26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

दातलाई स्वस्थ राख्ने तरिका

11 - May-2018, Posted by: Yuwahunkar   |   COMMENTS: 0
  – भुषण राज शर्मा 
     स्वस्थ हुनुको लागि शरिर मात्र स्वस्थ भएर पुग्दैन । दाँत पनि स्वस्थ, सफा र चम्किलो हुनुपर्छ । दाँतको सम्बन्ध मूलत, दुई कुरासँग छ । एक स्वास्थ्य, दोस्रो सौन्दर्य । दाँतको मूख्यकाम खानेकुरा चपाउनु हो । यसर्थ दाँतकोसम्बन्ध सम्पूर्ण शारीरिक स्वास्थ्यसँग पनि छ। किनभने जब दाँतले राम्ररी चपाएर खाइन्छ,तब पाचन प्रक्रिया सहज रुपले हुन्छ । भनिन्छ,खानेकुरा राम्ररी चपाएर खानुपर्छ ।
      राम्ररी चपाएर खानेकुरा सेवन गर्दा त्यसमारहेको पोषक तत्व शरीरले सहज रुपमा ग्रहणगर्छ । पाचन यन्त्रलाई अनावश्यक भार पर्दैन। यसरी खानेकुरालाई टुक्रा टुक्रा गर्नका लागिबलियो दाँत चाहिन्छ । बलियो दाँत मात्र भएरपनि पुग्दैन, सफा र स्वस्थ्य पनि हुनुपर्छ ।किनभने दाँत फोहोर भयो भने हामीले जे(जतिखानेकुरा खान्छौं, त्यो सबै दुषित हुन्छ । मुखमाखानेकुरा चपाउन थालेपछि त्यो सफा हुनुपर्छ ।यसका लागि मुख तथा दाँत पनि सफा हुनुपर्छ ।
    दाँतलाई आकर्षक राख्नुपर्छ । बलियो पनि। दुबैको लागि अरु केही गर्नुपर्दैन, केवलसरसफाईमा ध्यान दिए हुन्छ । दाँत त्यसबेलाखराब हुन्छ, जब त्यसको सरसफाईमा ख्यालगरिदैन । खानेकुरा खाएपछि त्यसको टुक्रादाँतमा रहन्छ । खानेकुराको लेउ दाँतमा टाँसिएरबस्छ । यस्ता टुक्रा तथा लेउलाई हटाउनुपर्छ। त्यसको लागि सजिलो र प्रचलित उपाय हो,दाँत ब्रस गर्नु ।खाना खाएपछि ब्रस गर्नुपर्छ ।
   सामान्यतःहामी दिनमा दुई पटक भात खान्छौं । बिहान रबेलुकी । खाना खाइसकेपछि दुई पटक नै दाँतब्रस गर्नुपर्छ ।  दिनभर खाजा, नास्ता गरेपछिब्रस गरिरहने अनुकुलता नमिल्न सक्छ । त्यसैलेकुनैपनि खानेकुरा खाइसकेपछि सफा पानीलेमुख कुल्ला गर्नुपर्छ ।
    हामी धेरैजसो बिहान उठ्नसाथ ब्रस गर्छौं ।हामीलाई लाग्छ, उठेपछि मुखको गन्ध हटाउनब्रस गर्नुपर्छ । तर, यतिबेलासम्म राती खाएकोखानाको टुक्रा सड्ने, गल्ने, कुहिने प्रक्रियासुरु भइसकेको हुन्छ । दाँतमा जिवाणुहरुफैलिइसकेको हुन्छ । त्यसैले बिहान दाँत ब्रसगर्नुको खास अर्थ छैन ।खाना खाइसकेपछि ब्रस गर्नु सबैभन्दाउपयोगी तरिका हो । खाना खाएपछि दाँतमाअड्केको खानेकुराको टुक्रा, लेउ आदिहटाउनका लागि ब्रस गर्नुपर्छ । ब्रस गर्ने पनिविधी छ । समयसीमा छ । पेस्टको गुणस्तर,ब्रसको गुणस्तरले पनि यसमा भूमिका खेल्छ ।


Posted on: 2018-May-11

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar