25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

प्राचीन युरोप र हिजडा राजाहर

19 - Feb-2014, Posted by: Yuwahunkar   |   COMMENTS: 0
धेरै युरोपेली राजकुमारहरु हिजडा (समलिंगी) थिए । तर उनीहरुले आफ्नौ वैवाहिक दायित्वलाई भने इन्कार गरेनन् । सन् १३०८ मा फ्रान्सेली राजकुमारीले बेलायति राजा एडवार्ड द्वितियसँग विवाह गरिन् र चार सन्तान जन्माइन् । यद्यपी राजा भने धेरैजसो पुरुषलाई नै रुचाउँथे । फिलिप ड्युक अर्लेन्सले दुईओटी श्रीमतिबाट ६ सन्तान जन्माए । यद्यपी ती सन्तको सहयोगले उनले विगतका निजी कुराहरु लुकाए । सन् १६१४ बेलायतका जेम्स प्रथम जर्ज भिलियर नामको केटासँग प्रेममा परे र उसलाई घोडाहरुको प्रमुख बनाए । उसलाई ठूलो प्रशंशा दिए । जेम्सकी श्रीमति डेनिस राजकुमारी नौ पटक लगाएर गर्भवति भएकी थिइन् । तर सबै समलिंगी राजकुमारहरुले श्रीमतिसँग सेक्स गर्न आफूलाई तयार राख्न सक्दैनथे । स्वीडेनका गुस्ताभ तृतीय आइमाइसँग सेक्स गर्न घृणा मान्थे र उनले कहिल्यै त्यो चाहेनन् र प्रयास पनि गरेनन् । “राजकुमारलाई स्मारक र भगवानप्रति कुनै आस्था पनि भएन,” यो समकालीनहरुको व्याख्या थियो । उनले डेनमार्ककी राजकुमारी सोफिया म्यागडेलेनासँग सन् १७६६ मा विवाह गरेका थिए । जब १७६९ मा जब स्वीडीस कलाकारहरुको समूहले कोपेनहेगनको भ्रमण ग¥यो, त्यतिबेला राजाले आफ्नी बहिनीको स्वास्थ्यबारे सोधेका थिए । “उनी अरु महिलाजस्तै खुसी हुनसक्छिन् किनकी विवाहको तेश्रो वर्ष हुँदा पनि उनी अझै कुमारी नै छिन्,” भन्ने जवाफ स्वीडीसले दिए । रानीको बाँझोपन गुस्ताभका लागि समस्याको विषय थियो र तुरुन्तै गद्दीको उत्तराधिकारी सन्तान चाहिएको थियो । शक्तिशाली धनाढ्यहरुले विद्रोहको धम्की दिएर राजासँग थुप्रै अधिकार लिएका थिए । सन्तान नभएपछि राजतन्त्र ढाल्न सजिलो थियो । यस्तो हल्लला पनि गरिन्छ की विवाहको ११ वर्षपछि राजाले नयाँ जुक्ति निकाले । उनले वेवास्ता गरेकी कुमारी रानी कचहरीकै एउटा भद्रलाई नजर लगाउँदैथिइन् । एडोल्फ फ्रेडरिक मंक, उसको नाम थियो । त्यो कुरा स्वीडेनको कचहरीमा जंगलको आगोसरी फैलियो । राजाले उनीहरु दुईको अफेयर छ भनेर जिद्दी गरे । जब तिनीहरुले अप्ठेरो माने– यस्तो कुराले अमर्यादामात्र पैदा गर्दैन, विखण्डन पनि ल्याउन सक्छ । गुस्ताभले यो अनुरोध आफ्नै हातले लेखे र श्रीमतिलाई दिए । यस्तो हल्ला पनि थियो कि मंकसँगको अफेयर प्रमाणि भए पनि उनकी श्रीमति मृत्युसम्म रानीकै रुपमा रहिरहने वाचा थियो । छोडपत्र लगत्तै उनको विवाह पनि भयो, जसले गर्दा अमर्यादीत भएको आरोप लामो समय रहेन । एडोल्फ मंकसँग रहेको वर्षदिनजसो लगत्तै पछि, सोफिया म्याग्डेलेनाले बच्चा जन्माइन्, गुस्ताभ चौथो । सन्तान पाएर राजा धेरै खुसी भए– रानीसँग ओछ्यानमा नजोतिइकनै उनले सन्तान पाएका थिए । पर्सियाका फ्रेडरिक द ग्रेट, युरोपका परिचित राजा थिए, उनीमाथि उभयलिंगी (वाइसेक्सुअल) को आरोप थियो । एकजना मानिसले यिनी राजकुमार छँदै किशोरावस्थाका यिनीसँग यौनसम्बन्ध राख्न खोजेको थाहा पाएपछि यिनका बाबुले त्यसको शिर काटेका थिए । मानिससँग फ्रेडरिकको सेक्स भने पूर्णतः निश्चित थिएन । के कुरा निश्चित हो भने सन् १७३३ मा १९ वर्षे राजकुमारलाई जब बाबुले जर्मन राजकुमारी एलिजावेथ ब्रुनसेक वेभेनसँग विवाह गर्ने प्रस्ताव ल्याए । त्यतिबेला राजकुमारले यो स्वीकार गर्न इन्कार गरे । “म तरबारले आफ्नो परिचय दिन चाहान्छु र दरबारको कुनै समर्थन लिन चाहान्न,” रिसाएर उनले भने, “अब मेरो काम महिलासँग शारिरीक सम्पर्क राख्नुमात्र हो, म यस्तो अभागी मान्छे हुँ, मैंले विवाह गर्ने राजकुमारी संसारकै दुःखी महिला हुनेछिन् ।” “जो महिलाको सम्मान लिएर बस्छ, त्यो जस्तो निन्दनीय र काम नलाग्ने कोही हुँदैन, जसलाई मानिस भन्नु नै बेकार हुन्छ,” राजकुमारले भनेका छन्, “माया कहिले पनि दबाबले हुँदैन । म सेक्स गर्न मन पराउँछु तर लगातार होइन । मलाई तत्काल आनन्द चाहिन्छ । तर लगत्तैपछि यसलाई घृणा गर्छु । सोचौं, म कुनै वस्तुजस्तो भएँ भने मात्र राम्रो पति हुनसक्छु । ..............मैंले विवाह गर्नुपर्छ । तर त्यसपछि विदाई अनि अहोभाग्य ।” दुईओटा मुटु एक बनाउने प्रेमवहानापछि अब गर्भावस्थाको विचार गर । जब फ्रेडरिक राजा बने विवाह तय गरिएकी रानी एलिजावेथ सहरबाहिर तौल बढाइन्, कुकुर हुर्काइन् र उसले पठाउने पैसाबाट । उनी आफ्नो पहिलेको आय युद्धबाट अब फर्किए । यो सबैपछि, फ्रेडरिकले झण्डै एक वर्षपछिमात्र आफ्नी श्रीमतिसँग खाना खाने तय गरे । स्टोरी– ८  धर्म हिन्दू धर्म र भगवान प्राप्ति भगवान प्राप्त गर्नका लागि व्यक्तिले आफ्नो संसार र स्वधर्म अर्थात् आफ्नो कर्तव्यलाई त्याग गर्नु आवश्यक छ, यो कुनै पनि हिन्दू धर्मग्रन्थमा भनिएको छैन । वास्तवमा भागवतगीतामा त आफ्नो कर्तव्यको पालना गर्न बहुत आवश्यक छ, भनिएको छ । गीताको उपदेशबाट अर्जुन कुनै साधु बनेनन्, त्यसपछि उनले एक भीषण युद्धमा भाग लिए । गीताको अन्तमा श्रीकृष्ण भन्छन्, ‘हे अर्जुन ‘मम अनुस्मर युद्धाचय’ अर्थात् मलाई सम्झेर युद्ध गर । यसको तात्पर्य हो, मानिसले भगवानको सम्झना गर्दै आफ्नो कर्तव्य गर्न जरुरी छ । यसैले कहीं पनि भगवानको खोजीको लागि वनमा अथवा अन्य भागमा जाऊ भनिएको छैन । हिन्दू धर्ममा यतिमात्र भनिएको छ, भौतिकवादलाई प्रकृतिको आत्मातिर मोड्न निश्चय पनि धेरै समय लाग्छ । एउटा किरा आफैं बसेको भागहरु खा“दै जान्छ, अन्तमा पुतली बन्छ । यसप्रकार मानिसको बिना कुनै दुःख आफ्नो भौतिकवादलाई हटाउन आवश्यक छ । राजा जनक यसका अपूर्व उदाहरण हुन् । एक समय आफ्नो शताब्दीका ठूलो राज्यका शासक थिए, त्यसपछि भारतका सबैभन्दा महान् योगी भए । कोही योगी कमरमा कपडा (धोती)  धारण गरी हठ–पूर्वक हिमालयको बरफमा जाडोले कठ्यांग्रीरहन्छ भने ऊ चलाख व्यापारीभन्दा कम छैन । किनकी दुवै लोभ र क्रोधका उपज हुन् । मन अथवा अन्तरात्मालाई बदल्नका लागि बाहिरी देखावटी आडम्बरले कहिं अधिक महत्व राख्दैन । स्वामी विवेकानन्दलाई उनका गुरु स्वामी रामकृष्ण परमहंसले पहिलोपटक श्रीभगवान्को दर्शन गराएका थिए । यसभन्दा पहिले उनले आफ्नो मन वा अन्तरआत्मालाई यति उचाईसम्म उठाएको छु भन्ने बुझेका थिएनन् । उनै परमात्माको खोजमा वेचैन विवेकानन्द, जसको बाल्यकालको नाम ‘नरेन्द्र’ थियो, सबैलाई सोधेर फर्कन्थे– ‘के तिमीले भगवान देखेका छौ ?’ र केवल रामकृष्णले मात्र उत्तर दिए, ‘बाबु, म उनलाई यस्तै देख्छु, जस्तो तिमी छौ ।’ गुरुले शिष्यको टाउकोमा हात राखेर भने, र नरेन्द्र जो आफ्ना चोटिला प्रश्नहरु अनेकौं योगीहरुलाई सोधिरहेका थिए, बच्चा जस्तै । भनिन्छ कि उनमा त्यति आत्मतेज उत्पन्न भएको थियो, जसको समाधान उनले पाएका थिएनन् र गुरु समक्ष बिलौना गर्न थाले– ‘गुरुवर † मेरा माता–पिता, परिवारजन हुनुहुन्छ । मलाई जान दिनुस् प्रभु ।’ (भारतीय शिष्यहरुद्वारा लिखित ‘द लाइफ अफ स्वामी विवेकानन्द’ बाट उद्धृत) । प्रभु हाम्रो समीपमा हुनुहुन्छ, तर हामी त्यहा“ पुग्न सक्तैनौं । किनकी हामी अज्ञानका कारण उनीबाट टाढा छौं । यशुले भनेका छन्– ‘याद गर † म तिम्रो द्वारमा खडा छु, केवल ढोकामा ढकढक्याइरहेको छु । यदि कुनै मानिस मेरो आवज सुनेर ढोका खोलिदिन्छ, म ऊ सम्म पुग्नेछु । यी शब्दहरुबाट यो कुरा पुष्टी हुन्छ कि व्यक्तिगत प्रयास बिना अथवा आफ्नो अन्तरआत्मालाई नबदलीकन भगवान कसैको चेतनामा पनि आउनुहुन्न । जबकी उहा“ हाम्रो प्राणको एकदमै नजिक हुनुहुन्छ । यदि कसैले इमान्दारीपूर्वक परम सत्यलाई खोजी गर्छ भने उसले प्राप्त गर्न सक्छ । चाहे त्यो नारी अथवा पुरुष वेद–पुराणबाट पूर्ण रुपमा अनभिज्ञ किन नहोस् । उसको प्रेम अथवा लगनले अवश्य पनि उसलाई परम सत्य समक्ष साक्षात्कार गराउ“छ । यी ग्रन्थहरुको ज्ञान सत्यको खोजीमा अवश्य पनि सहायक सिद्ध हुनसक्छन् । कबीर, सुर पूर्ण निरक्षर भएर पनि महान् सन्त बने । ध्रुव र प्रह्लाद त बालक थिए । व्यक्तिले धर्म ग्रन्थ पढोस् या नपढोस्, यदि उसको लगन सा“चो छ भने उसलाई भगवान प्राप्त हुन्छ । उसलाई प्राप्त गर्नका लागि आफ्नो अस्तित्वलाई उनको चरणमा राखिदेऊ, समर्पित होऊ । ‘श्रीमद्भागवतगीता’ मा श्रीकृष्णले भगवान प्राप्तिको अत्यन्त सरल विधि बताएका छन् उनले भनेका छन्, तिमी मलाई आफ्नो देऊ, मेरो शरणमा आऊ, म तिम्रो जीवनका हरेक समस्याहरु देख्नेछु, समाधार गरिदिनेछु । जसले मेरो सम्मुख समर्पण गर्नेछ, उसलाई म बारम्बार जीवन–मरणको चक्रबाट मुक्त गरिदिन्छु ।’ अघि श्री भगवान भन्नुहुन्छ– ‘तिमी सबै असल–खराब काम त्यागेर मेरो शरणमा आऊ, म तिमीलाई सबैबाट मुक्त गरिदिन्छु ।’ यी शब्दद्वारा भगवानले भक्तको समर्पण मा गर्नुभएको छ र यसमा कतै पनि कुनै धर्मग्रन्थको अध्ययन आवश्यक पर्दैन । उनको पठनपाठनमा कुनै खराबी छैन । जो पढ्दैन, उसले भगवान प्राप्त गर्न सक्दैन भन्ने कुरा गलत हो । यही कारण हिन्दू धर्ममा पूजाको सबै विधिलाई उत्तिकै महत्व दिइएको छ । एक भक्त योगीको भक्तिपूर्ण गीत, कर्मयोगीको निष्काम भावको कर्तव्य पालना, राजयोगीद्वारा प्राणयाम साधना र ज्ञान योगीका साधना,  सबैलाई समान आदर दिइएको छ । मीराको भजन, शंकराचार्यको अद्वैत दर्शन र पतञ्जलिको योग सूत्र– सबैको समान आदर र महत्व छ । यति सुन्दर छ, हाम्रो हिन्दू धर्म ।  


Posted on: 2014-Feb-19

POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar