30 Apr
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

अपराधको टान्जिट काठमाडौं

2 - Jun-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
 अपरेशन गोल्ड, अन्तराष्ट्रिय सुन तस्कहरुको टान्जिट प्वाईन्ट बन्दै काठमाडौ
युवा हुँकार बिशेष व्युरो बिश्व बजारमा सुनको अन्तराष्ट्रिय बजार मुल्य उच्चरुपमा बढे संगै नेपाल अन्तराष्ट्रिय सुन तस्कहरुको टान्जिट प्वाईन्ट बनेको छ । भारतमा मोदी सरकारले सुनमा लगाउँदै आएको करको दर बढाएपछि नेपाललाई अन्तराष्ट्रिय सुन माफियाहरुले टान्जिट प्वाईन्ट बनाएका हुन । नेपालमा सुन व्यवसायमा कहलिएका ठुला व्यवसायीहरुले नेपालमा अन्तराष्ट्रिय सुन तस्करहरु संग मिलेर राजधानीलाई सुन तस्करीको टान्जिट प्वाईन्ट बनाएकाछन ।  केन्द्रिय अनुसन्धान व्युरो, शसत्र प्रहरी एंव जनपथ प्रहरी समेतले चेकजाँजको क्रममा केही अवैध सुन र यस्तो कारवारमा संलग्न व्यक्तिहरु पक्राउ परेपनि ति अभियुक्तहरु वास्वविक सुन तस्कर नभई भरिया मात्र भएको पुष्टि भईसकेको छ । चालु आर्थिक बर्षको पछिल्लो नौ महिनामा प्रहरीले अवैध सुन कारोवारमा संलग्न स्वदेशी एवं बिदेशी समेत गरी झण्डै छ दर्जन व्यक्तिहरुलाई पक्राउ गरेको भएपनि ति व्यक्तिहरु अन्तिममा भरिया मात्र भएको अनुसन्धानबाट खुलेको छ । अवैध सुन कारोवारमा सलंग्न छ दर्जनको हाराहारीमा भरियाहरु पक्राउ गरिसक्दा पनि प्रहरीले अहिलेसम्म सुन तस्करको मुख्य नाईकेलाई पक्राउ गर्न सकेको छैन । राष्ट्रिय तथा अन्तराष्ट्रिय सुन तस्करहरुको सिधा सम्र्पक सरकारका प्र्रमुख , राजनीतिक दलका ठुला नेताहरुसंग रहेको हुँदा प्रहरीले अवैध सुन कारोवारमा संलग्न भएको आरोपमा भरियाहरुलाई मात्र पक्रउ गरेको हो । पक्राउ परेका अभियुक्तहरुले सोधपुछका क्रममा वास्तविक सुुन तस्करको नाम बताए ज्यान समेत जोखिममा पर्ने भएपछि तस्करको नाम नबताउने र कुनै अभियुक्तहरुले बताइहालेको खण्डमा पनि राजनीतिक दल र सरकार प्र्रमुखको दवावमा ति व्यक्तिहरुको सबै कुरा गोप्य राखेर भरियालाई नै मुख्य दोषीकोरुपमा उभ्याएर प्रहरीले आफ्नो बहादुरी देखाउने गरेको छ ।  प्रहरीले बिभिन्न समयमा अवैध सुुन कारोवार गरेको अभियोगमा पक्राउ गरेका अभिुक्तहरुको बयानको आधारमा पनि कारोवारमा संलग्न व्यक्तिहरु भरिया मात्र हुने गरेको पुष्टि भईसकेको छ । केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले माघ ८ गते एक केजी आठ सय ७५ ग्राम सुन सहित ३९ बर्षिय महिला सिंगजोग तामांङ र ४७ बर्षिय लाक्पा तामाङलाई पक्राउ गरेको थियो । चार लाख ३८ हजार नगद नेपाली रुपैयाँ र एक हजार छ सय ६० हंगकंग डलर सहित पक्राउ परेका दुबै अभियुक्तहरुलाई सिआईबीले प्रारम्भिक अनुसन्धान पश्चात राजश्व अनुसन्धान बिभागमा पेस गरेको थियो । बिभागले दुबै अभियुक्तहरुलाई निश्चित रकम बराबरको दण्ड सँजाए तोकेको छ । प्रहरीले फागुनको अन्ततिर पनि चार केजी अवैध सुन सहित पाँच जना व्यक्तिहरुलाई पक्राउ गरेको थियो । चीनको खासाबाट ना. १ ज. ४७५७ नं.को गाडीमा काठमाडौं आईरहेका पाँच व्यक्तिहरुलाई अवैध सुन लुकाई छिपाई ल्याएका छन् भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले फागुुन २६ गते मंगलबार उनीहरुलाई पक्राउ गरेको थियो ।  प्रहरीका अनुसार गाडी तथा सो गाडीमा सवार व्यक्तिहरुलाई भक्तपुरको सल्लाघारीबाट नियन्त्रणमा लिई शरीर भित्र सुन लुकाएको आशंका भै स्वास्थ्य परिक्षणको लागि नेपाल प्रहरी अस्पताल महाराजगंजमा एक्स रे परिक्षण गरिएको थियो । परिक्षणका क्रममा मलद्धार भित्र कण्डमले बेरी लुकाएको अवस्थामा चार जना प्रत्येकको साथबाट चार–चार थान थान गरी १६ थानको चार केजी अवैध सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।  सुन, सवार सवारी साधन र सवारी चालक समेत पाँच जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा रामेछाप ठोसे घर भई हाल भक्तपुर थिमी बस्ने  २९ बर्षिय भरत कार्की, ठोेसे नै घर भई ठिमी बस्ने ३३ बर्षिय लक्ष्मण कार्की, दोलखा घर भई ठिमी बस्ने ३४ बर्षिय सुनिल कुमार खड्का, काठमाडौ जिल्ला थापाथली बस्ने ३२ बर्षिय ईश्वर बस्नेत र सिन्धुपाल्चोक घर भई कोटेश्वर जडिबुटी बस्ने सवारी चालक सुवास राउत रहेका थिए ।  भ्mट्ट हेर्दा पक्राउ परेका दुबै अभियुक्तहरु ठुला सुन तस्कहरु होईनन । उनीहरुले प्रहरी संगको बयानमा आफुले उक्त सुन भरियाकोरुपमा बोकिदिएको जिकिर गर्दे आएका थिए । सिआईबीले सुनको अवैध कारोवारबाट अकुत सम्पती आर्जन गरेको भन्दै तेबु लामा र कवु लामा समेतलाई पक्राउ गरेको थियो । सुनको गैरकानुनी कारोवारबाट सम्पती आर्जन गरेको ति दुबैको मुद्धा हाल सम्पती सुद्धीकरण बिभागमा अनुसन्धानको क्रममा रहेको छ । प्रहरीले पछिल्लो समय राष्टिय खेलकुद परिषदका उपाध्यक्ष टेण्डी शेर्पालाई ५५ तोला सुन सहित त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा पक्राउ गरेको थियो । नेकपा एमालेका अध्यक्ष केपी ओली निकटमा शेर्पा पक्राउ परे लगत्तै केही घण्टामा छुटेका थिए । भन्सारका कर्मचारीहरुले शेर्पा ५५ तोला सुन सहित पक्राउ परेको भनेपनि प्रहरीले भने २५ तोला सुन सहित पक्राउ परेको भन्दै शेर्पाको बचाउ गरेको थियो । पछि शेर्पाले आफैले पत्रकार सम्मेलन गरी आफु गहनाको शौखिन भएकोले छ तोला नेपालबाट हंगकंग जाँदा नै लगाएर गएको र फर्किदा केही तोला सुन किनेर फर्र्किएको भन्दै अवैध काँचो सुन सहित पक्राउ परेका टेण्डी १३ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । यि तीन वटा घटनाको प्रकृति हेर्दा तस्करीमा संलग्न मुख्य अभियुक्तहरु राजनीतिक संरक्षणमा छुट्ने गरेको देखिन्छ, सिमित पैसाको लोभले भरियाकोरुपमा काम गर्ने व्यक्तिहरु भने अवैध सुनको कारोवार संलग्न भएको अभियोगमा फस्ने गरेकाछन ।    सुनको आर्कषक फोटो राख्ने किन हुन्छ सुन तस्करी ? नेपालमा भन्दा पनि भारतमा सुुन महंगो रहेको छ । बिगतमा नेपालको तुलनामा भारतमा सुन सस्तो रहेको अवस्थामा भारतबाट नेपालमा गैरकानुनी माध्यमबाट नेपालमा सुन आउँथ्यो तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा सुनमा अत्याधिक कर लगाईदिएपछि नेपालमा भन्दा पनि भारतमा सुन महंगो भयो । नेपालबाट भारतमा एक केजी सुन पुरयाउँदा प्रति केजी छ लाख रुपैयाँसम्म फाईदा हन्छ । त्यहीकारण पनि चीनको खासा, हंगंकग लगायतका मुलुकहरुबाट अवैधरुपमा भित्रिएका सुन नेपाल हुंदै भारततर्फ जाने गरेको छ । सुुनको अवैध तस्करीमा नेपालमा ठुला भनिएका सुन व्यापारीहरुको नै संलग्नता रहने गरेको तथ्य नेपाली प्रहरीले बिभिन्न समयमा व्यवसायीको पसलमा छापा हानेको, अवैध सुन कारोवारमा संलग्न केही ठुला व्यापारीहरु समेत पक्राउ परेको घटनाले पुष्टि हुन्छ । नेपालको कुल सुन बजार मध्येमा झण्डै ८० प्रतिसत हिस्सा काठमाडौमा मात्र केन्द्रित रहेको छ । यहीकारण यहाँ गैर–कानुनीरुपमा चीन र खासा हुदै ल्याईएका सुन व्यापारीको घर घरमा गएर बैकको भन्दा प्रतितोला तीन देखि चार हजार रुपैयाँसम्मको मुल्यया सुन बिक्री गरिन्छ । अर्कोतर्फ गैरकानुनीरुपमा ल्याईएको काँचो सुनमा बिभिन्न रसायनहरु मिसाएर १८ तथा २० क्यारेटको हो भन्दै बिक्री गर्ने गरिएको छ । व्यापारीहरुले पनि सस्तो मुल्यमा तस्करीको सुनको पसल पसलमा नै आउन थालेपछि बैकहरुको सुन किन्न छोडेर तस्कर संगै नै सुन किन्न थालेकाछन ।    यस्ता छन सुनको अवैध कारोवारमा संलग्न भएका आरोपमा पक्राउ पर्ने व्यक्तिहरु   घटना नम्वर १  चिनको खासा बाट ना. १ ज. ४७५७ नं.को गाडीमा काठमाडौं आईरहेका निम्न घर ठेगाना भएका व्यक्तिहरुले अवैध सुन लुकाई छिपाई ल्याएका छन् भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले मिति २०७१।११।२६ गते अं.१४ः३० बजेको समयमा उक्त नं.भएको गाडी तथा सो गाडीमा सवार व्यक्तिहरुलाई भक्तपुरको सल्लाघारी बाट नियन्त्रणमा लिएको थियो ।  अभियुक्तहरुले शरीर भित्र सुन लुकाएको आशंका भै स्वास्थ्य परिक्षणको लागि नेपाल प्रहरी अस्पताल महाराजगंजमा लगि ह्(च्बथ परिक्षण गराउँदा  अभियुक्तहरुले मलद्धार भित्र कण्डमले बेरी लुकाएको अवस्थामा ४ जना प्रत्येकको साथबाट ४÷४ थान गरी जम्मा १६ थानको जम्मा तौल ४.००१६ के.जि. अवैध सुन बरामद हुन थियो । उक्त सुन, अभियुक्तहरु सवार सवारी साधन र सवारी चालक समेत जम्मा ५ जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाईएको थियो      मलद्धारमा सुन लुकाएर ल्याएको अभियोगमा पक्राउ परेका अभियुक्तह    १. नामथर ः– भरत कार्की  उमेर ः– २९ बर्ष   ठेगाना ः– जि.रामेछाप, ठोसे गा.वि.स.वडा नं.१   हाल ः– जि.भक्तपुर, ठिमी न.पा.वडा नं.३, बोडे  बरामद सामान ः सुन ४ थानको तौल ९९७.६०० ग्राम      २. नामथर ः– लक्ष्मण कार्की उमेर ः– ३३ बर्ष ठेगाना ः– जि.रामेछाप, ठोसे गा.वि.स.वडा नं.१  हाल ः– जि.भक्तपुर, ठिमी न.पा.वडा नं.१, निकोसेरा बरामद सामान ः सुन ४ थानको तौल ९८१.४०० ग्राम   ३. नामथर ः– सुनिल कुमार खड्का उमेर ः– ३४ बर्ष ठेगाना ः– जि.दोलखा, जिरी गा.वि.स.वडा नं.७ हाल ः– जि.भक्तपुर, ठिमी न.पा.वडा नं.३, बोडे बरामद सामान ः सुन ४ थानको तौल ९९५.८०० ग्राम   ४. नामथर ः– ईश्वर बस्नेत उमेर ः– ३२ बर्ष ठेगाना ः– का.जि.का.म.न.पा.वडा नं. ११, थापथली हाल ः– का.जि.का.म.न.पा.वडा नं. ११, थापथली बरामद सामान ः सुन ४ थानको तौल १०२६.८०० ग्राम     ५. नामथर ः– सुभाष राउत (गाडी चालक) उमेर ः– १९ बर्ष ठेगाना ः– जि.सिन्धुपाल्चोक, गाथी गा.वि.स.वडा नं.३ हाल ः– का.जि.का.म.न.पा.वडा नं. ३५, जडीवुटी बरामद सामान ः मोवाईल थान­२     घटना नम्वर २  “संगठित रुपमा सुनचाँदीको चोरी पैठारी गर्ने गिरोहहरु   मिति २०७१।०९।२४ गते प्रहरी चेकजाँचको क्रममा प्रहरी कर्मचारीहरुमाथि अभद्र व्यवहार गरेकोले  महानगरीय प्रहरी वृत्त सातदोबाटो र महानगरीय अपराध शाखा ललितपुरको संयुक्त टोलीले निम्न ४ जना व्यक्तिहरुलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट केही सार्वजनिक अपराध मुद्दामा म्याद थप भई अनुसन्धान हुँदा निजहरु सुनचाँदीको भन्सार चोरी पैठारी कार्यमा संलग्न भएको खुल्न आएको ।   मिति २०७१।०९।२६ गते जि. भक्तपुर ठिमी न.पा. वडा नं. १७ सानो ठिमी स्थित प्रविण तिमल्सिनाको घरकोठाबाट चीनबाट चोरी पैठारी गरी ल्याई लुकाई राखेको अवस्थामा २ के.जी. तथा जि.भक्तपुर दुवाकोट गा.वि.स. वडा नं. १ स्थित देउता तिमल्सिनाको घर कोठाबाट २ के.जी. अवैध सुन सहित थप २ जना समेत ६ जना व्यक्तिहरुलाई पक्राउ गरी मिति २०७१।०९।२७ गते आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पठाईएको ।   मिति २०७१।०९।२३ गते पक्राउ परेकाहरु यी ६ जना समेत ७ जनाले बरामद भएका उल्लेखित ४ के.जी. सुन समेत जम्मा ५ के.जी. सुन चाईनाको खासाबाट ल्याएको, जसमध्ये ४ के.जि. सुन ईलाम न.पा. घर भई हाल जि.का.का.म.न.पा. वडा नं. ११ भोटेबहाल बस्ने विक्की भन्ने बालकृष्ण अग्रवाल तथा सावरमल जोधानीको भएको तथा १ के.जि. सुन जि.कास्की पोखरा उ.म.न.पा. वडा नं. १ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. २२ स्थित न्यूरोडका त्जभ ग्लष्तभम न्यमि ःबचत का संचालक बर्ष ५३ का आकाश कुमार बज्राचार्यको भएको र उक्त सुन मोहन चौधरीले मिति २०७१।०९।२४ गते निजलाई निजकै पसलमा गइ दिएको भन्ने खुल्न आएको ।   मिति २०७१।१०।२१ गते देखि २०७१।१०।२३ गते सम्म यस महाशाखाबाट खटिएकोे ४ वटा प्रहरी टोलीले सुन चाँदीको अवैध कारोबार हुने स्थानहरुमा  गर्दा खानतलासी गर्दा ४ वटा पसल तथा व्यक्तिहरुबाट शंकास्पद अवस्थाको सुनचाँदी निम्न परिमाणमा बरामद भएको  सुन – ५ किलो २३५.८४ ग्राम,   काँचो चाँदी – ५६ किलो १७१ ग्राम,   सा्रेत नखुलेको नेपाली रु – ४,७४,६२,२३०   भारतिय रु –१,९९,४०० र   चाईनिज युआन – ४,६००     उक्त बरामद शंकीत सुन र नेपाली तथा विदेशी मुद्राहरु सहित तत्काल पक्राउ पर्न आएका आकाश कुमार बज्राचार्य, बालु जगन्नाथ धाङ्गे, नरेश अग्रवाल र रमेस खड्कालाई भन्सार चोरी पैठारी तथा सम्पत्ति सुद्धीकरण समेतमा आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइएको ।    अनुसन्धानका क्रममासुन तथा चाँदीको चोरी पैठारीमा संलग्न भै तत्काल फरार रहेका बिक्की भन्ने बालकृष्ण अग्रवाललाई मिति २०७१। १०।२२ मा र विशाल चौधरीलाई  मिति २०७१।१०।२३ मा पक्राउ गरी आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइएको ।   संगठित अपराधको रुपमा बरामद भएका सुन तथा शंकास्पद मुद्राः  सुन जम्मा ७ के.जी. ५९ ग्राम  नेपाली मुद्रा रु. ३०,००,०००।  मिति २०७१।११।१९ गते प्र. आकाश बज्रचार्य प्र. आकाश बज्रचार्य, सावरमल जोधानी, विक्की भन्ने बालकृष्ण अग्रवालसमेत निम्न १४ जनाले आपसमा लगानीकर्ता, ःष्ममभि उभचकयल र सुन क्यारियरको जिम्मेवारी निर्धारण गरी लामो समयदेखि निरन्तर अपराधिक समुहमा रहि संगठित रुपमा चीनबाट सुन तथा चाँदीको चोरी पैठारी गरेको देखिएकोले संगठित अपराध निवारण ऐन, २०७० बमोजिम आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाइएको छ ।  यसमा संलग्न व्यक्तिहरु निम्न रहेकाछन ।  १) जि. झापा भद्रपुर भर भै का.जि. भोटेबहाल बस्ने सावरमल जोधानी (हाल फरार) । २) जिल्ला कास्की पोखरा उपमहानगरपालीका वडा नं.१ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.२२ न्युरोड  स्थित त्जभ ग्लष्तभम न्यमि  ःबचत पसलमा संचालन गरि बस्ने बर्ष ४८ को आकाश कुमार बज्राचार्य । ३) जि. इलाम, इलाम न.पा.–१ घर भै का.जि.का.म.न.पा.–११ भोटेबहाल बस्ने बर्ष ४२ को बिक्की भन्ने बालकृष्ण अग्रवाल । ३) जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. १६ वस्ने वर्ष २३ को प्रविन तिमल्सीना । ५) जिल्ला सिन्धुपाल्चोक पाङग्रेटार गा.वि.स. वडा नं. ३ घर भई हाल जिल्ला भक्तपुृर मध्यपुर ठिमी नगरपालीका वडा नं. १६ वस्ने वर्ष २१ को देउता तिमल्सीना । ६) जिल्ला रौतहट सिमरा भवानीपुर गा.वि.स. वडा नं. ३ घर भई हाल ललितपुर ईमाडोल डेरा गरि वस्ने वर्ष ३२  को मोहन चौधरी । ७) जिल्ला चितवन रत्ननगर गा.वि.स. वडा नं. ६ घर भई हाल जिल्ला ललितपुर ईमाडोल डेरा गरि वस्ने वर्ष ३९ को रामराज चौधरी । ८) जिल्ला वारा मनहरुवा गा.वि.स. वडा नं. ४ घर भई हाल जिल्ला ललितपुर ईमाडोलमा डेरा गरि वस्ने वर्ष ४१ को नन्द किशोर चौधरी । ९) जिल्ला चितवन पदमपुर गा.वि.स. वडा नं. ९ घर भई हाल ऐ ऐ वस्ने वर्ष ३० कोे सत्य नारायण चौधरी ।  १०) जिल्ला चितवन रत्ननगरपालिका वडा नं.६ घर भई हाल जिल्ला सुनसरी धरान नगरपालिका वडा नं.१५ बस्ने श्रीराम चौधरीको छोरा बर्ष २४ को विशाल चौधरी । ११) जिल्ला सिन्धुपाल्चोक पाङग्रेटार वस्ने वर्ष ४० को ध्रुव तिमल्सीना ( हाल फरार) ।  १२)जि. काभ्रे नयाँबजार बस्ने बर्ष २८को मिलन तामाङ्ग (हाल फरार) । १३) जिल्ला चितवन रत्ननगरपालिका वडा नं.६ घर भई हाल जिल्ला सुनसरी धरान नगरपालिका वडा नं.१५ बस्ने श्रीराम चौधरी (हाल फरार)  । १४)जि. कैलाली मालती बस्ने बर्ष २६ को जयराज भट्ट (हाल फरार) ।   फोटो राख्ने यि हुन मोटरसाईकलमा घुम्दै महिला तथा युवतीको गहना लट्ने लुटेराहरु मोटरसाइकलमा घुम्दै पैदलयात्री महिलाहरुको सिक्री तथा अन्य गर–गहना लुटन्मा ठुलो गिरोह सक्रिय रहेको खुलेको छ । प्र्रहरीले लुटपाटमा संलग्नहरु मध्ये पछिल्लो पटक तीन जनालाई पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो । पक्राउ पर्नेमा मुख्य अभियुक्त सन्तोष कटवालसहित तीन जना लुटपाटमा संलग्न रहने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरु मध्ये दुई जना भने लुटेको सुन सस्तोमा किन्ने व्यक्तिहरु रहेको प्रहरीले जनाएको छ । मोरङ शनिश्चरेका सन्तोष कटवाल, काभ्रे पाँचखाल नगरपालिका देवभुमी बालुवाका राज भन्ने राजकुमार तामाङ र झापा गौरादहका बिदुर दाहाललाई प्रहरीले पक्राउ गरेको हो । त्यसमध्ये कटवाल मोटरसाइकलको पछाडी बसेर सिक्री तान्ने तथा तामाङ र दाहाल मोटरसाइकल चालक हुन्  । प्रारम्भिक अनुसन्धानका अनुसार तीन जनाको समूहले उपत्यकाका झण्डै दुई दर्जन स्थानमा सिक्री लुटेको स्वीकार गरेकाछन् । उनीहरुले मोटरसाइकल चलाउनेले टाउको र अनुहार पुरै छोपिने हेल्मेट लगाउने र पछाडि बस्नेले मुखमा मास्क लगाई भित्री सडकमा पैदल हिंड्ने महिलाहरुले लगाएको सुनका सिक्री लुटेर भाग्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये गुरु भनिने कटवाल पूर्वी नेपालमा भएको हत्या, हत्या प्रयास लगायतका अपराधिक घटनाका फरार अभियुक्त समेत रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत वर्ष पुस ९ गते मोरङ बुढीखोलाको किनारमा मानबहादुर तामाङको गोली हानी हत्या गरेको अभियोगमा गुरु फरार भएका थिए । सुनसरीमा सुन ओम शाही ज्वेलर्सका संचालक दिपेश शंकर माथी गोली प्रहार गरेको घटनामा उनीविरुद्ध ज्यानमार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दा दर्ता दर्ता भएको छ । उनी विरुद्ध गत भदौमा इन्दिरा कार्कीको ६ लाख ५० हजार ठगी गरेको अभियोगमा ईलाममा संगठित अपराधमा मुद्धा दर्ता भएको छ । लुटेका सुन उनीहरुले रामहरि श्रेष्ठलाई बेच्ने गरेको र रामहरिले प्रेमकुमार सेन्चुरीलाई सस्तोमा बेच्ने गरेको खुलेको छ । रामहरि र प्रेमलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रेमकुमार सेन्चुरीले हालसम्म झण्डै ४० तोला सुन खरिद गरिसकेको स्वीकार गरेका छन् । प्रहरीले सीसीटीभी फुटेजसहितको आधारमा अनुसन्धान गर्दा उनीहरुलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरुको साथबाट ८ तोला ७५ लाल सुनका गरगहना, ३ लाख ३४ हजार नगद र लुटपाटमा प्रयोग भएको बा २५ प ८६७६ नम्बरको मोटरसाईकल बरामद भएको प्रहरीले जनाएको छ ।       

Posted on: 2015-Jun-2

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar