26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सामसुङ र एप्पलको कडा प्रतिस्पर्धा

10 - Oct-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 सञ्चार जगतमा 
सामसुङ र एप्पलको कडा प्रतिस्पर्धा एजेन्सी प्रविधि र सञ्चारको क्षेत्रमा अहिले निकै नै प्रतिस्पर्धा बढेको छ । यो प्रतिस्पर्धाको पछिल्लो समय निकै खरोरुपमा उभिएका कम्पनीहरु हुुन सामसुङ र एप्पल । यी कम्पनीहरु विश्वको स्मार्टफोनको बजारमा सबैभन्दा अगाडिठ रहेको कारण पनि यी कम्पनीहरुको बीचमाा प्रतिस्पर्धा हुनु स्वाभाविक पनि हो । दक्षिण कोरियन र अमेरिकी कम्पनीहरु पछिल्लो समय आफ्ना उत्पादनहरु पनि एकअर्कालाई लक्षित गर्दै ल्याउने गरेका छन् । यस्तोमा पछिल्लो समय पुनः यी दुई कम्पनीहरु आमुन्नेसामुन्ने भएका छन् ।  अहिले अमेरिकी कम्पनी आफ्नो १० औं वार्षिकोत्सव मनाइरहेको छ र यो वर्षमा आफ्नो आइफोन ८ बजारमा ल्याउने तयारी पनि उसको रहेको छ । साथै सामसुङ कम्पनीले केही आकर्षक फिचर्सहरुको साथमा सामसुङ ग्यालेक्सी नोट ८ बजारमा ल्याइसकेको छ । यसले दुई कम्पनीहरु पुनः एकापसमा व्यापारिक प्रतिस्पर्धामा देखिएका हुन् । यसअघि पनि यी दुई कम्पनीहरु एकैसाथ नभिडेका होइनन् तर पछिल्लो समय चिनियाँ स्मार्टफोन निर्माताहरुले स्मार्टफोनको बजारमा अफ्नो पाइलो बलियो बनाउँदै लगेको अवस्थामा दुई कम्पनीको प्रतिस्पर्धाको कस्तो नतिजा दिन्छ भन्ने कुरा भने महत्वपूर्ण रहने छ ।  अहिलेको यो प्रतिस्पर्धामा पनि कमजोर देखिएको खण्डमा चिनियाँ कम्पनीहरुले सामसुङलाई उछिन्नसक्ने देखिन्छ । यदि एप्पललाई पछि पार्दै आफ्नो उत्पादन सफल बनाउन सफल भएको खण्डमा भने बजारमा नयाँ रोचक अवस्था आउनसक्ने देखिन्छ । यो अवस्था आएमा एप्पल तथा सामसुङ करिब बराबरको अवस्थामा रहनेछन् र चिनियाँ कम्पनीहरु पनि उनीहरुकै हाराहारीमा पुगिसकेका हुनेछन् । यो अवस्थाले विश्वको प्रविधिको क्षेत्रमा नै नयाँ आयाम थप्नसक्ने देखिन्छ । साथै नयाँ प्रविधि विस्तारको सम्भावना पनि निकै बलियो हुनसक्छ ।  यसै महिना सामसुङल अफ्नो ग्यालेक्सी नोट ८ सार्वजनिक गरेको छ । न्युयोर्कमा एक कार्यक्रमको माझ कम्पनीले आफ्नो नयाँ नोटको भर्सन सार्वजनिक गरेको हो । कम्पनीको यसअघिको भर्सन ग्यालेक्सी नोट ७ को ब्याट्रीमा समस्या देखिएको थियो । उक्त समस्याका कारण समग्र नोटको भविष्यमाथि नै प्रश्न उठेको थियो । अहिले सार्वजनिक गरिएको स्मार्टफोनमा नोट ७ का धेरै फिचर्सहरु रहेका छन् । यसले अगाडि देखिएको समस्याको कारण नोट ७ मा रहेका फिचर्सहरु प्रयोग गर्न नपाएका मानिसहरुको लागि यो स्मार्टफोन केही महत्वपूर्ण रहनेछ भने यसमा थप केही फिचर्सहरु पनि प्रयोग गरिएको कारण यो उत्पादन आइफोन ८ सँग प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा देखिएको हो ।  उसले बजारमा आफ्नो  पुरानो उत्पादनको खराबीको बाबजुद कम्पनीले नयाँ उत्पादन ल्याएको छ । यसको अर्थ सामसुङको नोट ८ सँग धेरै ठूलो अपेक्षा रहेको छ । अब यसलाई पूरा गर्नसक्ने वा नसक्ने भन्ने कुरा महत्वपूर्ण हुनेछ । ग्यालेक्सी नोट ८ ले नोट ७ को कमजोरीबाट कम्पनीको व्यापारिक नतिजामा उल्लेख्य सुधार ल्याउने विश्वास कम्पनीले लिएको छ ।  कम्पनीले सार्वजनिक गरेको यो स्मार्टफोन केही विशेष रहेको देखिएको छ । यसको डिस्प्ले ६ दशमलव ४ इन्च रहेको छ । साथै यो उत्पादन पनि दुई संस्करणमा सार्वजनिक भएको छ । एक संस्करणमा क्वालकम स्न्यापड्र्यागन ८३५ चिपसेटका साथमा एड्रिना ५४० जीपीयू प्रोसेसर रहेको छ भने अर्कोमा एक्सनोस ८८९५ चिपसेटका साथमा माली जी ७१ जीपीयू रहेको छ ।    यो स्मार्टफोनमा ६ जीबी ¥याम रहेको छ भने इन्टरनल मेमोरी ६४, १२८ र २५६ जीबीको विकल्पसहित आउनेछ । १३ मेगापिक्सल क्यामरा भएको फोनमा ३३०० एमएएच पावरको ब्याट्री हुनेछ । नोट ८ ले एन्ड्रोइड नगेट ७.१.१ अपरेटिङ सिस्टममा काम गर्नेछ । ६४ जीबीको करिब ९७ हजार, १२८ जीबीको एक लाख १० हजार र २५६ जीबीको एक लाख २४ हजार रुपैयाँ पर्ने अनुमान छ । तर, देशअनुसार यो मूल्यमा धेरै फरक आउनसक्नेछ । सामसुङका नोट सिरिज फोन निकै रुचाइएका भए पनि नोट ७ को ब्याट्रीमा आएका खराबीका कारण यसको छवि बिग्रिएको थियो । कम्पनीले आफूले बेचेका सबै फोन फिर्ता लिएर अर्कोसँग साटिदिएको थियो । केही समय उत्पादन नै बन्द गरेर नयाँ नोट ७ कम्पनीले बजारमा ल्याए पनि यसले खास प्रभाव पार्न सकेन । कम्पनीले नोट ७ बाट निकै घाटा व्यहोर्नुपरेको थियो । अब नोट ८ बाट कम्पनीले बिग्रेको आफ्नो छवि सुधार्ने र गुणस्तरमा ग्राहकको विश्वास जित्ने आशा गरेको छ । यसका लागि कम्पनीले नोट ८ लाई विशेष बनाउन निकै मिहिनेत गरेको बताइएको छ ।  यसले ग्राहकलाई कति आकर्षण गर्न सक्छ भन्ने त फोन बजारमा आइसकेपछि नै थाहा हुनेछ ।   सामसुङको यो उत्पादन सार्वजनिक भएसँगै एप्पल कम्पनीले पनि आफ्नो नयाँ स्मार्टफोन आइफोन ८ यो सेप्टेम्बरभित्र ल्याउनसक्ने एक विवरणले देखाएको छ । पछिल्लो समय अबको २० दिनभित्र आइफोन ८ पनि बजारमा आउने  विवरणमा देखिएको छ । समग्र एप्पलको बजार नै आइफोनमा टिकेको कारण यो स्मार्टफोनको प्रतीक्षा अत्यधिक मात्रामा  भइरहेको छ । यो स्मार्टफोनमा पनि मानिसहरुको अत्यधिक अपेक्षा रहेको छ ।  आइफोनले सोही मितिमा आफ्नो आइफोन सेभेन एस, आइफोन सेभेन एस प्लस र आइफोन एट स्मार्टफोन सार्वजनिक गर्नेछ । लञ्चिङको एक–डेढ हप्तापछि नै यसको बिक्री सुरु हुनेछ । एप्पलको परम्परा अनुसार उसले आफ्ना नयाँ फोन मंगलबार वा बुधबार लञ्च गर्ने गर्दछ र शुक्रबारदेखि बिक्री सुरु गर्दछ । आइफोन एट लञ्चको सँगसँगै एप्पलले आइओएस ११, म्याक अपरेटिङ सिस्टम हाइ सिएरा, वाच अपरेटिङ सिस्टम फोर, तथा टिभी अपरेटिङ सिस्टम ११, पनि सार्वजनिक गर्नेछ । आइफोन एटमा फेस सेन्सर लक तथा इन्डक्टिभ चार्जिङ लगायतका फिचर हुनेछन् । अहिले विभिन्न किसिमका स्मार्टफोनहरुको प्रयोग गरिरहेका मानिसहरुको मोबायल प्रयोगको तरिका नै बदलिने विश्लेषकहरुले बताएका छन् । उनीहरुका अनुसार अहिले विश्वको स्मार्टफोनको क्षेत्रमा केही नयाँ प्रयोगको माग रहेको छ । धेरै मानिसहरु केही नयाँ फिचर्स आओस् भन्नेमा रहेका छन् । जसको कारण केही नयाँ फिचर्सहरु आएको खण्डमा उक्त स्मार्टफोनको चर्चा पनि बढी हुने गरेको । पछिल्लो समयका केही स्मार्टफोनहरुले पनि यसको पुटि गरेका छन् । नोकिया कम्पनीले केही समयअघि सार्वजनिक गरेको नोकिया ८ ले विश्वव्यापी चर्चा कमाएको थियो ।    

Posted on: 2017-Oct-10

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar