14 May
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सफलताको शिखर चुम्दैं प्रहरी नायब उपरिक्षक बि.क.

9 - Aug-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
पारस मल्ल
सल्यान .
 जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक (डिसपी) भरत बहादुर वि.कले सल्यान जिल्ला प्रहरी प्रमुख समाले देखि जिल्लाको शान्ति शुरक्षालाई प्रभावकारी कानुन कार्यान्वयन गरी समग्र जिल्लाको शान्ति सुव्यवस्था चुस्त दुरुस्त राख्न सफल भएका छन । समग्रह रुपमा कणाली प्रदेश नै विप्लव माओ वादी प्रभावित क्षेत्र हो । त्यस मध्ये सल्यान जिल्ला पनि चोखो रहन सक्दैन् । २०७४ मंसिर २९ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन को समयमा निर्वाचन विथोल्ने विभिन्न तत्वहरु लागी परे पनि डिसपी वि.कले निर्वाचनलाई शान्ति पुर्ण तरि काले सम्पन्न गराउन महत्वपुर्ण भुमिका खेल्नु भयो । जिल्लामा भईरहेका गुण्डा गर्दी, ठेक्का पट्टामा हुने दादागिरी जस्ता कार्यलाई पुर्णरुपमा निर्यन्त्रण गरी हालसम्म कुनै पनि त्यस्तो खालको घटना घटेको छैन । जिल्लामा व्याप्त अवैध भरुवा बन्दुक घरेलु हात हतियार ९ थान सहित केहि जनालाई निर्यन्त्रमा गरी हातहतियार तथा खरखजाना ऐन २०१८ अन्तर्गत मुद्धा चलाएको छ ।
  जिल्लामा विभिन्न अपराधिहरुको कडिको रुपमा रहेको घरेलु मदिरा सेवन, उत्पादन, विक्रिवितरणलाई निरुत्साहित गर्न विभिन्न जनचेतनामुलक र बरामद तथा नियन्त्रण अभियानको थालनी गरि हाल सम्ममा २०००० लि. घरेलु मदिरा नष्ट गरेको र सो अभियान निरन्तरता दिइरहनुभएको छ । जिल्लाको मुख्या अपराधको रुपमा घरेलु मदिरा रहेको छ । कुनै ठाउँमा झै झगडा, अपराध, लुटपाट आदी कार्यहुन्छ भने त्यो नै घरेलु मदिरा हो ।त्यसै गरि विभिन्न अपराध गरी फरार भई लुकेर बसेका व्यक्तिहरुको सुराक पत्ता लगाई १७ बर्षसम्म लुकेर बसेका फरार व्याक्ति सहित १५ जनालाई नियन्त्रणमा लिई अदालतमा बुझाउनु भएको छ ।  डिसपी वि.क को सकृयता र सफल अनुसान्धाको कारण मानव बेचबिखन, लागु औषध, अपरहण तथा शारिर बन्धक जस्ता गम्भिर प्रकृतिका अपराधलाई शुन्यमा ल्याउने प्रायास भईरेको छ । त्यसै गरी विभिन्न स्थानवाट चोरी गरेका १५ थान मोटरसाईकल नियन्त्रणमा लिई अनुसन्धान जारी राखेका छन । गत बैशाख ५ गते सिद्धकुमाख गा.पा. बाझकाडा स्थित तेज बहादुर बुढाथोकी को घरमा राती नक्कली पेस्तोल देखाई चोरी गरेर फरार व्याक्ति लाई प्रहरीले प्रक्राउ गरि उनिहरुको साथबाट नक्कली पेस्तोल सहित नगद २७,८२५ रुपयाँ नियन्त्रणमा लिएको छन । जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्न विगतमा भएको कपुरकोटको सवारी चेक गर्दा रोल्पा तिर जाने वाटो छुट हुने भएको ले जिल्लामा आवगमन हुने सम्पुर्ण सवारी साधनको चेकजाच होस र सहज होस भनि कपुरकोट प्रहरी विट देखि दाङ तर्फ अ. १ कि.मि. तल चेकिङ पोष्ट निर्माण गरी जिल्लामा आगमन हुने र बाहिर जाने सवारी साधनको चेकजाचको व्यवस्था मिलाएको छ ।  जिल्ला प्रहरी प्रसासनको मतहतमा गत बैशाख ६ र ७ गते जिल्लामा रहेका यातायात व्यवसायी समितिका पदाधिकारी, सवारी चालक र सह चालकलाई सवारी दुर्घटना न्युनिकरण सम्बन्धि २ दिने कार्याशाला प्रशिक्षण अन्तरकृयात्मक कार्याक्रम समपन्न भएको थियो । त्यसै विच इलाका प्रहरी कार्यलय कालीमाटी सल्यानको भवन जिर्ण भई प्रहरी समेत उक्त भवनमा बस्न नसकी बाहिर भाडा लिएर बस्ने गरेको भएको ले डिसपी वि.क को विशेष पहलमा स्थानिय निकाय सगँ समन्वय गरी हाल प्रहरीले उक्त भवन निमार्ण कार्य समपन्न गरी सो भवन बाट सेवा दिईरहेका छन । त्यसै महिला हिरासत कक्षको शैचालय पुननिर्माण गरिएको, पुरुष तथा महिला हिरासत कक्षको सरसफाई, रगंरोगगन गरी सुविधासम्पन्न र स्वस्थकर पार्नुभएको छ । जिल्ला प्रहरी कार्यालय सल्यान खंलगामा पानीको असाध्यै दुख रहेको र प्रहरी कर्मचारीहरु खानेपानी तथा नुहाईधुवाई गर्न खोलामा जानु पनेर् अवस्था रहेको जसले गर्दा शान्ति सुरक्षामा खटिनु पर्ने जनशक्तिको समय समेत खेर गईरहेको अवस्थामा जिल्ला खाने पानी तथा सरसफाई कार्यलयसंग समन्वयन गरी २०,००० (बिस हजार) लि. क्षमताको पानी ट्रयाकी नुहाृने धाराहरु निर्माण गरी प्रयोगमा ल्याएको छ । पहिले सल्यान जिल्लामा प्रहरी कर्मचारीहरु जान नमान्याहरु पनि डिसपी वि.कले गनुभएको कामकार्वाहिले गर्दा अहिले प्रहरी कार्मचारी खुशि भएका छन् । वातावरण मैत्री कार्यलय बनाउन जिल्ला प्रहरी कार्यलयको हातामा गत बर्ष भाद्र २४ गते ५०० थान पैयु अनार, धुपी आदी जातको विरुवा लगाएका छन । त्यसै गरी गत असार २७ गते जिल्ला प्रहरी कार्यलयको हातामा १५० थान फलफुल,आप,अनार,सुन्तला आदी जातको बिरुवा लागाइका छन ।   डिसपी वि.कको विशेष पहलमा जिल्लामा केहि प्रहरी कर्मचारीहरु मदार्थ, लागु पर्दाथ, लगाएत नशालु पर्दाथको लतमा लागी कार्यकुशलतामा कमि आई संगठनको छवीमा आच आएको तथा घर परिवारलाई तहस नहस , आफ्नो स्वास्थय समेत बर्बाद पारेको देखिएकोले बैज्ञानिकढगंबाट तिनिहरुलाई सुर्धान डाक्टर, मनोविद, सकारात्मक जिवनशैली प्रवचन, योग्य प्रशिक्षकबाट कक्षा प्रदान गरी १४ दिनको प्रहरी व्यवहार सुधार तालिम गरी प्रहरी प्रधान कार्यलयबाट स्विकृत गराई गत असार १० गते देखी २५ गतेसम्म उत्कृष्ट तालिम प्रदान गरी प्रहरी आचरण व्यवहारमा सुधार ल्याउने प्रयास गरेको र उक्त तालिम असाध्यै उपयोगी रहेको प्रशिक्षार्थीहरुवाट प्रतिक्रया प्राप्त भयो । डिसपी वि.कले अरु थुप्रै काम कार्वाही जिल्लामा गर्नुभएको छ । यसो हेरदा समग्रह जिल्ला भर अहिले शान्ति शुरक्षामा निकै सुधार भएको देख्नसकिन्छ ।

Posted on: 2018-Aug-9

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar