सफल मोडल बन्न चाहान्छु, लहिमा राणा
2 - Jun-2015, Posted by: Yuwahunkar | COMMENTS: 0
सफल मोडल बन्न चाहान्छु, लहिमा राणा
जीवनमा सफल हुनुको लागि पढाई सगै अन्य क्षेत्रको भुमिका पनि त्यतिकै महत्वपुर्ण रहेको छ । पढाई संगै समाजलाई पनि केही योगदान दिन सकियो, समाजमा सकारात्मक परिर्वतनको लागि सहयोग गर्न सकियो भने जीवन अर्थपुर्ण हुन्छ । यही सोचका साथ अगाडि बढिरहेकी मोडल लहिमा राणाको नाम योे क्षेत्रमा केही नयाँ हुन सक्छ । नयाँ भएपनि राणामा यो क्षेत्रमा केही गर्न सक्ने थुपै्र संभावना रहेको छ । काठमाडौको रविभवन स्थायी घर भएकी राणा सोल्टीमोडको एभरेष्ट इन्टरनेशनल कलेजमा साईन्स बिषयमा कक्षा १२ मा अध्ययन गर्दे हुनुहुन्छ । पढाईमा अब्बल रहनु भएकी राणा आफ्नो फुर्सदको समय भने मोडलिङमा व्यस्त हुनुहुन्छ । भर्खरै १७ बर्षमा टेक्नु भएकी राणाले हालसम्ममा दुई वटा म्युजिक भिडियो, फेसन शो, म्यागाजिनको लागि समेत फोटोशेसन गरिसक्नु भएको छ । भर्खरै मात्र राणाले मोडल नेपाल डटकमको लागि समेत निकै राम्रो फोटोसेसन गरिसक्नु भएको छ । अवसर पाएको खण्डमा नेपाली फिल्म क्षेत्रमा समेत काम गर्ने इच्छा राख्नु भएकी मोडल राणाको भविष्यको लक्ष्य भने नर्स बन्ने रहेको छ । मोडलिङ क्षेत्रलाई नेपालमा केही नराम्रो दृष्टिकोणले हेर्ने गरिएता पनि पछिल्लो समय यो क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन थालेको छ । यो क्षेत्रमा लाग्ने व्यक्तिहरुले पनि समाज परिवर्तनको योगदान दिने क्रम बढेकाकारण पनि यो क्षेत्र सम्मानित हुदै गएको उनको बुझाई छ । सुरुमा त शौखकोरुपमा यो क्षेत्रमा लागेपनि अहिले भने यसलाई व्यवसायीक बनाउने सोचमा रहनु भएकी राणा यो क्षेत्रमा निकै संभावना बोकीको प्रतिभा हुनु हुन्छ ।
Posted on: 2015-Jun-2

Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story