नेपालमा पहिलो पटक रेस नारी नेसनल च्याम्पियनसिप सम्पन्न
20 - Apr-2017, Posted by: Yuwahunkar | COMMENTS: 0

युवा हुंकार संवाददाता नेपालमा पहिलो पटक रेसनारी नेसनल च्याम्पियनसिप २०१७ मोटो स्कुटर रेसिङ सम्पन्न भएको छ । नेपाल मोटरसाइकल फेडरेसन क्लबको आयोजनामा सातदोबाटोस्थित स्वीमिङ पुल कम्प्लेक्समा रेसिङ च्याम्पियनसिप भएको हो । च्यामिपयनसिपमा २१ जना महिला राइडरले ११० सीसीको होन्डा नाभी कुदाएका थिए । प्रतियोगितामा दीक्षा श्रेष्ठले प्रथम स्थान हासिल गरेको आयोजकले जनाएको छ । त्यसैगरी वर्षा बस्नेतले दोस्रो र सुनिता देसारले तेस्रो स्थान हासिल गरेकी छन् । रेसिङ च्याम्पियनसिपमा २१ जना महिला राइडरले ११० सीसीको होन्डा नाभी कुदाएका थिए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको हो । मोटरसाइकल रेसिङका प्रथम विजेतालाई आगामी वर्ष एसियालीस्तरको रेसिङमा भाग लिन थाइल्यान्ड÷मलेसिया पठाउने व्यवस्था गरिनेछ । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेन्द्र श्रेष्ठ (राजु) ले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
Posted on: 2017-Apr-20

Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story