28 Apr
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

1 - Sep-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ  
मोरङ,  मोरङ जिल्लाको विराटनगर उपमहानगरपालिका २१ बाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔधसहित साउन १८ गते एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १४ वस्ने २१ वर्षिय विनोद राई छन् ।  उनलाई सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म जोगवनीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसठाउँमा जाँच गर्नेक्रममा निज राईले कम्मरमा बाँधेर ल्याउँदै गरेको अवस्थामा २० वटा डाईजिपाम, २० वटा लुपिजेसिक र २० वटा एभिल फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका राईलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।  पैठारीको सामान बरामद  पर्सा,  पर्सा जिल्लाको वीरगंज उपमहानगरपालिका १९ रजत जयन्ती चोकबाट एपीएफ टोलीले करीब एक लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान साउन १८ गते बरामद गरेको छ ।  सशस्त्र प्रहरी बल राजश्व एवं भन्सार सुरक्षा गुल्म वीरगंजबाट खटिएको एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको चोरीपैठारीको लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको हो ।  एपीएफ टोलीले त्यसठाउँमा जाँच गर्ने क्रममा ना. २ ख ८८९८ नम्बरको ट्रकको क्याविनबाट करीब एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र ना. ५ ख ९२५ नम्बरको ट्यांकरको क्याविनबाट करीब १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स बरामद गरेको हो ।                                                                  (अजय छतकुली)                  सशस्त्र प्रहरी नायव उपरीक्षक  

Posted on: 2016-Sep-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar