सबै भन्दा ठुलो धर्म हो, धर्मलाई बिर्सिएर सन्सार चल्दैन:
2 - Jun-2015, Posted by: Yuwahunkar | COMMENTS: 0
नेपाल पछिल्लो समय राजनीतिकरुपमा अस्थिर बन्दै जानुको मुल कारण पनि योगी नरहरि नाथको बिचारलाई आत्मसाथ गर्न नसकेर नै हो । यदि यो मुलकलाई दिर्घकालीनरुपमा शान्तिको बाटोमा लाने हो, सिंगो नेपाल र नेपालीलाई शान्ती र समृद्ध बनाउने हो भने योगी नरहरी नाथको बिचार, उहाँले देखाउनुभएको बाटो बाहेकको अर्को बिकल्प छैन । उहाँको बाटोलाई सबैले आत्मसाथ गर्न सकेको खण्डमा यो देशमा पाश्चात्य संस्कतीको दवदबा समेतको अन्त्य हुने छ ।
अध्यात्म शिर्षक दिएर राख्ने ठुलो र आर्कषक फोटो राख्ने सबैभन्दा ठुलो धर्म हो, धर्मलाई बिर्सिएर संसार चल्दैन, स्वामी व्याग्र बेदनाथ संसारमा सबै भन्दा ठुलो धर्म हो, धर्मलाई बिर्सिएर संसार चल्दैन । यदि कसैले चलाउँछु भन्छ भने त्यो सबैभन्दा ठुलो मुर्खता हो । अहिले संसारमा जति पनि हत्या हिसां र अपराध भएकाछन, त्यो सबै धर्मलाई बिर्सिएकाकारण भएको हो । यो संसारलाई शुन्दर, शान्त, खुसी र समृद्ध बनाउनको लागि पनि धर्म आवस्यक छ, यसको लागि एउटै बाटो भनेको अध्यात्म हो, यसकै खोजीमा नै म यो रुपमा आएको हु,, यो भनाई पुर्व प्रहरी महानिरीक्षक (आईजीपी) हेमबहादुर सिहंका जेठा छोरा प्रवञ्जन बहादुर सिहंको हो । सांसारिक मोह त्यागेर अध्यात्मसंग नजिक हुनेक्रममा सिंह पछिल्लो समय जोगी बनेकाछन । उनको आध्यात्मिक नाम अहिले व्याग्र बेदनाथ रहेको छ । यही नामबाट नै उनी अहिले अध्यात्म क्षेत्रमा चिनिएकाछन । मिलनसार र सबैसंग मिल्न सक्ने स्वभाव भएका सिंहमा बाल्यकाल देखिनै नै अध्यात्मप्रति निकै नै रुचि रहेको थियो । संसारिक मोह त्यागेपछिको पछिल्लो दुई बर्ष उहाँले नेपाल र भारतका थुप्रै धार्मिक मठमन्दिरहरुको अध्ययन भ्रमण गरिसक्नु भएको छ । उहाँको अधिकांस समय बिभिन्न धार्मिक केन्द्र तथा मठमन्दिरहरुमा बित्ने गरेको छ । उमेरले ३९ बर्ष पुग्नु भएका स्वामी, बेदनाथको नामबाट सन्त महन्तको बिचमा निकै परिचित बनिसक्नु भएको छ । नेपाल, भारत र अमेरिका सम्मको यात्रा गरिसक्नु भएका सिंह घरबार त्यागेर एकाएक सन्त बनेपछि एक समय परिवारमा पनि निकै नै ठुलो सन्त्रास फैलिएको थियो । तर उहाँले आफु अध्यात्ममा लाग्नुको ठोस अर्थ परिवारलाई बुझाउन सफल भएपश्चात उहाँको यो कार्यबाट पछिल्लो समय परिवारका सदस्य, आफन्त र साथीभाईहरु समेत खुसी रहनु भएको छ । अधिकांस समय अध्ययन, ध्यान र जपमा बिताउने सिंहले बिसं २०७१ साल जेठ ११ गते घरबाट पहेँलो वस्त्रमा निस्किएर खप्तड क्षेत्रमा गएर छ महिना तपस्या गरेपछि बेदनाथ स्वामी बनेको उहाँ बताउनुहुन्छ । देशको अस्थिर राजनीतिक अवस्थाले मनमा गहिरो चोट परेपछि आत्म शान्ति र मुलुकको रक्षाका लागि योगी नरहरी नाथको बिचारलाई आत्मसाथ गर्दे देशमा शान्ति स्थापना गर्न तथा आम नेपालीलाई धर्मका माध्यमबाट शुख, शान्त र समृद बनाउन यो क्षेत्रमा लागेको उहाँको भनाई छ । पछिल्लो समय नेपाललाई बिभिन्न नाउँमा पास्चात्य संस्कृतिले पेलिरहेका बेला हिन्दु धर्मको अध्ययन र त्यसका सारलाई समाज, सिंगो राष्ट हुदै अन्तराष्ट्रियस्तरसम्म लानको लागि आफु यो मार्गमा लागेको उहाँको भनाई छ । वेदनाथ हाल भने निकै लामो समय थाईल्याण्डमा बसेर फर्किनु भएका पुर्व युवराज पारश बिक्रम शाहलाई अध्यात्म, मठमन्दिर शक्ति–पीठहरुको दर्शन गराएर अध्यात्मको माध्यमबाट देशमा दिर्घकालीन शान्ती ल्याउने महा–अभियानमा लाग्नु भएको छ । उहाँको यो कार्यबाट पुर्व युवराज पनि अध्यात्मको बाटोतर्फ लाग्नु भएको छ । नेपाल पछिल्लो समय राजनीतिकरुपमा अस्थिर बन्दै जानुको मुल कारण पनि योगी नरहरि नाथको बिचारलाई आत्मसाथ गर्न नसकेर नै हो । यदि यो मुलकलाई दिर्घकालीनरुपमा शान्तिको बाटोमा लाने हो, सिंगो नेपाल र नेपालीलाई शान्ती र समृद्ध बनाउने हो भने योगी नरहरी नाथको बिचार, उहाँले देखाउनुभएको बाटो बाहेकको अर्को बिकल्प छैन । उहाँको बाटोलाई सबैले आत्मसाथ गर्न सकेको खण्डमा यो देशमा पाश्चात्य संस्कतीको दवदबा समेतको अन्त्य हुने छ । मुलुकलाई दिगो शान्तिमा लाने यो महा–अभियानमा लाग्नु भएका बेदनाथको यो कर्मले पुर्णरुपमा सफलता पाओस् ।
Posted on: 2015-Jun-2

Interview

शान्ति सुरक्षा कायम गर्न कसैसंग पनि सम्झौता गर्दिन
धेरे गुण्डागर्दी र अपराधिक गतिविधि हुने पर्यटकिय दृष्टिकोणले अति संवेदनशिल क्षेत्र ठमेल समेतको कार्यक्षेत्र रहेको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठोर प्रहरी संगठन भित्र मात्र नभएर जनमानसमा पनि निडर तथा कर्तव्यनिष्ठ प्रहरीकोरुपमा परिचित हुनुुहुन्छ । उनी महानगरीय प्रहरी बृत लैनचौरको प्रहरी प्रमुुखकोरुपमा आएपछि आम सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गरेकाछन । यस क्षेत्रको गुण्डागर्दी तथा असमाजिक एवम् अन्य आपाराधिक गतिविधिमा निकै कमी आएको महशुस गर्न थालिएको छ । उनै कत्र्यव्य निष्ठ प्रहरी अधिकारी राठौरसंग गरिएको समासामयिक अन्र्तवार्ताको संपादित अंश
Full Story