिहरुलाई पनि रोजगारी दिएकाछन । आत्मनिर्भर बनाएका छन् ।समाजमा सकारात्मक योगदान दिनको लागि प्रोत्साहित गरेकाछन ।  यि सबै युवाहरुको लागि युवाहुंकार परिवारको सलाम ।    लुजेन्द्र ओझा ति व्यक्ति हुन,    जसले मंगल ग्रहमा रहेको पानीको श्रोत पत्ता लगाए। लुजेन्द्र ओझा नेपाली मुलका अमेरिकी बैज्ञानिक हुन ।  उनी सहितको टोलीले मंगलग्रहमा बगिरहेको पानीको श्रोत भएको पत्ता लगाएका छन् । अमेरिकी अन्तरिक्ष सस्थानासामा आबद्ध नेपाली बैज्ञानिक ओझा सहितको टोलीले मंगल ग्रहमा पानीका स्रोतरहेको र भौगोलिक रुपमा सक्रिय रहेको पत्ता लगाएका थिए । सो पश्चात ओझाको चर्चा नेपाल र अमेरिकामा मात्र नभएर सिंगोजसले पत्ता लगाए मंगल ग्रहमा बगिरहेको पानीको श्रोत बिश्वमा नै चुलिएको थियो । लुजेन्द्रको जन्म सन् १९९० मा नेपालमा भएको हो । उनको अर्को नाम लुजु हो ।हाल उनी अमेरिकामा बस्दै आएकाछन । सन् २०१६ मा पिएचडी को अध्ययन पुरागरेका ओझा अमेरिकी अन्तरिक्ष अध्ययन संस्था (नासा) संग आवद्ध रहेकाछन । उनले जर्जिया ईन्ष्च्यिुट अफ टेक्नोलोजी बाटबैज्ञानिकको रुपमा क्यारियर सुरु गरेका हुन ।उनले बिशेष गरी नक्षत्र बिज्ञान, ज्वाला मुखीर खानी अर्थात खनिजको बिषयमा अध्ययन अनुसन्धान गर्दे आएका छन ।ओझाले भुर्गभ र नक्षत्र बिज्ञानको क्षेत्रमा पुर्याएको ठोस योगदान कारण अमेरिकी सरकारले पनि उनलाई धेरै पट सम्मान तथा पुरष्कार प्रदान गरिसकेको छ ।   संगितमा पनि बिशेष रुची भएका ओझाले नेशनल साईटिस्ट फाउण्डेसन अवार्ड २०१५, युनिभर्सिटी अफ अरोजना सहितका थप्रै सम्मान तथा पदकहरु पाएका छन । उनले पाएको यो सम्मानले सिंगो नेपाल र नेपालीको शिर उचो बनाएको छ । उनको यो सफलतामा हामी सारा नेपालीले गर्व गर्न सक्छौं ।  

Posted on: 2018-Sep-5

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar