प्रदेश नम्वर ३ को बित्तीय अवस्था बलियो : सबैभन्दा कमजोर प्रदेशमा कर्णाली, बैकहरुको शाखा पनि न्युन
28 - Jun-2018, Posted by: Yuwahunkar | COMMENTS: 0

सात वटा प्रदेशहरु मध्येमा प्रदेशमा नम्वर ३ को बित्तीय अवस्था सबैभन्दा बलियो देखिएको छ । नेपाल राष्ट बैकले सार्वजनिक गरेको सात वटा प्रदेशको बित्तीय अवस्था सम्वन्धी प्रतिवेदन अनुसार प्रदेश नम्वर ३ अन्य प्रदेशको तुलनामा आर्थिक रुपमा बलियो देखिएको हो । प्रतिवेदन अनुसार बैक तथा फाईनान्स कम्पनीहरुबाट २०७४ असार मसान्तमा संकलन भएको कुल निक्षेप रकम २२ खर्ब ८५ अर्ब मध्ये दुई तिहाई भन्दा बढी अर्थात ७२ प्रतिसत प्रदेश नम्वर तीनबाट संकलन भएको छ । नेपाल राष्ट बैकको अनुसन्धान बिभागले मंगलबार सार्वजनिक गरेको प्रदेशगत रुपमा नेपालको जनसाख्यिक,सामाजिक आर्थिक बित्तीय स्थिती सम्वन्धी प्रतिवेदन अनुसार निक्षेप संकलन तथा कर्जा प्रवाहमा कुल सात वटा प्रदेश मध्ये प्रदेश नम्वर तीन अगाडि देखिएको हो । कर्जा प्रवाहमा समेत तीन नम्वर प्रदेशको अंश आधा भन्दा बढी अर्थात् ५७ प्रतिशत रहेको छ । सबैभन्दा कमजोर प्रदेशमा कर्णाली, बैकहरुको शाखा पनि न्युन प्रदेश नम्वर ३ को बित्तीय अवस्था बलियो यसरी हेर्दा प्रदेश ३ मा वित्तीय संस्थाहरुको उपस्थिति एवम् वित्तीय साधनको परिचालन उच्च रुपमा केन्द्रिकृत भएको देखिन्छ,प्रतिवेदनमा भनिएको छ । निक्षेप संकलन तथा कर्जा प्रवाहको आधारमा कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ । राष्टबैकका अनुसार उक्त प्रदेशमा निक्षेप संकलन तथा कर्जा प्रवाह दुबैको अंश करिव एक प्रतिशत मात्र रहेको छ । त्यसैगरी, प्रदेश ७ मा निक्षेप संकलन तथा कर्जा प्रवाहको अंशक्रमशः दुई प्रतिशत तथा तीन प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख रहेको छ । निक्ष्ोप संकलनको तुलनामा कर्जा प्रवाह बढी हुने प्रदेशहरु प्रदेश १, प्रदेश २, प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ रहेका छन् भने अन्य प्रदेशमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह कम रहेको प्रतिवेदनमा उल्लेख छ । बाँणिज्य बैक, बिकास बैंक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या भने २०७४ चैत मसान्त सम्ममा तीन हजार छ सय ७३वटा पुगेका छन । प्रतिवेदन अनुसार वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीका सबैभन्दा बढी शाखा प्रदेश तीन मा रहेका नै रहेको छ भने सबैभन्दा न्यून कर्णाली प्रदेशमा रहेका छन् । प्रतिवेदन अनुसार बाँणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुको प्रति शाखाजनसंख्या स्थितिलाई हेर्दा प्रदेश २ मा सबैभन्दा बढी अर्थात् एक शाखाले १७ हजार नौ सय ७३ जनालाई सेवा पु¥याउन सक्ने देखिन्छ भने प्रदेश चार मा सबैभन्दा कम प्रति शाखा जनसंख्या चार हजार छ सय ४० रहेको छ । प्रति शाखा जनसंख्या राष्ट्रिय औसत सात हजार आठ सय ४६ भन्दा बढीरहेका प्रदेशहरुमा कर्णाली प्रदेश (१३ हजारआठ सय ३३), प्रदेश सातमा (१३ हजार३९) र प्रदेश एकमा (आठ हजार छ सय३७) रहेका छन् । संघियता कार्यान्वयका क्रममा गठन भएका सात वटा प्रदेहका सात सय ५३ वटा स्थानीयतह मध्ये चालु आवको बैशाख मसान्त सम्म पाँच सय १० वटामा बाँणिज्य बैकहरुको उपस्थिती रहेको छ । शाखा विस्तार गर्न बाँकी रहेका स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरुले २०७५ असार मसान्त सम्ममा शाखा विस्तार गरी सक्नु पर्ने गरी नीतिगत व्यवस्था गरिएको प्रतिवेदनमा उल्लेख छ ।
Posted on: 2018-Jun-28

Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story