26 Apr
Fri

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

‘सबै जातको फूलबारी, सबैको हक र हैसियत बराबरी'

12 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 पृथ्वीविचार नै नेपाली प्रजातन्त्रको बीजरूप हो । यो जनविचार र राजविचारको सम्मिश्रण भएकाले यो नेपाल विचार पनि हो । त्यसैले यो नेपाल अधिराज्यको सफल एकीकरणको आधार–विचार पनि हो । यो एकीकरण अभियानसँगसँगै नेपाली व्यवहार र नेपाली यथार्थताबाट निस्किएको निचोड विचार भएकाले यसले भविष्यमा समेत नेपाललाई निर्देश गर्न सक्ने क्षमता राखेको हुनाले वर्तमानमा पनि यसको सान्दर्भिकता छ भन्नु उपयुक्त मात्रै होइन, स्वाभाविक पनि छ । त्यसैले यो नेपाल जोगाउने र जगाउने विचार भएकाले नेपाल एकीकरणपछिको सबै विचारको माउ विचार हो । 

 
नेपालको धरातलीय यथार्थता बुझेको, व्यवहार र अनुभवबाट सार खिचेको विचार भएकाले यो नेपालका लागि वस्तुपरक र यथार्थवादी विचार पनि हो । परतन्त्र र भ्रष्टतन्त्रविरोधी स्वाधीन, स्वच्छ, सम्पन्न, स्वतन्त्र स्वदेशवादी अर्थतन्त्र र सामाजिक न्यायमा आधारित राष्ट्रिय एकताको प्रजातन्त्र पृथ्वीविचारको गुदी हो । राष्ट्रिय एकता, स्वतन्त्रता, सम्पन्नता र समानता पृथ्वीविचारका चार आधार हुन् । पृथ्वीविचारका प्रणेता नेपाल राष्ट्र एकीकरणका नायक, नेपाली प्रजातान्त्रिक विचारका व्यवहारकर्ता एवं प्रथम प्रजातान्त्रिक नेता तथा विचारक पृथ्वीनारायण शाह भएकाले यो विचारको नाम पृथ्वीविचार राखिनु स्वाभाविक र वैज्ञानिक पनि छ । पृथ्वीविचारले नेपाललाई निर्देशन गर्न सक्ने हुनाले यो नेपालको निर्देशक विचार हुनुपर्दछ । यो विचारलाई व्यवहारमा उतारियो भने विकृति, विसङ्गति, भ्रष्टाचार, द्वन्द्व, हिंसा र अन्याय आदि सबै रहित सम्पन्न गौरवशाली नेपाललाई विश्वसामु खडा गर्न सकिने हुनाले पृथ्वीविचार बुझ्नु र व्यवहारमा उतार्नु अनिवार्य राष्ट्रिय आवश्यकता भएको छ । यही राष्ट्रिय आवश्यकतालाई बोध गराउन, पृथ्वीविचारलाई जनस्तरमा पु¥याउन र व्यवहारमा उतार्ने काममा सघाउ पुगोस् भन्ने उद्देश्यसाथ पृथ्वीविचार र व्यवहारबारे यो आलेख प्रस्तुत गर्ने कोसिस गरिएको छ ।    ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबै जातको फूलबारी हो सबैलाई चेतना भया’ भन्ने सदुक्तिमा राष्ट्र कसरी बन्यो र कसको हो भन्ने सवालको जवाफ पृथ्वीविचारले सुस्पष्ट रूपमा दिएको छ । कुनै पनि राष्ट्रको निर्माण त्यति सजिलै हुने कुरा होइन भन्ने सत्यको बोध मेरा साना दुःखले बनेको मुलुक होइन भन्ने उद्गारले स्पष्ट पारेको छ । राष्ट्र निर्माण गर्दा त्यस अभियानका अगुवाले पाउने र अनुभव गर्ने दुःख चानचुने हुँदो रहेनछ । शारीरिक दुःख आफ्नो ठाउँमा छँदै छ । अनेक बुद्धिमान्, योग्य, देशभक्त, लडाकु, राष्ट्रभक्त वीरहरू, भाइ–भारदारहरू गुमाउनुपर्दा त्यसले पु¥याउने मानसिक दुःख र पीडाको अनुमानमात्र गर्न सकिन्छ । राष्ट्रनिर्माणका लागि लड्ने, मर्ने सबै योद्धाहरूले पाएका दुःख र पीडाको सार खिचेर आफ्नो दुःखमा समाहित गरेपछि पृथ्वीनारायण शाहले व्यक्त गरेको उद्गार ‘साना दुःखले अज्र्याको मुलुक होइन’ आफैंमा पवित्र र स्वाभाविक ठहरिन आउँछ । त्यसैले त उदार पृथ्वीविचार देश सबै जातको साझा फूलबारी हो भन्न पुग्दछ । बहुत् ठूलो दुःखले निर्मित नेपाल सबै नेपालीको साझा फूलबारी हो कसैले पनि राष्ट्रप्रति खेलाँची र बेइमानी नगर्न पृथ्वीविचारले सबैलाई सचेत पनि गराएको छ, ‘सबैलाई चेतना भया’ भनेर । सबै जातको फूलबारी हो भन्नुको तात्पर्य नेपाल बहुजातीय मुलुक हो भन्ने पृथ्वीविचारको स्पष्ट स्वीकारोक्ति छ ।    बुहजातीय मुलुकमा स्वाभाविक रूपमा बहुभाषा हुन्छ, बहुधर्म र बहुसंस्कृति हुन्छ । यी सबै नेपाल फूलबारीका फूलहरू हुन् । यी सबै फूलका बोट–बिरुवाहरू नेपालीरूपी फूलबारीमा अटाउनुपर्छ, फस्टाउनुपर्छ, समान रूपमा बढ्नु र फुल्नुपर्छ । साँचो अर्थमा नेपाल सबै नेपालीको साझा फूलबारी, यसका सबै जनताको हक र हैसियत बराबरी भन्ने स्पष्ट भावना र व्यवहार नै पृथ्वीविचार हो । जातीय समानता, पारस्परिक सम्मानले नै नेपालको राष्ट्रियतालाई बलियो बनाउँछ भन्ने निर्देशन पृथ्वीविचारले सबै नेपालीलाई दिएको छ । साम्प्रदायिकता चर्काउने होइन साम्प्रदायिक सद्भाव बढाउने, जातीय भेदभाव र असमानता समाप्त पारेर लाने, केही सीमित जातका सीमित व्यक्ति मात्र होइन आमसमाज र समुदाय नै रमाउने वातावरण बनाउन सकेमा नै देश सबै जातको साझा फूलबारी भन्ने पृथ्वीविचारले सार्थकता र सम्मान पाएको ठहरिनेछ । यसका लागि राज्यले कहाँ कुन समुदाय र कुन–कुन क्षेत्रमा भेदभाव र असमानत छ पहिल्याउनु, कारण केलाउनु र निराकरणको उपाय निकाल्नु पर्दछ । कोही फूलबारीमा सधैं रमाउन पाउने र कोही उपेक्षित भएर सधैं रुनुपर्ने स्थितिको अन्त्य हुनुपर्छ । दलित, महिला, जनजाति, गरिब, तराईवासी, पिछडिएका भाषाभाषी सबैको सबै क्षेत्रमा समान उपस्थिति र पहुँच पु¥याउन सकेमा नै साझा फूलबारीको मर्मले मूर्तरूप पाएको ठहरिनेछ ।    आज नेपालरूपी फूलबारीमा नानाथरी फूलहरू फक्रिएका छैनन् । गोडमेल र मलजल नपुगेर सिङ्गो फूलबारी नै कक्रिएको छ । फूलबारीमा फूलहरू होइन ऐूजेरु झाँगिएको छ । फूलबारीमा मालीहरू मल होइन, रगतको भल बगाइरहेका छन् । ऐूजेरु उखेलिनुपर्छ, रगत रोकिनुपर्छ । साँचो अर्थमा नेपाल विश्वलाई नै लोभ्याउने गरी फुल्नुपर्छ । हाम्रो फूलबारीको डिजाइन विदेशीले गर्ने होइन । विदेशीको इशारा र सिफारिसमा हाम्रो फूलबारी फस्टाउँदैन । हाम्रो फूलबारीको माली हामी आफैं होऔँ । विदेशीलाई नगुहारौँ । पृथ्वीविचारलाई सबै व्यक्ति र शक्तिले मागर्दशक विचारका रूपमा लिएर अघि बढेमा विश्वमा शान्ति र भ्रातृत्वको लहर आउनेछ । सबैले सबै ठाउँलाई सबै जात–धर्मको साझा फूलबारीको मान्यतालाई स्थापित गर्ने हो भने विश्व नै हरेक जात र धर्मका मानवहरूको मात्र साझा फूलबारी हुनेछ । तसर्थ पृथ्वीको साझा फूलबारीको अवधारणा गहन र व्यापक छ । यसलाई कसैले पनि हलुका रूपमा लिनुहुँदैन । जनताको सहभागितामा पृथ्वीको नेतृत्वले बडो दुःखले अर्जेको यो सबै जातको फूलबारीको मर्मलाई सबैले बुझ्ने र व्यवहारमा उतार्ने काममा सबैले आफ्नो ठाउँबाट योगदान पु¥याउनु पर्दछ । विखण्डनवादी र एकाधिकारवादी दुवै खाले अतिवादी चिन्तनले पृथ्वीविचारको साझा फूलबारीको मर्मलाई सघाउ पु¥याउँदैन, सबैलाई चेतना भया । पृथ्वीनारायण विस्तारवादी थिएनन् । त्यसैले उति बेला छरिएर रहेका बाइसी, चौबीसी राज्यहरूसितको लडाइँ गोरखा राज्यले जित्यो तर परिणाममा भने गोरखा राज्यले हारेर नेपाल अधिराज्यले जित्यो । किनभने बिजेता गोरखाका राजा पृथ्वीनारायण शाहले आफूले र आफ्नो राज्य गोरखालाई नेपाल अधिराज्यमा विलीन गराए । उनले राज्यको नाम गोरखा राखेनन् र आफूलाई गोरखाका विजयी राजा बताएनन् । यो उनको महान्ता, उदारता र दूरदर्शिता थियो । त्यसैले उनले सगौरव घोषणा गरे, ‘यो राज्य सबै जातको फूलबारी हो ।’ यो एकीकरण राजाका लागि, राजाको भाइ–छोरालाई अंशबन्डा गर्न र राज्य बाँड्न गोरखाको विस्तार भएको थिएन । यो नेपालको ऐतिहासिक आवश्यकता परिपूर्ति गर्नका लागि महान् एकीकरण घोषणा भयो, ‘यो राज्य सबै जातका नेपाली जनताको साझा फूलबारी हो र राज्य थामेर लाने काम पनि सबै जनताको हो ।’ सङ्कीर्ण र पूर्वाग्रही आँखाले पृथ्वीनारायण, पृथ्वीविचार र पृथ्वीविचारको फूलबारीलाई बुझ्न सकिँदैन ।    (खगेन्द्रराज सिटौलाद्वारा  लिखित ‘पृथ्वीविचार र व्यवहार’ पुस्तकबाट)  

Posted on: 2013-Oct-12


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar