26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

देउवा र पौडेल बिचको केमेस्ट्री

9 - Oct-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 देउवा र पौडेल बिचको केमेस्ट्री
देउवा हावी हुंदा काँग्रेसमा किचलो, अबिस्वासको संकट गहिरीदँै के. वि. जि. सि कांग्रेसलाई नेपालका आम नागरिकले मात्रै होइन विश्वले नै लोकतान्त्रिक मूल्य मान्यतामा चल्ने पार्टी भनेर चिन्दै आएको छ । अन्य राजनीतिक दललाई भन्दा छिमेकी र भौगोलिक दृष्टिका हिसावले टाढाका मित्रराष्ट्रले कांग्रेसलाई विश्वास गर्ने आधार पनि सायद यही नै हुुनसक्छ ।  तर राजनीतिमा यस्तो देखिदैन । पार्टीको १३ औं महाधिवेशनबाट सभापति बनेका बर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाका कारण अहिले कांग्रेसले विश्वसामु आफ्नो विश्वास गुमाउदै गएको छ । हुनतः देउवा जव जव शक्तिमा आउँछन, तव तव मुलुक र प्रजातन्त्रमाथि केहि न केहि अनिष्ट भइरहन्छ । देउवाले २०५९ सालमा आफु प्रधानमन्त्री भएको वेलामा प्रजातन्त्रलाई तत्कालिन राजा ज्ञानेन्द्रलाई बुझाए, व्यवस्थापिका संसद विघठन गरेर । त्यसपछि प्रजातन्त्रलाई पुनःस्थापन गर्न दलहरुले २०६२०६२ को १९ दिने जनआन्दोलन गर्नु प¥यो । त्यसभन्दा अघि उनलाई कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्र विपरित काम गरेको भन्दै साधारण सदस्यता समेत नरहने गरी कारवाही गरेपछि पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । नयाँ पार्टी गठन गर्नु देउवाको मुख्य उद्देश्य थियो, प्रधानमन्त्री बन्नु । केहि समय आफ्नो त्यो अभिष्ट प्रधानमन्त्री बनेर पुरा पनि गरे । तर, उनलाई तत्कालीन राज ज्ञानेन्द्रले असक्षमको बिल्ला लगाउँदै प्रधानमन्त्री पदबाट हटाईदिए ।    राजाले सम्पूर्ण शक्ति आफ्नो हातमा लिएपछि त्यसको विरुद्ध राजनीतिक दलहरु एक भएर अघि बढे । आफ्नो कुकृत्य रोक्नका लागि देउवा पनि राजाको कदमका विरुद्ध लागे । दलहरुले राजाको दमनको कुनै परवाह नगरी आन्दोलनलाई निरन्तर अघि बढाइरहे । फलस्वरुप १९ औं दिनमा राजा घुडा टेक्न बाध्य भए । त्यसपछि उनै देउवाले विघटन गरेको संसद पुनस्थापन भयो । पुनस्थापित संसदबाट कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । त्यसपछि मुलुकमा गणतन्त्र ल्याउन र नयाँ संविधान निर्माण गर्न संविधानसभा निर्वाचन गर्ने निर्णय भयो । त्यसपछि देउवाको पार्टी पुनः कांग्रेसमा समाहित भयो । र, १२ औं महाधिवेशनमा उनी सुशील कोइरालासंग सभापतिमा पराजित भए । १३ औं महाधिवेशनमा भने रामचन्द्र पौडेललाई हराएर सभापति भएपनि देउवाले कांग्रेसमाथि बक्रदृष्टि लगाएर आफ्नो अभिष्ट पुरा गरिरहेका छन् । सभापति भए लगत्तै देउवाले नेकपा (माओवादी केन्द्र)संग गठबन्धन गरे । सहमति पहिला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेर स्थानीय तह निर्वाचन गर्ने र त्यसपछि उनले राजीनामा दिएर देउवा प्रधानमन्त्री बनी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्ने सहमति बनेको थियो । त्यही अनुरुप मुलुकको राजनीति अघि बढ्यो, २४ जेठमा देउवा प्रधानमन्त्रीको कुर्सीमा बस्न सफल भए । प्रधानमन्त्रीमा आसिन भएपछि र नहुदै उनले पार्टीलाई गम्भिर प्रभाव पर्ने चारओटा काम गरे । जसले अहिले कांग्रेसको बदनाम भइरहेको छ । राजदुत, प्रहरी महानिरिक्षक र प्रधानन्यायाधीस काण्डले कांग्रेसको बदनाम भइरहेको छ ।  प्रहरीको चेन अफ कमाण्ड विगार्ने काम देउवाबाट भएको छ । देउवाले आफ्नो स्वार्थ पूरा गर्न प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गरे ।  तर, विपक्षी र अन्य क्षेत्रबाट भएको विरोध थेग्न नसकेपछि अन्तमा त्यो प्रस्ताव फिर्ता लिन सरकार बाध्य भयो । त्यसले कांग्रेसको सिद्धान्त र देउवाको कार्यशैलीमा विपक्षीले खोट लगाउने स्थान प्रशस्त पाएका छन् । यसको एउटा मात्रै कारण हो, देउवासंग कानुन बुझेका र विज्ञता भएका नेता छैनन्,  छन् त लाठो हान्न जान्ने नेता मात्र । केहि भएकालाई पनि उनले पाखा लगाइसकेका छन् । पछिल्लो समय देउवाको भारत भ्रमण काण्ड चर्चामा छ । उनले भारत पुगेर मुलुकको आन्तरिक मामलामा बोलेको भनेर विभिन्न टिका टिप्पणी भइरहेको छ । नेपालको संविधान नेपालले बनाउने हो । आफ्नो बुद्धि र विवेकले बनाउने हो । तर, भारतमा गएर हामी यसो गरिरहेका छौ भन्न आवश्यक थिएन । अहिले कारणले पनि प्रधानमन्त्री देउवा बिरुद्धमा निकै नै तितो आलोचना भईरहेको छ । तर यो सव देउवाको बदनियत र अदुरदर्शी कार्यले गर्दा भएको हो । यसमा कसैको दुुईमत छैन ।    

Posted on: 2017-Oct-9

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar