27 Apr
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

व्यूटी टिप्स

1 - Oct-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 प्रत्येक मानिसहरुको शरिरमा स–साना
छिद्रहरु रहेकाछन । गर्मीको समयमा वा कडारुपमा शारिरीक परिश्रम गर्दा यिनै छिद्रबाट पसिना निस्कने गर्दछ । तर केही मानिसहरुमा भने अनुहारमा स–साना काला थोप्लाहरु हुन्छन । हेर्दा डल्लो जस्तो देखिने यस्ता थोप्लाहरुबाट औंलाले निचोर्दा कडा जमेको सेतो खैरो पदार्थ आउँछ अनि छालामा सानो खाडल पर्दछ । यस्ता थोप्लाहरुलाई ब्लाक हेड्स भनिन्छ । अनुहारको सुन्दरताका लागि यस्ता ब्लाक हेड्स हानिकारक हुन्छ । किनकी यसले जो कोहीको छालालाई पनि कुरुप बनाई दिन्छ । छालामा रहेका ससाना छिदहरु शरीरबाट निस्कने चिल्लो पदार्थ, जिवाणुहरु तथा मृत कोशिकाका कारण बन्द हुन्छन् । यसबाट ब्लाक हेड्स निस्कन्छ । अनुहारमा टाँसिने धुलो, माटो तथा फोहोरका कारण पनि यस्तो समस्याहरु देखिन्छ । बिशेषगरी चिल्लो छाला भएका युवा युवतीहरुलाई यस्तो समस्याले बढी सताउने गर्छ । यसबाट छुटकारा पाउनका लागि विभिन्न खाले उपाय तथा उपचार समेत अपनाउने गरेको पाइन्छ । तर केही यस्ता उपायहरु रहेकाछन, जसबाट घरमै बसेर सामान्य उपचार गरेको खण्डमा पनि ब्लाक हेडलाई बिषेक पार्न सकिन्छ । यसको लागि निम्न अनुसारका घरेलु बिधिहरु अपनाउन सकिन्छ। वाफ लिने यदि छालामा ब्लाक हेड्सको समस्या रहेको छ । यस्ता समस्या भएका व्यक्तिह( रुले दैनिक दुई मिनेटसम्म अनुहारमा बाफ लिन पर्छ । बाफ लिए पश्चात न्यानो नरम कपडाले अनुहार पुछ्नु पर्छ । यसो गर्न सकेको खण्डमा खण्डमा अनुहारमा रहेका ब्लाक हेड्स र अन्य दागहरु पनि हटेर अनुहार गोरो र चम्किलो हुन्छ । बदाम ब्लाक हेड्सको उपचारका लागि बदाम पनि निकै नै उपयोगी रहेको छ । यसको लागि बदाम टुक्रा–टुक्रा पार्नुहोस् अनि त्यसमा बेसन मिलाएर लेदो बनाउनुहोस् । अनि टुक्रा बदाम र बेसनको मिश्रणले व्यूटी टिप्स अनुहार स्क्रब गर्नुहोस् । नियमितरुपमा यसो गर्दा अनुहारको ब्लाक हेड्स कम हुन्छ र अनुहार चम्किलो हुन्छ । तुलसी अनुहार चम्किलो पार्नको लागि तुलसी निकै नै उपयोगी रहेको छ । अनुहारमा रहेको डण्डिफोरको समस्या हटाउन तथा कालोपोतो र कालो थोप्लाहरु हटाउनका लागि समेत तुलसी उपयोगी रहेको छ । मह र कागती मह र कागती पनि अनुहारलाई चम्किलो बनाउन निकै नै उपयोगी रहेको छ । यसको लागि कागतीको रस, नुन तथा मह समान मात्रामा मिलाएर झोल तयार गर्नुहोस् । यसमा दही पनि मिलाउन सक्नुहुन्छ त्यसपछि त्यो लेदोलाई अनुहारमा दलेर केही समयसम्म रगड्नुहोस् र स्क्रब गर्नुहोस् । पाँच १० मिनेटपछि अनुहार धुनुहोस् र सफा रुमालले अनुहार पुछ्नुहोस् । नियमितरुपमा यसो गर्दा अनुहारको ब्लाक हेड्स, कालोपोतो, डण्डिफोर तथा अनुहार चिलाउने जस्ता समस्या हट्ने र अनुहार चम्किलो तथा सफा हुन्छ । शुष्मा महरा प्रवन्ध निर्देशक, फेसियल हाउस काठमाडौं मल सुन्धारा

Posted on: 2015-Oct-1

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar