25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मुलुकको अर्थतन्त्र थप धरासायी

29 - Jun-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 काठमाडौ, असार
मुलुकको अर्थतन्त्र थप धरासायी भएको छ । चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा व्यापार घाटा २२ दसमलव नौ प्रतिसतले बढ्दा मुलुकको अर्थतन्त्र थप धरासायी देखिएको हो । नेपाल राष्ट बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक अबस्था सम्वन्धी १० महिनाको प्रतिवेदन अनुसार व्यापार घाटा बढेर नौ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको हो ।यस अवधिमा कुल वस्तु आयात २१ दमसलव नौ प्रतिशतले बढेर नौ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।       राष्ट बैकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४ दसमलव नौ प्रतिशतले बढेको थियो । चालु आवको १० महिना सम्ममा कुल वस्तु निर्यात नौ दसमलव दुई प्रतिशतले वृद्धि भई ६६ अर्ब ६५ करोड पुगेको छ। यस अवधिमा निर्यात–आयात अनुपात छ दसमलव आठ प्रतिशत कायम भएको छ जुन अघिल्लो वर्षको सोही अवधिमा सात दसमलव पाँच प्रतिशत रहेको थियो, राष्ट बैकले प्रतिवेदन मार्फत भनेको छ । राष्ट बैकका अनुसार सेवा समीक्षा अवधिमा कुल सेवा आय छ दसमलव तीन प्रतिशतले र कुल सेवा खर्च १३ प्रतिशतले बढेको कारण खुद सेवा आय २६ कर ा ेड ल े घ ा ट ा म ागएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय सात अर्ब ७६ करोड रुपैयाँले बचतमा रहेको थियो । वस्तुआयात गरिने मुलुकका आधारमा भारतबा टभएको आयात २३ दसमलव चार प्रतिशत,चीनबाट भएको आयात २२ दसमलव तीन प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७ दसमलव दुई प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात भने नौ दसमलव प्रतिशतले वृद्धि भएको थियो ।    गन्तव्यका आधारमा भारत तर्फसात दसमलव एक प्रतिशत, चीन तर्फ ८७ दसमलव चार प्रतिशत र अन्य मुलुक तर्फ सात दसलव साात प्रतिशतले निर्यात बढेकोछ । वस्तुगत आधारमा अलंैची, जुटको बोरा, पोलिष्टर यार्न, धागो, अदुवा,लगायतका वस्तुको निर्यात बढेकोछ भने जि.आई पाईप, जुस, जुटको रस्सी, उनी गलैँचा, पस्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, अन्य मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा, सिमेन्ट, एम.एस.विलेट, लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, हवाई जहाजका पार्टपुर्जा,सेनिटरीवेयर्स, सानो अलैँची, जिङ्क ईनगोट,लगायतका वस्तुहरुको आयात घटेको छ । भन्सार नाकाका आधारमा वीरगञ्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, जलेश्वर भन्सार कार्यालय र मुलुकको अर्थतन्त्र थप धरासायी१०महिनामानौ खर्ब १९ अर्बको व्यापार घाटा कञ्चनपुर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भएता पनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धिभएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार कार्यालयर कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ।    सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा ११ दसमलव आठ प्रतिशतले वृद्धि भई ५७ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४४ दसमलव आठ प्रतिशतले बढेको थियो । विप्रेषण आप्रवाह समीक्षा अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले वृद्धि भई२०७५ बैशाख सम्ममा छ खर्ब छ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दसलव दुई प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आप्रवाहमा भने शुन्य दसमलव एक प्रतिशतले कमी आई छ खर्ब ९२ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० दसमलव तीन प्रतिशतले बढेको थियो ।     वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा छ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या तीन दसमलव नौ प्रतिशतले घटेको थियो । चालू खाता एवम् शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनामा चालू खाता सात अर्ब ५७ करोड रुपैयाँले घाटामा रहेकोमा समीक्षा अवधिमा सो घाटामा उल्लेख्य विस्तार भई एक खर्ब ९१ अर्ब दुईकरोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा आयात उल्लेख्य रहेकाले चालू खातामा उच्च घाटा भएको हो। फलस्वरुप, अघिल्लो वर्षको दश महिनामा ५३ अर्ब ८१ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा १८ अर्ब ९३ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १५ अर्ब ५१करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ११ अर्ब ६१ करोड रहेको थियो ।  


Posted on: 2018-Jun-29

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.

BUSINESS


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar