01 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

प्रतिकुल अवस्थाका बाबजुत पनि बाँणिज्य बैकहरुको मुनाफा उच्च देखिए

26 - Feb-2015, Posted by: Yuwahunkar   |   COMMENTS: 0
युवा हुंकार बिशेष व्युरो
प्रतिकुल अवस्थाका बाबजुत पनि बाँणिज्य बैकहरुको मुनाफा उच्च देखिएको छ । बित्तीय क्षेत्रका ठुला कर्जाको माग नभएका कारण तरलता बढेको अवस्थाका बावुजत पनि बाँणिज्य बैकहरुले अस्भाविकरुपमा खुद मुनाफा बृद्धि गरेकाछन । नेपाली बित्तीय क्षेत्रमा ३० बाणिज्य बैकहरु सञ्चालनमा रहेकोमा हालसम्म डेड दर्जन बाँणिज्य बैकहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक बित्तीय बिवरण सार्वजनिक गरेको छ ।  यि बिवरणको अध्यन गर्दा औषतमा एउटा बाँणिज्य बैकले तीन महिनाको अवधिमा मात्र १५ करोड करोड रुपैयाँ भन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासमा खुद नोक्सानीमा गएको जनता बैकको खुद मुनाफा कम भएपनि पछिल्लो समय खलेका नयाँ बैक बाहेकको पुराना बाँणिज्य बैकहरुको औषत खुद मुनाफा १५ करोड रुपैयाँ नाघेको छ ।  पहिलो त्रैमासमा नबिल बैकले सबैभन्दा बढी खुद मुनााफा आर्जन गरेको छ । 
चुक्ता पुंजी तीन अर्ब ६५ करोड ६६ लाख दुई हजार रुपैयाँ रहेको नबिलले पहिलो असोज मसान्तसम्ममा ५१ करोड १९ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । रियलस्टेट क्षेत्रमा मात्र चार अर्ब ९२ करोड ६७ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले गत आवको सोही अवधिमा ४५ करोड ७८ लाख ९८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । पहिलो त्रैमासमा बैकले ८० अर्ब ५३ करोड छ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्ब ७९ करोड ७८ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९३ करोड तीन लाख ५१ हजार रुपैयाँ खुद व्याज आम्दानी प्राप्त गरेको बैकले संभावित जोखिम व्यवस्थापन शिर्षकमा १४ करोड ९२ लाख ८५ हजार रुपैयाँ छुट्याएको छ  ।  एभरेष्ट बैकले भने चालु आवको पहिलो त्रैमासमा ३९ करोड ११ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कुल निष्क्रिय कर्जाको अनुपात शुन्य दसमलव ६३ प्रतिसत मात्र रहेको बैकले सो अवधिमा संभावित जोखिम व्यवस्थापन शिर्षकमा तीन करोड ४० लाख ४२ लाख रुपैयाँ मात्र छुट्याएको छ । सो अवधिमा बैकले ६६ अर्ब १६ करोड ४७ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ५५ करोड ३१ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खुद व्याज आम्दानी ७१ करोड २१ लाख ७६ हजार रुपैयाँ प्राप्त गरेको बैकको प्रति सेयर आम्दानी ७७  रुपैयाँ ५५ पैसा रहेको छ ।
आधा दर्जन बैक तथा फाईनान्सलाई आफुमा मर्ज गराएको ग्लोवल आईएमई बैकले चालु आवको पहिलो त्रैमासमा २२ करोड ३९ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुंजी पाँच अर्ब एक करोड १६ लाख छ हजार रुपैयाँ रहेको बैकले सो अवधिमा ५३ अर्ब ८९ करोड ४७ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ५३ करोड ४७ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संभावित जोखिम व्यवस्थापनको लागि १३ करोड ५३ लाख ३३ हजार रुपैयाँ छुट्याएको बैकले रियलस्टेट क्षेत्रमा एक अर्ब ७३ करोड ३९ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैकले ५६ करोड १९ लाख ६६ हजार रुपैयाँ खुद व्याज आम्दानी प्राप्त गरेको छ ।  माछापुच्छ«े बैकले भने पहिलो त्रैमासमा १९ करोड तीन लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुंजी दुई अर्ब ७७ करोड ६२ लाख ५० हजार रुपैयाँ रहेको बैकले ३७ अर्ब ३७ करोड १२ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब ४४ करोढ ८९ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । ३४ करोड ३३ लाख दुई हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकले पहिलो त्रैमासमा पाँच करोड ४० लाख ६६ हजार रुपैयाँ प्रोभिजन गरेको छ । 
बैक अफ काठमाडौले त्रैमासिक अवधिमा १६ करोड ५८ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।  चुक्ता पुंजी दुई अर्ब १२ करोड दुई लाख १२ हजार रुपैयाँ रहेको बैकले पछिल्लो त्रैमासमा ३४ अर्ब ३७ करोड ५० लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ९० करोड ९५ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवमा छुट्याएको प्रोभिजन मध्येबाट चालु आवको पहिलो त्रैमासमा ४५ लाख २२ हजार रुपैयाँ राईट व्याक गरेपछि बैकको खुद मुनाफा बढेको हो । सो अवधिमा  ३४ करोड ८४ लाख २१ हजार रुपैयाँ खुद व्याज आम्दानी प्राप्त गरेको बैकमा कुल निष्क्रिय कर्जाको अनुपात एक दसमलव १६ प्रतिसत रहेको छ । आधार व्याजदर आठ दसमलव ८४ प्रतिसत रहेको बैकको प्रति सेयर नेटवर्थ भने  एक सय ७५ रुपैयाँ १९ पैसा रहेको छ । 
सिटिजन्स बैकले चालु आवको पहिलो त्रैमासमा ११ करोड तीन लाख ४३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुंजी दुई अर्ब ३७ करोड ९५ लाख ४० हजार रुपैयाँ रहेको बैकले सो अवधिमा २९ अर्ब ६० करोड ९० लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ९७ करोड २० लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । उक्त आवमा ३० करोड छ लाख २५ हजार रुपैयाँ खुद व्याज आम्दानी प्राप्त गरेको बैकले संभावित जोखिम व्यवस्थापन शिर्षकमा नौ करोड ६७ लाख १९ हजार रुपैयाँ छुट्याएको छ । चुक्ता पुंजी दुई अर्ब ५५ करोड दुई लाख ४० हजार रुपैयाँ रहेको सानिमा बैकले पहिलो त्रैमासमा १३ करोड नौ लाख २५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो अवधिमा २६ अर्ब ५९ करोड सात हजार रुपैयाँ निक्षेप संकलन गरेको बैकले २२ अर्ब ८३ करोड ३९ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड ४९ लाख ९२ हजार रुपैयाँ खुद व्याज आम्दानी प्राप्त गरेको बैकले संभावित जोखिम व्यवस्थापन शिर्षकमा २७ करोड ९६ लाख ६० हजार रुपैयाँ छुट्याएको छ । 
एनआईसी एशिया बैकले भने चालु आवको पहिलो त्रैमासिक अवधिमा ३२ करोड २० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । सो अवधिमा ४७ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैकले ३५ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैकले गत आवको खुद मुनाफा मध्येबाट प्रति सेयर १५ रुपैयाँ बोनस तथा १५ रुपैैयाँ नगद लाभांस बितरण गर्ने तयारी गरिरहेको छ । एनएमबी बैकले भने चालु आवको पहिलो त्रैमासिक अवधिमा १४ करोड २२ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुंजी  दुई अर्ब रुपैयाँ रहेको बैकले चालु आवको पहिलो त्रैमासिक अवधिमा २५ अर्ब ५५ करोड ४१ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ११ करोड ६५ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको पहिलो त्रैमासमा खुद नोक्सानी बेहारेको जनता बैकले पनि चालु आवको पहिलो त्रैमासमा दुई करोड १३ लाख ६२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा पाँच करोड ९८ लाख २६ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको बैकले चालु आवको पहिलो त्रैमासमा १९ अर्ब ८३ करोड ६३ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब २५ करोड १५ लाख ६६ हजार कर्जा प्रवाह गरेको छ । 
 
नेपाल क्रेडिट एण्ड कर्मस बैकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा १० करोड २७ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुंजी एक अर्ब ४७ करोड रुपैयाँ पुगेको बैकले सो अवधिमा २२ अर्ब ३७ करोड ५७ लाख ६१ हजार रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब आठ करोड ९१ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
 
तालिका बनाएर राख्ने
बैकहरुले आर्जन गरेको नाफाको बिवरण (रु हजारमा) 
क्रस बैकको नाम खुद मुनाफा निक्षेप कर्जा 
१ नविल बैक ५१,१९,५३ ८०,५३,०६,२० ६१,७९,७८,५७
२ नेपाल इन्भेष्टमेन्ट बैक ४८,८४,१२ ७३,९३,८७,३१ ५९,८१,८१,१९
३ एभरेष्ट बैक ३९,११,३७ ६६,१६,४७,७३ ५३,५५,३१,७९
४ ग्लोवल आईएमई २२,३९,५५ ५३,८९,४७,६३ ४५,५३,४७,६०
४ माछापुच्छ«े बैक १९,०३,५५ ३७,३७,१२,४१ ३०,४४,८९,८०
४ एनआईसी एशिया ३२,२०,००(स.मु) ४७,८८,००,०० ३५,५२,००,००
७ एनएमबी बैक १४,३२,६७ २५,५५,४१,८५ २१,११,६५,११
८ बिओके १६,५८,६७ ३४,३७,५०,४२ २८,९०,९५,८३
९ सिटिजन्स बैक ११,०३,४३ २९,६०,९०,३८ २४,९७,२०,८६ 
१० नेपाल एसबिआई २५,६२,१० ५५,०६,६६,४१ ३७,२१,११,२७
११ एनसीसी बैक १०,२७,८९ २२,३७,५७,६१ १८,०८९१,५०
१२ जनता बैक २,१३,६२ १९,८३,६३,३५ १७,२५,१५,६६
१३ एनसीसी बैक १०,२७,८९ २२,३७,५७,६१ १८,०८,९१,५०
१४ सानिमा बैक १३,०९,२५ २६,५९,००,०७ २२,८३,३९,६८
 
 
उच्च स्प्रेडदर कै कारण नाफा उच्च 
कर्जा र निक्षेप बिचको औषित व्याज दर अन्तर नै स्पेड दर हो । राष्ट बैकको स्प्रेडदर सम्वन्धी नयाँ व्यवस्था अनुसार कर्जा निक्षेप बिचको औषत व्याजदर अन्तर अधिकतम पाँच प्रतिसत हुनुपर्छ । २०७१ असार मसान्तसम्ममा यो व्यवस्था पुर्णरुपमा कार्यान्वयनमा आउनु पर्ने भएपनि बाँणिज्य बैकहरुले हालसम्म पनि यो व्यवस्था पुर्णरुपमा लागु गर्न सकेका छैन । व्यवस्था पुर्णरुपमा लागु गर्दा बाँणिज्य बैकहरुको खुद मुनाफा घट्छ । यहीकाण पनि बैकहरुले यसलाई पुर्णरुपमा कार्यान्वयन नगरेका हुन सक्छन । प्रतिकुल अवस्थाका बावुजत पनि चालु आवको पहिलो त्रैमासमा बाँणिज्य बैकहरुले उच्चरुपमा खुद मुनाफा आर्जन गर्न सक्नुको मुल कारण नै उच्च स्प्रेड दर हो । हाल कै अवस्थामा एक दर्जन भन्दा बढी बाँणिज्य बैकहरुको स्पेडदर उच्च रहेको छ । जुन बैकको स्प्रेड दर कम हुन्छ त्यो बैकमा कर्जाका व्याज सस्तो हुन्छ । 
पहिलो त्रैमासमा सबै भन्दा बढी खुद मुनाफा आर्जन गरेको नविलमा कर्जा तथा निक्षेपको व्याजदर अन्तर (स्प्रेडदर ) पाँच दसमलव २२ प्रतिसत रहेको छ । गत आवको सोही अवधिमा यस्तो स्प्रेडदर पाँच दसमलव २२ प्रतिसत रहेको थियो । कर्जा र निक्षेपको बिचमा अत्याधिक व्याजदर अन्तर रहेकाकारण नविलले चालु आवको पहिलो त्रैमासमा ९३ करोड तीन लाख ५१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । स्प्रेडदर संगै नविलमा कुल निष्क्रिय कर्जाको अनुपात पनि उच्च देखिएको छ । अघिल्लो गत असार मसान्तमा तीन दसमलव ३१ प्रतिसत कर्जा रहेको बैकमा चालु आवको पहिलो त्रैमासमा दुई दसमलव १० प्रतिसत कर्जा निष्क्रिय रहेको छ । पहिलो त्रैमासमा ७१ करोड २१ लाख ७६ हजार रुपैयाँ व्याज आम्दानी प्राप्त गरेको एभरेष्टको औषत स्प्रेड दर पाँच दसमलव ६७ प्रतिसत रहेको छ । गत आवको सोही अवधिमा एभरेष्टको स्प्रेड दर पाँच दसमलव ८५ प्रतिसत रहेको थियो । चालु आवको पहिलो त्रैमासमा स्प्रेड दर चार दसमल ७५ प्रतिसत रहेको नेपाल इन्भेष्टमेन्ट बैकले ७० करोड ५५ लाख १८ हजार रुपैयाँ खुद व्याज आम्दानी प्राप्त गरी ४८ करोड ८४ लाख १२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 
पहिलो त्रैमासमा ३४ करोड ३३ लाख दुई हजार रुपैयाँ खुद व्याज आम्दानी प्र्राप्त गरेको माछापुच्छ«े बैकको स्प्रेड दर चार दसमलव ५७ प्रतिसत रहेको छ । गत आवको सोही अवधिमा स्प्रेडदरको अनुपात पाँच दसमलव ४१ प्र्रतिसत रहेको बैकले राष्ट्र बैकको निर्देशन पश्चात स्प्रेड दर घटाएको हो । ग्लोवल आईएमई बैकको स्प्रेडदर चार दसमलव ७५ प्रतिसत रहेको छ । ५६ करोड १९ लाख ६६ हजार रुपैयाँ खुद व्याज आम्दानी प्राप्त गरेको बैकले चालु आवको पहिलो त्रैमासमा २२ करोड ३४ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 
खुद मुनाफा १५ करोड ४२ लाख ६३ हजार रुपैयाँ प्राप्त गरेको एनआईसी एशिया बैकको स्प्रेडदर तीन दसमलव २७ प्रतिसत रहेको छ । स्प्रेडदर कम भएको बैकले चालु आवको पहिलो त्रैमासमा ४० करोड ७७ लाख ८८ हजार रुपैयाँ खुद व्याज आम्दानी प्राव्त गरेको थियो । स्प्रेडदर चार दसमलव ४७ प्रतिसत रहेको सानिमा बैकले पहिलो त्रैमासमा १३ करोड नौ लाख २५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । उक्त अवधिमा बैकको खुद व्याज आम्दानी भने १३ करोड नौ लाख २५ हजार रुपैयाँ रहेको छ । बैक अफ काठमाडौको स्प्रेड दर चार दसमलव ५४ प्रतिसत रहेको छ भने एनएमबी बैकको स्प्रेडदर चार दसमलव ५१ प्रतिसत रहेको छ । यसबाहेक पछिल्लो समय खुलेका बाँणिज्य बैकहरुमा भने स्प्रेडदर बढी रहेको छ । ति बैकहरुको वासलातको आकार सानो हुँदा बार्षिक सञ्चालन खर्च धान्नको लागि कर्जा र निक्षेपको बिचको व्याजदर अन्तर उच्च रहेको छ । फलस्वरुप त्यस्ता बैकका कर्जाको निक्षेपको व्याज कम र कर्जाको व्याज उच्च रहेको छ । 
 
तालिका बनाएर राख्ने
चालु आवको पहिलो त्रैमासमा बााणिज्य बैकहरुको स्प्रेड दर 
क्रस बैकको नाम औषत स्प्रेडर दर (प्रतिसतमा)  
१ नविल बैक ५.२२
२ एभरेष्ट बैक ५.६७
३ नेपाल इन्भेष्टमेन्ट बैक ४.५२
४ ग्लोवल आईएमई ४.७५
५ माछापुच्छ«े बैक ४.५७
६ एनआईसी एशिया ३.२७ 
७ बिओके ४.५४
८ सिटिजन्स बैक ४.८२
९ नेपाल एसबिआई बैक ४.३९
१० एनएमबी बैक ४.७१
११ सानिमा बैक ४.५७ 
 
घर जग्गा अर्थात अपार्टमेन्टको फोटो राख्ने
रियलस्टेट कर्जा अझै उच्च
बाँणिज्य बैकहरुमा रियलस्टेट कर्जा अझै उच्च रहेको छ । कुल कर्जामा रियलस्टेट कर्जाको सिमा २५ प्रतिसतसम्ममा सिमित राख्नु पर्ने नीति भएपनि केही बाणिज्य बैहरुले उक्त सिमा नाघेर कर्जा प्रवाह गरेकाछन । पहिलो त्रैमासिक बित्तीय बिवरण प्रकाशन गर्ने एक दर्जन बैकहरुले  मात्र  रियलस्टेटमा मात्र ३० अर्ब रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेकाछन । 
नबिल बैकले रियलस्टेटमा चार अर्ब ९२ करोड ६७ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैकको रियलस्टेट कर्जा बढेकाकारण सो बैकमा पछिल्लो अवधिमा औषत निष्क्रिय कर्जा र संभावित जोखिम व्यवस्थापन रकम समेत बढेको छ । पहिलो त्रैमासमा कुल कर्जा ५९ अर्ब ८१ करोड ८१ लाख १९ हजार रुपैयाँ रहेको नेपाल इन्भेष्टमेन्टले रियलस्टेमा चार अर्ब ४८ करोड ३३ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सिद्धार्थले पनि पहिलो त्रैमासमा तीन अर्ब २९ करोड ५३ लाख २० हजार रुपैयाँ रियलस्टेट क्षेत्रमा प्रवाह गरेको छ ।  कुल २९ अर्ब एक करोड ९१ लाख पाँच हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले गत आवको सोही रियलस्टेटमा तीन अर्ब ७१ करोड छ लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 
नेपाल एसबिआईले एक अर्ब ७२ करोड ५२ लाख ५१ हजार रुपैयाँ कर्जा रियलस्टेट क्षेत्रमा प्रवाह गरेको छ । कुल कर्जा ३७ अर्ब २१ करोड ११ लाख २७ हजार रुपैयाँ बैकले गत आवको सोही अवधिमा रियलस्टेटमा एक अर्ब १६ करोड २९ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।  एभरेष्टले रियलस्टेटमा दुई अर्ब ६३ करोड ६५ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह  गरेको छ । गत आवको सोही अवधिमा बैकको यस्तो कर्जा दुई अर्ब १५ करोड ७९ लाख ९९ हजार रुपैयाँ रहेको थियो । एनआईसी एशियाले पनि पहिलो त्रैमासमा दुई अर्ब ८२ करोड ८८ लाख आठ हजार रुपैयाँ रियलस्टेटमा प्रवाह गरेको छ ।  चालु आवको पहिलो त्रैमासमा कुल २४ अर्ब ९७ करोड २० लाख ४६ हजार रुपैयाँ रहेको सिटिजन्स इन्टरनेशनल बैकको रियलस्टेट कर्जा दुई अर्ब ९४ करोड ५९ लाख ४२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैकले सो क्षेत्रमा दुई अर्ब ६९ करोड ६७ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । ग्लोवल आईएमईले भने पहिलो त्रैमासमा एक अर्ब ७३ करोड ३९ लाख ३० हजार रुपैयाँ रियलस्टेट क्षेत्रमा प्रवाह गरेको छ । चालु आवको असोज मसान्तसम्ममा ४५ अर्ब ५३ करोड ४७ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले गत आवको सोही अवधिमा रियलस्टेट क्षेत्रमा एक अर्ब ९९ करोड ५० लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । २९ अर्ब ५५ करोड ३६ लाख १४ हजार रुपैयाँ रहेको स्टान्र्डड चार्टड बैकले पहिलो त्रैमासमा रियलस्टेट क्षेत्रमा एक अर्ब ४४ करोड चार लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा बैकको यस्तो कर्जा एक अर्ब ४४ करोड ४० लाख ४३ हजार रुपैयाँ रहेको थियो । लुम्बिनीले एक अर्ब ४५ करोड ६३ लाख आठ हजार रुपैयाँ रियलस्टेट क्षेत्रमा प्रवाह गरेको छ । यसैगरी  एनएमबीले एक अर्ब २८ करोड ९७ लाख ४८ हजार, बैक अफ काठमाडौले ९६ करोड ५४ लाख ४१ हजार रुपैयाँ रियलस्टेट क्षेत्रमा प्रवाह गरेको छ । जनता बैकले चालु आवको पहिलो त्रैमासमा ९३ करोड ७७ लाख ७१ हजार रुपैयाँ रियलस्टेट क्षेत्रमा कर्जा प्रवाह गरेको छ । 
बिभिन्न बाँणिज्य बैकहरुले रियलस्टेट क्षेत्रमा प्रवाह गरेको कर्जाको बिवरण 
तालिका बनाएर राख्ने
क्रस बैकको नाम रियलस्टेट कर्जा (रु हजारमा ) 
१ नविल बैक ४,९२,६७,९५
२ नेपाल इन्भेष्टमेन्ट बैक ४,४८,३३,५०
३ सिद्धार्थ बैक ३,२९,५३,२०
४ एभरेष्ट बैक २,६३,६५,७९
५ एनआईसी एशिया २,८२,८८,०८
६ सिटिजन्स बैक २,९४,५९,४२
७ ग्लोवल आईएमई १,७३,३९,३०
८ लुम्विनी बैक १,४५,६३,०८
९ एनएमबी बैक १,२८,९७,४८
१० नेपाल एसबिआई १,७२,५२,५१
११ स्टान्र्डड चार्टड बैक १,४४,०४,९३
१२ सानिमा बैक १,०१,०७,८५
१३ जनता बैक ९३,७७,७१
१४ बैक अफ काठमाडौ ९६,५४,५१
 
जसोदा संैजु र निरज बरालको फोटो राख्ने
एचएण्ड बी बैक घोटाला प्रकरण लहरो तान्दा पहरो समेत तानियो 
प्रमुख कार्यकारी र सञ्चालक बिरुद्ध उजरी हाल्ने अग्रवाल  नै हुण्डीको कारोवारी
युवा हुँकार बिशेष व्युरो 
एचएण्डबी बैक घोटाला प्रकरणमा लहरो तान्दा पहरो नै तानिएको छ । बैकको गुडफर पेमेन्न्ट काण्डमा बैकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जशोदा सैजुलाई पक्राउने व्यापारी प्रशान्त अग्रवाल  स्वंम जाली नोट र अवैध हुण्डी कारोवार संलग्न व्यक्ति रहेको छ । काठमाडौको न्युरोडमा मोवाईल पशल सञ्चालन गर्ने अग्रवाल पटक पटक जाली नोटको कारोवारमा पक्राउ परेका अभियुक्त भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले बताएकाछन । न्युरोडको ताम्राकार हाउसमा सानो मोवाईल पसल सञ्चालन गर्ने अग्रवालको उक्त पसल देखावटी भएको त्यहीबाट नै हुण्डी र जाली नोटको कारोवार गर्ने गरेको दावी समेत अनुसन्धानमा संलग्न प्रहरी श्रोतले गरेको  छ । 
अग्रवालले प्रमुख कार्यकारी सैजु र सञ्चालक ढुं्रगानाको मिलेमतोमा बैकमा आफुले राखेको चार करोड ७८ लाख रुपैयाँ अपचलन भएको उजुरी हुनुमानढोका प्रहरीमा हालेका थिए । सोही उजुरीका आधारमा पक्राउ परेका सैजु र ढुगाना अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेकाछन ।  घोटाला प्रकरणमा यसअघि बैकका तत्कालीन कुलेश्वर शाखा प्रमुख निरज नेपाल, उक्त प्रकरणमा संलग्न मनोज कुमार चौरसिया, जय कुमार यादव लगातयका व्यक्तिहरु पक्राउ परेका थिए । सो मध्ये चौरसिया पुर्पक्षको लागि हालसम्म पनि थुनामा रहेको र अग्रवाल  चौरसियाको व्यावसायिक साझेदार रहेको श्रोतले बताएको छ ।  घोटाला सम्वन्धी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरी श्रोतका अनुसार चौरसिया संलग्न कर्जामा अग्रस्थाव व्यक्तिगत जमानीकर्ता बस्ने गरेको र अग्रवाल संलग्न कर्जामा चौरसिया व्यक्तिगत जमानीकर्ता बसेको देखिएको छ । दुबै व्यक्ति अवैध हुण्डीको कारोवारमा संलग्न रहेको र अग्रवालकाको न्युरोडको ताम्राकार हाउसमा रहेको पसल देखावटी मात्र रहेको र त्यहीबाट नै दैनिक लाखौं रुपैयाँ बराबरको हुण्डीको कारोवार हुने गरेको श्रोतले बताएको छ । श्रोतका अनुसार अग्रवाल मोवाईल व्यापारी समेत भएको र अग्रवालले करछली गरेर सस्तो मोवाईल ल्याएर महँगो मुल्यमा बेच्दै ग्राहक ठग्दै आएकाछन । बिवादित छवीको व्यापारी अग्रवाललाई यसअघि जालसाँजीको अभियोगमा धादिङको फिमफेदी प्रहरीले पक्राउ गरी केही दिन थुनेको समेत श्रोतले बताएको छ । बैकमा गुडफर पेमेन्ट चेक मार्फत झण्डै ५८ करोड रुपैयाँ घोटाला भएको थियो । 
राष्ट्र बैकको स्थलगत निरीक्षणमा दोषी नदेखिएको सैंजुलाई अग्रवालको उजुरी कै अधारमा प्रहरीले केही साताअघि पक्राउ गरेको थियो । एचएण्ड बी काण्डमा दोषी देखिएका सबैलाई कारवाही गरि पीडित निक्षेपकर्ताहरुलाई न्याय दिनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतले दबाव दिएपछि राष्ट्र बैकले २०७१ जेठ १४ गते एचएण्डबीको व्यवस्थापनमाथि हस्तक्षेप गरेको थियो । राष्ट्र बैकले एचएण्डबीको समष्टिगत स्थलगत निरीक्षण गरी सोको प्रतिवेदन कार्यान्वयनका लागि २०७० कात्र्तिक २७ गते बैकमा पठाएको थियो ।  प्रतिवेदनबाट विभिन्न व्यक्ति, फर्म वा कम्पनीहरूका खाता सञ्चालकहरुबाट जारी भएका चेकहरूमा बैंकले जनाएको गुड फर पेमेण्ट सम्बन्धमा त्यस्ता चेकहरूमा जनाएको गुड फर पेमेण्टको आधिकारिकता जाँचबुझ गरी विद्यमान बैंकिङ्ग प्रचलन अनुसार भुक्तानी दिन तथा गुड फर पेमेण्टको आधिकारिकता जाँचबुझ गर्दा शंकास्पद देखिएका चेक तथा चेकहरूको कारोवारको हकमा सोसँग सम्बन्धित व्यक्तिहरूमाथि थप अनुसन्धान, तहकिकात र कारवाहीको लागि सम्बन्धित निकायहरूमा लेखी पठाउन संस्थाको सञ्चालक समितिलाई पटक पटक निर्देशन दिइएकोमा समितीले सोको अवज्ञा गरेको उल्लेख थियो । निर्देशनको कार्यान्वयन गर्नेतर्फ समेत ठोस कार्य नगरी विभिन्न बहानामा समय लम्ब्याईआदेश उल्लंघन गर्नेतर्फ संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी संैजु उद्यत रहेको पाइएबाट सर्वसाधारण, निक्षेपकर्ता र शेयरधनीको अहित हुने देखिएकोले बैकिंङ्ग प्रणालीप्रति सर्वसाधारण जनताको विश्वसनीयता कायम राख्न, निक्षेपकर्ता एवं सर्वसाधारणको हित संरक्षण गर्नका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ५४ को उपदफा (१) बमोजिम संस्थाको सञ्चालक समिति, सोही ऐनको दफा ७४ को उपदफा (४) को खण्ड (ख) बमोजिम प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरी व्यवस्थापन हातमा लिएको राष्ट्र बैकले जनाएको थियो । हस्तक्षेप पश्चात राष्ट्र बैकले उप–निर्देशक ज्ञानुकृष्ण अधिकारीको संयोजकत्वमा उप–निर्देशक विष्णुमणि गौतम र सहायक निर्देशक हेमराज अधिकारी सदस्य रहनु भएको तीन सदस्यीय व्यवस्थापन समूह खटाएको थियो । हस्तक्षेप पश्चात बैकमा श्रवण कुमार अग्रवालको अध्यक्षतामा बिजय कुमार सरावगी, रमेश कर्माचार्य, पुष्पज्योति ढुंगाना, प्रदिप कुमार श्रेष्ठ र राजेश कुमार सरावगी सहितको छ सदस्यीय सञ्चालक समिती रहेको थियो ।   
निलम्वनमा पुर्नभएकी संैजुले भने राष्ट्र बैककै निर्देशन अनुसार २०७१ असोज १३ गते आफ्नो पदमा राजीनामा दिनुभएको र उक्त राजिनामा स्वीकृत गर्नको लागि बैक सञ्चालक समितीलाई निर्देशन दिएको थियो । निर्देशन अनुसार एचएण्डबीको सञ्चालक समितीले बैंकमा उपलब्ध अन्य प्रमाणहरुको अध्ययन गर्दा उक्त अनियमित कार्यमा संस्थाको सञ्चालक समिति तथा कार्यकारी प्रमुखको प्रत्यक्ष संलग्नता नदेखिए पनि बैंकका निक्षेपकर्ता र शेयरधनीको हितको संरक्षण गर्नुपर्ने मुख्य दायित्व सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको भएकोमा त्यस अनुरुप पूर्णरुपमा आफ्नो दायित्व निर्वाह गर्न नसकेको, वित्तीय अपचलनका घटनाहरु नियन्त्रण गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त दुरुस्त राख्न चाल्नु पर्नेमा आवश्यक कदम नचालेको, सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतले आफ्नो पदीय जिम्मेदारी बहन गर्ने क्रममा अपनाउनु पर्ने व्यवसायिकता, शतर्कता तथा कार्य दक्षता प्रदर्शन नगरेको लगायतका तर्क अघि सार्दे राजीनामा स्वीकृत गरेको थियो । 
 
बैकको २०६९ आषाढ मसान्तमा पाँच करोड ७५ लाख रुपैयाँ कुलेश्वर शाखाको केन्द्रीय कार्यालयसँग हिसाव नमिल्दा समेत सञ्चालक सम्बद्ध समिति तथा कार्यकारी प्रमुखले हिसाव मिलाउन सोधखोज नगरेको लगायतका कारणहरुले सञ्चालक समिति तथा कार्यकारी प्रमुखले संस्थालाई नियन्त्रण सन्तुलनमा राख्न नसकेको पुष्टि भएकोले विशेषज्ञ छानविन समितिले पेश गरेको प्रतिवेदन एवं समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन, २०६९ समेतका आधारमा निलम्बित सञ्चालक समितिलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ५४ को उपदफा (५) को खण्ड (ख) बमोजिम बर्खास्त गरिएको एवं निलम्बित प्रमुख कार्यकारी अधिकृत सैंजुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०६३ को दफा ७४ को उपदफा (४) को खण्ड (ङ) बमोजिम अवकास दिन लगाइएको व्यवस्थापन समितीले राष्ट्र बैकलाई लेखेको पत्रमा उल्लेख रहेको छ । चार बर्षअघि कुलेश्वर शाखामा भएको अनिमिततापछि बैक समस्यामा परेको थियो । शाखा प्रमुख नेपालको संलग्नतामा भएको अनियमिततामा गुड फर पेमेन्ट र क्यास सर्टेज गरी एक अर्ब पाँच करोड रुपैयाँ बराबरको घोटाला भएको थियो । गुडफर पेमेन्टमा व्यक्तिगत लगानीकर्ताहरुको २२ करोड, र सहकारी संस्था तथा फाईनान्सको ४५ करोड रुपैयाँ फसेको थियो । यसबाहेकको बाँकी ४० करोड रुपैयाँ भने बैकबाट क्यास सर्टेज भएको थियो । पीडितहरुलाई न्याय दिने बिषयमा बिगतमा राष्ट्र राष्ट्र बैक एंव एचएण्डबी स्वंम उदासिन रहेको भएपनि सरकार परिवर्तन पश्चात भने गुडफर पेमेन्ट कान्ड सल्टाउन दुबै पक्ष तदारुकताका साथ लागि परेका थिए । सोही अनुरुप केन्द्रीय बैकले एचएण्डबीलाई पीडितलाई न्याय दिन तत्काल काण्ड सल्टाउन निर्देशन दिएको थियो । राष्ट्र बैकको कडा निर्देशन पश्चात एचएण्डबीले ‘क्यास सर्टेज’ भएका पिडितलाई नगद भुक्तानी दिने, गुड फर पेमेन्टका पिडितलाई संस्थापक सेयर, ऋणपत्र र नगद फिर्ता दिने प्रस्ताव गरेको थियो । प्रस्ताव अनुसार बैकले पीडितलाई ४० प्रतिसत सेयर, ३० प्रतिसत ऋणपत्र र ३० प्रतिसत नगद फिर्ता दिने तयारी गरेको थियो । 
 

Posted on: 2015-Feb-26

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar