19 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

मन्त्रालयको बेवास्ताले चाईनिज ईटा उत्पादन बन्द, ५०० मजदुर बेरोजगार

28 - Feb-2016, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 महाभूकम्पले पूर्ण रुपमा क्षति पुर्याएको नेपालको पहिलो चाईनिज ईटा उत्पादन गर्ने भक्तपुर ईटा तथा टायल उद्योग प्रा.लि. संचालनमा अर्थ मन्त्रालयले चासो नदिदाँ ५०० मजदूर बेरोजगार भएका छन् । 
२५० रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग सरकारले निजीकरण गरेपछि नेपाल सरकारसंग २०६० साल पुस २२ गतेबाट वार्षिक ४० लाख रुपैया भाडा तिर्दै संचालनमा आएको यो उद्योग बैशाख १२ गतेको महाभूकम्प पछि भने पूर्ण रुपमा बन्द भएको छ । उद्योग बन्द भएसंगै उद्योगमा कार्यरत स्थायी, अस्थायी तथा करारमा रहेका ५०० जना मजदूर बेरोजगार भएको भक्तपुर ईटा तथा टायल उद्योग प्रा.लि. का प्रबन्ध संचालक दुर्गाप्रसाद मल्लले जानकारी दिनुभयो ।  चीन सरकारले २०३२ सालमा ६५ मिटर लामो प्रदुषण रहित होफ्मिन सिस्टम (ज्यााmबल क्थकतझ) मा निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको यो उद्योग सरकारले संचालन गर्दा घाटामा गएर बन्द भएपछि निजीकरण गरि भाडामा संचालन गर्न दिएको थियो ।  सरकारले निजीकरण गरेको देशभरका उद्योग मध्ये सबभन्दा राम्रोसंग संचालनमा आईरहेको र वार्षिक ४ करोड राजस्व सरकारलाई बुझाउँदै आएको यो उद्योग यसवर्ष भने सरकार कै कमजोरीका कारण संचालन मै अन्यौल आएको छ । जिल्ला प्राबिधिक कार्यालयको मूल्यांकन अनुसार भूकम्पले चिम्नी, पर्खाल र भौतिक संरचना नष्ट हुँदा १० करोड रुपैया नोक्सान र उद्योग संचालनमा नआएपनि कर्मचारीलाई ५० प्रतिशत तलब दिनुपर्ने नियम थप ४ करोड रुपैया नोक्सान भएको प्रबन्ध संचालक मल्लले बताउनुभयो ।  उहाँले भन्नुभयो—‘यो सरकारको सम्पत्ति हो, भूकम्पले भत्काए पछि सरकारले पुर्ननिर्माणमा सहयोग गर्नुपर्ने हो, पुर्न निर्माणको लागि पहल गरेकै सात महिना बितिसक्यो, सरकारले कि त चिम्नी बनाईदिनु पर्यो, कि त हामीलाई बनाऊ भन्नुपर्यो हामी बनाएर चलाउँछौ ।’ बजेटमा व्यबस्था भएको बजेट समेत अर्थ मन्त्रालयले निकासा नगर्दा उद्योग संचालन अन्यौल बनेको छ । भूकम्प आएको सात महिनासम्म पनि सरकारको सम्पत्तिको रुपमा रहेको भौतिक संरचना बनाउन हालसम्म पनि चासो नदिँदा उद्योग संचालन नै अन्यौल बनाएको छ ।  प्रबन्ध संचालक मल्लले भन्नुभयो—‘विगतमा दैनिक एक लाख इँटा उत्पादन गर्दैै आएको यो उद्योगमा ५० लाख काचो इँटा स्टक रहेको छ, इँटा पोल्न पुग्ने कोईला स्टक भएपनि सरकारले चिम्नी निर्माणमा ढिलाई गरिदिदाँ काचो इँटा समेत पोल्न पाईएन, उद्योगको नोक्सान बढ्दै जादा निकै समस्या परेको छ ।’ तत्कालै बनाउँदा पनि चार महिना लाग्छ, चिम्नी बनाउन, सरकारले तत्कालै बनाईदिए पनि चैत्र यता इँटा उत्पादन हुदैन, चिम्नी भए १२ महिना नै इँटा उत्पादन गर्न सकिन्थ्यो । ‘भट्टाको चिम्नी बनाउन कम्तीमा पनि चार महिना लाग्छ, सरकारले तत्कालै बनाईदिए पनि चैत्र यता इँटा उत्पादन हुदैन, चिम्नी निर्माण भए १२ महिना नै इँटा उत्पादन गर्न सकिन्थ्यो उद्योगका प्रबन्ध संचालक मल्ल भन्नुहन्छ—‘छिटो चिम्नी निर्माण भए मजदूर बेरोजगार बस्नु पर्दैनथ्यो, भूकम्पले भत्काएको संरचना निर्माणमा पनि ठूलो टेवा पुग्थ्यो ।’     

Posted on: 2016-Feb-28

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar