05 May
Sun

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

ईन्धन अभावले दुईसय वटा सडक निर्माण कार्य अलपत्र

28 - Feb-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 भारतीय नाकाबन्दीका कारण ईन्धन अभाव हुँदा चालू आ.ब. २०७२÷०७३ भित्र सम्पन्न गर्नुपर्ने ठूला तथा साना सडकहरुको निर्माण कार्य ठप्प भएको छ । डिभिजन सडक कार्यालय भक्तपुर अन्तर्गत रहेका ठूला तथा साना गरी करिब २०० वटा सडकको निर्माण तथा स्तर बृद्धिको काम ठप्प भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख एवं बरिष्ट ईन्जिनियर देबेन्द्र शाहले इन्धन नहुँदा सडक विस्तार गर्नेदेखि कालोपत्र गर्ने काम समेत ठप्प भएको बताउनुभयो । काठमाण्डौ सहरी सडक विस्तार विस्तार कार्यक्रम अन्तर्गत भक्तपुरका ठूला सडकहरुको निर्माण कार्य रोकिएको उहाँले बताउनुभयो । सुर्यविनायक स्थिति पाण्डुबजार हुदै गुण्डुसम्मको सडकको नाली, ड्रेन निर्माण भएपनि भएपनि कालोपत्र गर्ने कार्यभने रोकिएको बताउनुभयो । ईन्धन नहुँदा लोकन्थलीबाट एसओएस जाने सडक कालोपत्रे गर्ने कार्य, अरनिको राजमार्गबाट बप्पा हुदै थिमि नगरपालिका जाने सडक कालोपत्र गर्ने कार्य रोकिएको छ । त्यस्तै लोकन्थलीबाट हेल्थपोष्ट हुदै सानोठिमी जाने सडक, चारदोबाटोबाट बालकोट जाने सडक र भक्तपुर नगरपालिका व्यासीबाट झौखेल जाने सडक पक्कि गर्ने काम अलपत्र परेको छ ।  त्यसैगरि एक निर्वाचन एक सडक योजना अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नं. १ अन्र्तगतको ५ करोड रुपैयाको लगानीमा निर्माण सुरु भएको थिमिको बोडे गाकू हुदै नगरकोट जाने सडक निर्माण कार्य अलपत्र भएको छ । कार्यालयका प्रमुख शाह भन्नुहुन्छ–‘यो सडकको ४० लाख रुपैयाको काम सम्पन्न भएको छ, अरु सबै काम ठप्प छ, ईन्धन अभाभ नभएको भए काम छिटो सकिन्थ्यो अब गाह्रो हुन्छ ।’ त्यसैगरि निर्वाचन क्षेत्र नं. २ अन्तर्गत मध्यपुरथिमिबाट दधिकोट जाने सडक निर्माण कार्य इन्धन अभाव कै कारण काम सुरु गर्न सकेको छैन । पाँच करोड रुपैयाको लागतमा सडक निर्माणको तयारी गरिएपनि ईन्धन अभाव कै कारण सडक निर्माण सुरु हुन नसकेको बताउँदै उहाँले ईन्धन पाईए लगत्तै निर्माण कार्य सुरु गरिने बताउनुभयो । त्यसैगरि जिल्लाको धार्मिक स्थल जाने सडक निर्माण अन्र्तगत रहेको सिपाडोलको डोलेश्वर जाने सडक कालोपत्र गर्ने काम, सिपाडोल कै पाईलट बाबा आश्रम जाने सडक खण्ड, छालिङ्ग स्थित पञ्चमहालक्ष्मी मन्दिर जाने सडक कालोपत्र गर्ने, ढलान गर्ने काम अलपत्र परेको छ ।  डोलेश्वर जाने सडक रु. २ करोड, पाईलट बाबा आश्रम जाने सडक रु. २ करोड र पञ्चमहालक्ष्मी मन्दिर जाने सडक रु. ४ करोडको लागतमा कालोपत्र गर्ने काम अलपत्र परेको छ ।  कार्यालयका प्रमुख ईन्जिनियर शाहले भन्नुभयो–‘ईन्धन नहुँदा अधिकांश सडकको कालोपत्र गर्ने काम ठप्प भएको छ, चिसोमा अब कालोपत्र गर्ने काम गर्न मिल्दैन, ईन्धन सहज भयो भनेपनि माघ, फागुनबाट मात्रै कालोपत्र गर्ने काम गर्न सकिन्छ ।’ डिभिजन सडक कार्यालय भक्तपुर अन्तर्गत कै लाकूरी भञ्जाङ्गबाट पनौती हुदै नमोबुद्ध जाने ८ किरो मिटर सडकको ट्रयाक निर्माण गर्ने काम सुरु गर्ने भएपनि, नाली निर्माण, टेवा पर्खाल लगाउने र कालोपत्र गर्नेकाम सुरु हुन सकेको छैन ।  नयाँ एवं बैकल्पिक सडकको रुपमा रहेको यो सडक रु. १० करोडको लागतमा निर्माण हुन लागेपनि इन्धन नहुँदा सिडक निर्माण कार्य अलपत्र परेको छ ।  त्यसैगरि बनेपा, पनौती ६ किलोमिटर सडक करिब ३ देखि ५ करोडसम्मको लागतमा २ लेनको सडक कालोपत्र गर्ने कार्य र रु. ४ करोडको लागतमा निर्माण हुन लागेको दोलालघाट गुराँसे ३ किलोमिटर सडक समेत अलपत्र रहेको छ ।  गतबैशाखको महाभूकम्पले सडक निर्माणमा दुई महिना ढिलाई भएको र अहिले इन्धन अभावले सडक निर्माणमा थप समस्या पारेको छ । निर्माण सुरु गर्न लागेका सबै सडकको आवश्यक सबै प्रक्रिया पुरा गरिसकेकाले ईन्धन सहज भएमा तत्कालै काम सुरु गरेर चालू आ.ब. भित्रै अधिकांश सडक निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालयका प्रमुख शाहले बताउनुभयो ।       

Posted on: 2016-Feb-28

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar