04 May
Sat

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

यो सतिको सराप परेको देश

10 - Oct-2013, Posted by: Yuwahunkar   |   COMMENTS: 0

 ‘यो सतिको सराप परेको देश हो’ भनेर कुरा गर्नेहरु धेरै भेटेको हो । यस्तो भन्नेहरु राम्रैसित त्यतिवेलाको राजनीतिको पनि चर्चा गर्दथे । सुन्दा काहनी जस्तो पनि लाग्द्ययष्ो । तर यता देशको स्थिति देश हाक्ने अनगुवा वनेका लोभी र पापीका कर्तुतहरु द्येृख्दा र दिनहुँ पतनतिर धकेलिदै गएको आप्mनो देशलाई देख्दा देशलाई कसै न कसैको त सराप लागेकै हो जस्तो लाग्न थालेको छ । अन्यथा शान्ति सित साक्षत्कार गर्न नेपाल आउने विश्वका यात्रुहरु आज नेपाल यात्रा गर्न डराउने र नेपालीमा आफ्नै आँगनमा आफ्नो सुरक्षाको सम्वन्धमा हुन थालेको शंकाले अर्ध मासु हुने थिएन. ।

 
न त आफूले देश र जनताको निम्ति भन्ने राजनीतिक दल तिनका र नेताहरुलाई नै सुकेको हाड चपाएर आफ्नै गिजाको रगतमा मस्त अरुलाई केही नगन्ने र कोही नजिक आउन थाल्या भने घुर्घुराउने स्थितिमा पाउँथे ।  हुन पनि आफ्नो देशमा राजनीति गर्न विदेशी सित खुलेआमा पैसा माग्ने राजनीतिक दलहरु नै यहाँ जन्मने थिए । न त आपसमा ‘चार दलको वीचमा राष्ट्र नै भागवण्डा गर्न खोज्ने दलहरु जन्थे– प्रहरी प्रशासनमा भर्ना रोकियो । विश्वविद्यालयमा प्राध्पकहरु राख्न सकिएन अव छिट्टै हामीहरुमा सम्र्झातामा पुग्दछौ भागवण्डा मिलिसक्यो अव नियुक्ति गर्न थाल्नेछौ भने जस्ता कुरा खुला रुपमा गर्न सक्ने देशमा देखापर्थे । हुन पनि सतिको सरापको कुरा नपत्याउ भने, कहिल्यै कुनै कुरा पन सत्य नवोल्ने, वोलेको झुठलाई पनि अर्को र अर्को झुठले वेर्दैै जाने स्वभावका नेताहरु यस देशले पाउने थिएन होला ।   हुन पनि पढेलेखेका डिग्रीवाला अपाm्ना नेतारुलाई मुर्ख कसरी भन्नु त्यो भन्न सकिन्न र भन्नु हुन्न पनि तर सतिकै सरापको कारण होला उनीहरु भ्रमित भए र त्यस्तानै भैदिएका छन् – सिंहदरवारमा चारदलवीच हराएको शानित खोज्न उनीहरुले राष्ट्रका अनेक ठूला रिसोर्टहरु हाटेलहरुमा चहार्दा गरिव जनताको टाउकोमा कति ऋणको भार वढाए तर यिनले शान्ति कही भेटेनन् । दमिनीले छिडीमा हराएको सियो सडकको विजुलीको खँवा मुनिको उज्यालोमा पुगेझै गरे । यो उनीहरुमा कसैले नसोचनु साच्चै सरापकै कारण भयो । हैन त यतिसम्म ढोंग गरेकि विश्वका १२० भन्दा वढी राष्ट्रले स्वीकृत गरिसकेको नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई अघि वढाउनुको सट्टा आफ्ना मालिकलाई बुझाएर विश्वलाई शान्ति सन्देश दिने वहाना वनाएर विमानमा हिमाल पुगे अन्तर्राष्ट्रिय ऋणमा घाँटीसम्म भएका जनताको चिउँडो सम्म ऋणमा डुवाएर सयर गरे । कुन राष्ट्रले यिनको सन्देशको सराहना ग¥यो र ग्रहण ग¥यो त । यिनको शानित् सन्देशर्लाइ । यो राजनैतिक दलहरुको ढोंग र देशलाई खाडलमा हाल्ने अभियान मात्र थियो भन्दा फरक पर्लात ?   नेपाली जनता यहाका राजनैतिक नेताहरुको कुर्ची (आशन) हैनन्, जहिले जता चाह्यो सा¥यो गर्न, यो कुरा राजनीमिा लाग्ने र नेता भनाउन रुचाउनेहरुले बुझ्नु पर्दछ । तर नेतृत्वको पंक्तिमा रहेका कसैले यो तथ्य बुझेका छ्रनन यसरी स्वार्थको विर्को लागेको छ देशका नेता भनाउनेहरुको दिमागमा । अन्यथा अपराधीलाई पाल्ने र उनीहरुको कमाइ लाई वैद्य वनाएर पार्टी भित्र स्थान दिने व्यवस्था देशमा हुँदैनथ्यो । यी नेताहरुको चालढाल र व्यवहराले गर्दा देशको वौद्धिक क्षेत्र वाक्क भएर अत्तालिन थालेको छ भने लुच्चा, पटके अपराधीहरु यहाँसम्म कि हत्यारा समेत, रमाउन थालेका छन्, आफ्नो दिन फर्केको ठानेर । नेतृत्वको पंक्तिमा उक्लिन सम्म जमर्को गरिराखेका छन् उनीहरु । यसबाट थाहा हुन्छ, विदेशीएर शरणार्थीको रुपमा वसे । आफ्नो देश र जनतालाई स्वतत्र वनाउन र प्रजातन्त्र ल्याउन वलीदान दिने नेताहरुको ठाउँमा पुगेका सरदार हुन जस्तो स्वभाव वोकोका आफू अपाmूमा वरावरी वाढेर खाने नीति वोकेर आएका सिद्धान्तका राजनीतिक नेताहरुका हातमा परेको नेपालको अस्तित्व के हुने ? वास्तवमा सातिको सराप नपरेको भए यस्तो दुर्गतीमा देश पुग्ने त थिएनननै । नेपालीको अन्तर्राष्ट्रिय क्षेत्रमै यस्ता वेइजति हुने थिएन जनु आज हुन आएको छ । कालिदास, कतिसम्म मूर्ख थ्एि रे भने उनी आफू वसेको रुखको हाँगामा नै वन्चरो चलाई रहेका थिए रे । मुर्ख खोजने विद्वान जमातले उनलाई रोके र वचाए (यो कथातिर नजाउँ) तर यहाँ त राजनीतिकका नेता वनेका कालिदासहरुले राजनीतिको हाँगो रेटि नै सके । वचाउने कस्ले ? नेपालमा राजनीतिलाई उवार्न अघि सर्ने को अघिसर्नेले नै उनीहरुको अगाडि ?जानेले नै वञ्चरो खाने डर छ, यसैले मान्नै पर्दछ यो सतिको सराप परेकै देश हो ।                                                                                                                                          मुर्खको संगत गरेपनि विद्वानको नगर्नु है                                                                                                                              नेपालीहरुमा एउटा भनाई छ – मुर्खहरु सित नडराउनु विद्वान मूर्ख देख्यो भने १२ हात पर वस्नु ।   नभन्दै निकै ठूला विद्वान मानिएका भारतको दिल्लीस्थित नेहरु विश्वविद्यालयबाट डाक्टर उपाधि लिएका डा. बाबुरामले माथिको नेपाली आहानलाई चरितार्थ गथरेर नेपालीलाई देखाइ दिए । प्रधानमन्त्री वनेपछि उनले,सुसरक्षात्मक दृष्टिले ठिक पारिएको गाडी, विलासिता गाडी भनेर चढेनन् र नेपाली नाम भएको मुस्ताङ्ग गाडी छाने । यो कुराले धेरैलाई लाग्यो नयाँ प्रधानमन्त्रीले इमानमा भूतपूर्व प्रधानमन्त्रीहरुमा विश्वेश्वर प्रसाद कोइराला, टंकप्रसाद आचार्य डा. केआई सिंहलाई अव विर्साइदिने छन् । इमान्दारीको इतिहासमा अगाडि नाम लेखाउने छन् ।   देशकै दुर्भाग्इ होकि उनकको दुर्भाग्य हो उनले त मुस्ताङ्ग गाडीछानेर देशका वौद्धिक क्षत्रेमा निष्ठुर माझीले माछालाई जाल फ्याकेझै गरको रहेछन् । मुस्ताङ्ग गाडी त उनको देखाउने दाँत रहेछ, चपाउने सक्कली दाँतमा उनको कोखामा रहेछ ।  नेपालीले यो कुरा त्यतिवेला थाहा पाए जव यिनले प्रति मास आफ्नो निमित सरकारी साधानहरुको खास गरेर हेलिकोप्टरको दुरुपयोग गर्न थाले । नेपाली अर्थतन्त्रलाई स्वाहा पार्न उनले रचेको ढोंगको पर्दा च्यातियो । नीतिकथाको साघु विरालो वन्न सिपालु यी विद्वानले यता यसरी आफ्नो अनुहार देखाए भने अर्कोतिर वडा राजनीतिक नेतामा समदर्शि हुँ भन्ने देखाउन चमार र मुसहर क्षेत्रमा अतिथि वन्न पुगेर जति ढोंग यिनले रचे यिनले मुसहर र चमारको घरमा खाएर चुठ्न नपाउँदै यिनको ढोंगको पोल खुँया जव मुसरहले ‘आफूलाई ६ हजार ऋण बोकाएर प्रधानमन्त्री गए’ भनेर आफ्ना विरादरीहरुको अगाडि टाउको समातेको खवर छापामा आयो । ‘मुस्ताङ्ग’ पर्व बारे उनलाई चिन्हेले चिन्ही सकेका थिए भने मुसरहवस्तीको काण्डबाट आम नेपालीले चिन्हे, ‘कति ढोंगी रहेका छन् यी ।’   अव शुरुको नेपाली भनाइतिर फकौं – के रहेछन् त्यस भनाइको रहस्य थाहा भयो कि पुर्खाले तिम्रो विदाइ ग¥यो, यहाँसम्म कि तिमीलाई मार्ने आँट्यो भने पनि वरिपर केही हेर्दैन, तिमीलाई हानी हाल्छ तिमी वच्न सक्छौ भाग्न सक्छौ तर विद्वान मुर्ख भयो भने न उसले तिमीलाई भाग्ने मौका दिन्छ न तिमीमा कुनै शंका उव्जने बाटै दिन्छ । तिमीलाई घुमाएर पानी नभएको ठाउँमा लिएर जान्छ तिमीलाई विश्वास दिलाउन खोज्छ उ हिंस्रक हैन सज्जन र त्यागी हुँ भनेर भट्टराईले मुस्ताङ्ग चढेर नेपालीलाई देखाउँदै नेपालको राष्ट्रिय ढुकुटी अपराधीहरुको निम्ति त्यसै गरको खोलेको कुरा आजको वजेट विनाको अर्थ नीतिले आफै वताइहरेको कस्ले नबुझेको होला त ?

Posted on: 2013-Oct-10


POST YOUR COMMENTS

Please note that all the fields marked * are mandatory.

 
Note: Comments containing abusive words or slander shall not be published.


download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar