01 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

ओली विजयका दूरगामी प्रभाव

18 - Aug-2014, Posted by: Yuwahunkar   |   COMMENTS: 0

विशेष संवाददाता काठमाडौं । दोस्रो ठूलो राजनीतिक दल नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीको विजयले मुलुकको राजनीतिलाई पुनः एकपटक तरंगित गरेको छ । सरकारका उपप्रधानमन्त्री समेत रहेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई सारथी बनाएर ओलीले यसपटक धेरै पद ओगट्न भ्याएका छन् । ओली–वामदेव गठबन्धन यसरी बन्यो कि जुन मजबुत बन्दै गएको छ । दोस्रो संविधानसभाको निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा गठन हुने सरकारमा जब एमालेले वामदेव गौतमको अगुवाईमा सरकारमा सहभागी हुने निर्णय ग¥यो, तब प्रधानमन्त्री सुशील कोइरालाले खुलेरै बोलिदिए, वामदेवलाई सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री दिन सकिदैंन, अरु कोही पठाउनुहोस् । खासमा एमालेकै माधव नेपाल गुटको आडभरोसा पाएर कोइरालाले गरेको घोषणा धेरै दिन टिक्न सकेन र उनले वामदेवलाई नै लिएर एमालेसँग सत्ता साझेदारी गरे । कोइरालाले वामदेवलाई नरुचाउनुको अर्को कारण थियो, उनको छवि । कोइरालाले आफ्नो स्वच्छ छविका अगाडी वामदेव गौतममा दाग देखे, त्यसो त वामदेव सरकारमा रहँदा सधैं विवादीत व्यक्ति हुन् । यसपटक पनि एआईजी बढुवामा उनी विवादीत बने भने एकजना एसपी रमेश खरेलको सरुवा प्रकरणमा पनि उनी अझ विवादीत बन्न पुगे । गृहमन्त्रीकै रुपमा वामदेव गौतमले ह्याट्रीक (तेश्रो कार्यकाल) गर्दा पनि परिपक्वता देखिएन । यसअघिको सरकारका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जसरी आफू स्वच्छ छविको हुदाँहुदै मधेशवादीसँग मिलेर सरकार बनाउँदा आफू विवादमा तानिएको भनेर गुनासो पोख्थे, त्यही भयो कोइरालाको हकमा । जो अहिले वामदेव गौतमलाई कार्यवहाक बनाएर अमेरिकामा फोक्सोको क्यान्सरको उपचार गराइरहेका छन् । ओली–वामदेव गठजोड केपी ओली र वामदेवको गठजोड कसरी सम्भव भयो । कुनै समय एक नदीका दुई किनाराजस्ता देखिने यिनीहरु आपसमा मिल्न आइपुग्छन् भनेर धेरैले नसोचेको विषय थियो । ओली–वामदेव मिलापमा धेरथोर सरकार गठनको भूमिकाबाट सुरु भएको हो । केपी ओलीले वामदेवलाई सरकारमा सत्ता साझेदार बनाएर पठाउने मनसाय बनाए किनकी उनले बुझेका थिए, वामदेव जोसँग नजिक थिए (माधव नेपाल, झलनाथ खनालहरु) कुनै पनि हालतमा वामदेवलाई सरकारमा नपठाउने निष्कर्षमा थिए । यो चालबाजी राम्ररी बुझेका केपी ओली जो यअघि नै देशको उपप्रधान तथा गृहमन्त्री भैसकेका छन् । उनले आफूलाई संसदीय दलको नेता तथा एमालेको अध्यक्षमा समर्थन गर्ने शर्तमा वामदेवलाई सरकारमा पठाइदिने भए । केपी ओलीले अडान नलिएको भए वामदेव गौतम सरकारमा वरिष्ठ मन्त्रीको रुपमा रहने थिएनन्, अरु नै कोही हुन्थ्यो भनेर एमालेका नेताहरु टिप्पणी गर्छन् । सत्तालाई राम्ररी बुझेका वामदेव गौतमले उक्त शर्तमा मञ्जुरीनामा दिए, ओलीलाई संसदीय दलको अध्यक्ष बनाए । आफू उपप्रधानमन्त्री बने र भर्खरै सम्पन्न एमालेको नवौं महाधिवेशनबाट केपी ओलीलाई अध्यक्षमा निर्वाचित गराउन भूमिका खेले । वामदेवले पद र शक्तिको दुरुपयोग गर्ने हुन् कि भन्ने आशंकाले प्रधानमन्त्री सुशील कोइरालाले अमेरिका जाने बेलामा कार्यवहाक प्रधानमन्त्री गौतमलाई एमाले महाधिवेशनमा सत्ता र शक्तिको दुरुपयोग नगर्न भनेका थिए । मिश्रित छनौट एमालेको नवौं महाधिवेशनमा दुई प्यानलबीच भएकाले निर्वाचनमा एमाले महाधिवेशन प्रतिनिधिहरुले मिश्रित परिणाम आउने गरी मतदान गरे । अध्यक्ष माधवकुमार नेपाल र केपी ओली प्यानल छुट्छुट्टै बनाएर मतदान भएको थियो । एउटै प्यानलबाटमात्र नभएर दुवै प्यानलका मिश्रित उम्मेदवारहरु छानिनुले अध्यक्ष बनेका ओलीले एक्लै पार्टी सञ्चालन गर्ने सम्भावना टरेको छ । महाधिवेशनबाट ओली प्यानलका वामदेव गौतम र विद्या भण्डारी उपाध्यक्षमा चयन भएका छन् भने नेपाल पक्षका भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य छानिएका छन् । त्यसैगरी महासचिवमा नेपाल पक्षका सुरेन्द्र पाण्डेलाई अत्यन्त झिनो मत अन्तरले हराएर ओली पक्षका ईश्वर पोखरेल छानिएका छन् । उपमहासचिवमा नेपाल पक्षमा घनश्याम भुषाल र ओली पक्षका विष्णु पौडेल निर्वाचित भएका छन् । सचिवमा माधव नेपाल पक्षका गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य निर्वाचित भएका छन् भने केपी ओली प्यानलका प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ निर्वाचित भएका छन् । एमालेको १४५ जना पूर्ण केन्द्रीय कमिटी र ४४ जना वैकल्पिक सदस्यहरुमध्ये ओली पक्षको बाहुल्यता रहेको बताइएको छ । ओली हुँदाका दूरगामी प्रभाव एमाले महाधिवेशनका दौरान केपी ओली र माधवकुमार नेपालको प्रतिस्पर्धा निकै कडा देखियो । यो वा ऊ सजिलै भन्न सक्ने अवस्था थिएन । वामदेव गौतम सरकारमा छँदाका फाइदा केपी ओलीलाई भयो । उनी आफैं पनि प्रधानमन्त्री बन्ने दाउमा छन् । सुशील कोइरालापछिका प्रधानमन्त्रीका रुपमा केपी ओलीले आफूलाई उभ्याएका छन् यद्यपि त्यो खालको समीकरण बन्छ÷बन्दैन यकिन गर्न गाह्रो छ । एमाले अध्यक्ष निर्वाचित भएपछि ओलीको महत्वाकांक्षा अझ बढेको छ । संसदीय दलको नेता, अध्यक्ष हुँदै अब प्रधानमन्त्रीका लागि उनले आफूलाई उभ्याउनेछन् र आप्mना विश्वासपात्र तथा सरकारका उपप्रधानमन्त्री वामदेव गौतमका साथमा उनले अर्को सत्ता समीकरणको जोड घटाउ सुरु गर्छन् भन्ने विश्लेषण राजनीतिक वृत्तबाट आएको छ । महाधिवेशनकै दौरान पनि ओलीलाई आगामी प्रधानमन्त्रीको रुपमा उभ्याइएको थियो । उक्त गुटले माधव नेपाल एक पटक प्रधानमन्त्री भैसकेको र अबको एमालेको प्रधानमन्त्रीको उम्मेद्वार केपी ओली नै हो भनेर महाधिवेशन प्रतिनिधिहरुलाई आश्वस्त बनाउन खोजेको पाइयो । स्वास्थ्य प्रतिकूल हुँदाहुँदै पनि केपी ओली चुप लागेर बसेनन् बरु माधव नेपालले स्वास्थ्य प्रतिकूल भएको मानिस अध्यक्ष हुँदैन भन्यो भन्दै त्यसको व्यापक प्रचारप्रसार गरी माधव नेपाललाई तुच्छ स्वभावको देखाउन खोजे । ओलीको महत्वाकांक्षाले उनलाई चुप नराख्ने उनै पक्षका कतिपय नेताहरु बताउँछन् । उनको महत्वाकांक्षा र प्रधानमन्त्री बन्ने उम्मीदले उनले संविधानसभाबाट संविधान जारी गर्ने कामलाई नै भर्सेलामा पार्ने हुन् कि भन्ने चिन्ता पनि व्यक्त गरिएको छ । माओवादी विरोधी भनी चिनिएका केपी ओलीले माओवादी निकटका वामदेव गौतमसँग समीकरण गर्नुले पनि आगामी दिनमा एमाले भित्रको राजनीतिले नयाँ मोड लिनसक्छ ।  


Posted on: 2014-Aug-18


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar