खटपट गर्दै ईमारान र कृति
5 - Oct-2016, Posted by: Yuwahunkar | COMMENTS: 0
खटपट गर्दै ईमारान र कृति
युवा हुंकार डेक्स
काठमाडौ भदौ
भारतीय चलचित्र क्षेत्रमा धेरै रुचाईएका नायक ईम्रान हाजमी र नायिका कृति खरवन्दाका बिचमा खटपट सुरु भएको छ । हाजमीको निकै नै महत्वकाक्षी फिल्म राज रिबुुटको सुटिडका क्रममा नायिका कृतिले समयको बेवास्ता गर्दे आफुु खुसी सुटिडको लागि आउने गरेपछि उनीहरु बिच खटपट सुरु भएको हो ।
चलचित्र निर्माणको लागि निश्चित समय तोकेको भएपनि नायिका ढिलो आउनाले सिंगो चलचित्र युनिट नै नायिकालाई बाध्य हुुुनुुपरेकाकारण पनि हाजमी र नायिका कृति खरवन्दाको सम्वन्धमा चिसोपन आएको हो ।
नायिकासँग यसकारण विग्रियो इमरानको सम्बन्ध बलिउड नायक इमरान हाश्मी समयको खुबै ख्याल गर्छन् । समयको मामालामा उनी यति धेरै अनुशासित छन् कि, हरेक कार्यक्रममा तोकिएकै समयमा पुग्छन् । यस्ता नायकलाई अन्य कलाकारले समयको वेवास्ता गर्दा कती रिस उठ्दो होला ? चलचित्र ‘राज रिबुट’की नायिका र इमरानविच बोलचाल नै बन्द भएको छ ।
चलचित्रकी नायिका कृती खरबन्दा यही चलचित्रबाट बलिउडमा डेब्यू गर्न लागेकी छिन् । तर, नायिकाको अनुशासनहिनताका कारण इमरानले उनीसँग बोलचाल नै बन्द गरेका छन् । कृती सुटिङको पहिलो दिनबाटै सेटमा ढिलो आउने गर्थिन् । हालै मात्र इमरान र कृतीलाई मिडियामा अन्र्तवार्ताका लागि जानुपर्ने थियो । इमरान व्यवसायिक कलाकार हुन्, जो मिडियामा समयमै पुग्छन् । तर, कृती तोकिएको समय भन्दा आधा घन्टा ढिलो पुगे ।
इमरान यो कुराले खुबै रिसाए र आफ्नो म्यानेजरमाथि खनिए । यसकाकारण इमरानका म्यानेजर र कृतीको टिमविच झगडा नै र्पयो । जसले इमरान र कृतीको बोलचाल नै बन्द भएको छ । नायक र नायिकाको लडाइले कतै चलचित्रको प्रमोशनमा लफडा त हुने होइन भन्ने डर यसका निर्देशक विक्रम भट्टलाई लाग्न थालेको छ ।
Posted on: 2016-Oct-5
Posted on: 2016-Oct-5
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story