04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

सहासिक र सफल शबाना

11 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 काशीराम शर्मा÷बाँके
  नेपालगन्ज–पर्दा प्रथा चिर्दै हुर्केकी मुस्लिम युवती हुन शबाना प्रवीन । कठोर सामाजिक परिबेश त्यसमाथि अनगिन्ति चुनौतिसंग जुध्दै जुरुक्क उठेकी शबाना अहिले सफल व्यबसायी हुन पुगेकी छिन् । समाज र सस्कारले उनको व्यासायीक यात्र रोक्ने सकेको छैन । अबरोध भएपनि उच्चशिक्षा आर्जन गरेकी उनी आफनै खुट्टामा उभिन सफल छिन् । उर्दु वा हिन्दी भाषाले आफनै मुलुकमा शिक्षा आर्जन गर्ने उनको चाहना रोक्न सकेन । नत सस्कृति र परम्पाराले छेक्न सक्यो । शबाना भन्छिन,‘परम्परा र  रितिरिवाज अहिलेको मोर्डन कल्चरसंग ठक्कर खाई रहेको छ । तर मा अगाडी बढने प्रयासमा छु ।’       साथीहरु बिभिन्न निहुमा पढाई छाडिरहेका बेला उनी नर्सरी देखि ८ कक्षा सम्म नेपालगन्जकै नीजि स्कूलमा पढिन । सरकारी स्कूलबाट एसएलसीमा उर्तीण भईन । उच्चशिक्षा पनि आफनै मुलुकमा हासिल गरिन । सानै हुदा वुवाको मृत्यु भयो । भाई बहिनी सहित पारिवारिक  जिम्मेवारी पनि उनी माथि आईप¥यो । त्यसमाथि आर्थिक समस्या थियो । सबै तिरबाट बन्धनमा परेजस्तै अबस्थामा थिएन । तर आट गरिन ,हरेस पटक्कै खाईनन् । जति दुःख प¥यो उती खारिदै गईन शबाना । ‘जस्तो सुकै समस्या आएपनि पढ्न छाडिन । अगं्रेजी र ईकोनोमीमा मस्टर डिग्री हासिल गरे’शबानाले भनिन् । परिवार र समाजले स्कुल र क्याम्पसको पोशाक लगाउन नदिएका कारण कतिपय  युवतीहरुले पढाई छाडिरहेका बेला संकुचित सोचलाई चुनौति दिदै ७ बर्ष शिक्षण पेसा गरिन् । उनी बुर्का लगाएर कहिल्यै स्कुल गईनन् ।    अहिले नेपालगन्ज वीपी चोकमा स्थित थबकज नामक कम्प्युटर ईन्सीच्यूटको प्रबन्ध निर्देशक छिन् । उक्त इन्सीच्यूटमा उनी अग्रेजी भाषा समेत पढाउ छिन । शिक्षिका हुदा तलव काटेर जम्मा गरेको पैसाले क्यम्युटर किनेर सुरु गरेको इन्सीच्यूटमा अहिले बर्षेनी ४÷५ सय बिद्यार्थी अध्ययन गर्छन । ‘सूरुमा मसंग पुजीं थिएन । तलव काटेर जोगाएको पैसाले इन्सीच्यूट खोले’शबानाले भनिन्,‘ अहिले अरुलाई तलव खुवाउन सक्ने भएकी छु ।’ अहिले उनी व्यबसाय बिस्तारको पक्षमा छिन् । मध्यपश्चिमका धेरै ठाउँमा व्यबसाय बिस्तार गर्ने चाहनालाई परम्परा तथा सामाजिक मान्यताले रोक्न नसक्ने बताउ छिन शबाना । खुलेर कुरागर्न समेत नचाहने र डराउनेहरुका लागि शवाना प्रेरणाकी स्रोत बनेकी छिन् । नेपालगन्जमा नयाँ प्रबिधि सिकाउने र पढाउने शबाना एक्ली  मुस्लिम युवती हुन । स्कूल र कजेल पोशाक लगाउन नपाउदा पढाई छाडनुपर्ने अबस्थामा समेत उनी बिचलित भएकी थिईनन् । ‘बिहेपछि मात्र साडी लगाउन दिने र केटाले लाउने पोशाक भनेर पाइन्ट केटीलाई लगाउन नदिन परिवारहरु पनि छन् ’ शबाना भन्छिन,‘ आर्थिक समस्या भएपनि  शिक्षत परिवार  भएकाले मलाई त्यति समस्या परेन । तर, म जस्ता अरु साथी अझै समस्यामा छन् ।’ समाज उदार नहुदा सम्म यहा“का क्याम्पस र स्कूलमा जुन सुकै पोशाक लगाएर पनि जान दिनुपर्ने उनको सुझाव छ ।      

Posted on: 2013-Oct-11


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar