26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अलविदा मणिबावु ईतिहाँसले सधै संम्झि रहने एउटा युगपुरुष -भुवन के. सी.

20 - Mar-2017, Posted by: Yuwahunkar   |   COMMENTS: 0
अलविदा मणिबावु ईतिहाँसले सधै संम्झि रहने एउटा युगपुरुष,  -भुवन के. सी.    नेपाली पत्रकारिता जगतको जिउँदो ईतिहाँसकोरुपमा रहेका मणिराज उपाध्यायको २०७३ पुस २७ गते गंगालाल अस्पतालमा निधन भयो । उहाँको उमेर ९४ वर्षको थियो । नेपाली पत्रकारिता क्षेत्रको नयाँ पुुस्ताले सायद उहाँको नाम त्यति सुुनेका छैनन होला । तर पुरानो  पुस्ता, जो राजनीति, कुटनीति वा पत्रकारिका वा अन्य कुनै पनि क्षेत्र किन नहोस उहाँको नाम नसुुनेका व्यक्ति सायद छैनन । पुरानो पुस्ताले उहाँलाई नेपाली पत्रकारिता जगत कै जिउँदो ईतिहाँसकोरुपमा लिदै आएको थियो, सम्मान गर्दे आएको थियो ।  सिंगो नेपाली पत्रकारितालाई क्षेत्रलाई आजको स्थानसम्म ल्याउनको लागि उहाँको योगदान निकै नै अतुुलनीय रहेको छ । नेपाली पत्रकारिताको इतिहासका पानामा मणिराज उपाध्यायको नाम सरल र सुस्पष्ट विचार का लगनशील पत्रकारका रूपमा अंकित हुने छ । उहाँको विचारसंग कोही सहमत होस् वा असहमत, उहाँको नाम नलिई नेपाली पत्रकारि ताको इतिहास पूर्ण हुदैन । कृष्णप्रसाद भट्टराईको सभापतित्वमा २०१२ सालमा नेपाल पत्रकारसंघको गठन हुदा मणिराज उपाध्याय त्यसका सचिव हुनुहुन्थ्यो । २०४३ सालदेखि २०४६ सालसम्म, जतिबेला नेपाल पत्रकार संघ अस्तित्वको लडाई लड्दै थियो, उहाँ त्यसको सभापति हुनुहुन्थ्यो । त्यो समय नेपाली पत्रकारितामा संकट र संक्रमणको समय थियो । नेपाली पत्रकारिताको छाता संगठन तत्कालीन सरकारका समर्थक केही पत्रकार हरूको कब्जामा रहेको थियो ।  उनीहरूको कब्जाबाट पत्रकार संघलाई मुक्त गर्न मणिराज उपाध्यायको संयोजनमा भएको संघर्षमा गोपालदास श्रेष्ठ, गोविन्द वियोगी, होमनाथ दाहाल लगायतका पत्रकारहरू पहिलो लहरमा हुनुहुन्थ्यो। । अन्ततः त्यो लडाईमा नैतिक विजय हासिल भयो । मणिराज उपाध्यायलाई उहाँका समकालीनहरू मणिबाबु र भाइ पुस्ताका पत्रकारहरू मणिदाइ भने र बोलाउँथे । केही समयको अपवादलाई छाडेर, मणिदाइ पत्रकारिता जगतसँग अविचलित जोडिएर रहनुभयो । अपवादको समय भनेको उहाँ राजाबाट सेती अञ्चलको अञ्चलाधीश नियुक्त भएको समयावधि हो । मणिदाइ पुग—नपुग दुई वर्ष अञ्चलाधीश हुनुभयो । यस बाहेक उहाँले आफ्नो सम्पूर्ण जीवनकाल पत्रकारितामा नै समर्पित गर्नुभयो । हामीकहाँ र राजनीतिक दलले आप्mना कुनै सदस्यको निधन भयो भने निधन भएका व्यक्तिले दललाई दिएको योगदानलाई सम्झिँदै दलको झण्डा ओढाएर अन्तिम विदाइ गर्ने चलन छ । मणिबाबुको निधनमा पनि त्यस् तैगरि यो। नेपाल पत्रकार महासंघका सभापतिले आफ्ना संस्थापक नेताको पार्थिव शरीरमा महासंघको झण्डा ओढाएर औपचारिक कर्तव्य पुरा गरे । मणिदाइ अथवा मणिबाबु नेपालका जिउँदा सहिदकारूपमा मानिएका राजनेता टंकप्रसाद आचार्यको भान्जा हुनुहुन्थ्यो । प्रजापरिषदको नेताकोरूपमा राणाहरूले तत्कालीन शासनका घोर विरोधी आचार्यको प्रतिष्ठाको अपहरण गरेका थिए । २००७ सालमा राणाशासनको अन्त्य र आमूल राजनीतिक परिवर्तनपछि आचार्य परिवारको राजनीतिक कीर्तिको पुनःस्थापना भयो  । चारपाटे मुडेर जातिच्युत गराइएका सबै नेताहरूको समाजमा यथोचित प्रतिष्ठा स्थापित भयो । मणिबाबुमा मामाको संस्कार नहुने त कुरै भएन । सम्भवतः उहाँले पत्रकारिताको पेसा वा व्यवसाय चुन्नु भएको पनि यसै कारणले होला । पत्रकार बाहेक मणिबाबुको अर्को परिचय पनि थियो, खे लाडीको । उहाँ नेपालको प्रसिद्ध फुटबल टिम एनआरटी को गोलकिपर हुनुहुन्थ्यो । फुटबलका धुरन्धर खेलाडी ।  २००७ सालमा राणा शासनको अन्त्य भए पनि स्थिर प्रजातान्त्रिक शासन व्यवस्थाको प्रारम्भ भएको थिएन ।  राजदरबार , प्रजातन्त्रका नेताहरू र सत्ताच्युत राणाहरू शक्तिको खेलमा लागिनै रहेका थिए । देशबाट राणाशासनको अन्त्य भएको थियो । तर शाह परिवार र राणा परिवारबीचको पारिवारिक सम्बन्धहरू यथावत थिए । शक्ति र सत्ताका कारण यी तीनै पक्षबीचको सम्बन्ध कटुतापूर्ण हुनु स्वाभाविक थियो । सिद्धान्ततः त्यतिबेला प्रजातन्त्रकै टुंगो लागेको थिएन । देशमा अभिव्यक्ति स्वतन्त्रता थियो । तर व्यवहारमा यो स्वतन्त्रताको राजनीतिक स्थान निरन्तर साघुँरो हुुँदै गएको थियो । सरकारले अधिकार मा कटौती गर्ने, नियमित गर्ने र नियन्त्रित गर्ने त साधारण कुरा थियो । यो अवस्थामा पत्रकारितामा मणिबाबुको नीति स्पष्ट थियो । उहाँ जनताले प्रजातान्त्रिक अधिकारको निर्वाध उपभोग गर्न पाउनुपर्छ भन्ने मान्यता राख्ने संवैधानिक राजतन्त्रका पक्षपाती नेपाली हुनुहुन्थ्यो । उहाँको झुकाव निसन्देह राजाप्रति थियो । यो मामिलामा उहाँ स्पष्टवादी हुनुहुन्थ्यो । लप्पन—छप्पन केही नजान्ने तथा व्यक्तिगत फाइदामा नलाग्ने स्वभाव थियो, उहाँको । उहाँ आपूmलाई ठूलो विद्वान पनि सोच्नुहुन्नथ्यो । मणिबाबु जहिले पनि साधारण मानिसकारूपमा प्रस्तुत हुनुभयो । संवैधानिक राजतन्त्रवादी भएकाले उहाँले राजाको व्यवस्थालाई कहिल्यै मान्नुभएन । तर राजा महेन्द्रका घरेलु र विदेश नीतिहरूको खासै आलोचना पनि गर्नुभएन । यसको अर्थ सरकार बाट लाभ प्राप्त गर्न उहाँले यस्तो नीति अवलम्बन गर्नुभएको थिएन । यो समयमा यस्तै थियो । राजाको आड लागेर राजाको व्यवस्था चलाउनेहरूको विरोध गर्नु बाहेक अर्को उपाय पनि थिएन । पत्रकारितामा मणिबाबुले कहिल्यै कुनै सम्झौता गर्नुभयो भन्ने होइन । २००८ सालदेखि ०१७ सालमा प्रजातान्त्रिक सरकारको अवसान नहुँदासम्म नेपाली पत्रकारिताको स्वरूप बडो अनौ ठो थियो । त्यतिबेलाका पत्रपत्रिकाका पाना पल्टाउने हो भने अनेकन रोचक समाचारहरू फेला पर्छन् । मणिबाबुको सम्पादनको दैनिक समाज त्यतिबेलाकोने पाली समाजको प्रतिनिधि समाचारपत्र थियो । समाज हक्की र निडर थियो । तर तत्कालीन नेपाली समाजको आकार सानो भएकोले केही अप्ठेराहरू पक्कै थिए । कुरा डा. केआई सिंहको नेतृत्वमा सरकार गठन भएपछिको हो । जम्मा १०८ दिन सरकारमा रहेको केआई सिंहको सरकार पहिलो दिनदेखि नै आलोचनाको सिकार भयो । सरकारमा बस्नेहरू यस्ता समाचार दबाउन चाहन्थे । त्यति नै बेला एउटा नमुनाको घटना भयो । सानो राजनीतिक दल नेपाल जनवादी प्रजातान्त्रिक संघका अध्यक्ष प्रेमबहादुर कंसाकारले काठमाडौंमा ‘नेहरू सरकारको चिहान नेपालमा खनिँदै छ’ भन्दै भाषण गरे । उनको यो भाषणलाई साप्ताहिक ‘ रन्को ’ ले समाचारकारूपमा प्रकाशित ग¥यो । यसबापत प्रेमबहादुर कंसाकार त तीन महिनाका लागि जेल गए गए । उनको साथमा सम्पादक ईश्वरानन्द श्रेष्ठाचार्य पनि जेल गए र दुई दिनपछि छुटे । समाजले बेला—बेलामा चाखलाग्दो र विचार मन्थन हुने खालका समाचार प्रकाशित गथ्योे ।  एकपटक यस्तै समाचार प्रकाशित भयो, निकै चाखलाग्दो ः ‘नन्दलाल पाण्डे एम.ए. नख्खु जेलमा आमरण अनशनमा छन् ।’ यो समाचार बारे स्पष्टीकरण लिन काठमाडौं मजिष्ट्रेटले सम्पादक मणिबाबुलाई बोलाएर सोधे , ‘ यो मानिससँग एम.ए.को डिग्री छ भन्ने कसरी थाहा भयो ? उसले कुन विश्वविद्यालयबाट डिग्री पाएको हो । यो समाचारको आधार के होे ? मदनमणि दीक्षित, गोविन्द वियोगी, गोकुल पोखरेल र योगेन्द्र अर्याललाई एकठाउँमा बसाउनुभयो । समाजको संस्थागत प्रकाशन सुरु भयो । तर यो प्रयोग लामो समय चलेन । मणिबाबु असल मानिस हुनुहुन्थ्यो । राजा वीरन्द्र उहाँको  कदर गर्थे गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई उहाँको रेस्पोन्स गर्थे । बीपी कोइरालालाई उहाँको सूचनामा भरोसा थियो । कसैसँग मनमुटाव नराख्ने, सबैसँंग मेलमिलाप गर्ने मणिबाबु धार्मिक प्रवृत्तिका मानिस हुनुहुन्थ्यो ।  बुढेसकालको लामै भाग उहाँले देवघाट आश्रममा बिताउनुभयो । मणिराज उपाध्यायको अवसान सिगैं नेपाली पत्रकारिताका एक आधार स्तम्भ ढलेको छ ।   

Posted on: 2017-Mar-20

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar