03 May
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

आर्थिक बिकास र समृद्धि दिवा स्वप्न बन्दै

27 - Feb-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
आर्थिक बिकास र समृद्धि दिवा स्वप्न बन्दै 
व्यापार घाटा बढेर दुई सय ८१ अर्ब ६१ करोड रुपैयाँ नाघ्यो  युवा हुंकार बिशेष व्युरो आर्थिक बिकास र समृद्धि दिवा स्वप्न बन्दै गएको छ । आयात र निर्यात बिच असन्तुलन बढ्दै जाँदा व्यापार घाटा चुलिएको छ ।  चालु आर्थिक बर्षको पछिल्लो पाँच महिनामा कुल वस्तु व्यापार घाटा २० दसमलव नौ प्रतिसले बढेको छ । मंसिर मसान्तसम्ममा बस्तु व्यापारघाटा मात्र दुई सय ८१ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो व्यापार घाटा १० व्यापार घाटा २१ प्रतिशतले बढेकोे थियो । कुल वस्तु व्यापार घाटामध्ये चालु आवको पाँच महिनामा भारतसंगको व्यापार घाटा १७ दसमलव आठ प्रतिसतले, चीन संगको व्यापारघाटा ३९ दसमलव तीन प्रतिसतले र अन्य मुलुकसंगको व्यापार घाटा १९ दसमलव दुई प्रतिसतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भारत, चीन र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः २४ द्यसम्ल्व् दुई प्रतिशत, छ दसमलव तीन प्रतिशत र २१ दसमलव सात प्रतिशतले बढेको थियो । वस्तु आयातको वृद्धिदर उच्च रहेको कारण चालु आवको पछिल्लो पाँच महिनामा निर्यात र आयात अनुपात ११ दसमलव छ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३ दसमलव आठ प्रतिसतमा रहेको राष्ट बैकले जनाएको छ ।  पाँच महिनासम्ममा कुल वस्तु निर्यात एक दसमलव दुई प्रतिशतले ह्रास आर्ई  ३६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । राष्ट बैकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १३ दसमलव सात प्रतिशतले बढेर ३७ अर्ब ३७ करोड रहेको थियो । मासिक रुपमा हेर्दा चालू आर्थिक वर्षको मङसिर महिनामा कुल वस्तु निर्यात कार्तिक महिनाको तुलनामा पाँच दसमलव एक प्रतिशतले बढेको छ । कुल वस्तु निर्यातमध्ये भारततर्पmको निर्यात अघिल्लो वर्षको पाँच महिनासम्मको १७ दसमलव चार प्रतिशत वृद्धिको विपरीत चालु आवको पाँच महिनामा पाँच दसमलव आठ प्रतिशतले घटेको छ । अलैंची, जिङ्क शिट, जुस, जुटका सामान लगायतका वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण भारततर्फको निर्यात घटन गएको राष्ट बैकले जनाएको छ । चीनतर्फको निर्यात भने अघिल्लो वर्षको सोही अवधिमा आठ दसमलव छ प्रतिशतले घटेकोमा समीक्षा अवधिमा ३८ दसमलव पाँच प्रतिशतको उच्च दरले बढेको छ । प्रशोधित छाला, ऊनी गलैंचा, हस्तकलाका सामान, तयारी पोशाक लगायतका वस्तुहरुको निर्यातमा भएको वृद्धिका कारण चालु आवको पाँच् महिनामा चीनतर्फको निर्यात बढेको हो । अन्य मुलुकतर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिको आठ दसमलव नौ प्रतिशत वृद्धिको तुलनामा पछिल्लो पाँच महिनामा चार दसमलव छ प्रतिशतले मात्र बढेको छ । विशेषगरी तयारी पोशाक, पश्मिना, चिया लगायतका वस्तुहरुको निर्यातमा भएको वृद्धिका कारण समीक्षा अवधिमा अन्य मुलुकतर्फको निर्यात केही बढन गएको हो, राष्ट बैकले भनेको छ ।  अमेरिकी डलरमा भने अन्य मुलुकतर्फको वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको चार दसमलव चार प्रतिशतले घटेको विपरीत समीक्षा अवधिमा छ दसमलव चार प्रतिशतले बढी अमेरिकी डलर १२ करोड ९७ लाख पुगेको छ ।  राष्ट बैकका अनुसार चालु आवको पाँच महिनामा कुल वस्तु आयात १७ दसमलव आठ प्रतिशतले बढेर तीन सय १८ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९ दसमलव नौ प्रतिशतले वृद्धिभई दुई सय ७० अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । पछिल्लो पाँच महिनामा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको ह्रासको कारण पेट्रोलियम आयातको वृद्धिदर न्यून रहेकोले समग्र आयातको वृद्धिदर केही कम रहन गएको राष्ट बैकले जनाएको छ । मासिक रुपमा हेर्दा मङसिर महिनामा कुल वस्तु आयात कार्तिक महिनाको तुलनामा चार दसमलव सात प्रतिशतले घटेको छ । कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको २३ दसमलव दुई प्रतिशत वृद्धिको तुलनामा चालु आवको पछिल्लो पाँच महिनामा १४ दसमलव छ प्रतिशतले बढेको छ । भारतबाट मुख्यतयाः एम.एस विलेट, यातायातका साधन तथा पाटपूर्जा, चामल, औषधि, विजुलीका उपकरण लगायतका वस्तुहरुको आयात बढेको कारण त्यसतर्फको आयात बढेको हो । चीनबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको पाँच दसमलव सात प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ३९ दसमलव तीन प्रतिशतको उच्च दरले बढेको छ । चीनबाट मुख्यतयाः दूरसञ्चारका उपकरण तथा पाटपूर्जा, अन्य मेशिनरी तथा पाटपूर्जा, रासायनिक मल, भिडियो टेलिभिजन तथा पाटपूर्जा लगायतका वस्तुहरुको आयात बढेको कारण सो मुलुकबाट भएको आयात उच्च दरले बढेको राष्ट बैकले जनाएको छ  । अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको १८ दसमलव नौ प्रतिशत वृद्धिको तुलनामा चालु आवको पाँच महिनामा १६ दसमलव तीन प्रतिशतले बढेको छ । अन्य मुलुकबाट विशेषगरी चाँदी, दूरसञ्चारका उपकरण तथा पाटपूर्जा, कच्चा पाल्म ल, अन्य मेशिनरी तथा पाटपूर्जा लगायतका वस्तुहरुकोे आयात बढेको कारण त्यस तर्फको आयात बढेको हो । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु आयात अघिल्लो वर्षको सोही अवधिमा चार दसमलव चार प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा १८ दसमलव एक प्रतिशतले बढन गई अमेरिकी डलर ७३ करोड नौ लाख पुगेको राष्ट बैकले जनाएको छ ।   

Posted on: 2015-Feb-27

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.

BUSINESS


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar