26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

उपत्यकामा एक बर्षमा झण्डै छ हजार अपराध

30 - Aug-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 उपत्यकामा एक बर्षमा झण्डै छ हजार अपराध 
युवा हुंकार व्युरो काठमाडौ साउन  काठमाडौ उपत्यकामा एक बर्षमा साना ठुला समेत गरी झण्डै छ हजार वटा अपराधिक घटना भएकाछन । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक गरेको एक आर्थिक बर्षको अपराध सम्वन्धी तथ्यांक अनुसार गत एक वर्षमा उपत्यकामा पाँच हजार नौ सय २४ वटा अपराधिक घटनाहरु भएकाछन ।  प्रहरीका अनुसार गत एक वर्षमा काठमाडौंमा चार हजार पाँच सय ८२, ललितपुरमा आठ सय ५९ र भक्तपुरमा चार सय ८४ वटा अपराधिक घटनाहरु भएकाछन । समयलाई विश्लेषण गर्ने हो भने छ बजेदेखि १२ बजेसम्म सबैभन्दा बढी घटना हुने गरेको डिआइजी बम बहादुर भण्डारीले जानकारी दिएकाछन । भण्डारीका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी शुक्रबार र शनिबार आपराधिक घटना हुने गरेको छ । साताका अन्तिम यी दुई बारमा मात्रै पूरै आपराधिक घटनाका १६ प्रतिशत घटना हुने गरेको डिआइजी भण्डारीले बताएकाछन ।  यी दुई बारपछि मंगलबार, बुधबार र बिहीबार १४ प्रतिशत घटना हुने गरेको छ भने आइतबार र सोमबार भने सबैभन्दा कम अपराध हुने छ ।  महिनाका हिसाबमा सबैभन्दा धेरै भदौमा अपराध भएका छन् । गत भदौमा पाँच सय ९६ वटा घटना भएकाछन । त्यसपछि चैतमा पाँच सय ५४, जेठमा पाँच सय २१, फागुनमा चार  सय ८६ वटा घटना भएका छन् । वैशाख र असोजमा कम घटना हुने गरेको प्रहरीले जानकारी दिएको छ ।   

Posted on: 2017-Aug-30

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar