01 May
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

हतियार र चुस्तामा आइजीपीको लामो हात

21 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 
नेपाल प्रहरी भित्र नेतृत्व सम्हाल्नु अघि व्यापक रुपमा सकारात्मक टिप्पणी भेटेका  आईजीपी कुवेरसिंह राना संगठनको नेतृत्व छोड्ने बेलामा यो भन्दा अगाडिका आइजीहरु जस्तै बद्नाम भएर बाहिरिने पंक्तिमा नै छन् । आफूलाई निष्पक्ष र स्वच्छ छविका रुपमा प्रचार गराएका रानाले पछिल्लो समय दामलाई वाहेक वेवास्ता गर्ने गरेपछि उनका सहकर्मीहरु नै जिव्रो निकाल्न थालेका छन् ।  राना घर जान केही दिन बाँकी रहँदा जातेजाते समयमा ठूलो रकम कमिसन स्वरुप खाने तयारीमा रहेको बुझिएको छ । हतार हतारमा करिब डेड अर्वको हातहतियार खरिद र ५० करोड बराबरको निलो चुस्ता परिवर्तन गर्ने भन्दै ठुलो धनराशि कुम्ल्याउन लागेको एक डिआईजीले बताए । अवकास को मुखमा यति ठुलो काम सक्न प्रबन्ध शाखाका प्रहरी कर्मचारीलाई निर्देशन दिएपछि सो शाखाका कर्मचारीलाई भ्याईनभ्याई भएको छ, ती डिआईजीले युवाहङ्कार प्रतिनिििधलाई बताए । कमिशनको चक्करले रानाको पेट पोलेपछि कार्यालय समय पछि पनि बेलुका ६ बजेदेखि राती ११ बजेसम्म आईजीपी निवासमा प्रबन्ध शाखाका एसपी प्रेम मल्ललाई राखी खरिदका काम र आर्थिक कुराहरु टुंगाउन निर्देशनको समाचार स्रोतको दाबी छ । अवकासको मुखमा हतियार र चुस्ता खरिद गरी घोटाला हुने सम्भावना प्रवल देखिएकाले खरिद प्रक्रिया तत्काल बढाउन नहुने प्रहरी अधिकारीहरु नै बताउँछन् ।  

Posted on: 2013-Oct-21


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar